annapurna add

काठमाडौं :- अहिले संसार कोरोनाले आक्रान्त छ।

anju वुहान बाट सुरु भएको कोरोनाको प्रभाव हाम्रो मुलुकमा पनि फाल्गुन अन्तिम तिर बाट प्रत्यक्ष परोक्ष रुपमा बढदै गरेको आकलन गर्दै सरकारले चैत्र ११ गते देखि लकडाउन गर्ने नीति अख्तियार गर्‍यो । लकडाउन भन्ने बितिकै घर भित्र बसेर राज्यलाइ सहयोग गर्नु पर्ने भयो।नेपाली समाज पेसा व्यबसाय र घर बाहिरको काममा पुरुष हरु बढी नै जोडिने दर अझै कम भैसकेको छैन। घर परिवार घरमै सबै समय बस्दा महिला हरुमा केहि न केहि प्रकारको दबाब चाप परिरहेकै छ। लकडाउनको यो समयमा महिलाहरुमा पर्न गएको असरमा अन्तर्निहित हुँदै यो आलेख तयार पारिएको छ।

ग्रामीण महिला :-

ग्रामीण महिलाहरु अझै पनि चुलो र चौको आफ्नो मुख्य जिम्मेवारि हो ।चुलो चौको जस्तो परिस्थितिमा पनि आफुले नै निर्बाह गर्नु पर्छ भन्ने मानसिकता बोकेका हुन्छन।पुरुषहरुलाइ सहयोग गर्न माग सम्म गर्न सक्दैनन। गाउँमा काम हुन्छ बाहिरको काम ,खेत बारीको काम गरि अधिकाश समय बिताइहेका छन समय बिताउन पटयार लाग्दो छैन। यो भेगमा महिलालाई चुलो र चौकोमा न पहिले पुरुषको आस गरे न अहिले गर्न सक्छन।

अधिकाश ग्रामीण बैशक महिलाहरुका श्रीमान प्रदेशमा छन यसो काम गर्दा गर्दौ खालि समय भयो भने कतै श्रीमानलाई यो महामारीले त केही गर्दैन भन्ने चिन्ता प्रताडित छन । केही महिला हरुका श्रीमान हरु कामको अभावमा गाउँ मा बाउडे गर्ने बेलुका मादकपदार्थ सेवन गरेर आफ्नो श्रीमती माथी कुटपिट गर्ने महिला हिसा गर्ने घटना बढेका छन ।ग्रामिण बेग लकडाउन त्यति प्रभाकारी भएको पनि छैन त्यसैले ग्रामिण महिला हरुमा लकडाउनले अत्यधिक उत्पीडन गरेको देखिदैन ।

शहरी महिला :-

शहर बेस्त ठाउँ । त्यही बस्तताले नै शहर बाचेको छ र कतिलाइ बचाएको छ। तर यो लकडाउनले न शहर बस्त हुन पाएको छ न मान्छेहरु हासेर बाचेका छन।

अधिकाश शहरि महिलाहरुमा लकडाउने छिट्टै खुलोस भन्ने मनोकमानामा दिन हरु बितेका छन। छट्पट्टी र हुतहुत्तीले पिरोलेको छ। बेस्ततामा पारिवारिक जिम्मेवारी बिस्तारै टाढा भएका शहरी महिलालाई शनिवार समेत खाली समयलाइ weekend को रुपमा बिताउने जमातलाई लकडाउनले जबर्जस्ति सासू ससुरा श्रीमान , छोराछोरी जो कोहि वा सबैको माग इच्छा र चाहानालाइ पूरा गर्नु पर्ने स्थिति सृजना हुदा ठुलो सजायको अनुभुती भएको छ।कयौं महिलाहरु यहि अनुभुतीले नै मनोबैज्ञानिक रुपमा विरामी भएका छन ।

झट्ट बाहिर विश्लेषण गरेको सजिलो महिलालाइ सहिलो पनि पक्कै छैन ।परिवारका सबै सदस्यको लागि एउटा महिला मात्रै दोडिरहने , बिहान चिया पकाएर सबैका कोठा कोठा मा पुर्‍याइदिनु पर्छ।ना कि गर्ने सक्ने छोरा छोरी आमालाइ सहयोग गरौं भन्ने भावना जाग्छ उल्टो निद्रा बिच्काइदिएको मा आमा सङ कराउछन।दिउसोको खाना खाजा बेलुका खानाको सबै काम अहिले घरमा भएका सबै काम महिला केन्द्रित कामको रुपमा समाजले चित्रित गरेको छ।र पुरुषले खासै सहयोगि भावना जगाएको देखिदैन। काम अनवरत खटिएकि आमालाई सहयोग गरि समय बताउने हैन बरु समय बिताउन bore भएर पटटार लागेर छोरा छोरी pub G , virtual game खेल्दैमा मस्त छन।
श्रीमानहरु रमाइलोको रुपमा तास , फिल्म अन्य काम गरि समय कटाउलान तर आह घरको कामको ठेक्का त महिला कै जसरी दुक्क छन।

आफू भन्दा सानो उमेरका छोराछोरी भातिजा भतिजी आदि तथा श्रीमान , देवर आदि बाट सहयोग समन्वयको कुनै भावना जागृत हुदैन भने आफू भन्दा ठूलो उमरको सासू ससुरा आमा बाबा सम्मानहरु बाट सहयोगको अपेक्षा गर्ने महिलाको नियती मै खराबी रहन्छ।

मनोबैज्ञानिक पीडा पनि सहरि महिला धेरै छ ।सङै बस्दा माया बढनु भन्दा पनि सामाजिक सन्जालका कारण झन बढी संका अबिश्वास जन्मेका कारण श्रीमान श्रीमतीमा घर झगडा धेरै बढेको देखिन्छ ।धेरै चिनी खाए गुलियो हुन छोड्छ भने झै धेरै सङै भए पनि खट्पट सुरु भएका छन।आफ्नो इच्छा बिपरित पनि बिपरित सहयात्रीको इच्छामा सन्निकट हुनु पर्ने शारीरिक समस्या जस्तै विविध कारणले सहरी महिला प्रताडित देखिन्छन।

अन्तमा : कोरोना महामरिले सबै बर्ग समुदाय जात लिङ्ग लाई विभिन्न समस्या उत्पन्न भएका छन ।महिला मात्रै समस्याले ग्रसित छन भन्ने अभिप्रायले लेखकले युक्ति प्रस्तुत गर्ने खोजीएको हैन।तर महिला आफ्नै आमा दिदी बहिनी कै समस्या आफै मान्छेहरुको सानो इच्छा शक्तिले न्यूनीकरण गर्न सकिन्छ।तपाईं हामी सबैले कतै आफ्नै घरमा जानि नजानी यस्तो त भाको छैन सोचौं बुझौं सुधारौ। नेपालयन खबर

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...