world

एजेन्सी। पृथ्वी एउटा ठूलाे दुर्घटनाबाट जाेगिएकाे छ । पृथ्वीको नजिकैबाट गुज्रिएको एउटा आकाशीय पिण्डसँग ठोक्किनबाट पृथ्वी जोगिएको हाे।

सो आकाशीय पिण्ड ठोक्किएको भए पृथ्वीमा ठूलो क्षति हुन सक्ने अवस्था भए पनि पृथ्वी त्यसबाट जोगिएको छ । यदि त्याे पिण्ड ठोक्किएको भए जापानको हिरोसिमामा खसेको बम भन्दा ३० गुणा बढी असर गर्न सक्ने अनुमान वैज्ञानिकहरुले गरेको न्युजवीकले जनाएको छ । अब यो पिण्ड सन् २०२४ मा फेरि पृथ्वी नजिक आउन सक्ने जनाइएको छ । सो पिण्ड आइफल टावर भन्दा ठूलो रहेको बताइएकाे छ ।

१० हजार ४ सय माइल प्रतिघण्टाको दरले अन्तरिक्षमा घुमिरहेको उक्त आकशीय पिण्ड शनिबार पृथ्वी नजिकैबाट गएको हो । पृथ्वीदेखि ४.६ मिलियन माइलको दूरीमा हुँदै उक्त पिण्ड आफ्नो कक्षमा गएको थियो। यो आकशीय पिण्डको नाम २००६ क्यूक्यू २३ रहेको वैज्ञानिकहरुले जनाएका छन्। सन् २००६ को अगस्टमा यो पिण्डको पहिचान भएको थियाे ।

सो पिण्ड पृथ्वीमा ठोक्किएको भए आणविक बम भन्दा पनि शक्तिशाली हुने अनुमान वैज्ञानिकहरुले गरेका छन्। नासाका अनुसार उक्त पिण्ड पृथ्वीमा खसेको भए कम्तिमा १३ लाख मानिस मारिन सक्थे। ६ करोड ६० लाख वर्ष अघि आकशीय पिण्ड खसेकै कारण पृथ्वीमा महाप्रलय भएको र सोही समयमा डाइनोसोरलगायतका जीव लोप भएको मानिने गरेको छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर