काठमाडौँ -संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगका प्रमुखले प्रधानन्याधीशमाथि राजनीतिक पूर्वाग्रहका आधारमा महाअभियोग प्रस्ताव दर्ता गरिएको भन्दै चर्को आलोचना गरेका छन् । उनले यस्तो कदमले नेपालको न्यायपालिकाको स्वतन्त्रतामा बाधा पुग्ने चेतावनी दिएका छन् ।
‘म नेपालका अधिकारीहरुलाई न्यायलयको स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्छु र राजनीतिक पूर्वाग्रहका आधारमा दर्ता गरिएको महाअभियोगको प्रस्ताव फिर्ता लिन अनुरोध गर्छु’, संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगका प्रमुख जेद राद अल हुसैनले एक विज्ञप्ती जारी गर्दै भनेका छन् ।
प्रकासित मिति