1478958692 banner ad format

 
 

संयुक्त राष्ट्रसङ्घ (संयुक्त राज्य अमेरिका) । सिरियाको राका सहर इस्लामिक स्टेट्सको कब्जाबाट मुक्त गराउनका लागि अमेरिका आवद्ध सैन्य बलको सहयोगमा भएको भीषण आक्रमणबाट सर्वसाधारणलाई बचाउनका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनिओ गुटेर्रेसले बुधबार अपिल गरेका छन् । 

UN appealed to the public to save

सिरियाली सहर राका र सिरियाको नै अन्य स्थानमा सैनिक कारबाहीको क्रममा सर्वसाधाारण नागरिक र उनका आधारभूत आवश्यकताका लागि रक्षा गर्न सेना सबै शक्ति प्रयोग गर्न पनि अपिल गरेको जारी विज्ञप्तिमा जनाइएको छ । 

सिरियाभरी नै सर्वसाधारण नागरिक अत्यन्त भयभीय अवस्थामा रहेका र त्यसमाथि पनि राकाको अवस्था अत्यन्तै नाजुक रहेको गुटेर्रेसले बताए। 


गुटेर्रेसले सिरियामा मानवीय सहयोग गरिरहेका सबै पार्टीलाई तत्काल अत्यावश्क खाद्य सामग्री र औषधि राकामा पठाउनसमेत अपिल गरे । 

सिरियामा गत ६ वर्षदेखि जारी युुद्धको क्रममा तीन लाख २० हजारभन्दा बढी व्यक्ति मारिएका छन् । सिरियाली राष्ट्रपति बसर अल असादको राजीनामाको माग गर्दै सुरु भएको यस आन्दोलनले गृहयुद्धको रूप लिएपछि यस युद्धमा इस्लामिक स्टेट्स र अलकायदाजस्ता आतङ्ककारीहरू हाबी हुँदै गए । 

सन् २०११ देखि हालसम्म जारी द्वन्द्वमा परी सो समयदेखि हालसम्म लाखौँ व्यक्ति मारिनुको साथै घाइते भएका छन् । लाखौँले आफ्नो देश र विदेशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् । 

सिरियाको राकामा तीन सय लडाकू मारिए

सिरियाको राका प्रान्तमा गत दुई हप्ताभित्र तीन सयभन्दा बढी इस्लामिक स्टेट्स (आईएस) लडाकू मारिएका छन् । 

अमेरिकी सहयोगमा सिरियन डेमोक्र्याटिक फोर्सेस् (एसडीएफ) ले गरेको सुरक्षा कारबाहीमा उनीहरू मारिएका बुधबार जारी विज्ञप्तिमा जनाइएको छ । 

जारी विज्ञप्तिमा ३१२ जना आईएस लडाक्ू मारिएका र १५ जना तिनीहरूका कमाण्डर हराइरहेका उल्लेख गरिएको छ । 

अमेरिकी सहयोगको सो समूहले आईएसको नियन्त्रणमा रहेको राकालाई नियन्त्रण मुक्त बनाउने उद्देश्य राखेको छ । सो ठाँउलाई आईएस लडाकूहरूले सन् २०१४ मा नियन्त्रणमा लिई आफ्नो राजधानी भएको घोषणा गरेका थिए । 

प्रकासित मिति

Loading...

 

yummyfood