1478958692 banner ad format

 
 

 

नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक एबं जनप्रशासनमा स्नातकाेत्तर गरेका गोविन्द पन्थीले आफुलाइ  जनताको सेवामा समर्पित गरे । उनी गुल्मी जिल्लामा जन्मिएर जनपद प्रहरीकाे निरीक्षक पदमा प्रधान कार्यालयमा कार्यरत छन ।

kantipath.com panthi

उनले सबैलाई कानुनको नजरमा एकनास देख्दै कार्यक्षेत्रमा खरो उत्रदै आएका कारण कार्यक्षेत्रमा उत्कृष्ट अनुशन्धान र चेतनामूलक कार्यक्रम सन्चालन गरि स्थानीयको मन जित्न सफल भएका छन । उनले अपराध महाशाखा ,सिआइबि ,पुल्चोक लगायतका ठाउमा बसि उल्लेखनीय कार्य गरि साच्चिकै आफ्नो छाप समाजमा छाड्न सफल भएका छन । उनी रास्ट्रपति बाट समाजमा राम्रो र उल्लेखनीय योगदान गरेको भनी पदक बाट बिभूषित  भएका छन ।

पन्थी पुल्चोकमा रहदा एक महिलालाई न्याय दिने क्रममा शक्ति केन्द्रको आडमा फिर्ता तानिएका थिए । साे धटनामा मिडियाले उनलाइ साथ दिदा उनी साच्चिकै सेलिब्रेटी बने भने तत्कालिन आईजीपी प्रकाश अर्याल अाफ््नाे निर्णयबाट पछि हटन बाध्य भए ।

उखान नै छ हरेक चुनौतीले अबसर ल्याउछ, नभन्दै त्यस्तै भएछ इन्स्पेक्टर पन्थीको जीवनमा पनि। उनी जसरी अपराध र अपराधीका बिरुद्ध कठोर रुपमा प्रस्तुत हुन्छन तर पिडित र आम नागरिकसंग भने उनको प्रस्तुती साच्चिकै अनुकरण योग्य रहेकाेछ।

इन्स्पेक्टर पन्थिले अहिले सङठनमा तल्लो स्तरका कर्मचारीको मन जित्न सफल भएका छन। उनको कार्य कक्षमा  कुराकानीकाे अबशरमा साे समयको उनका गतिविधि ,कर्मचारी प्रती उनले देखाएको ब्यबहार, कर्मचारीको समस्याको सम्बोधनका तौरतरिका साच्चिकै प्रशंसणीय र उदाहरणीय थिए।

kantipath panthi1

कति प्रहरी कर्मचारी उनको अगाडी रोइदिन्थे त कति कर्मचारीले आफ्ना समस्या राम्रोसंग राख्थे । कति आफ्ना समस्या राख्नै सक्दैनथे ,कतिले आफ्ना समस्या जिल्ला एबम् प्रदेश बाट सुनुवाइ नभएर आएको बताउदै गरेको दृश्य साच्चिकै मर्मस्पर्सी थिए।तर जति कर्मचारीले उनलाइ भेटे शालीन स्वभाबका इन्स्पेक्टर पन्थीले हरेक कर्मचारीका समस्या सम्बोधन गरिदिने प्रयास गरेको देखिन्थ्यो।

सुदुर पश्चिम बाट र पुर्ब बाट बच्चा बोकेर आएका महिला कर्मचारी  सोध्दा उनिहरुले आँखा भरी आँसु झार्दै अपाएक सरूवाकाे कारणले जागिरै छाड्नु पर्ने अबस्थामा पुगेकाे ब्यथा बताए । हामीले चिनेका कोहि छैनन त्यही पनि प्रधान कार्यलय गएर आफ्ना समस्या राखेमा अहिलेका आईजीपी सरबाट सुनुवाइ हुन्छकि भनेर आएका थियाै।

पन्थीसरलाई हामीले चिनेका पनि थिएनौ, उहँाले हाम्रा कुरा सुनेर तत्कालै काम गरिदिनु भयाे । हाम्राे समस्या यति चाँडाे हल हाेला भन्ने सोचेका नै थिएनाै । साच्चिकै समस्या बुझी दिने हुनुहुदो रहेछ, पन्थीसर। बोली व्यवहार सबै सरहरुको उहांकाे जस्तै भएत हामी तल्लो स्तरका कर्मचारिको मनोबल कति उठ्ने थियो ? यस्ताे बाताबरणमा अाफ्ुहरू २४सै घन्टा ड्यूटी गर्न तयार भएकाे बताए ।

प्रहरीका हाकिमहरुको बोली ब्यबहार यस्तै सरल र सहज हुनु पर्छ। साच्चिकै इन्स्पेक्टर पन्थी सहज र सरल छन।असल प्रशाशक भएका कारण प्रहरी कर्मचारीका भरोशाका केन्द्रबिन्दु भएकाछन।

पन्थी जस्तै सछम अधिकृत ७ प्रदेश मै जन्मिउन, तल्लो स्तरका कहि पहुँच नभएका कर्मचारिले लालाबाला बोकि केन्द्रमा धाउन नपरोस। सबै प्रहरी कर्मचारीले न्यायोचित ब्यबहार पाउनु पर्दछ। जस्को प्रतिफल उच्च मनोबलको साथ तैनाथ रहेको प्रहरीबाट जनमुखी प्रशाशन सन्चालन हुनेछ भन्ने अाशा लिन सकिन्छ ।

kantipath.com panthafamily

उनी जसरी जनतामा समर्पित भै सरल र सहज किसिमले काम गर्छ्न उनको पारीबारिक जीवन पनि प्रेरणादायी छ। उनले १९ बर्षिय शारदा मरासिनी सँग प्रबिणता प्रमाणपत्र तह अध्ययनरत रहदै बिबाह गरि श्रीमती लाई पढ्ने हौसला प्रदान गरेका रहेछन ।  शारदा मरासिनी हाल स्नातकाेत्तर  उतिर्ण गरि २ बच्चा जन्माइ लोकसेवाबाट शाखा अधिकृतमा नाम समेत निकाल्न सफल हुनु भएकाे छ । हाल उहाँ उपत्यका भित्रकाे नगरपालिकामा कार्यरत हुनुहुन्छ।

शारदा पन्थीसँग उनको सफलताको बारेमा जिज्ञासा राख्दा उनको जबाफ थियो “,जहाँ इक्षा त्याँहा उपाय “असम्भब केही छैन।गर्छु भनेर लाग्ने र पारिवारिक बाताबरण पाएमा महिलाले पनि पुरुषले जत्तिकै कामगर्न सक्छ्न । मैले परीक्षा दिदा ठुलै तनाबका बिचमा रहेर exam दिएकी थिए ।

मेरा साथिभाइ इस्टमित्र कसैले पनि यसपटक मेरो परिक्षामा नाम निस्किन्छ भनी सोचेका थिएनन तर म दृढ सन्कल्पित थिए ।मलाइ अन्यायका विरुद्ध सन्चार जगत लागेको देखेर मलाइ एक प्रकारको हौसला दिइरहेको थियो त्यही समयलाइ उपयोग गरे र श्रीमानबाट अपार सहयोग पाए जसको कारण म शाखाअधिकृत बन्न सफल भएकी हु, उनले बताइन।

(जागरण अनलाइनकाे सहयाेगमा तयार)

प्रकासित मिति

Loading...

 

ताजा खबर