annapurna add

यो बाजीलाल राहु पनि मर्ने निश्चित छ । म सहज तरिकाले दास र गुलाम भएर मर्दिन मर्नका लागि निहुँ नै खोज्नुपर्ने हुन्छ । मेरो निहुँ यो सरकारको रबैयासँग सम्बन्धीत छ । बन्दुकको रक्षा गुलेलीले हुनै सक्दैन बन्दुको रक्षा बन्दुकले नै गर्नसक्छ । अचेल बाजीलाल राहु बझाङ जिल्लाकै पेरिफेरीमा छ, प्रतिबन्ध लाएको ११ महीना भइसकेको छ । फेरी पनि मृत्यु आएन ।

Bajilalम बझाङ सदरमुकाम चैनपुरबाट साविकको कैलास गाविस हालको जयपृथ्वी नगरपालिका वडा नं. १, जहाँ मेरो गाउँतिर जाँदै थिए । धेरै मान्छेहरुको त्यहाँ जमघट थियो । त्यो जमघटभित्र दारी पालेका, लेदरको जाकेट लगाएका कपाल माथि चस्मा लगाएका एकजना केहि कुरा भनिरहेका थिए । म त्यहाँ पुग्दा उनी बोल्दै थिए । मैले उनले बोलेका कुराहरु टिपोट गर्दै गए । उनी भन्दै थिए, ‘इतिहासको कालखण्डमा इतिहास बेचेर खाने प्रचण्डलाई हिजो क्रान्तिमा बाँचेर आएका केही ब्यक्तिले अचेल निकै चुनौती दिएका छन् । यसो हुनुको पछाडी के देखिन्छ भने ज्ञानबिना विज्ञानको विकास सम्भव छैन । म हिजो गाउँको सामान्य गाउँले हुँ, म र राजनीति एकअर्काका विपरित ध्रुवजस्तै थिए ।’

तर क.पुष्पकमल दाहालले मजस्ता हजारौ मानिसलाई त्यतिबेलाको मानव समाज र वर्ग रुपान्तरण गरेर नेपाली भूमिमा नेपाली जनता र जनतासँग जोडिएको जनजीविकामा आमुल परिवर्तन गरेरै छाड्ने बाहना गरे । तर त्यो बाहना थियो । त्यसैले आज उनको चाहना पनि कतै न कतै नेपाली जनताले सहजै पुरा हुन दिएका छैनन् । यसको मतलव रह्यो, अब उनी पुरै ब्यक्तिवादी थिए । क्रान्तिकारी यात्रा निकै जोखिम थियो, जोखिम भएकै कारण नेपाली जनताले जानाजान त्यो जोखिमलाई पनि पचाए र १७ हजारको बलिदानी दिन नेपाली जनता तयार भए । दुई हजार भन्दाबढी बेपत्ता छन्, युद्धमा मरेकाहरूले पनि कतिले सहीद हुनै पाएका छैनन् ।

पुरै देशको हरेक भूगोलमा त्यतिबेलाका मानिसहरुको लगानी छ । आज जसरी पुष्पकमल दाहाल वरिपरिका थोरै मानिस पुनः संसदीय व्यवस्थाको पुजारी बनेर बसिरहेका छन् । यो साँच्चिकै नेपाली जनताका बीचमा कतै न कतै दाउपेचको बिषय बनेको छ । त्यसैले हिजोको जनयुद्धमा लगानी लगाउने जो कोहीले अबको राजनीतिलाई नजिकैबाट निहालिरहेका छन् । कुरो ढिलो चाडोको मात्र हो जनता विकल्प खोजिरहेका छन्, यो कुरा सबैभन्दा बढी प्रचण्ड र उनी निकटका केही समाजवादी नेता तथा कार्यकर्ताले बुझेका छन् । तर तिनीहरू एकाधिकार पूँजीवाद र हिजोदेखि आजसम्म राज गरेर बसेको आदत्तिय सत्ताको दलदलमा फसेका छन् ।

यिनीहरू बिगत भुलेर वर्तमानको चक्लाबन्दीमा फसेर भविष्यमा सके दुनियाँभर धनी कसरी बन्ने नभए नेपालको धनी बनेर हमेसा सत्ताको बागडोर समाल्नेतिर सोचिरहेका छन्, तर यस्ता सोच भएका न हिटलर रहे न फ्रान्सका राजा लुइस् चौध रहे, अझ भन्ने हो भने राणा र राजा पनि रहेन आजको नेपालमा नेपाली काँग्रेसको हालत हेर्दा स्पष्ट हुन सकिन्छ । २००७ सालमा राणाकी नेपाली कांग्रेस ? यस प्रश्नको पनि नेपाली जनताले सही उत्तर दिएको पाइन्छ । तर, आज ति जनता कहाँ गए, जो हिजो नेपाली काँग्रेसमा थिए । नेपाली इतिहासमा छोटो समयमा एक ठुलो घटना भएको छ जो दुई दशक पनि भएको छैन ।

क्रान्तिको बाटो बङग्याउँदै १० बर्षसम्म भारत विस्तारवाद भन्दै भारतको मुक्तिबिना नेपालमा केही सम्भव छैन भनेर भन्नेहरु रातारात भारत गएर १२ बुँदे सम्झौता गरेर फर्किएपछि पहिलो चुनावमा २४० भन्दाबढी बहुमत कायम गरेका विसर्जनवादीलाई २०७० मा २२ सिट ल्याउन धौ–धौ परेको छ किन ? कहाँ गएका थिए ति जनता ? यदी समय गतिशील छ भनेर मान्ने हो भने जनता कसैको बाउको लालपूर्जा हैन, जो हमेसा आफु कमजोर भएको हेरेर बस्न सक्छ । यसबीचमा चिहानबाट बचेर फर्केको बाजिलाल राहु यतिबेला वर्गीय क्रान्तिमै होमिएको छ, वर्गसंघर्षको क्रान्तिमै सामेल भएको छ । सत्तामा बसेर स्वीस बैंकमा नेपाली जनताको राजस्वमाथि खुलेआम बलात्कार गरेर समाजवाद आउने झुटा भ्रम सिर्जना गरिरहेका छन् ।

यो उत्तिने कमिलाको पंख भनेजस्तै हो । यी राज्यको स्रोतसाधन बेचेर देश कंगाल बनाउनेतिर उद्धत छन्, यिनको कार्यशैली र रबैयाले अब हाम्रो निकट भविष्य निकै खतराको सिकार बन्ने निश्चित छ । दैनिक जनजीवन चलाउनसमेत भारत लगायत अहिलेको खुला विश्व बजारले निकै प्रभाव जमाएको छ, यसोभन्दा गलत न होला । आज मुठ्ठीभर दलालहरूको संविधानमा ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारालाई आजका कलेज लेभलमा पढ्ने शिक्षित मान्छेले यिनीहरुको यो बकम्फुसे नारा सहजै सहमति गर्न सक्दैन । किनकी, व्यवहारमा देशका भूभाग बेचेर खाने यिनीहरुलाई नेपाली जनताले स्वीकार गर्न सक्देनन् ।

आब सागर बझाङगी (द) बोश यानिकी बाजिलाल राहु यस्ता नेता र दलालको यो लिखित संविधान मानेर देश चिराचिरा भएको टुलुटुलु हेरेर बस्न सकिनेतिर उभिएर यिनीहरूलाई धन्यवाद दिन सकिने ठाउँ कतै छ भने म आफू आवद्ध पार्टी परित्याग गरेर जनता भएर मञ्चभन्दा तलै बसेर ताली बजाएर बस्न सक्छु । हैन एउटा मान्छे रातारात कसरी करोडपति बन्छ, त्यही बस्तीका अरू मान्छे भात पनि खान नसक्ने स्थितिमा छन् । जबसम्म मानव सभ्यता रहिरन्छ तबसम्म मजस्ता विद्रोहीहरुको जन्म निश्चित छ ।

बन्दुक देखाएर तह लगाउने खेल

उसो त यो खेल नेपाली शासकले कुनै दुनियाँमा प्रयोग नगरेको पहिलो खेल हैन । यो खेल जहाँ समाज छ, त्यहाँ वर्ग छ, जहाँ वर्ग छ, त्यहाँ वर्गका वर्गीय समस्या पनि छन । जब राज्यमा रहेको राज्यशक्ति वर्गीय समस्या हल गर्नेतिर उन्मुख हुदैन भने कतै न कतै असन्तुष्टी जन्मन्छ । त्यो असन्तुष्टीको पिण्डलाई शासकले साम, दाम, दण्ड र भेदको बिधी अपनाउँछ, अनि त्यो पिण्ड आफुले भनेकोभन्दा उल्टोतिर हिड्छ, तब सासकहरूले बन्दुक देखाएर त्यो पिण्डलाई खतम बनाउने खेलकै निरन्तरता स्वरुप यतिबेला हाम्रो देशमा चलिरहेको छ ।

त्यसैले अचेल बाजीलाल राहुलाई पनि खुला राजनीतिमा प्रतिबन्ध लागेको छ । हरेक किसिमका डर देखाउँदै छन्, अनि गाउँघरमा त्रास छ, आफन्त भेट्न बित्तिकै आँसु खसाउँछन् कोही पार्टी छोडेर भारततिर जाने सल्लाह दिन्छन्, कोही आत्म समर्पण गरेर बस्ने हल्ला दिन्छन्, यी सबै बकबास हुन् । सबैभन्दा उत्तम कुरा दुइटा छन्, ती दुबै कुरा मेरो जीवनको रगत र मुक्तिका खातीर सही र सत्य हुन् । पहिलो, कुरो बाँच्नका लागि खाना खानै पर्छ । दोस्रो, देशमा एकीकृत जनक्रान्ति चलिरहेको छ । यी बाहेक अरू सबै कुरा भ्रम हो ।

मृत्युको सवाल

यदी मैले यही व्यवस्था मानेर एउटा भैसी पालेर पनि एकदिन मृत्यु निश्चित छ । मेरी श्रीमतीले भोटे ताल्चा लगाएर फलामको बाकसमा राखे पनि मृत्यु निश्चित छ । मेरा बाजे सुरबहादुर शाही, उनी पनि मरे, बाजेका बुवा त्रिमल शाही पनि मरे, उनीभन्दा अगाडी पनि धेरै बाजे थिए होला, ती यो धर्तीमा आए कहिले मरे । आखिर तिनीहरू मजस्तै थिए, तर पनि बिचरा मरे, यहाँ त मृत्यु निश्चित छ । फरक यतिमात्र हो कसरी मर्ने ? म बाजीलाल राहु मृत्यु खोज्दै हिँडेको छु, मर्नका लागि पनि निहुँ चाहिन्छ । त्यसैले अचेल मैले मेरो मृत्युको कारण यो सामाजिक राज्य व्यवस्था हो । सके मुक्ति नसके मृत्यु भनेर यतिबेला म एकीकृत जनक्रान्तिमा लागेको छु ।

यो सरकारले ठुलो गल्ती गरेको छ, जसको ठुलो क्षति व्यहोर्नुपर्ने निश्चित छ । जो हिजो जनयुद्धमा मरे, आज उसको परिवारको हालत देखिनसक्नु छ, यो कस्तो समाजवाद हो ? बिरामीले सिटामल पाएको छैन, जलस्रोतको दोस्रो धनी मुलुकले पिउने पानी पाएको छैन । रोजगारको के सवाल छ । कानुनको त कुरै नगरौं, यहाँ कानुनै किनबेच हुन्छ । हिजोसँगै लडेका अझभन्दा तीन तोला सुन र चार कट्टा जग्गा भएकाहरूको आज सुइस् बैंकमा १० देखी २५ हजार डलर जम्मा गरेर राख्न सक्ने भएका छन् । जबसम्म यो पैसा फिर्ता हुँदैन तबसम्म लड्ने सवालमा कुनै दुविधा हुने छैन ।

म उद्घोष गर्छु, मैले नलडे पनि यस्तै विभेद मानव समाजमा रहन्छ भने लड्नेको पनि कमी हुनेछैन । म जन्मेको जन्मभूमि पिमी यस्तो भूमी हो, जहाँ २०१७ सालको क्रान्तिमा पाँच जनाले रगत दिए, ठीक त्यही पिमी गाउँले यतिबेलाको एकिकृत जनक्रान्तिमा ठुलो बलिदानको कोटा चुक्ता गरेको छ । जहाँ प्रिय भाई प्रज्वल शाहीको उच्च बलिदान भएको छ र सैन्य क्षेत्रबाट सेक्सन कमाण्डर रामबहादुर सिहंको पनि उच्च बलिदान भएको छ । अझभन्दा यतिबेला एक गाउँबाट दुई जनाको बलिदान गर्ने गाउँ पनि पिमी गाउँनै हो ।

रातो स्यालुट छ ! पिमी गाउलाई र यो पिमीको माटोले अहिलेसम्मकै ठुलो मान्छे जन्माएको पहिलो पटक हो । तर पनि भाई प्रज्वलको जीवनको पछिल्लो राजनीतिक रंगमञ्च देख्न नपाउदै उहाँको उच्च सहादतप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै म बाजीलाल राहु जस्तोसुकै परिस्थिति आए पनि भाई प्रज्वल शाहीको अभियान र सपनालाई कमी हुन दिनेछैन । इतिहासको कालखण्डतर्फ फर्केर हेर्ने हो भने हिजोको जनयुद्धमा हामीसँगका केही सहासी योद्धा साथी एउटै मोर्चामा गुमायौं, तर केही साथी आज पनि मृत्युको खोजीमा क्रान्तिमै छन् । यी मध्येकै एक जना बाजीलाल राहु पनि अचेल मृत्यु खोज्दै हिँडिरहेको छ । साँच्चिकै त्यस्तो दिन पनि आउनेछ, एकदिन अहिलेको व्यवस्थाले फर्जी इन्काउन्टर गरेर पनि मेरो माग पुरा गर्नेछ ।

मर्ने कुरा निश्चित छ, हिजो गोर्खे मर्यो, आज बृखे मर्यो, अस्ती बर्मा मरी । अझ भन्ने हो भने दैनिक दुनियाँभर दुर्घटना भएर मृत्यु हुनेको संख्या गनिसाध्य छैन । अझ अचेल पूँजीवादीले बनाएको बम राख्ने गोलाबाट हरेक देशमा मान्छेलाई दोषी बनाएर मार्नेको संख्या पनि कम छैन । तर यो बाजीलाल राहु पनि मर्ने निश्चित छ । म सहज तरिकाले दास र गुलाम भएर मर्दिन मर्नका लागि निहुँ नै खोज्नुपर्ने हुन्छ । मेरो निहुँ यो सरकारको रबैयासँग सम्बन्धीत छ । बन्दुकको रक्षा गुलेलीले हुनै सक्दैन बन्दुको रक्षा बन्दुकले नै गर्नसक्छ । अचेल बाजीलाल राहु बझाङ जिल्लाकै पेरिफेरीमा छ, प्रतिबन्ध लाएको ११ महीना भइसकेको छ । फेरी पनि मृत्यु आएन ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...