pmm kantipathnews

बेलायतका नयाँ प्रधानमन्त्री बोरिस जोन्सन बकिङ्गम प्यालेस गइरहेकै बेला आन्दोलनकारीहरुले हातेसाङ्लो बनाएर उनको बाटो छेक्छन् ।

तत्काल प्रहरीहरुले आन्दोलनकारीहरुलाई सडकको विचबाट घचेट्दै घचेट्दै छेउसम्म पुर्याउछन् । जलवायु परिवर्तन सम्बन्धी अधिकारवादीहरु व्यानर लिएर उत्रिएका थिए ।

बाटो खाली गरेपछि प्रधानमन्त्रीको गाडी अघि बढ्छ । प्रहरीले आन्दोलनकारीहरुलाई केबल ठेलेर हटाउँछ तर एक लठ्ठी पनि पिट्दैन ।

बेलायतको यस किसिमको राजनीतिक संस्कार नेपालीहरुले देख्दा पनि अनौठो मान्नुपर्ने खालको छ । नेपालमा आन्दोलनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको बाटो छेक्दा कस्तो परिणाम आउला ? उत्तर सहजै जसले पनि भन्छन् कि सुरक्षा कवज लगाएर बन्दुक र लाठी बोकेका प्रहरीहरुले आन्दोलनकारीहरुमाथि बन्दुकको दबास र लाठी बर्साउँछन् ।

हुन त नेपाल पनि संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक हो, अहिले । तर हाम्रो देशका शासकहरुको व्यवहार कहिले होला त बेलायतका शासकहरुको जस्तो ? sarbajanik

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...