गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोल्यो त्यसको उल्टो हुने बताएका छन् ।

चीनको हाइनान प्रान्तको पाँचदिने भ्रमणबाट फर्किएपछि पोखरा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री गुरुङले भने, ‘चिनियाँ राष्ट्रपति सी जिनपिङ घरघरमा पुग्या छन्, उनले जे बोल्यो त्यही पोलिसी हुन्छ तर हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोल्यो त्यसको उल्टो हुन्छ, मान्छेले पत्याउँदैनन्, हाँसेर उडाउँछन् ।’

शासकीय पद्धतिले पनि विकासमा असर पार्ने बताउदै उनले भने ‘हाम्रो सिस्टम फरक छ, केही गर्न खोज्यो के–के प्रक्रिया मिलाउनुपर्छ, अध्ययन गर्नुपर्छ’, मुन्यमन्त्री गुरुङले भने, ‘तर कतिपय मामिलामा हामी अगाडि पनि छौं, विकासका लागि संघ र प्रदेशबीच सहकार्य चाहिँदोरहेछ, आफ्नो विशेषतामा आधारित रहेर विकास गर्नुपर्दोरहेछ भन्ने हामीले चीनबाट सिकेर आयौं।’

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...