1478958692 banner ad format

 
 

द हेग (नेदरल्यान्ड)। संयुक्त राष्ट्रसङ्घको उच्च अदालतले पाकिस्तानद्वारा फाँसी दिन लागेका एक भारतीय नागरिकलाई सो सजाय रोक्न बिहीबार आदेश दिएको छ । 
United Nations High Court
अन्तर्राष्ट्रिय अदालतमा भारतीय नागरिक कुलभुषण सुधिर यादवको फाँसीको सजाय रोक्न नयाँ दिल्लीद्वारा गरेको अपिलबमोजिम सो निर्णय आएको हो । 

भारतले यादवलाई उनको  मुद्दाको अदालतबाट अन्तिम निर्णय आउनुपूर्व फाँसी दिन रोक्न भनी आग्रह गरेको छ । 

यादवलाई पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बोलिचिस्तानबाट मार्च २०१६ मा पक्राउ गरेको थियो । यादवले आफू पाकिस्तानी गुप्तचर सेवाविरुद्ध जासुसी गर्दै आएको अपराध स्वीकार गरेको भन्दै गत महिना पाकिस्तानी सैन्य अदालतले फाँसीको सजाय सुनाएको थियो । 

यद्यपि पाकिस्तानी दाबीको भारतले खण्डन गर्दै यादव जासुसी नभएको बताएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood