1478958692 banner ad format

 
 

आज काठमाडौँको अनामनगरमा लायन्सक्लबद्वारा रक्तदान कार्यक्रम संचालन गरिएको छ | डीलाइट सेभिङ कोअपरेटिभ, लायन्स क्लब काठमाडौँ बार भि ३२५ बि २, लायन्स क्लब अफ काठमाडौँ कालिका ३२५ ए २ ए वान तथा कन्सुलर ओरकर अर्गनाइजेसन र SUNAVIS को सयुंक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो |

layansaklaba Blood donation

करिब दुई सय जनाले यस कार्यक्रम सहभागिता जनाउदै रक्तदान गरेका थिए | यो युवा साथीहरुको उल्लेखीय उपस्थिति देखेर  यस्तो कार्यक्रमबाट कसैको जीवन दान हुन्छ, ब्लड बैंकमा रगतको अभाबलाइ कमि गराउने कार्यप्रति हामी लागिरहन पाउदा सारै खुसि भएको कुरा यस कार्यक्रमका आयोजक एबं लायन्स क्लब काठमाडौँ बार  भि ३२५ बि २ का प्रेसिडेन्ट नारायण प्रसाद नेपालले बताउनुभयो |

layansaklaba Blood donation1

यसै कार्यक्रममा आएका युवा सहभागी राम कुमार दाहाल भन्नुहुन्छ "रगत दान गर्न पाउदा निकै खुसि भएको छु साथै अनि युवा जमातलाई नि सहभागी हुन अपिल पनि गर्दछु" | अर्का सहभागी रमेस भण्डारीले भने "यस्तो कार्यक्रम आयोजना गर्ने आयोजकलाइ धेरै धन्यवाद दिन चाहान्छु, रगतमा अभाबमा बसेकाहरुलाई हाम्रो रगतले जीवन दान गर्न सकिन्छ" | त्यसैले फेरी पनि यसैगरी यस्ता कार्यक्रम निरन्तरता पाओस भन्दै खुसीको अभिव्यक्ति दिए |

यसरी लायन्स क्लबद्वारा आयोजित यस्ता कार्यक्रमबाट अरु संघ संथाहरुले पनि केहि सिक्नुपर्ने आबस्यक देखिन्छ | जुन कुरा समाज सेवा र मानव सेवाको एउटा पाटो हो |

कान्तिपथ संवाददाता : किशोर अन्जान

 

प्रकासित मिति

Loading...

 

yummyfood