annapurna add

141717327 133420161947593 3853741270420662026 n

अविभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा उपाध्यक्ष रहेका वामदेव गौतमले एकता राष्ट्रिय अभियान सुरु गरेका छन् । एकता राष्ट्रिय अभियानको तर्फबाट गौतमले शनिबार बिहान कार्यकर्ता पंक्तिलाई पार्टी एकताका लागि अपिल गरेका छन् । गौतमले आमकार्यकर्तालाई पार्टी पुनःएकीकरणका लागि शीर्ष नेतालाई दवाव दिन अनुरोध गरेका छन् ।

नेकपा केन्द्रमा मात्र होइन, जिल्ला, नगर, गाउँ र वडा तहसम्म विभाजन भइसकेको अवस्था छ । नेकपाका शीर्षनेताहरु गाउँघरमा भनिने ‘पँधेर्नी’(महिलाको अपमान गरेको अर्थमा नलिइयोस्) जस्तो एकअर्का बिरुद्ध बिषबमन गरिरहेका छन् । जिम्मेवार हुनुपर्ने प्रधानमन्त्री केपी ओली नै हदैसम्म गिरेर गालीको बर्षा गर्न उद्यत देखिएका छन् । कार्यकर्ता पंक्ति स्पष्ट दुई कित्तामा विभाजित भइसकेको अवस्थामा गौतमको अपिल अरण्यरोदनमै सीमित हुने देखिन्छ ।

गौतमले भनेजस्तो कार्यकर्ता पंक्तिले पार्टी एकताका लागि दबाब दिने होइन, नेताहरुलाई उकास्ने मात्र काम गरिरहेको देखिन्छ । एकताका लागि लाग्नेहरु त नगन्य छन् । एकताको झिनो स्वर, विभाजनकारीहरुको कर्कश आवाजले सुन्नै नदिने अवस्था छ । गुटको खेतीमा रमाउने कार्यकर्ताले शीर्षनेतालाई एकताका लागि दबाब दिने अवस्था विद्यामान अवस्थामा फिटिक्कै छैन । गौतमले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अविश्वास प्रस्तावको सामना नगरी संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली दुबैको कदम गलत भएको ठहर गरेका छन् ।

प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको धारा प्रयोग गरी प्रतिनिधिसभा बिघटन गरी गणतन्त्र र संघीयता नै धरापमा पारेको कुरामा सिंगो देश एकमत हुँदैछ । कांग्रेंस सभापति शेरबहादुर देउवा संवैधानिक आयोगमा भागबण्डा लिई ओलीसँग मिलेर सत्तामा आलोपालो प्रधानमन्त्री हुने दाउमा रहेका भए पनि पार्टीभित्रै उनी घेराबन्दीमा परेका छन् ।

लोकतन्त्रकै बिरुद्ध ओलीको कदममा साथ दिने देउवा पार्टीमा एक्लिदै गएकाले आन्दोलनमा जान बिवश भएका छन् । ढिलोचाँडो ओली कदमबिरुद्ध देउवा पनि संयुक्त आन्दोलनमा जान बाध्य हुने परिस्थिति निर्माण हुनेछ । ओलीको खतरनाक योजना देउवाले नबुझेकाले उनी सत्ताको चास्नीमा रमाएका हुन सक्छन् । तर ओलीको दाउ बैशाखमा चुनाव गर्ने हुँदैहोइन, उनी चैतमा संकटकाल लगाएर कम्तीमा २ बर्ष सत्तामा रहने योजनाका साथ अगाडि बढेका छन् । लोकतन्त्र, संघीयता समाप्त पार्नेगरी उनी अगाडि बढेको दिब्यज्ञान जब देउवामा आउनेछ, तब उनी पनि संयुक्त आन्दोलनमा आउनैपर्ने हुन्छ ।

असंबैधानिक कदमका बिरुद्ध संविधानको रक्षार्थ देशको सबै तप्का खुलिरहेको बेला वामदेव गौतमले एकताको बाँसुरी बजाउनुको कुनै अर्थ छैन । उनी खुलेर ओली प्रतिगमनका बिरुद्ध उभिन सक्नुपर्छ । उनका परिवारका सदस्यले ओली नेकपाको जम्बो केन्द्रीय समिति सदस्यको सपथ बालुवाटारमा गएर सपथ लिएको बिषयमा उनले स्पष्ट पार्नुपर्छ । अनिमात्र एकताको अपिल गर्ने नैतिक धरातल हुन्छ, अन्यथा यो अपिल अरण्यरोदनमात्रै हो भन्दा अत्युक्ति नहोला ।

-यज्ञप्रसाद पन्त

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार