byu

भारतको गुजरात राज्यमा चक्रवात ‘वायु’ को प्रभाव देखिन थालेको छ । गुजरातको पोरबन्दर र जामनगरमा वर्षा र तीवै गतिको हावाहुरी चलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

वायुको सम्भावित असरलाई लिएर सतर्कता अपनाइएको बीबीसीले उल्लेख गरेको छ । भारतीय मौसम विभागले यो चक्रवातलाई गम्भीर श्रेणीको भएको बताएको छ । वायु नामक चक्रवात १६० किमी प्रतिघण्टाको दरले आउने पूर्वानुमान गरिएको छ ।

भारतका गृहमन्त्री अमित शाहले ट्विट गर्दै चक्रवातबाट जोगाउन गुजरातबाट ३ लाख र दीवबाट १० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिएका छन् । यो चक्रवात अरब सागरबाट उठेर आउने भारतको मौसम विभागले जनाएको छ ।

भारतको गुजरात आसपासमा भित्रिएको चक्रवातले नेपालमा पनि असर गर्नसक्न मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘‘वायु’ चक्रवातको असर आंशिक रुपमा पर्ने सम्भावना देखिएको छ ।’ मौसमविद् नगरकोटीले भन्नुभयो ‘वायु चक्रवात नै नेपालमा भित्रिन्छ भन्ने होइन तर यसको असरले शुक्रबार दिउँसो पानी पर्न सक्छ ।’ पश्चिम बंगाल र बंगलादेश आसपासमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव पनि देखिएको छ

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...