Hidden
Hidden
‘रोशनीको शरीरमा लागेको चोटमा बाहिरी मानिसको संलग्नता’
काठमाडौँ - निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहारलगायत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिरी मानिसको संलग्नता देखिएको उच्च स्रोतले जानकारी दियो । प्रहरीले रोशनीलाई असोज १७ गते त्रिवि शिक्षण अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको थियो । स्रोतका अनुसार नियमित स्वास्थ्य अवस्था र अपराध अनुसन्धानसम्बन्धी प्रमाण संकलनका लागि गरिएको रोशनीको ‘फरेन्सिक जाँच प्रतिवेदन’ अस्पतालले प्रहरीलाई दिइसकेको छ ।
रोशनीमाथि बलात्कार प्रयास आरोपमा निवर्तमान सभामुख महरा असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए । पक्राउ परेकै दिन राति उनको पनि त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गरिएको थियो । उनको फरेन्सिक जाँचसमेत गरिएको थियो । उनको स्वास्थ्य परीक्षण प्रतिवेदन आइनसकेको स्रोतको भनाइ छ ।
असोज १८ गते रोशनीले महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्टै काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो । महरा अहिले प्रहरी निगरानीमै थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार क्रममा छन् । मुटु र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी चिकित्सकको रायअनुसार अस्पताल भर्ना भएका हुन् । मंगलबार अदालत खुलेपछि महरालाई अनुसन्धानका लागि म्याद थप गर्न लैजाने प्रहरीको तयारी छ ।
‘बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा चोटपटक लागेको पुष्टि भयो, त्यसमा बाहिरी पक्षकै संलग्नता देखियो,’ फरेन्सिक जाँच प्रतिवेदनबारे उल्लेख गर्दै उच्च स्रोतले भन्यो, ‘अर्को पक्षको समेत स्वास्थ्य परीक्षण प्रतिवेदन आएपछि अनुसन्धान दोस्रो चरणमा प्रवेश गर्छ ।’
काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले उक्त प्रकरणमा अनुसन्धान जारी रहेको बताए । ‘पीडितबाट दर्ता भएको किटानी जाहेरीअनुसार अनुसन्धान जारी छ, दुवै पक्षको स्वास्थ्य परीक्षण भइसकेको छ,’ उनले भने, ‘अदालत खुलेपछि आरोप लागेका व्यक्तिलाई उपस्थित गराउने तयारी छ ।’ तथ्य र प्रमाणका आधारमा आफूहरूले त्रुटिरहित अनुसन्धान गरिरहेको बताउँदै उनले अनुसन्धानमा भइरहेका प्रगतिबारे नसोध्न आग्रह गरे ।
गत असोज १२ गते राति रोशनीको कोठामा गएर महराले यौन दुर्व्यवहार गरेको भन्दै पीडितको भनाइसहितको भिडियो समाचार असोज १४ गते हाम्रा कुरा डटकमले सार्वजनिक गरेको थियो । सोही साँझ सभामुख महराको सचिवालयले समाचारको खण्डन गर्दै घटनामा महराको संलग्नता नभएको विज्ञप्ति जारी गरेको थियो तर भोलिपल्ट दिउँसो महराले पदबाट राजीनामा दिए ।
राजीनामा दिएकै दिन रोशनीले महराबाट आफूमाथि कुनै यौन दुर्व्यवहार नभएको ‘भिडियो अन्तर्वार्ता’ नागरिक खबर डटकम अनलाइनलाई दिएकी थिइन् । त्यसको २ दिनपछि असोज १७ गते दुर्व्यवहारसम्बन्धी स्वास्थ्य परीक्षण गराउनुका साथै १८ गते महराबाटै बलात्कार प्रयास भएको किटानी जाहेरी बानेश्वर प्रहरीमा दिएकी थिइन् । त्यसपछि उक्त प्रकरणले अर्कै मोड लिएको हो । यौन दुर्व्यवहार र बलात्कार प्रयास प्रकरणको अनुसन्धान सुरुमा बानेश्वर प्रहरीले गरे पनि अहिले यो मुद्दा महानगरीय प्रहरी परिसर काठमाडौंले हेरिरहेको छ ।
प्रकासित मिति
मुख्य समाचार View All
मुख्य खबर
-
बझाङ हत्याकाण्ड : आफ्नै कार्यकर्तालाई प्रचण्ड समूह भनेर प्रचार गरेपछि !
बझाङ हत्याकाण्ड : आफ्नै कार्यकर्तालाई प्रचण्ड समूह भनेर प्रचार गरेपछि ! ...
-
सरकारी कोषबाट ठाउँको ठाउँ पशुपतिनाथलाई ३० करोड दिन ओलीको आदेश
सरकारी कोषबाट ठाउँको ठाउँ पशुपतिनाथलाई ३० करोड दिन ओलीको आदेश ...
-
एमाले, माओबादी र राप्रपाको गठबन्धनमा चुनाब जितेका ओलीलाई अब धौ:धौ !
एमाले, माओबादी र राप्रपाको गठबन्धनमा चुनाब जितेका ओलीलाई अब धौ:धौ ! ...
???? ???
-
दरबार पुगे पारस
-
भक्तपुरमा ४ हजारलाई कोरोना खोप
-
कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग
-
फास्ट ट्रयाक समयमा नै निर्माण सम्पन्न हुने
-
प्रधानन्यायाधीशको हतारो : १५ मिनेट भन्दा बढी नबोल्नु !
-
अब मलाई डफलीवाले भन्छन : प्रधानमन्त्री ओली
-
सुवास नेम्वाङकाे भिडियो टिपोटमा छ : प्रधानन्यायाधीश राणा
-
अब हरेक संसदको आयु २ वर्ष हुनेछ : वरिष्ठ अधिवक्ता संग्रौला
-
कार्यकर्ता हत्याको विरोधमा बझाङ कांग्रेसको प्रदर्शन
-
भ्रष्ट्राचार अभियोगमा राप्रपा नेता विक्रम पाण्डेलाई मुद्धा, विशेष अदालतमा सुनुवाइ
समाचार View All
-
दरबार पुगे पारस
-
भक्तपुरमा ४ हजारलाई कोरोना खोप
-
कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग
-
फास्ट ट्रयाक समयमा नै निर्माण सम्पन्न हुने
-
प्रधानन्यायाधीशको हतारो : १५ मिनेट भन्दा बढी नबोल्नु !
-
अब मलाई डफलीवाले भन्छन : प्रधानमन्त्री ओली
-
सुवास नेम्वाङकाे भिडियो टिपोटमा छ : प्रधानन्यायाधीश राणा
-
अब हरेक संसदको आयु २ वर्ष हुनेछ : वरिष्ठ अधिवक्ता संग्रौला
-
कार्यकर्ता हत्याको विरोधमा बझाङ कांग्रेसको प्रदर्शन
-
भ्रष्ट्राचार अभियोगमा राप्रपा नेता विक्रम पाण्डेलाई मुद्धा, विशेष अदालतमा सुनुवाइ
विचार विश्लेषण View All
Photo GalleryView All
Video GalleryView All
आर्थिकView All
बिकास निर्माणView All
कला साहित्य View All
खेलकुदView All
क्रिकेट View All
अन्य खेलकुद View All