Hidden
राष्ट्रसंघले लगाएको नाकाबन्दी तुच्छ : उत्तर कोरिया
उत्तर कोरियाले संयुक्त राष्ट्रसंघले आफूविरुद्ध लगाएको नाकाबन्दीलाई ‘तुच्छ’ गतिविधि भन्दै आफ्ना आणविक तथा क्षेप्यास्त्र परीक्षण कार्यक्रमलाई अघि बढाउने जनाएको छ ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले अमेरिकाद्वारा तयार पारिएको संकल्प प्रस्तावलाई शुक्रबार एकमतले पारित गर्दै उत्तर कोरियाका केही उच्च अधिकारी तथा संस्थामाथि लक्षित गरी प्रतिबन्ध लगाउने घोषणा भएको थियो ।
प्रस्तावमा प्योङयाङका संदिग्ध जासुस प्रमुख, १३ अन्य अधिकारी र ४ संघसंस्थालाई प्रतिबन्ध लगाउने कालोसूचीमा राखिएको छ । प्रस्तावमा उनीहरूलाई विश्वका अन्य राष्ट्रमा भ्रमण गर्न प्रतिबन्ध लगाइएको छ भने उनीहरूको सम्पत्ति रोक्का गरिएको छ ।
प्रकासित मिति
Loading...
Loading...
Loading...