1478958692 banner ad format

 
 

 एजेन्सी । अमेरिकासँगको तनाव चुलिँदै जाँदा भेनेजुएला सरकारले हजारौं नागरिकलाई बन्दुक चलाउन सिकाएको छ ।

Venezuela VS United States min

निकोलास मडुरोको सरकारमाथि अमेरिकाले मानवअघिकार उल्लंघनको विषयमा दबाव बढाएपछि भेनेजुएला सरकारले राजधानी कारकससहित साना–ठूला सहर र नगरमा आधारभूत सैन्य तालिम दिएको थियो ।

दुई लाख सैनिक, सात लाख सर्वसाधारण र आवश्यकताअनुसार फौजी जिम्मेवारीमा तैनाथ गर्न सकिने व्यक्तिलाई सशस्त्र तालिम दिइएको हो । राष्ट्रपति मडुरोले आफ्ना जनता ‘साम्राज्यावादी’को आक्रमणबाट देशको रक्षा गर्न तयार रहेको बताएका छन् ।

शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाविरुद्ध कडा प्रतिबन्ध घोषणा गर्दै मडुरोलाई ‘तानाशाह’को संज्ञा दिएका थिए ।

ट्रम्पले यसै महिनाको सुरुमा भेनेजुएलाको संकटसँग जुध्न सैनिक हस्तक्षेप एउटा विकल्प हुने बताएका थिए ।

प्रकासित मिति

Loading...

 

yummyfood