1478958692 banner ad format

 
 

नेपाल प्रहरीका एक कर्तब्यनिष्ठ प्रहरी अधिकृतको रुपमा आफ्नो पहिचान बनाउन सधै तल्लिन रहने प्रहरी अधिकृत सन्तोष आचार्य हुन् | 

Police officer Santosh Acharya

बिगत सात महिनादेखि महानगरीय प्रहरि प्रभाग जनसेवा न्युरोडमा प्रहरी प्रमुखको रुपमा आफ्नो जिम्मेवारी समाल्दै आउनुभएको छ | जनसेवा प्रभागको नाम जस्तै काममा पनि जनताको सुरक्षा र सेवामा रातदिन उहाँ र उहाँको टिम खट्दै आइरहनुभएको छ |

सन्तोष आचार्यले जनसेवा प्रमुखको जिम्मेवारी समालेदेखिनै स्थानीयवासी, स्थानीय ब्यबसायीसमेत उहाँको कार्यप्रतिको उच्च सम्मानकासाथ  प्रसंसा गर्दै बताउछन सुरक्षित भइ व्यापार गरेर आफु निर्धक्क भएको महसुस हुन्छ, साथै यहाँ हुदै आइरहेको आपराधिक कृयाकलाप जस्तै डर, धम्की, हप्ताअसुली, लुटपाट जस्ता कार्यहरुसमेत न्यूनीकरण भएको छ भन्दै डी. एस. पी. सन्तोष आचार्य काम प्रति खुलेरै प्रसंसा गरे |

आफ्नो कर्तव्यबाट बिचलित नभई सधै देश र जनताको सुरक्षाको जिम्मेवारी समाल्दै अपराधिक कृयाकलापलाइ परास्त गर्ने मनसाय भएका प्रहरी अधिकृत सन्तोष आचार्यले भन्नुहुन्छ -"कानुनको दायरामा सबै बाधिनुपर्छ, कानुन भन्दा माथि कोहि हुदैन, त्यसैले सबैले कानुनको अधिनमा रही काम गर्नु पर्ने हुन्छ, यदी कोहि अपराधिक गतिविधिमा साझेदारी गर्छ भने त्यो जोसुकै होस् त्यसलाई कानुनको कठघरामा उभ्याई दण्डित गर्नु नितान्त आबस्यक छ |"

कान्तिपथ संवाददाता : किशोर अन्जान चौलागाई

 

प्रकासित मिति

Loading...