tealaya add

jhalanathkhanal

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालको बाल्यकाल र काठमाडौं बसाइँका विषयमा हामीले यसअघि जानकारी गरिसकेका छौँ ।

सुदूरपूर्व इलामका खनाल कसरी बाग्लुङ पुगेर शिक्षक बने ? इन्जिनियर बन्ने सपना बोकेका उनी कसरी शिक्षक बने भन्ने जानकारी यहाँ प्रस्तुत गर्छौँ । मेरो उद्देश्य कम्युनिष्ट पार्टीलाई एकतावद्ध र बलियो बनाउने थियो । जसका लागि मैले काठमाडौंबाट पश्चिम नेपालतर्फ लाग्ने योजना बनाए । त्यहीँ समयमा पश्चिम बागलुङका प्रेम केसीसँग मेरो सम्पर्क भयो । उनी पछि नेपाली सेनाको कर्णेल भए ।

मलाई पनि पश्चिम नेपाल जान मन थियो । उहाँहरुलाई शिक्षक चाहिएको रहेछ । मथुराजीसँग सरसल्लाह गरेर म बाग्लुङ जाने निर्णयमा पुगेँ ।

प्रेम र म आ-आफ्नो डेरामा आउने जाने भैरहन्थ्यो । प्रेमको डेरा इन्द्रचोकदेखि भित्र थियो । एक दिन उनको डेरामा बाग्लुङबाट मथुरा श्रेष्ठ र अर्का एक जना आउनुभएको रहेछ । ती अर्का व्यक्ति शिक्षक खोज्न आउनुभएको रहेछ ।

आइएससी शिक्षक खोज्नुभएकाले प्रेमले उक्त कुरा मलाई सुनाए । मलाई पनि पश्चिम नेपाल जान मन थियो । उहाँहरुलाई शिक्षक चाहिएको रहेछ । मथुराजीसँग सरसल्लाह गरेर म बागलुङ जाने निर्णयमा पुगेँ ।

पहिलो पटक जहाज चढें

arpबागलुङ जानका लागि हामीले काठमाडौंबाट पोखरासम्म जहाजमा गयौं । पोखराबाट भने दुई दिन पैदल हिँडेर बाग्लुङको गलकोट पुग्यौं । त्यो समय पैदल हिँड्नुको विकल्प थिएन ।पोखरा पुगेपछि मथुरा श्रेष्ठले नीलप्रसाद श्रेष्ठको घरमा बास बसौँ भन्नुभयो । उहाँको बगरमा घर थियो । त्यो बेला पोखरा सानो बजार थियो । दुई तर्फ लाइनै घर थिए । अहिले विशाल शहर भयो । धेरै अत्याधुनिक घर छन् । तर, त्यो समयमा रातोमाटोले पोतेका घर थिए । थकाली र नेवार समुदायको बाहुल्यता थियो । मैले पोखरा पहिलो पटक त्यहीँ बेलामा घुमेको हो ।पोखराबाट नाउडाँडा हुँदै बागलुङको गलकोट क्षेत्रतर्फ लाग्यौँ । पहिलो दिन बाग्लुङको दोबिल्ला पुग्यौं । उमेरको कारणले होला अहिले धेरै ठाउँको नाम पनि बिर्सिसकें । दोबिल्लाबाट अगाडि बिहुँको उकालो आउँछ । बिहुँ हुँदै हामी घोडाबाँधे पुग्यौं । घोडाबाँधेबाट तल झरेपछि गलकोट क्षेत्रमा छिरिन्छ । ओरालो झरेपछि नरेठाँटीमा पुगिन्छ । नरेठाँटी पनि पारगरेपछि हटियाँ पुगिन्छ । हटिया भनेको पुरानो बजार क्षेत्र हो ।

उमेरको कारणले होला अहिले धेरै ठाउँको नाम पनि बिर्सिसकें । दोबिल्लाबाट अगाडि बिहुँको उकालो आउँछ । बिहुँ हुँदै हामी घोडाबाँधे पुग्यौं । घोडाबाँधेबाट तल झरेपछि गलकोट क्षेत्रमा छिरिन्छ । ओरालो झरेपछि नरेठाँटीमा पुगिन्छ । नरेठाँटी पनि पारगरेपछि हटियाँ पुगिन्छ । हटिया भनेको पुरानो बजार क्षेत्र हो ।

म दरम भन्ने ठाउँको हाठचौर जानुपर्ने थियो । त्यहाँ मथुराको घर थियो । मेरो बसाइ मथुराको घरमा नै हुने भयो । मथुरा पनि शिक्षक हुनुहुन्थ्यो । हटिया र दरमको बीचमा एउटा ठूलो चौर थियो । त्यहीँ चौरमा स्कुल थियो । जुन स्कुललाई गलकोट हाइस्कुल भन्ने गरिन्थ्यो ।

हाम्रो हेडसर चित्रबहादुर केसी

Chitra Bahadur KCगलकोट हाइस्कुलमा मैले पढाउन सुरु गरें । तर, मेरो दिमागमा राजनीतिले भरिएको थियो । मलाई विद्यार्थीहरुले मन पराउँथे । पढाइसँगै मैले विद्यार्थीलाई संगठित गर्न थालेको थिएँ । गलकोेट हाइस्कुलमा पुगेको करिब एक साताभित्रै स्ववियु बनाएँ ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी त्यतिबेला हाम्रो स्कुलको हेडमास्टर हुनुहुन्थ्यो । उहाँको पनि मलाई संरक्षण प्राप्त भैहाल्यो । उहाँले मलाई सहयोग गर्नुभयो ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी त्यतिबेला हाम्रो स्कुलको हेडमास्टर हुनुहुन्थ्यो । उहाँको पनि मलाई संरक्षण प्राप्त भैहाल्यो । उहाँले मलाई सहयोग गर्नुभयो ।गलकोटमा रहँदा म आफ्नो कोठामा विरलै मात्र बस्थें । हरेक दिनजसो विद्यार्थीसँगै उनीहरुकै घरमा जान्थें । मलाई गाउँघर जान मन लाग्थ्यो । त्यहाँका बासिन्दाले धेरै नै माया गर्नुहुन्थ्यो । घरमा मीठो पकाएर खुवाउने गर्नुहुन्थ्यो ।

गलकोटबाटै नेपाल बुझेँ

tpचिटिक्क पर्नलाई त्यो बेला हामीसँग कपडा कम हुन्थ्यो । सर्ट, पाइन्ट भने लगाउँथ्यौं । जाडोमा स्वेटर लगाउने गरिन्थ्यो । सरसफाइ गर्नुपर्छ भन्नेमा म सुरुदेखिनै सचेत थिएँ । सरसफाइबारे मैले त्यहाँका नागरिकलाई पनि सिकाउँथे । यहाँ रहँदा मैले किसानको जीवन कसरी चलिरहेको छ भन्ने थाहा पाएँ ।ग्रामीण जीवन, उनीहरुको आर्थिक स्रोत, उनीहरुका समस्या, ग्रामीण क्षेत्रका नागरिकलाई कसरी शोषण गरिएको छ ? भन्ने कुरा मैले गलकोटमै थाहा पाएँ । त्यसैले गलकोटा मेरा लागि जीवनको महत्त्वपूर्ण शिक्षालय हो । गलकोट पढेर मैले नेपालको समग्र अवस्थाबारे जानकारी प्राप्त गरें ।गलकोटका पनि माथिल्लो क्षेत्रहरु गरिब र तल्लो क्षेत्रमा धनाढ्य मान्छे बसेका थिए । त्यो क्षेत्र राजतन्त्र भएको ठाउँ थियो । त्यसैले विभिन्न प्रकारका बेठी तिर्नुपर्ने थियो । राजाको काम सित्तैमा गरिदिनु पर्ने अवस्था थियो । मैले त्यहाँका जनतालाई राजाको विरोध कसरी गर्ने भन्ने कुरा सिकाएको पनि थिएँ ।

जिब्रोमै झुन्डिने दरमखोलाको माछा

fishगलकोटको दरमखोला त्यो क्षेत्रको जीवन निर्वाहका लागि महत्त्वपूर्ण खोला हो । हामी खोलामा गएर पौडी खेल्ने, माछा मार्ने गथ्र्यौं । दरमखोलामा त्यो समयमा निकै मिठो माछा पाइन्थ्यो । खोला सानो भए पनि त्यहाँका दहहरुमा निकै मिठो माछा पाइन्थ्यो । स–साना कुरमा पनि माछा पाइन्थ्यो ।चित्रबहादुर केसीजी पनि माछा मार्न निक्कै सिपालु हुुनुहुन्थ्यो । उहाँलाई मन पर्ने कुरामा माछा मार्नु पनि थियो । म बस्ने मथुराजीको बुवा पनि माछा भनेपछि हुरुक्कै गर्नुहुन्थ्यो । उहाँसँग जहिल्यै खुँगे हुन्थ्यो । त्यो खुँगेमा हरेक दिन माछा लिएर आउनु हुन्थ्यो ।चित्रबहादुर केसीजी पनि माछा मार्न निक्कै सिपालु हुुनुहुन्थ्यो । उहाँलाई मन पर्ने कुरामा माछा मार्नु पनि थियो । म बस्ने मथुराजीको बुवा पनि माछा भनेपछि हुरुक्कै गर्नुहुन्थ्यो । म त्यो घरमा बसिञ्जेल हाँहरुले मलाई दरमखोलाको माछा खुवाउनुभयो । मैले अहिलेसम्म दरमखोलाको माछाजस्तो मीठो माछा कहीँ पनि खाएको छैन । त्यस्तो माछा अन्य ठाउँमा पाउँदैन ।

शरीरमा जुम्रा पनि परे

भूमिगत जीवनकालमा गाउँगाउँमा गएर बस्नु पथ्र्यौ । समयमै नुहाइधुवाइ गर्न सहज थिएन । त्यसैले हाम्रो शरीरमा जुम्रा पनि पथ्र्यो । अहिले पनि त्यो जुम्राको चर्चा हुन्छ रे ।

मथुरा श्रेष्ठबाट कम्युनिष्ट पार्टीको सदस्यता

मथुराजी कम्युनिष्ट पार्टीको बागलुङ जिल्ला कमिटीको सदस्य हुनुहुँदो रहेछ । उहाँको घर पुगेको राति ११ बजेपछि कम्युनिष्ट पार्टीको सदस्यता लिन आग्रह गर्नुभयो । मैले उहाँकै घरमा राति पार्टी सदस्यता लिएँ । तर, हस्ताक्षर गरेर लिएको कागज हरायो भने समस्या हुन्छ भनेर मैले मौखिकरुपमा लिएको थिएँ । सदस्यतापत्र भने उहाँले राखिदिनुभयो ।

मथुराजी कम्युनिष्ट पार्टीको जिल्ला कमिटीको सदस्य हुनुहुँदो रहेछ । उहाँको घर पुगेको राति ११ बजेपछि कम्युनिष्ट पार्टीको सदस्यता लिन आग्रह गर्नुभयो ।

जिल्ला कमिटीको सचिव चित्रबहादुर केसी रहेको कुरा पनि मैले मथुराजीबाटै थाहा पाएँ । त्यसपछि उहाँसँग मेरो सामिप्यता बढ्यो । म उहाँलाई सम्मान गर्थें । उहाँले पनि मलाई मेरो गतिविधि धेरै विचार गर्नुभयो ।

मैले पढाउँदा चित्रबहादुरजीले लुकेर हेर्नुहुन्थ्यो

विद्यालयमा मैले पढाउँदा चित्रबहादुरजी लुकेर हेर्नुहुन्थ्यो । उहाँले लुकेर हेरेको देख्थें । म राम्रोसँग पढाउँथेँ । त्यही कुराले मसँग चित्रबहादुरजी निक्कै खुसी हुनुहुन्थ्यो ।

चित्रबहादुरजीसँग मेरो सम्बन्ध राम्रो थियो । हाम्रो शिक्षक साथीहरुको टोली सबै प्रगतिशील थियो । चित्रबहादुरजी पनि निक्कै मेहनेती र मिलेर काम गर्ने खालको हुनुहुन्थ्यो ।

म भदौमा गलकोट पुगेको थिएँ । असोजमा दशैं । दशैंमा हाम्रो बसाइ चित्रबहादुरजीको घरमा भयो । उहाँकी आमा मेरा लागि असाध्यै आदरणीय हुनुहुन्छ । अहिलेसम्म पनि उत्तिकै आदरभाव प्रकट गर्छु ।

चित्रबहादुरजीसँग मेरो सम्बन्ध राम्रो थियो । हाम्रो शिक्षक साथीहरुको टोली सबै प्रगतिशील थियो । चित्रबहादुरजी पनि निक्कै मेहनेती र मिलेर काम गर्ने खालको हुनुहुन्थ्यो ।

म बाहिरबाट आएका कारण पनि उहाँले निक्कै माया गर्नुहुन्थ्यो । म गएपछि उहाँले मिठो खाना पकाएर खुवाउनु हुन्थ्यो । सुदूरपूर्वबाट आएको मान्छे भनेर उहाँले मिठोमिठो खानेकुरा खुवाउनुहुन्थ्यो ।

चित्रबहादुरजीको घरमा किसानलाई प्रशिक्षण

केसीजीको घर गल्याङ भन्ने ठाउँमा थियो । त्यहाँ एउटा साझा घर पनि उहाँहरुले बनाउनु भएको थियो । त्यहाँ पुस्तकालय जस्तो थियो । बेलुकी भएपछि गाउँभरका किसान जम्मा हुन्थे । उनीहरुलाई हामी कम्युनिष्टबारे जानकारी दिन्थ्यौँ ।

चित्रबहादुर केसी र उहाँको बाको सम्बन्ध राम्रो थिएन । बोलचाल पनि थिएन । बाले अर्को विवाह गरेर अर्को ठाउँमा गएपछि उहाँहरुको सम्बन्ध नराम्रो भएको हो । यो स्वभाविक पनि हो ।

उहाँका भाइहरु दलबहादुर, टंक र अर्का एकजना हुनुहुन्थ्यो । उहाँको परिवार निकै राम्रो थियो । त्यो परिवारसँग मेरो सम्बन्ध राम्रो रह्यो । अहिले विचारमा हामी फरक फरक भए पनि चित्रबहादुरजी राम्रो नेता हुनुहुन्छ । त्यो बेला एउटै विचारधारामा थियौं ।

चित्रबहादुर केसी र उहाँको बाको सम्बन्ध राम्रो थिएन । बोलचाल पनि थिएन । बाले अर्को विवाह गरेर अर्को ठाउँमा गएपछि उहाँहरुको सम्बन्ध नराम्रो भएको हो । यो स्वभाविक पनि हो ।

मोहनविक्रमजी आउने जाने गर्न थाल्नुभयो । त्यसपछि उहाँ त्यता लाग्नुभयो । अहिले पनि उहाँ त्यहीँ क्रियाशिल हुनुहुन्छ । उहाँसँग अहिले पनि भेटघाट हुन्छ । गलकोटमा रहँदाको आत्मीयतामा अहिले पनि कमी आएको छैन ।

स्कुलमा पढाउने क्रममा विद्यार्थीलाई मैले एक हप्तासम्म के के गर्ने काम तालिका बनाएर दिएँ । साहित्य गोष्ठी, विचारगोष्ठी, सरसफाइ, बगैंचाका कामलगायतका काम दिएपछि विद्यार्थी खुसी भए । सरसफाइमा सचेत पनि बने । कक्षामा मोनिटर पनि बनाइदिएँ । त्यो बेला मैले पढाएका विद्यार्थीहरुले म मन्त्री भएपछि बधाइ दिए ।

हरेक हप्ता एक जना विद्यार्थीको घरमा बास

म सातैपिच्छे एक एकजना विद्यार्थीको गाउँमा जान्थें । मास्टर आएको थाहा पाएपछि गाउँमा मानिस भेला हुन्थे । त्यही मौकामा म राजनीतिक प्रशिक्षण दिन भ्याइहाल्थें ।

पञ्चायती व्यवस्था ठिक छैन, हाम्रा मौलिक हक दिएको छैन । पढ्न, लेख्नसमेत पञ्चायतले रोक्छ भन्ने जस्ता कुरा गाउँलेलाई सुनाउँथेँ ।

म सातैपिच्छे एक एकजना विद्यार्थीको गाउँमा जान्थें । मास्टर आएको थाहा पाएपछि गाउँमा मानिस भेला हुन्थे । त्यही मौकामा म राजनीतिक प्रशिक्षण दिन भ्याइहाल्थें ।

हाम्रा हक अधिकारका लागि जागरुक बन्नुपर्छ भनी जागरुक बनाउँथेँ । यसरी विद्यार्थीको गाउँ गाउँ जानेक्रममा कहिले गलकोट, कहिले ताराखोला, कहिले राङखानी, गल्याङ, नरेठाँटी पुग्थें ।

भरतबम मल्लविरुद्ध जागरण

गलकोट क्षेत्र गलकोटे राजाको शासन व्यवस्था भएको ठाउँ हो । म त्यहाँ रहेका बेला भरतबम मल्लको शासन थियो । किसानले फलाएका जुनसुकै फल पहिले राजाकोमा पुर्‍याउनु पर्ने बाध्यता थियो । मेवा, पर्सी, काँक्रालगायत जे फले पनि राजाको लैजानु पर्ने प्रथा थियो । मैले त्यो प्रथाको विरोध गरेँ । किसानहरुलाई पनि त्यसबारे जागरुक बनाउनतर्फ लागें । शिक्षकबीचमै पनि राम्रो जागरण आयो ।

म त्यहाँ रहेका बेला भरतबम मल्लको शासन थियो । किसानले फलाएका जुनसुकै फल पहिले राजाकोमा पुर्‍याउनु पर्ने बाध्यता थियो । मेवा, पर्सी, काँक्रालगायत जे फले पनि राजाको लैजानु पर्ने प्रथा थियो ।

शिक्षकहरुको सल्लाहमा स्कुलको वार्षिकोत्सव मनाउने भइयो । हेडमास्टर चित्रबहादुर केसीले पनि त्यसलाई स्वीकार गर्नुभयो । त्यो वार्षिकोत्सव कार्यक्रममा गंगालालको चिता नामक नाटक देखायौं ।

म गीत र कविता पनि लेख्ने गर्थें । प्रगतिशील गीतहरु पनि गाउँथे । विद्यालयमा नाच्ने गाउने पनि हुन्थ्यो । अतिरिक्त कार्यक्रमले राम्रो सफलता प्राप्त गर्‍यो ।

विद्यार्थीको समाचारले समस्या

हामीले मिलाएर कार्यक्रम गर्‍यौं । तर विद्यार्थीहरुले पञ्चायती व्यवस्थाविरुद्धका कार्यक्रम सिधासिधा गर्न थाले । नजिकैको एक विद्यालयमा वार्षिकोत्सव कार्यक्रम भएको रहेछ । त्यहाँका विद्यार्थीले पिठे रेडियो बनाएर समाचार भनेछन् । समाचारमा ‘आज महेन्द्रको मृत्यु भयो, आजदेखि पञ्चायती व्यवस्थाको अन्त्य भयो, बहुदलीय व्यवस्था आजदेखि कायम गरिएको...’ जस्ता कुराहरु समेटेर समाचार प्रशारण गरेछन् ।

पुलिसले त्यहाँ भएको कार्यक्रमको विवरण सबै टिपेर लगे । अञ्चालाधीशले सबैलाई पक्रेर ल्याउनु भनेर आदेश जारी गरेछन् । विद्यार्थी पक्राउ परेपछि उनीहरुले केही भने होलान् । त्यसलगत्तै म र चित्रबहादुर केसीलाई पनि वारेन्ट जारी भयो ।

हामीले प्रहरीको फन्दामा पर्नु हुँदैन भनेर सल्लाह गर्‍यौं । भूमिगत बस्ने सल्लाह भयो । उक्त घटनापछि हामी तीनचार महिना भूमिगत भयौं । भूमिगत भएका बेलामा मैले चित्रबहादुर केसीलाई काठमाडौं पठाएको थिएँ ।

त्यहाँका विद्यार्थीले पिठे रेडियो बनाएर समाचार भनेछन् । समाचारमा ‘आज महेन्द्रको मृत्यु भयो, आजदेखि पञ्चायती व्यवस्थाको अन्त्य भयो, बहुदलीय व्यवस्था आजदेखि कायम गरिएको...’ जस्ता कुराहरु समेटेर समाचार प्रशारण गरेछन् ।

देशैभर छरिएका कम्युनिष्ट पार्टीको कोअर्डिनेसन बनाएर जानुपर्छ भनेर पहल गरेको थिएँ । मोहनविक्रमजी त्यो समयमा जेलमा हुनुहुन्थ्यो । अरुबाट आशा गर्ने ठाउँ थिएन । मैले त्यही बुझ्नका लागि चित्रबहादुरजीलाई काठमाडौं पठाएको थिएँ ।

काठमाडौंबाट उहाँ फर्किनुभयो । त्यसपछि उहाँले भन्नुभयो, ‘हामी अहिले नै भूमिगत हुनु हुँदैन । ओपन नै रहनुपर्छ । बिस्तारै पार्टीलाई पुनर्गठन गर्नुपर्छ । पार्टी नबन्दै भूमिगत हुँदा समस्या पर्छ ।’ चित्रबहादुरजीसँगको सल्लाहअनुसार पार्टी निर्माण गर्ने काममा लाग्नु पर्छ भन्ने मैले पनि निर्णय गरेँ । डेरामा जाने र बस्ने निर्णयमा पुग्यौं ।

राती डेरामा पुगेर सुतें । बिहान त उठ्न नपाउँदै ढोका हान्न थालियो । ढोका खोल्दा बाहिर इन्सपेक्टर रहेछन् । के छ मास्टरसाब भन्दै मलाई बाहिर आउन भन्यो । कपडा लगाएर बाहिर निस्किएको त पुलिसै पुलिस रहेछन् । इन्सपेक्टरसँग मैले कुराकानी गर्न थालेँ । मथुराका बा, आमा सबै हुनुहुन्थ्यो । पानी खान्छु भनेर भित्र पसेँ । त्यहीँ बेला मथुराका बालाई बोलाएँ । र, केही सन्देश उहाँलाई दिएँ । त्यसपछि बा आफ्नो काममा लाग्नुभयो ।

म बाहिर आएपछि इन्सपेक्टरले मलाई लैजाने कुरा गरे । मैले पनि भनेँ, ‘मैले के गरेको छु र लैजाने ?’ उनले मलाई उग्रकुरा गर्नु भएछ भने । मैले पनि उसलाई जवाफ फर्काएँ, ‘उग्रकुरा जसले गरेको छ उसैलाई लैजानुस् ।’ विद्यार्थीको पढाइ बिग्रिन्छ भनेर मैले उसलाई अल्झाउने कोसिस गरें । हरिचौरमा हामीले लामै छलफल गर्‍यौँ ।

मेरो बसाइ हरिचौरमा थियो । म बसेको घरलाई घेरा हालेर पक्राउ गर्न खोजेका थिए । लामो छलफलपछि उनीहरुले मलाई उत्तरतिर ताराखोलाको जंगल हुँदै बाग्लुङ लैजाने कुरा गरेका थिए । मैले जंगलको बाटो नजाने कुरा गरें । मैले नरेठाँटी, हटिया, बिहुँको माथि घोडाबाँधे, बिहुँ हुँदै बाग्लुङ जाउँ भनें । त्यसका लागि विद्यार्थीसँग पनि बिदा हुनुपर्छ भन्ने प्रस्ताव राखैं ।

तत्काल पक्राउ पूर्जी

मैले कसको आदेशमा पक्राउ गर्न खोजेको भनी सोधें । उनीहरुले मलाई पक्राउ गर्न अञ्चलाधीशले पठाएको बताए । मलाई गिरफ्तार गर्ने हो भने पक्राउ पूर्जी दिनु भनेँ । यसँगै गाउँको बाटो हुँदै लैजानु पर्ने पनि अडान लिएँ । मेरो यी दुई अडानले उनीहरु समस्यामा परे ।

मैले पक्राउ पूर्जी मागेको थिएँ । तर, प्रहरीसँग थिएन । पुनः सोधे, ‘पूर्जी चाहिन्छ मास्टरसाब ?’ मैले चाहिन्छ भनें । त्यसपछि नजिकैको तेजब गौचन भन्नेको घरमा गएर अञ्चलाधीशको हस्ताक्षर भएको पुर्जी ल्याए ।

लामो समयसम्म छलफल भएपछि गाउँका मान्छे पनि भेला हुँदै गए । विद्यार्थी पनि चारैतिरबाट आइपुगे । मान्छे जम्मा भएपछि मैले भाषण गर्न थालें । उक्त समयमा मान्छेले पुलिससँग बोल्नु नै ठूलो ठान्थे । तर मैले उनीहरुलाई प्रजातन्त्र, पञ्चायती निरंकुशताबारे भाषण नै दिएँ ।

मैले पक्राउ पूर्जी मागेको थिएँ । तर, प्रहरीसँग थिएन । पुनः सोधे, ‘पूर्जी चाहिन्छ मास्टरसाब ?’ मैले चाहिन्छ भनें । त्यसपछि नजिकैको तेजब गौचन भन्नेको घरमा गएर अञ्चलाधीशको हस्ताक्षर भएको पुर्जी ल्याए । सायद अञ्चलाशीले सही गरेको कागज ल्याएर आएका थिए । त्यसपछि मलाई हिँडाए । बिस्तारै हिँड्न थालें । अली पर पुगेपछि दरम खोला पार गरियो । त्यहाँ झोलुंगे पुल थियो ।

भट्टीमा खाजा खाँदा गाउँलेले घेरे

दरमखोला पार गरेपछि उकालो लाग्नु पर्छ । उकालोको चढेको केही समयपछि एउटा भट्टी थियो । बाग्लुङमा त्यस बेला चिया, नास्ता खाने ठाउँलाई भट्टी भनिन्थ्यो । भट्टीमा पुगेपछि मैले इन्सपेक्टरलाई सोधें, ‘भोक लागेको छैन इन्सपेक्टर साब ?’ उनले उत्तर दिए, ‘लाग्या छ ।’ मैले चिया, खाजा खाउँ भनेपछि उसले स्वीकार गर्‍यो । पहिले उनीहरुलाई खुवाउनतर्फ लागें ।

मैले खाइसकेकै थिइनँ । चारैतर्फबाट मान्छेहरु आइरो लागे । शिक्षक, विद्यार्थी, अभिभावक सबै ओइरिए । उनीहरुले किन लैजाने हाम्रो मास्टरसाबलाई ? स्कुल र विद्यार्थीको किन बिजोग बनाउने ? भनेर र्‍याखर्‍याख्ती पारे ।

चारैतर्फबाट मान्छेहरु आइरो लागे । शिक्षक, विद्यार्थी, अभिभावक सबै ओइरिए । उनीहरुले किन लैजाने हाम्रो मास्टरसाबलाई ? स्कुल र विद्यार्थीको किन बिजोग बनाउने ? भनेर र्‍याखर्‍याख्ती पारे ।

गाउँलेको अगुवाइ बद्री श्रेष्ठले गर्नुभएको थियो । उहाँ पनि शिक्षक नै हुनुहुन्थ्यो । थुप्रै साथीहरु आएर पुलिसलाई घेरे । मैले इन्सपेक्टरलाई सबैलाई सम्झाउनुस् भनें । म त तपाईहरुसँगै जान तयार छु भनें ।

गाउँलेले बोकेर स्कुलसम्म ल्याए

गाउँलेले घेरेपछि मैले नयाँ प्रस्ताव गरें, ‘अब हामी सबै स्कुल जाऔं, त्यसपछि मात्र बाग्लुङ जाउँला ।’ यसरी ताराखोला हुँदै जान्न भनेर ढिपी नै कसें ।

मेरो कुरा सुनपछि इन्सपेक्टरले भने, ‘मास्टरसाबले मलाई सहयोग गर्नुहुन्छ त ?’ मैले जवाफ दिएँ, ‘स्कुलमा बिदा भएर म जान तयार छु ।’ यसपछि हामी स्कुलमै फर्कियौं । गाउँलेले काँँधमा बोकेर मलाई स्कुलसम्म पुर्‍याए । मान्छेहरु बाटाबाटाबाट थपिए । ठूलो विजय यात्राजस्तै भयो । पुलिसले लगेको शिक्षकलाई फर्काएर फेरि ल्याउँदा त उनीहरु खुसी हुने र उनीहरुको मनोबल बढ्ने कुरा भयो ।

नारा, जुलुससहित हामी हरिचौर आइपुग्यौं । दरम तरेर स्कुलमा आइपुग्दा हजारौँ मान्छे जम्मा भैसकेका थिए । चौरमा सानो झुपडी थियो स्कुलको । पानी आएको अवस्थामा निक्कै समस्या हुन्थ्यो ।

नारा, जुलुससहित हामी हरिचौर आइपुग्यौं । दरम तरेर स्कुलमा आइपुग्दा हजारौँ मान्छे जम्मा भैसकेका थिए । चौरमा सानो झुपडी थियो स्कुलको । पानी आएको अवस्थामा निक्कै समस्या हुन्थ्यो ।

स्कुल सभा सुरु भयो । मैले पञ्चायती व्यवस्थाको विरोधमा भाषण गरेँ । पढाउन पनि नपाइने, पढ्न पनि नपाइने भनेर मैले घुमाउरो शैलीमा सबैको विरोध गरें । म जान्छु भनेर जनतालाई बुझाउने प्रयास गरें । जनतालाई म फेरि फर्किएर आउँछु भनेर हिँडे ।

बिहुँ हुँदै बाग्लुङ बजार

स्कुलबाट बिदा भएपछि हटिया, नरेठाँटीहुँदै घोडाबाध्नेमा पुग्यौँ । त्यसपछि बिहुँको ओरालो झरेर दोविल्ला पुग्यौं । दोविल्लापछि बाग्लुङ बजार पुगियो ।

बाग्लुङमा पुगेपछि मलाई अञ्चलाधीशकहाँ वयानका लागि लगियो । गोविन्द सिन्हा भन्ने अञ्चलाधीश मेरो गाउँ इलामकै थिए । मेरा बाको साथी । उनले इलामबाट किन आएको ? भनेर सोधे । मैले पढाउन आएको भनी जवाफ दिएँ ।

अञ्चलाधीश कार्यालय दुई तलाको थियो । माथिल्लो तलामा पारिलो घाम लाग्थ्यो । मलाई त्यहीँ राखे । मलाई पानी पनि खान नदिइकन २४ घन्टा राखियो । गोविन्द क्रुर थिए । तर, आफूलाई लोकतन्त्रवादी भएको देखाउन चाहन्थे । सबै प्रकारका हक अधिकार हुनुपर्छ भन्ने गर्थे । उनी नेपाली कांग्रेसमा आवद्ध थिए ।

अञ्चलाधीश कार्यालय दुई तलाको थियो । माथिल्लो तलामा पारिलो घाम लाग्थ्यो । मलाई त्यहीँ राखे । मलाई पानी पनि खान नदिइकन २४ घन्टा राखियो । गोविन्द क्रुर थिए । तर, आफूलाई लोकतन्त्रवादी भएको देखाउन चाहन्थे । सबै प्रकारका हक अधिकार हुनुपर्छ भन्ने गर्थे । उनी नेपाली कांग्रेसमा आवद्ध थिए ।

मलाई एउटा संघसंस्था नियन्त्रण ऐन र अर्को राजकाज अपराधको मुद्दा लगाएर जेल पठाइयो । मपछि देवराज पन्त, मथुरा श्रेष्ठ, मणिराज पन्तलगायतलाई पक्राउ गरेर जेल हालियो । पद्मबहादुर भन्ने साथी पनि हुनुहुन्थ्यो । १२ जना अट्ने जेलमा ४५ जनालाई राखियो ।

महिला र पुरुष एउटै जेलमा राखिएको थियो । हामीले नै महिला र पुरुषलाई फरक राख्ने काम गर्‍यौं । शौचालय बनाउने काम पनि हामीले गर्‍यौं । जेल सुधारका धेरै काम गर्‍यौं । जेलमा रहँदा खेलकुदमा राम्रो गरेका थियौँ । क्यारेमबोर्ड खेल्थ्यौं । गोविन्दका छोरा इन्दुवर मसँग क्यारेमबोर्ड खेलिरहन्थे । उनलाई मैले धेरै कुरा सिकाएको थिएँ ।

बाग्लुङ जेल नै मेरो जीवनको शिक्षालय बन्यो । प्रगतिशील मान्छेलाई कसरी यातना दिइन्छ, राज्यले कसरी दमन गर्छ भन्नेलगायतका कुरा मैले त्यहीँ थाहा पाएँ । कैदीबन्दीलाई दिने यातनाको विषयमा पनि जानकारी पाएँ । यसपछि मलाई निरकुंशताविरुद्ध लाग्न प्रेरित ग¥यो ।

बाग्लुङबाट निष्कासन

लामो समय जेलमा राखेपछि मलाई बाग्लुङबाट निष्कासन गरियो । अञ्चलाधीशले गलकोट जान दिएनन् । आठ महिनापछि रिहाइ गरेर मेची अञ्चलाधीश कार्यालयमा हाजिर गर्न लगाए ।

रिहाइ भएपछि पोखरा र काठमाडौं पुगें । यहाँबाट विभिन्न झोराहरु हुँदै विराटनगर पुगें । त्यहाँ भरतमोहनजीसँग भेटघाट भयो । काठमाडौंमा मैले मनमोहनजीसँग भेटेको थिएँ । विराटनगरमा मैले मोहनविक्रमजीलाई पनि भेटें । पत्रपत्रिका लगेर मोहनविक्रमजीलाई भेट्न जान्थें ।

इलाम पुगेपछि कम्युनिष्ट पार्टी गठन गरें । झापामा ‘झापा विद्रोह’का नाममा साथीहरुले उग्र काम पनि गर्नुभएको थियो । यही क्रममा राज्यको तर्फबाट पाँच जनाको इलामको सुखानीमा निर्ममतापूर्वक हत्या गरियो । यद्यपि, उक्त विद्रोहले नयाँ अवस्था सिर्जना भने गर्‍यो ।

इलाम पुगेपछि कम्युनिष्ट पार्टी गठन गरें । झापामा ‘झापा विद्रोह’का नाममा साथीहरुले उग्र काम पनि गर्नुभएको थियो । यही क्रममा राज्यको तर्फबाट पाँच जनाको इलामको सुखानीमा निर्ममतापूर्वक हत्या गरियो । यद्यपि, उक्त विद्रोहले नयाँ अवस्था सिर्जना भने गर्‍यो ।

यो बेला धेरैसाथीहरु गिरफ्तारीमा परे । सीपी मैनाली मात्र बाहिर हुनुहुन्थ्यो । उहाँसँग मेरो पनि सम्पर्क भयो । हामी २०३० सालमा सम्पर्कमा आएका थियौँ । २०३१ सालमा कोअर्डिनेसन केन्द्र बनायौँ । म २०३३ सालमा जेल परें । २०३५ सालमा नेकपा माले गठन भयो । म २०३७ सालमा मात्र जेलबाट छुटें । यसपछि २०३९ सालमा महासचिव भएँ ।

यसपछि २०४६ सालसम्म महासचिवको जिम्मेवारी लिएर काम गरें । त्यो बेला ठूलो विवाद थिए । म महासचिव भएका बेला सबै विवादहरु समाधान गरें । २०४६ सालमा चौथो महाधिवेशन गर्‍यौँ । देशव्यापीरुपमा पार्टी बिस्तार भयो । त्यसपछि हामीले संयुक्त आन्दोलनको कार्यदिशामा अगाडि बढायौँ ।

२०४६ सालको आन्दोलन सफल भयो । नागरिक खबरकाे सहयाेगमा

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...