1478958692 banner ad format

 
 

हरारे । जिम्बाबेमा बुधबार भएको बस दुर्घटनामा परी ४३ जनाको ज्यान गएको छ । बसका चालकले नियन्त्रण गुमाउदा सो दुर्घटना हुन पुगेको बताइएको छ । 

हामीलाई भनिएको छ कि बसको चालकले नियन्त्रण गुमाउदा बसमा सवार रहेका कम्तीमा पनि ४३ जनाको ज्यान गएको छ– हरारेको प्रहरीले जनाएको छ । 

सो दुर्घटना बुधबार भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता च्यारिटी चारम्बाले एएफपी समाचार समितिलाई दिएको जानकारी अनुसार सो बस दुर्घटनामा पर्नुमा अरु त्यस्तो कुनै कारण देखिएाको छैन, र यसको प्रकृति हेर्दा चालकले गति गुमाउन पुगेको देखिएको छ । 

सो बस जाम्बियातर्फ जादै गरेको थियो । तर जिम्बाबेमा नै सो बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा गतवर्ष पनि बस दुर्घटना भएको र त्यसमा परी कम्तीमा ३० जनाको ज्यान गएको थियो । 

प्रकासित मिति

Loading...

 

yummyfood