1478958692 banner ad format

 
 

एजेन्सी । दक्षिण चीन सागरमा अमेरिका र चीनको लगातर तनाब बढेको छ । यसैबीच एक कमाण्डर चिफले चीनमा परमाणु बम हान्ने धम्की दिएका छन् ।

युएस पेसिफिक फ्लीट कमाण्डरले मंगलबार भनेका छन्, 'अर्को हप्ता चीनमा परमाणु आक्रमण हुन सक्ने सम्भावना रहेको छ । यसका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आदेश दिनु पर्नेछ ।'

US and China clash

अष्ट्रेलिया तटमा अमेरिकी सेना र अष्ट्रेलियाका सेनाका प्रमुखहरुले संयुक्त सेना अभ्यास पश्चात अष्ट्रेलियन नेशनल युनिभर्सिटी सुरक्षा सम्मेलनमा एक कनफ्रेन्सका दौरान एक कमाण्डरले यस्तो कुरा बताएका हुन् ।

अमेरिकी कमाण्डर एडमिरल स्कट स्विफटल एक काल्पनिक प्रश्नको जबाफमा यस्तो उत्तर दिएका हुन् । कार्यक्रममा उपस्थित एक व्यक्तिले जब यस्तो प्रश्न गरे तब ट्रम्पले आदेश दिए आफुहरुले चीनमाथि परमाणु आक्रमण गनै आदेशको आवश्यकता पर्ने उनले जबाफ दिएका थिए । यसबारे अमेरिकी कमाण्डरले एस वा नो को शैलीमा उत्तर दिएका थिए ।


स्विफटले भनेका छन्, अमेरिकी सेनाका हरेक सदस्यहरुलाई अमेरिकी संविधान अनुसार सबैको घरेलु वा वैदेशिक दुश्मनहरुबाट रक्षा गर्ने सपथ खुवाइन्छ र अधिकारीहरु तथा अमेरिकी प्रमुखको आदेशको पालना गर्न उनीहरु सदैव तयार रहेका हुन्छन् । यो नै संविधानको मुल हो ।

पेसिफिक फ्लीटका प्रवक्ता क्याप्टेन र चार्ली ब्राउन पछि भने 'स्विफटको उत्तरले सेनामाथि नागरिक नियन्त्रण रहेको सिद्धान्त पुष्टि हुन्छ ।' 

प्रकासित मिति

Loading...

 

yummyfood