annapurna add

boris

बेलायतको आम निर्वाचनमा कन्जर्भेटिभ पार्टी बहुमत नजिक पुगेको छ । मतदानलगत्तै इब्सोस मोरीले गरेको सर्वेक्षणमा प्रधानमन्त्री बोरिस जोनसनको दल कन्जर्भेटिभ पार्टीको बहुमत आउने संकेत देखिएको बीबीसीले जनाएको छ ।

सर्वेक्षणअनुसार ६५० सीटको संसदमा कन्जर्भेटिभ पार्टीको ३६८ सिट, लेबर पार्टीको १९१, लिबरल डेमोक्र्याट्स्को १३ र एसएनपीको ५५ सिट आउने अनुमान गरिएको छ ।

कन्र्जभेटिभ पार्टीको २०१७ को निर्वाचनको नतिजाअनुसार ५० सीट थप हुने संकेत देखिएको समाचारमा जनाइएको छ । सन् २०१७ को निर्वाचनमा पनि त्रिशंकु संसदको पूर्वानुमान सही सावित भएको थियो ।

आफ्नो पहिलो प्रतिक्रियामा प्रधानमन्त्रीले बोरिस जनसनले सम्पूर्ण देशवासीलाई धन्यवाद दिएका छन् । उनले मतदाताले साथ दिएर विश्वको सबैभन्दा महान लोकतन्त्रमा रहेको पुष्टि गरेको बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर