1478958692 banner ad format

 
 

एजेन्सी– हिमालयले छोपिएको सिलिगुडी कोरिडोर जसलाई ‘चिकेन नेक’ पनि भनिन्छ । त्यहाँ चिनियाँ र भारतीय सैन्य बलहरु दुई पट्टी आ–आफ्नो जटिल सीमा रक्षाको लागि तयार भएर बसेका छन् । उनीहरु आफुलाई ट्रेन्चभित्र बसेर राखेर युद्धको तयारीमा बसेका छन् जसले दुई आणविक शक्तिबिचमा भिडन्तको स्थिति देखिन्छ ।

war between China and India min


बेइजिङ र न्यु दिल्लीले यो द्वन्द्वलाई हिमालयमा आफ्नो प्रभुत्व कायम गर्ने लडाईको रुपमा लिएका छन् र पहिले देखि नै यी दुई देशबिचमा यसै कुरालाई लिएर द्वन्द्व हुँदै आएको छ ।


यसै क्रममा सन् १९६२ मा यी दुई देशबिच लडाई भएको थियो तर, त्यतिबेला यी दुवै देशसँग आणविक हतियार थिएनन् त्यसैले धेरै ठूलो क्षति भएन ।


चीनले सीमा क्षेत्र नजिकै ४० टन सम्म भारवहन क्षमताको सडक बनाइरहेको छ त्यसले भारतलाई झस्काएको छ र उसलाई त्यसले उसको सहयोगी भुटानबाट टाढा हुने ठूलो डर छ ।


त्यस्तै चीनले भने आफ्नो सडक निमार्ण परियोजनालाई आफ्नो सार्वभौमिकतासँग हेरेको छ । चिनिँया अखबार साउथ चाइना मनिर्ङ पोस्टका अनुसार भारतीय सेनाहरुले आफुलाई ट्रेन्चभित्र तयारी हालतमा राखिसकेका छन् ।


पोस्टका अनुसार भारतीय सेनाले लडाईको तयारी गरिरहेको छ । उसले लेखेको छ,‘नयाँ बंकरहरु बनाईएका छन्, माइनिङ गरिएको छ, मेसिनगनहरु रणनीतिक विन्दुमा तयारी हालतमा राखिएको छ र सैनिकहरुले कम्तीमा दिनको दुईपटक युद्ध अभ्यास प्रदर्शन गर्दै आएका छन् ।’


भारत र भुटान दुवैले चीनको महत्वाकांक्षी ‘वान बेल्ट वान रोड’ परियोजनाको विरोध गर्दै आएका छन् । उसले यो परियोजना अन्र्तगत एसियालाई समेट्ने ठूला सडक पूर्वाधारहरु बनाउने तयारी गरेको हो ।


‘उनीहरुले भुटानलाई देखाउन खोजेका हुन्, त्यसैले हामीलाई हामी भुटानको प्रादेशिक अखण्डतालाई रक्षा गर्न सक्षम छौं भन्ने कुरामा ढुक्क हुनपर्छ’ भारतको उत्तरपूर्वी डिभिजनलाई डिफेन्स इन्टेलिजेन्स एजेन्सीको डेपुटीको रुपमा सम्हालि सकेका मेजर जनरल गगनजित सिंहले भने ।


‘हामी भुटानको रक्षा पनि गर्न सक्छौं र हामी एकदमै दृढ रहेका छौं अहिलेको वर्तमान भूभाग र सामरिक लाभ हामीले चुम्बी उपत्यकामा लिन सक्छौं’ उनले भने ।


९८०० फिटको उचाईमा भारतीय सेनाहरु बसेर चिनियाँहरुलाई आफ्नो सडक अगाडी निमार्ण गर्दै गरेको हेरिरहेका छन् ।


‘चिनियाँहरुलाई यही रोक्न यो हाम्रो लागि महत्वपूर्ण छ । तर,यदी हामी यसमा चुक्यौं भने उनीहरुले चिकेन नेकलाई रोल गर्न सक्छन् र हाम्रो उत्तरपूर्वी भाग काट्न सक्छन्’ सिंहले भने ।


सैनिक सङ्ख्याको आधारमा भारत भन्दा शक्तिशाली रहेको चीनले आफ्नो सीमाको रक्षा जुनसुकै हालतमा पनि गर्ने घोषणा गरिसकेको छ र भारतीयहरुलाई उनीहरुको भ्रम मेट्न भनेको छ ।


चीनले यस सडक निमार्णलाई आफ्नो प्रभुत्व जमाउने महत्वपूर्ण कदमको रुपमा देखेको छ र मुख्य निमार्ण अभियान हासिल गर्न खोजेको छ । त्यस्तै भारतले यसलाई आफ्नो राष्ट्रिय अखण्डता माथि ठूलो खतरा मानेको छ । तर, कुनै पनि पक्षले गम्भिर लडाई सुरु गरिहाल्न भने सकेका छैनन् ।


विल्सन सेन्टरका एसिया कार्यक्रमका डेपुटी निर्देशक माइकल कुन्जलम्यानले यो द्वन्द्वको बारेमा भने,‘भारत र चीनबिचमा एक तातो युद्धले उनीहरुको आर्थिक कुटनीतिमा प्राप्त भएको ठूलो उपलब्धी गुम्न सक्छ र दुवै देशलाई ठूलो घाटा हुन सक्छ ।’


ब्राजिल, रसिया, भारत चीन र दक्षिण अफ्रिका ब्रिक्स देशहरुको सम्मेलनमा दुई देशले यो द्वन्द्व अन्त्यको लागि पहल गर्न सक्ने आशा गरिएको छ ।(साभार नेपालिपत्र)

प्रकासित मिति

Loading...

 

yummyfood