annapurna add

Kirendra Singh Thakuriपृथ्वीमा भएका हरेक प्राणीको जन्ममिति हुन्छ । प्रथम पटक पृथ्वीमा आएको दिन हो जन्ममिति । जन्ममितिको आधारमा बार्षिक रुपमा मनाइने बार्षिक उत्सव जन्मदिन हो ।जन्ममितिकै आधारमा उमेर अनुमान गर्न सकिन्छ । मानव जिवनमा यसको ठुलो महत्व रहेको छ । उमेरकै आधारमा मानिसको रहनसहन हुन्छ ।


विशेषगरी जन्मदिन नेपाली पात्रो तथा अंग्रजी पात्रोको आधारमा मनाउने परम्परा छ । तर जन्मदिन मनाउँदा जन्म तिथीको आधारमा मनाउनु उत्तम मानिन्छ । ज्योतिष शास्त्रका अनुसार अरु मितिमा भन्दा जन्म तिथिमा जन्म दिन मनाउँदा जन्मदिनको कर्मवाट हुने फल प्राप्त हुन्छ । जन्म तिथीमा नक्षेत्र, तथा अधिकांश ग्रहरुको उत्तम संयोग परेको हुन्छ त्यसैले जन्मदिन मनाउँदा तिथिकै आधारमा मनाउन उत्तम मानिएको छ ।


जन्मदिन भन्नाले केक काट्ने, साथिहरुसंग शुभकामना आदान प्रदान गर्ने, पार्टि दिने, नाचगान गर्ने अनि गिफ्ट प्राप्त गर्ने भन्ने कुरा बुझिन्छ तर यो धारणा गलत हो । जन्मोत्सवको कार्यक्रम शुरु गर्नुअघि दियोमा बत्ति बाल्न र जन्मोत्सव कार्यक्रम मनाउने अवधिभर उक्त दियो बलिरहनु पर्छ भन्ने मान्यता छ ।

दियो नभएमा कम्तिमा एउटा मैनबत्ति बालेर उक्त मैनबत्ति जन्मोत्सव चलिरहँदा बलिरहन दिनुहोस् । आफूभन्दा ठूलाको आशिर्वाद मानिसको जीवनमा आफूभन्दा ठूलाको आशिर्वादको ठूलो महत्व राखेको हुन्छ । त्यसैले जन्मोत्सवमा आफूभन्दा ठूलाको आशिर्वाद लिनु राम्रो हुन्छ ।

हामी आफनो जन्मदिनमा कुनै पनि वृद्धाश्रम, वालआश्रम, गरिव, भोका नाङ्गा आदीलाई आफ्नै हातले वा कोही व्यक्तिहरुमार्फत खानेकुराहरु वितरण गर्न सक्छौं । हाम्रो शास्त्रीय मान्यताले भोका व्यक्तिलाई खान दिएमा सबैभन्दा ठूलो पुण्य हुने उल्लेख गरेको छ ।


आफना बालबालिकाको जन्मोत्सव मनाउँदा देखिनै उनीहरुलाई अब आउने नयाँ वर्षमा केही राम्रा र निश्चित काम गर्नेछु भनि अठोट गर्ने बानी बसाल्नु पर्दछ । किनकी जन्मोत्सव जस्तो महत्वपूर्ण दिनमा गरिने वाचालाई सधै सम्झने र त्यसलाई अबलम्बन गर्नु पर्छ भन्ने मनोविज्ञान बालबालिकामा सदैव रहन्छ ।


खालि ‘ह्याप्पी बर्थ डे’को गीत गाएर थपडी बजाई केक काटेर मात्र पनि जन्मदिन मनाईदैन । मन्त्रोच्चारण सहितको विधि सबैभन्दा राम्रो वैदिक परिम्पराअनुसार तय गरिएको मन्त्रोच्चारण सहित जन्मोत्सव मनाउँदा उत्तम हुन्छ । जन्मदिन मनाउन सवेरै उठेर स्नान गर्नु प्रात कालको नित्य कर्म गरेर, देव अर्चन गरेर दानको संकल्प उपहार लिनु भन्दा पनि दान दिनु उत्तम हुन्छ ।


बालगृह, छात्राबास आदिमा आवस्यक पर्ने खाद्य सामग्री, कपि, कलम, लुगा आदि दान पनि दिन सकिन्छ । यसले समाजको सेवा पनि हुन्छ जन्मदिन मनाउने बाल बालिकाको हृदयमा आनन्द पनि हुन्छ ।


आफूभन्दा ठुलो, मान्यजनबाटलाई आभिवादन गर्दै आशिर्वाद लिने । उनीहरुको सेवा सत्कार गर्ने । जन्मदिन मनाउँदा केक काट्ने प्रचलन रहि आएको छ तर केक काटेर बत्ति निभाउनु उत्तम मनिँदैन ।

लेखक : Kirendra Singh Thakuri अनेरास्ववियूका जिल्ला कमिटी सदस्य हुन् ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर