1478958692 banner ad format

 
 

इजरायल । मध्यपूर्वी राष्ट्रहरुकोे औपचारिक भ्रमणका क्रममा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनको भ्रमण गर्दै छन्  । 

U.S. President Trump Israel and Palestine visit

साउदी अरबको दुइदिने औपचारिक भ्रमणका क्रममा मुसलमान नेताहरुलाई सम्बोधन गरेका राष्ट्रपति ट्रम्पले अब इजरायल र प्यालेस्टाइनको भ्रमण गर्न लागेका हुन्  । 

राजधानी रियादमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै इस्लाम धर्मालम्बीको सबै भन्दा पवित्र भूमिमा उभिई उनले विश्वभरीका मुसलमान समुदाय एक जुट भई आतङ्कवादविरुद्ध लडी यसलाई परास्त गर्न आह्वान गरे । 

इजरालय र प्यालेस्टाइनमा हुन गइगइरहेको यस अमेरिकी राष्ट्रपतिको भ्रमणको लागि त्यहाँको सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सोमबार र प्यालेस्टाइनी नेता महमुद अब्बाससँग मङ्गलबार भेटवार्ता गर्ने स्रोतले जानकारी दिएको छ । 

U.S. President Trump Israel and Palestine visit 1 min

सो भेटवार्ताको क्रममा ट्रम्प यी दुबै नेताहरुलाई शान्ति सम्झौताको विषयमा जोड दिने स्रोतले जानकारी दिएको छ । दुबै पक्ष बसेर प्रत्यक्ष वार्ता गर्नुपर्ने पक्षमा आफू रहेको बताए। 

यस अघि साउदी अरेबियाको राजधानी रियादमा भएको तपाइँहरुले सदैब पूजा, आराधना गर्नुहुने पवित्र भूमिबाट आतङ्कबादीलाई धपाउनु होस् – ड्राइभ आउट द टेरोरिस्टस् फ्रम योर प्लेसेज् अफ वर्सिपू भन्ने आह्वानका साथ राष्ट्रपति ट्रम्पले पचासभन्दा बढी इस्लामी र अरबी नेताहरुमाझ गर्नु भएको सम्बोधन मन्तब्यको क्रममा उनले इरानले आतङ्ककावादलाई बढावा दिइरहेको ओराप लगाए । 

त्यसैगरी इजरायल र प्यालेस्टाइनको शान्ति कायम हुनसक्ने सम्भावना पनि औल्याए । 

प्रकासित मिति

Loading...

 

yummyfood