1478958692 banner ad format

 
 

काठमाडौँ - हुन त नेपालको उत्पत्ति कहिले भएको हो भन्ने यकिन मिति त नहोला र हालसम्म कुनै पनि जानकारहरुबाट प्राप्त भएको पनि छैन । तर उत्पत्तिदेखि हालसम्म कहिले पनि स्वत्रन्त्रताको लडाई लड्न परेन । त्यसैले हाम्रो विक्रम संवतको क्यालेन्डरमा स्वतन्त्रता दिवस भनेर कुनै पानामा गोलो लगाउनु आवश्यकता नै भएन । विभिन्न राजा महाराजाहरुबाट साना साना राज्य स्थापना गरी सञ्चालन गरिएको संरचना पनि लामो समय टिकेन । टुक्रा–टुक्रा भएको नेपाललाई राजा पृथ्वीनारायण शाहले एकिकरण गरी सिंगो नेपाल विश्वभर चिनिएको पनि झन्डै धेरै वर्ष भइसक्यो । 

जहानीया शासन हुकुमी शासन हुँदै लोकतान्त्रिक गाणतन्त्रसम्मको ताजा अनुभव हामीसँग छ । समय परिवर्तनशील छ । समयको गतिसँगै हाम्रो समाज आर्थिक संवृद्धिको मार्गमा अग्रुसर छ । लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाको निम्ति हिजो गरिएको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नु आज तमाम नेपाली नागरिकहरुको कर्तव्य बनेको छ ।

अहिले मुलुक संघीय संरचनामा प्रवेश गरीसकेको छ । संवैधानिक व्यवस्था अनुसार मुलुकलाई संघीय संरचनाअनुरुप नयाँ संविधान कार्यान्वयन गराउन ऐतिहासिक रुपमा संघ र प्रदेशको चुनाव हुँदै छ । यी दुई चुनावलाई सफल बनाएर मुलुकलाई विकासको गतिमा अघि बढाउन हामी सबै नेपालीहरुले आ–आफ्नो तर्फबाट सहयोग गर्न कञ्जुस्याइँ नगर्नुपर्ने बेला आएको छ ।


मुलुक संघीय संरचनामा गैसकेपछि पक्कै विकासमा प्रतिस्पर्धा हुनेछ । यो देश साँच्चै नै विश्वकै नमुना र प्राकृतिक स्रोत साधनको धनि देश भएकाले यहाँ आम्दानीका स्रोतहरु प्रसस्तै छन् । खानी जडिबुटी उत्खनन् तथा उत्पादन गर्न सिप भए पुग्छ । हामीसँग कहिल्यै पनि नसकिने यति धेरै स्रोत साधानहरु छन् । महाभारत चुरे पर्वत तथा विभिन्न उच्च मध्य पहाड यि स्रोतको जननी हुन् । यसबाट अब हामीले लाभ लिन सक्नुपर्छ । आम्दानीको अर्को स्रोत पर्यटन हो ।

नेपालमा कहिले हेरेर नथाकिने पर्यटकीय स्थानहरु छन् । अरब तथा खाडी देशहहरुमा टेलिभिजनहरुमा देखिने दृष्य यहाँ हाम्रो आँखा अगाडी छन् । अधिकांश हिन्दु रहेको यो देशमा पूर्व मेचि देखी पश्चिम महाकाली सम्म नै विभिन्न स्थानमा रहेका मठ मन्दिर धार्मिक पर्यटनको केन्द्र हुन सक्छ । यसको प्रचार प्रसार गरी विश्व बजारमा जानकारी उपलब्ध गराउन सके नेपाल आउने पर्यटकको संख्या बढ्ने मात्र नभई यहाँको बसाई अरु लम्बिन जाने हुन्छ । 


नेपाल आउदा र यहाँ बस्दा उनीहरुबा हुने खर्च हाम्रो आम्दानी हुन्छ । धार्मिक प्रचारप्रसार मात्रामा गर्न सकिने आधारहरु हामीसँग प्रशस्तै छन् जस्तै गौतम बुद्धको जन्म नेपालमा भएको हो । वराहा क्षेत्रमा वराह भगवानले तपस्या गर्नु भो,मुक्तिनाथमा मुक्तिलका अधिष्ठता श्री नारायण अहिले सम्म प्रत्यक्ष शालीग्रामका रुपमा विराजमान हुनुहुन्छ । पशुपतिनाथको महिमा स्कन्ध पुराण लगापत अन्य धार्मिक ग्रन्थहरुमा पनि पाईन्छ । पशुपतिनाथको दर्शन गर्न पनि नेपाल आउनुभएको थियो भन्नेकुरा भागवतमा वर्णन गरिएको छ । भगवान शंकर शतिदेवीको मृत शरीर बोकेर नेपालका अधिकांश भुभाग डुलेकै र त्यहाँ अंगपतन हुँदा विभिन्न उपनामले प्रख्यात महाशक्ति पिठको निर्माण भएको कुरा पनि शास्त्रमा छ । लक्ष्मी जिको अवतार जनकनन्दिनी सीता मिथिला क्षेत्रमा प्रकट हुनुभयो ।

जहाँ आजपनि विशाल जानकी मन्दिर अवस्थित छ । व्यास वशिष्ठ जस्ता ब्रम्हज्ञानी महापुरुषहरुले नेपालमा तपस्या गरे । त्यस्तै ताप्लेजुङ पाथिभरा माता ,खोटाङ हलेसी महादेव काठमाण्डौं पशुपतिनाथ ,बौद्धनाथ,स्वयम्भुनाथ,मनकामना ,पोखराको अनुभुत अनगिन्ति शक्ति पिठ हामीसँग छन् । यि पिठहरुको प्रचारप्रसार गर्न सके अब हुने संघीय विकासको गति लिन समय लाग्ने छैन । हामीसँग अर्को आम्दानीको स्रोत हुनेछ । पानी मध्यपहाडबाट जलासय निर्माण गरी विजुली उत्पादन गर्न सके दक्षिण एसियालाई नै पुग्ने विजुली नेपालमै उत्पादन गर्न सकिन्छ । नेपालभन्दा पछि विजुली बलेको देश भुटानले अहिले विजुली निर्यात गर्छ । हामी आयात गर्छौँ । यसका लागि अब राजनैतिक स्थिरता र नेतागणमा ऋषिमन हुनु जरुरी छ ।


स्वदेशी उत्पादनलाई प्रथामिकता दिनुपर्छ । देशका मुख्य उत्पादनहरुको उदोग सातै प्रदेशमा बनाउन बनाउनुपर्छ । जसबाट उत्पादित बस्तुहरु निर्यात गर्न योग्य बनाउन सक्यौ भने विदेशी मुद्रा आर्जन सजिलै गर्न सकिन्छ । यसका लागि उद्योग सञ्चालन गर्न राज्यबाट सुविधा दिनुपर्दछ । यसरी उद्योग सञ्चालन गर्न सके लाखौको संख्यामा विदेशी भुमिमा परिश्रम गर्ने नेपालीलाई आफ्नै देशमा रोजगारी दिन सकिन्छ ।

खेती योग्य जमिनलाई कृषि क्षेत्र घोषणा गरी आवश्यक कृषि उपकरण अनुदान वा सहुलियत ऋणमा दिनु पर्दछ । यसबाट हामी आत्मनिर्भर मात्रै नभई उत्पादनलाई निर्यात गरी आर्थिक समृद्धिमा मुलुकलाई छिटो अगाडी बढाउन सक्छौँ । यसरी मुलुक संघीयतामा रुपान्तपरित भएपछि मुलुकको कृषि, पर्यटन र जलविद्युतको विकास गर्न सक्यौँ भने अबको पाँच वर्षमै हाम्रो सानो देशलाई विकसित राष्ट्रमा परिणत हुनेछ । लेखकः रुद्रनाथ खनाल 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

  • Kantipathnews Nepali Kabita jhalak magar

    कविता : किसान हुन् मेरा बा

    हिँडी रहेथेँ बा का अादिम पाइलाहरु पछ्याँदै सडकका गल्ली गल्ली बा को पातलो पछ्याैरा छेडेर गोरुको काँध जस्तै कालो भएको बा को का ...

  • Kantipathnews Nepali Kabita Bibash babuko

    कविता : म र मेरो माटो

    आफू सृष्टिका लागि योग्य भएपछि नारीले रातो प्रतीक बगाउँछिन् । पहाडले प्रत्येक वर्ष रातो सभ्यता फुलाउँछ । माटोमाथि माटोकै लागि पुर्ख ...

yummyfood