1478958692 banner ad format

 
 

बि.स. २०२२ साल भदौ ३ गते काठमाडौँको कोटेश्वरमा जन्मनुभएका समाजसेवी, जनप्रेमी, विकासप्रेमी राजनीतिज्ञ व्यक्ति हुन् "सुवासचन्द्र पराजुली" | जनताको काम र समाजसेवालाई सर्बोपरी ठान्ने पराजुली प्र्त्यक्ष रुपमा जनतासंग सम्बन्ध राख्दै घुलमिल गर्न चाहन्छन |

जनकल्याणकारी कार्यलाई सिरोपरी मान्दै न्यायिक कार्यसम्पादनमा आफुलाई अब्बल बनाउन सधै रातदिन लाग्ने खटिरहने गर्नुहुन्छ | जसको लागि टोलबासी जनताले पनि साथ दिइराहेका छन् |

suwas Chandra Parajuli

०४७/४८ तिर नेपाली कांग्रेस काठमाडौँ ३५ मा इकाई उपसभापति पदमा तिन पटक कार्यभार सम्हाल्दै आउनुभएको उहा हाल का. म. न ३२ को नेपाली कांग्रेसको इकाई सभापति हुनुहुन्छ | साथै उँहा सरस्वती युथ क्लब कोटेश्वरको पुर्ब अध्यक्ष समेत रहनु भएको थियो |

नेपाली कांग्रेसको नीति नियममा रही उँहा पाटीकै सिस्टमलाई अगाल्दै २६ बर्षसम्म दिन रात आफ्नो क्षेत्र एकाइ र स्थानीय ठाउमा सामाजिक विकास, शैक्षिक विकास, धर्म सस्कृति विकास, एबं बिकासका सम्पूर्ण गतिबिधिहरुमा उँहाको विचार र काम गर्ने हात सधै सल्बलाई रहन्छ | टोल विकास, सडक विकास- विस्तार ढल विकास भवन निर्माण तथा बिकासात्मक गतिविधिमा उँहा काठमाडौँ हाल वडा न ३२ का सबै क्षेत्रहरुमा सकृय रुपमा खट्दै आइरहनु भएको छ | 

सुविधानगर, कोटेश्वर, नरेफाट, पेप्सीकोला, गैरीगाउँ, सहयोगीनगर दोभान लगायत अन्य ३२ न वडाका सम्पूर्ण क्षेत्रहरुमा विकासका कार्यक्रमहरु लैजादै कार्यान्वयन समेत गर्दै आउनुभएको छ |

हाम्रो भेटमा उहाले भन्नुभयो : म अनवरत रुपमा २६ बर्षदेखि वडा नं ३२ साबिक ३५ मा खट्दै आएको छु | मैले प्र्त्यक्ष रुपमा टोलबासी, स्थानीयवासीका काममा मा सधै साथ दिरहेको छु | उँहाहरुको काम मेरो सम्पूर्ण जिम्मेवारी हो, भन्दै कामको शिलशिलामा हुने सम्पूर्ण समस्या पार लगाउदै काम गरेको छु | मेरो यो २६ बर्षीय दुख र जिम्मेवारीलाइ अवश्य पनि मेरो पाटीले मुल्यांकन गरेको छ | त्यसैले म यस क्षेत्रको वडा अध्यक्षको रुपमा काम गर्ने मनाशय बोकेको छु | किनभने म नितान्त काम गरेर देखाउने हुँदा मेरो आबश्यकतालाइ स्थानीय वासीले महशुस गरेका छन् | जसले गर्दा मेरो पाटी नेपाली कांग्रेसले पनि मेरो पारिश्रम र लगनको फल पाउनेछन् |

लाग्छ मेरो पाटीले नै मलाई बिश्वास गर्दै अध्यक्षको जिम्मेवारी दिए यस वडाका सम्पूर्ण स्थानीय वासीले मलाई नै विजय गराऊनुहुनेछ र म सफल नै हुन्छु भन्ने आत्मविस्वास पनि छ |

उँहाले फेरी थप्नुभयो : हाम्रो क्षेत्रमा मैले २६ बर्श निरन्तर काम गरेको छुï तेसैले पाटिले मलाई नै इस्थान दिनुपर्छ जस्तो लाग्छ । पाटिले सिस्ट्मा नै काम गर्छ र मलाई निरास बनौउदैन । जनता मुखी कोहि छैन, यदी चलखेल गर्दै अरु कुनै व्यक्ति खडा गरियो भने त्यो मात्र "स्थापना गरिएको भगवानको मुर्ति जस्तो हुन्छ | मलाई लाग्छ मेरो पाटीले यस्तो कदम चाल्दैन |

अरु पाटीको सन्दर्भमा जो जे जस्तो भए पनि यस क्षेत्रको लागि योग्य, सक्षम, जनहितकारी एकल अध्यक्षको उमेद्वार म नै हो जस्तो लाग्छ | त्यसैले मलाई नै जनताले साथ दिनुहुनेछ | यो निश्चित हो |

कान्तिपथ संवाददाता : किशोर अन्जान

 

प्रकासित मिति

Loading...

 

yummyfood