1478958692 banner ad format

 
 

कान्दाहार (अफगानिस्तान) । अफगानिस्तानको कान्दाहार सहरको एक विमानस्थलमा तालिबानले गरेको आक्रमणमा नेटो आवद्ध दुई जना अमेरिकी सैनिकको मृत्यु भएको छ । 

US soldiers killed attack talibana
अफगानिस्तानमा कार्यरत नेटो सैन्य बलले बिहीबार सो जानकारी दिएको छ । त्यसैगरी यस आक्रमणमा परी अन्य चार नेटो आवद्ध सैनिक घाइते भएका छन् । 

घाइते हुने सैनिक पनि अमेरिकी सैनिक नै रहेको अफगानिस्तानको राजधानी काबुलबाट प्राप्त समाचारमा जनाइएको छ । 

बुधबार अपराह्न भएको एक आक्रमणमा परी कान्दाहार प्रान्तमा दुई नेटो सैनिक मारिनुको साथै अन्य चार घाइते भएका आरएसले बिहीबार मात्र जानकारी दिएको छ । 

यस आक्रमणको तालिवान आतङ्ककारी समूहले जिम्मा लिएको छ । यस आक्रमणको क्रममा अफगान नागरिकको हताहतको समाचार भने आएको छैन । 

अफगानिस्तानमा सन् २०१५ को अन्त्यदेखि नेटो सैनिक फर्किएको भनिए पनि हाल १३ हजार सैनिक भने बाँकी रहेका छन् । 

प्रकासित मिति

Loading...

 

yummyfood