annapurna add

प्रिय आस्था मेम दुई हात जोडेर नमस्कार !!

Chandrika Deuba nepal police astha raut kantipathसाथै जय नेपाल अहिले तपाईंको पक्ष विपक्ष बहस सामाजिक संजालमा निकै तातेको छ। कसैले ३३ किलो सुन र पारस शाह सम्म को प्रसंगलाई समेत जोड्न भ्याउदै छन। आस्थालाई कार्वाही हुने भय पुर्व राजा पारस शाहलाई पनि कार्वाही हुनु पर्छ भन्ने जमात पनि धेरै छ। पारसलाई कार्वाही गर्ने न गर्ने त्यो पारस शाह र दुर्व्यवहारमा परेका प्रहरी अधिकृतलाई थाहा होला ।

आफ्नो भोक प्यास आमा-बुवा घर परिवारलाई छोडेर देश को सेवा गर्छु भनेर हिडेका कयौं जवान साथीहरुलाई तपाईं ले हेप्नु भो। तपाईंले एउटा विश्व व्यापी सामाजिक संजालमा  एउटा बर्दिधारी प्रहरी कर्मचारीलाई तछाड्मछाड  गाली गर्नु भो। यस्तो गाली त हामी प्रहरी कर्मचारीले हरक दिन खाएकै हुन्छौ केई फरक पर्दैन। तर तपाईंको गाली गर्ने शैली फरक भो तपाईंले सामाजिक संजालमा आएर एउटा प्रहरीलाई 'डन्ठे'को दर्जा दिनु भो आफूलाईं प्रहरी भन्दा माथी रहेको घमण्ड पेस गर्नु भो। एक हिसाबले प्रहरी भन्दा जन्ता माथी नै हुन तर गलती गरेपछि हरेक व्यक्ति कानुनको नजर मा सानो हुन्छ ।

तपाईं एउटा गायिका नेपालको 'star' हो तेस्मा पनि हजुरले एउटा 'Tha voice of Nepal' कार्यक्रम पनि चलाउनु हुन्थ्यो। हजुर को आवाज सुन्दा र देख्दा राम्रो लाग्थ्यो। तर आज हजुरको त्यो व्यवहार देख्दा मलाई कता कता नरामाइलो लाग्यो।किनभने यस्मा अरु ब्यक्ति ले गरे पनि तेति नराम्रो त लाग्ने थिएन तर हजुर जस्तो एउटा रास्ट्रीय कलाकारले यस्तो गरेको सुहाएन हजुरले प्रहरीको व्यवहार मन परेको थिएन भने सामाजिक संजालमा पनि तपाईंले एउटा राम्रो सच्चिने सन्देश दिनु हुन्थ्यो होला तर हजुरले आफूलाई 'star' भएको घमण्डले प्रहरीलाई गिराउन खोज्नु भो ! एउटा बर्दी धारी प्रहरीलाई 'डन्ठे ' भन्नुभो। भित्र भएका सिनियर प्रहरी अधिकृतहरुलाई गाली गलौच गर्नु भो। तपाईं ले के पाउनु भो गाली गरेर उल्टै पक्राउ पुर्जी पाउनु भाे।

यदि हजुर हतारमा भएकाे भए तपाईंले पहिला नै जकेट कफी सबै निकालेर आफैले चाडो हुने कुरा गर्न सक्नु हुन्थ्यो तर हजुरले उल्टै महिला प्रहरी सँग त त र म म गर्नु भो। यदि नेपालका सबै कलाकारले हजुर को। जस्तै व्यवहार गर्ने हो भने समाज कसरी अगाडि बड्छ। हजुर त दैनिक कन्सर्टहरु मा रमाउनु हुन्छ खेल्नु हुन्छ सबै कुरा गर्नुहुन्छ। तर प्रहरी को लागि कुनै थकान मार्ने कन्सर्ट हुदैन रमाइलो गर्ने समय हुदैन। यदि देशको रक्षा गर्ने सुरक्षा निकाय नै कम्जोर भयो भने सोच्नु त तपाईं हाम्रो के हालत होला।

एउटा प्रहरी कलाकार बन्न सक्छ तर एउटा कलाकार प्रहरी बन्न सक्दैन प्रहरी बन्न धेरै कठिन छ। प्रहरी बनि सके पनि त्यो भित्र गर्ने तालिम झनै कठिन छ। प्रहरीले पहिला नै सपथ खाईं सकेको हुन्छ सुरक्षाको दृष्टिकोणले म मेरो बुवा आमा दाई भाइ भन्ने छैन संका लागेको हर कोई ब्यक्ति लाई पनि चेकचाज गर्ने छु। मेरो बुवा आमा नै अपराधी भय उनिहरुलाई पनि कानुन को। कठघरामा मा उभ्याउने छु। प्रहरीले यस्तो सपथ खाएको हुन्छ। प्रहरी नरम हुन्छ। कहिलेकाही नरम हुँदा न चल्ने हुँनाले कडा हुँनु पर्छ। तेई कडा भित्र तपाईं पनि पर्नु भो। दुख न मान्नु होला मेम सामाजिक संजाल तपाईंको कानुन होईन। मन लागे गाली गर्ने मन लागे माफी माग्ने कानुनलाई तपाईंले पनि सघाउनु पर्छ कानुन भन्दा ठूलो-कोइ छैन न तपाईं न हामी ! हामी प्रहरी कर्मचारी भने को कानुन को रक्षक मात्रै हो ! हामी ले गलती गर्‍यो भने अपराधी भन्दा कडा सजाय हामीलाई हुन्छ।

एउटा प्रहरी जवानको मनोबल गिरायर काम गर्ने मनसाय नघटाई दिनु होला। तपाईं जस्तै हजारौं मान्छे हतार मा हुन्छन कसैको हतारले प्लेन छुटेका घटना पनि हजुरलाई थाहा नै होला। यसरी एउटा महिला कलाकारले एउटा महिला प्रहरी जवान सँग गरेको अभद्र व्यबहार साम्य हुने छैन मेम । तपाईंको खाएको कफी उठान बसेको होइन प्रहरी आफ्नो देशको सुरक्षाको लागि बसेको हो। नकारात्मक कुरा र सामान लागू औषध हातहतियारहरु भित्रिने र भित्याउन नदिनकाे लागी हाम्रो देशबाट नकारात्मक सामानहरु नजाउन भन्नेको लागि एयरपोर्टमा प्रहरी तपाईंहरुकै सुरक्षाका लागि बसेको हो आस्था मेम।

धन्यवाद 
लेखक : प्रहरी जवान / चन्द्रिका देउबा

याे पनि पढ्नुहाेस् - महिला प्रहरीले लेखिन् गायिका आस्था राउतलाई यस्ताे भावुक चिट्ठी !

Aastha Raut nepali girlबैनी,
गाह्रो छ- तिमीलाई पनि हामीलाई पनि !

तिमीले मलाई ‘डन्ठिनी’ भन्यौ, हेर त, तिमीलाई ‘डंकिनी’ भन्ने अर्को जमात तयार भइसक्यो !
गाह्रो छ नि बैनी- सबथोक सहन अनि सबथोक झेल्न !

थाहा छ बैनी रु तिमी स्टेज चढिरहेको बेला उन्मत्त भिड सम्हाल्ने केही ‘डन्ठिनी’ हरू तिमी सँग फोटो मात्र खिच्न पाए आफ्नो जीवनको एक हिस्सा सफल भएको महसुस गर्छन् !

हाम्रो विभागीय संरचना नै अलि निर्मम छ- हाकिमहरूले आफू भन्दा तल्लालाई तपाई भनेर विरलै बोल्छन् ! अझ हामी महिलाहरूलाई त झनै हेप्छन् ! त्यसको प्रभाव धेरै थोरै ममा पनि होला । आवेगमा त्यो प्रभावको प्रादुर्भाव तिमी माथि पर्न गयो होला ! तर

तिमी त देशका गीत गाउने, चेलीका गीत गाउने, गुन्यू चोलीका गीत गाउने र मनोरञ्जन जगतकै प्रतिष्ठित कुर्सी सम्हालेको दाबी गर्ने शिक्षित, सभ्य र सहरिया घरानाकी नारी, तिमीले लगातार दश मिनेट आफ्नो ‘आपा’ हराउनु चाहिँ हुँदैनथ्यो बैनी !

सोंच त तिमी र म दुवै छोरी हौँ । दुवै आमा पनि हौँ । आमाले जे सिकायो सन्तानले त्यही सिक्ने हो । हेर त- तिमीले बोलेका शब्दमा तिमीले माफी मागिसक्दा पनि एउटा ठुलो जमातले ‘डन्ठिनी’ लाई ठिकै गर्‍यौ भनिरहेका छन् ! के सिक्यो जगतले ?

आस्था हरायो भने संसार रहँदैन,सम्बन्ध रहँदैन,संरचना रहँदैन ! र त्यो आस्था पद, पैसा र प्रतिष्ठासँग जोडिनु हुँदैन । आजका प्यूसाहरू भोलि ढाडी हुन्छन् । आजका प्यूपाहरू भोलि पुतली बन्छन् । समय सधैँ एकै व्यक्तिको मुट्ठीमा अडिँदैन बैनी ! अहङ्कारले अँध्यारो तर्फ लैजान्छ !

म अझै पनि तिम्रो पहराको लागि खटिनेछु- भिड तिम्रो पछि लागोस्, सफलताले तिमीलाई पछ्याओस् म सुस्तरी तिम्रो खुसीको कामना गरिरहनेछु । मात्र म प्रतिको दृष्टिकोण तिमीले बदलिदिनू, ताकि तिमी प्रति म फेरि एउटा दरिलो आस्था उमार्न सकूँ । उक्त चिठ्ठी लेखक तथा कवि हेमन्त गिरीले लेखेका हुन् ।

गायिका राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि गायक प्रमोदले मुख खाेले !

यसै सन्दर्भ लिएर चर्चित गायक प्रमोद खरेलले सामाजिक सञ्जालमा गुनासो पोखेका छन् । उनले एक स्टाटस लेख्दै आस्थाको बारेमा बोल्ने कुनै सङ्घसंस्था नभएको गुनासो गरेका हुन् ।

Pramod Kharel astha raut nepal policeप्रमोद आस्था कोच रहेको रियालटी सो दि भ्वाइसका कोच पनि हुन् । उनले आस्थालाई पक्राउ गर्ने अनुमति प्रहरीले पाइसकेको अवस्थामा गीतसङ्गीतको क्षेत्रमा धेरै सङ्घसंस्था हुँदा पनि कसैले एक शब्द आवाज उठाउन नसकेको देख्दा कुनै पनि सङ्घसंस्था नभएको महसुस भएको बताएका हुन् ।

यस्तो छ प्रमोदको स्टाटस :

प्रसंग
गायक गायिका को विषयमा बोल्ने एउटा पनि संस्था नभएको अनुभव भयो हाल आएर । सेतुराम देखि आजको दिनसम्म को इतिहास बोकेको यो राष्ट्रकै अभिन्न अंग भैसक्ने बेलामा पनि संस्थागत रुपमा शुन्य नै रहेको आभाष भयो अहिले ।
केहि दिन देखि चर्चा मा रहेको आस्था राउत प्रकरण मा सकारात्मक वा नकारात्मक ,( समर्थन वा आलोचना, ) कुनै पनि टिप्पणी गर्ने गायक गायिका को संस्था नहुदा करोडौ श्रोताले माया र स्नेह दिएको यो क्षेत्र नै विचरो अवस्था भएको आभाष भएको छ।

अब विषय तिर लागौ #आस्था_प्रकरण

गएको केहि दिन बाट सामाजिक सन्जालमा भाइरल यो प्रकरण ले आश्था राउत लाइ पक्रने आदेश दिएको छ। जहॉ सम्म लाग्छ , यो निर्णय बाहिरिएको सिसिटिभी फ़ुटेज भन्दा पनि उनले फ़ेसबुक लाइभमा दिएको अभिव्यक्ति र त्यसमा प्रयोग भएका शव्दहरु हरु नै हुन। जुन आफैमा केहि अस्वाभाविक र कलाकार लाइ असुहाउदा नै छन, र देशमा कर्तव्य निर्वाह गर्ने प्रहरी का लागि निश्चय नै आपत्तिजनक हुन दुइमत छैन। जुन बारे स्वयम् आश्था ले नै स्विकार गरी माफ़ी मागीसकेकी छिन। तर माफ़ी ले नपुगेरै होला प्रहरी ले अनुसन्धान का निम्ति पक्राउ आदेश जारी गरेको र आस्थाले सिक्किम बाटै प्रहरी लाइ सहयोग गर्ने बताइसकेकी छिन। सिसिटिभी फ़ुटेज मा अडियो छैन, दुवैले के बोले थाहा छैन। जहॉ दुवैको दोष हुन सक्छ, प्रहरी को चेकिंग मा सहयोग नगर्ने आश्था को कमजोरी हो दुइ मत छैन, तर प्रहरी ले पनि आस्था सँग गरेको व्यवहार कस्तो थियो त्यसमा भर पर्छ , उनि बिनाकारण नै रिसाइन त ?? पक्कै पनि होइन। दिनभर डुयटि ले थकान भएर प्रहरी ले यस्तो व्यवहार गरिन होला भन्न पनि मिल्दैन तसर्थ गल्ति को प्रतिशत जति जति भएपनि अनुसन्धान दुइपक्षिय नै हुनुपर्छ एक पक्षिय हैन यदि अघि बढ्ने नै हो भने।

तर ..... ....
आम नागरिक को प्रहरी प्रति को विश्वस्वनियता , नागरिक प्रति प्रहरी को हातेमालो, अझ विगत देखि नै कलाकार लाइ प्रहरी ले र प्रहरी लाइ कलाकार ले गर्ने व्यवहार पवित्र छ। एकाध व्यक्तिगत घटना लाइ समग्र कलाकार र समग्र प्रहरी क्षेत्र जोडनु जोडाउनु दुर्भाग्य हुनेछ । सामाजिक सन्जाल मा कलाकार र प्रहरी का पक्ष विपक्ष हुदै धुर्विकरण तिर जाने र इख बटुलेर अघि बढने हो भने त्यसले दीर्घकालीन फ़ायदा गर्दैन।
आस्था यस घटना बाट विक्षिप्त पक्कै छिन, आम नागरिक सरह नै उनले पनि दण्ड भोग्लिन नै, यसमा प्रहरी र निर्णय कर्ताले नै टुंगो लाउलान । वा सामान्य पुछताछ पछि घटना सकिएला । र आश्था ले सार्वजनिक रुपमा माफि माग्दै घटना को द इन्ड गर्लिन। अब आश्था लाइ थप मानसिक कमजोर बनाउनु को सट्टा सचेत र परिपक्व बनाउनु पर्छ प्रहरी ले , यस्ता घटना नदोहोरिने वातावरण बनाउनु पर्छ । प्रहरी लाइ नि हामीले काम गर्ने वातावरण बनाइ दिनै पर्छ। केहि समय मा नै आस्था र प्रहरी जवान रमिता को हात मिलाइदै गरेको हँसिलो तस्वीर सामाजिक सन्जाल मा देख्न पाइयोस, ।
घन्यवाद !!

गायिका आस्था राउत फरार, पक्राउ पुर्जी जारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरी कर्मचारी रमिता श्रेष्ठमाथि दुर्व्यवहार गर्ने गायिका आस्था राउतविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ ।

asthaमहानगरीय प्रहरी परिसरका अधिकारी गायिका राउतविरुद्धको पक्राउ पुर्जीको निवेदनसहित आज (आइतबार) दिउँसो २ बजे बबरमहलस्थित प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष पुगेका थिए ।

उनका अनुसार मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

matrikakantipathयाे पनि पढ्नुहाेस् - गायिका आस्था राउतलाई दफा ९ क ६ बमोजिमकाे कारवाही !

 गायिका आस्था राउतविरुद्‍ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले जिल्‍ला प्रशासन कार्यालय काठमाडौंमा अभद्र व्यवहारको उजुरी दिएको हो।

Astha Raut202011त्रिभुवन विमानस्थलको आन्तरिक कक्षमा प्रहरीसँग भएको व्यवहारलाई लिएर विवादमा तानिएकी गायिका हाल कार्यक्रमका लागि सिक्किममा छिन्। उनले विमानस्थलमा जाँचका क्रममा महिला प्रहरीले आफूलाई 'तँ' सम्बोधन गरेको र हात हालेर दुर्व्यवहार गरेको भन्दै फेसबुकमार्फत आक्रोश पोखेकी थिइन्।

राउत काठमाडौं फर्किए लगत्तै प्रहरीले बोलाउने छ वा जिल्ला प्रशासन कार्यालयमार्फत् पक्राउ पुर्जी लिएर पक्राउ गर्नेछ।अभद्र व्यवहारमा प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान गर्ने गर्दछ।

यस्तै, हवाई क्षेत्रमा खटिएका राष्ट्रसेवक, प्रहरी कर्मचारीलाई दुर्व्यवहार गरेको पाइएमा नेपालमा गैर सैनिक हवाई उड्डयन (सिभिल एभिएसन ऐन २०१५) ले काम गर्छ ।

यो ऐनको दफा ९ क को ६ बमोजिम आस्था राउतलाई कारवाही गर्न सकिन्छ ।

अभद्र व्यवहार सम्बन्धी कसुरमा एक वर्षसम्म कैद र १० हजारसम्मको जरिवाना वा दुवै सजायको व्यवस्था रहेको छ ।

Raut

के भएको थियो ?

बुधबार राउत भद्रपुर जाने क्रममा मध्यान्ह विमानस्थलमा पुगेकी थिइन्। सो क्रममा उनी आन्तरिक टर्मिनलको एक्सरेमा छिर्दा रातो बत्ती बलेपछि सुरक्षाकर्मीले ज्याकेट फुकाल्न लगाएका थिए।

मेटल डिटेक्टिभ एक्सरेले रातो देखाएपछि सुरक्षाकर्मीले पुन: चेकजाँच गर्छन्। यसक्रममा राउत झोक्किएर ज्याकेट फुकाल्दै एक्सरे मेसिनमा हालेकी थिइन्।

सो बेला उनले हातमा लिइरहेको कफीको कप प्रहरी कर्मचारीले सुरक्षित गरिदिएकी हुन्छिन्। चेकजाँच सकिएपछि उनले त्यो फिर्ता गरिदिएकी थिइन्। तर, राउतले कप ठेल्छिन्। केहीबेरमा कपबाट कफी पोखिएको थियो र राउतको ज्याकेट भिजेको थियो।

यसक्रममा राउतले प्रहरी कर्मचारीलाई केहीबेर गाली गरेकी थिइन्।

प्रहरीले विमानस्थलमा भएको घटनाको सिसिटिभी फुटेज सार्वजनिक गरेपछि गायिका राउतले फेसबुक लाइभमा माफी मागेकी थिइन्।

कलाकारहरूले के भने, आस्थालाई !

आस्थालाई राजेशको सुझाव: 'साहरुख खानलाई त झन कट्टु मै चेक गरेको थियो, दुबै जना सुधृनु पर्छ'

rajeshकेहि दिन अघि गायिका आस्था राउतले प्रहरीलाई गालि गरेपछि विवादमा तानिएकी थिइन् । उनले सिक्कीम जाने क्रममा विमानस्थल प्रहरीले दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो राखेकी थिइन् । प्रहरीलाई तथानाम गाली गर्दै उनले प्रहरीले आचरण सुधार्न र प्रहरीको ब्यावहारलाई दबङ शैलीमा हान्न मन लागेको भनेकी थिइन् ।

आफू हतारमा रहेको बेला प्रहरीले चेक गर्दा ज्याकेट खोल्न लगाउदै अपमान गरेको भन्दै उनले तल्लो स्तरको शब्द प्रयोग गर्दै प्रहरीलाई डन्ठे, प्युसा, प्युपा आदि शब्द प्रयोग गरेकी थिइन् । उनको भनाइ बिबादमा आएपछि अहिले राउतले भिडियो हटाएकि छन् । उनले आफ्नो फेसबुकबाट भिडियो हटाए पनि संजालमा भने भाइरल बनेको छ । उनले आफुलाई दुर्व्यवहार गरेको भनेपछि प्रहरीले विमानस्थलको चेकजाच कक्षको सिसिटिभी फुटेज समेत सार्वजनिक भइसकेको तथा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसै सन्दर्भमा गायक राजेश पायल राईले आस्थालाई फेसबुकमा एक सन्देश लेख्दै दुवै जना सुध्रिन आवस्यक रहेको बताएका छन् । उनले भनेका छन् :

एयरपाेर्टमा साहरुख खानलाई त झन कट्टु मै चेक गरेको थियो त्यो उसको अधिकार हो अब रह्यो पुलिस ले कस्तो ब्यबहार गर्‍यो? चेकिङमा कफी,पानी लान पाइदैन इभन वाल्लेट (मनी ब्यग ) पनि पाइदैन उनि बैनी हुन राम्री गायिका हुन अझ एक रियलिटी सो The Voice कि कोच पनि हुन आफ्नो इज्जत ठाउमा राख्नु पर्छ माया लिनेले घृणा पनि सहनु सक्नु पर्छ “तब न हामी कलाकार , उसै त हामी नाथे कलकार “धेरै रुन्ची नबन अब तिमी ठुली भइ सक्यौ “आस्था र एअरपोर्ट मा खटिएका कर्मचारी दुबै सुधृन आबस्यक !

'आस्थाले प्रहरी बहिनीसँग माफि माग्नु पर्छ' - दिपकराज गिरी

dipak asthaकेहि दिन अघि गायिका आस्था राउतले प्रहरीलाई गालि गरेपछि विवादमा तानिएकी थिइन् । उनले सिक्कीम जाने क्रममा विमानस्थल प्रहरीले दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो राखेकी थिइन् । प्रहरीलाई तथानाम गाली गर्दै उनले प्रहरीले आचरण सुधार्न र प्रहरीको ब्यावहारलाई दबङ शैलीमा हान्न मन लागेको भनेकी थिइन् ।

आफू हतारमा रहेको बेला प्रहरीले चेक गर्दा ज्याकेट खोल्न लगाउदै अपमान गरेको भन्दै उनले तल्लो स्तरको शब्द प्रयोग गर्दै प्रहरीलाई डन्ठे, प्युसा, प्युपा आदि शब्द प्रयोग गरेकी थिइन् । उनको भनाइ बिबादमा आएपछि अहिले राउतले भिडियो हटाएकि छन् । उनले आफ्नो फेसबुकबाट भिडियो हटाए पनि संजालमा भने भाइरल बनेको छ । उनले आफुलाई दुर्व्यवहार गरेको भनेपछि प्रहरीले विमानस्थलको चेकजाच कक्षको सिसिटिभी फुटेज समेत सार्वजनिक भइसकेको तथा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसै सन्दर्भमाकलाकार दिपकराज गिरीले आस्थालाई फेसबुकमा एक सन्देश लेख्दै कलाकार वा सेलेब्रिटीज़को गल्ति नै नभए पनि समाचार बाहिर आएपछि गल्ति  देखिने रहेछ  भन्दै गुनासो गरेका छन् उनले माफि माग्न समेत सुझाव दिएका छन् । उनकाे फेसबुक स्ट्याटस जस्ताकाे तस्तै :

प्रिय आस्था बहिनी...
यो बिषयमा लेख्न मन थिएन तर तिम्ले निरन्तर गालि खाएको देखेर किन किन लेख्न मन लाग्यो, म पनि बिगतमा यस्ता धेरै घटनाहरू बाट गुज्रेको छू यस्तै प्रकारका घटनाहरू बाट पाठ पनि सिकेको छू ! .....समस्या कॉहाबाट आयो भने ... तिम्ले भिडको सामना गर्दै प्रहरी लाइ चेक गराउदै अधि बढ्नु पर्यो .. भिड र संबेदनशील क्षेत्र मा काम गर्ने प्रहरी जवान हरू लाइ छुट्टै प्रेसर हुन्छ .. उनिहरू लाइ छुट्टै दवाव हुन्छ .. उनिहरू १० घन्टे लामो ड्यूटीमा हुन्छन्, सानो गल्ति भए ज़ागिरै संकटमा पर्छ ... त्यस्तो बेला उनिहरू वाट अलि रूखो ब्यबहार निस्किन्छ पनि त्यॉहा पनि निस्कियो होला तर हामि कलाकार वा सेलेब्रिटीज़ को गल्ति नै नभए पनि समाचार बाहिर आएपछि गल्ति हाम्रै देखिने रहेछ... सेलेब्रिटीज़ भनेको सेतो कपडा रहेछ .. अरू रंगमा दाग नदेखिए पनि सेतो मा सानो दाग पनि देखिहालिन्छ .. अत सहनु पर्ने हामिले नै रहेछ .... बिदेशमा प्राय: यस्तो घटना हूदैन किनकि त्यॉहा नेता मात्रै vip हूदैनन् धेरै कर तिर्ने ब्यापारिहरू , नाम चलेका खिलाड़ी, कलाकार हरू लाइ पनि vip मानिन्छ र सुबिधाजनक ढंगले चेक जॉच हुन्छ र भिडको सामना गर्नु पर्दैन र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ तर यो देशमा नेता मात्रै vip हो .. यो संबेदनशीलता लाइ हामिले बुझ्नु पर्छ किनकि हामि भिड बाट नै गुज्रिनु पर्छ त्यस्तो अबस्थामा हामि सतर्क हुनै पर्छ !

मापसे कान्ढमा म पनि परे गल्ति मेरै थियो तर जब म प्रहरी को पन्जामा परे म माथि भएको दूर्ब्यबहार डर लाग्दो नै थियो तर मेरो कुरा लाइ कसैले गम्भीरतापूर्वक नै लिएनन् ... यसबारे हामिले नै होसियार हुनु पर्ने रहेछ ...हामि लाइ अन्याय नै भयो भने पनि “कलाकार हो फूर्ती देखायो होला फस्यो नि “भनिदो रहेछ त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफ़ पॉउ भनेर छट्किनु नै सबैभन्दा उत्तम रहेछ ...तिम्लाइ पनि त्यस्तै केहि रूखो ब्यबहार प्रयोग भयो होला ... तर गल्ति तिम्रो फ़ेसबुक लाइभ ले गर्यो त्यस्मा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो ! तिमिलाइ केहि नभइ त्यस्तो भनिनौ होला ... तर बाहिर बाट हेर्दा तिमि नै अमर्यादित देखियो अत: यो घटना लाइ तिमिले हामिले सबैले एउटा पाठको रूपमा लिनु पर्छ ... जे हुन्छ राम्रैको लागि हुन्छ ! 

आज कतिपय स्ट्याटस हरू “ कलाकार यस्तै घमण्डी हुन्छन् “ भनेर आउछ दुख लाग्छ ... त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनी संग म माफ़ी माग्छू तिमि पनि माग .... सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन , हामि सामान्य नागरिक नै हौ यो बास्तबिकता लाइ बुझौ ......!!! 

करिश्मा मानन्धर

Karishmaa Manandhar

महिला पहरीकाे पक्षमा कस्ले के भने ?

आफ्नो डिउटी निर्वाह गरेकी महिला प्रहरी कर्मचारीको पक्षमा उभिए आइजिपी र मेट्रो प्रमुख

Policewomen IGP and DIG astha rautआस्था राउत नाम गरेकी गायिकाले आफुलाई अत्यन्त सु-प्रसिद्ध ठानेर विमानस्थलमा समेत सुरक्षा जाँच नगर्नु पर्ने ठान्दै आफ्नो डिउटी निर्वाह गरेकी एउटा महिला प्रहरी जवानलाई हेपेर व्यवहार गरेको विषय कुनै हिसाबले उचित थिएन झन भिडिओ रेकर्ड गरेर प्रहरीलाई गाली गरेर उनले थप गल्ती गरेकोमा दुईमत भएन । यस घटनामा सुरुमै प्रहरीले कसैको अनुहार हेरेर व्यवहार गर्दैन , विमानस्थल सुरक्षाको दौरान चेकजाँच गर्दा सवैलाई एकै हिसाबको व्यवहार हुने, हुनाले चेकजाँचको दौरान अभद्र व्यवहार भएको भए त्यसो गर्नेलाई कारवाही हुन्छ भनेर महानगरीय प्रहरी प्रमुख डिआइजी विश्वराज पोखरेलले प्रष्ट पारिदिएका थिए ।

girl policenewsप्रहरी कर्मचारीले ठिक ढंगले ड्युटी गर्दा कसैसंग डराउनु नपर्ने सन्देश दिए । यसै घटनालाई प्रहरी प्रधान कार्यालयले पनि तत्काल आवश्यक छानविन र कारवाहीको निर्देशन दिएर कानुन भन्दा माथि कोहि नभएको सन्देश दियो । अहिले यसै घटनालाई लिएर सीसीटिभी फुटेज देखि रोइकराई भिडिओहरु सार्वजनिक भैरहेका छन् । सवैलाई हेर्दा लाग्छ आफ्नो उत्तेजक अभिव्यक्ती र ठुलो पल्टिने बानिले गर्दा गायिका राउतले कानुनि कारवाही भोग्नु पर्नेछ ।

 यस घटनाबाट प्रहरीले पनि सिक्नु पर्ने केहि कुरा जरुर छन जस्तै :

सुरक्षाको दृष्टिले संसारका थुप्रै विमानस्थलमा पेय पदार्थ बोकेर जानै पाइदैन, त्यसैले यदी नेपालमा पनि त्यो सर्वव्यापी प्रणाली लागु गर्ने हो भने भोलि यस्तो समस्या नआउन सक्छ । अर्को कुरा सर्वसाधारणलाई जस्तो प्रहरीलाई असंवेदनशील र आक्रोशित हुने छुट छैन भन्ने बुझेर अव उपरान्त जस्तै विवाद हुँदा पनि गिरफ्तारनै गर्ने अवस्था वाहेक अन्य वेलामा कसैको हात समातेर तान्नेनै अवस्था आउनु हुदैन भन्नेमा सवै प्रहरी सचेत हुन जरुरी छ ।

यस घटनाले चर्चितहरु सवै संस्कारी हुदैनन् भन्ने सन्देश दिनुको साथै सँस्कारहिन छन् भने चर्चितहरुले त्यसको मुल्य चुकाउनु पर्छ भन्ने सन्देश समेत दिनुको अलावा अहिले प्रहरी जवानको दु:ख र अप्ठेराहरु प्रति पनि संवेदनशिल प्रहरी नेतृत्व छ, भन्ने संदेश गएको छ ।

यी हुन गायिका आस्था राउतबिरुद्ध मुद्दा हाल्ने महिला प्रहरी

गायिका आस्था राउतविरुद्ध मुद्दा दर्ता भएकाे छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले राउतविरुद्ध महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएकी हुन् । विमानस्थलको सुरक्षा जाँचका क्रममा गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान श्रेष्ठले उजुरी दिएकी हुन् ।

प्रहरीलाई तथानाम गाली गरेपछि गायिका आस्था राउत बिबादमा

Astha Raut is a singer from Nepal kantipath

उजुरीमा उनले आफूमाथि अभद्र व्यवहार गर्ने राउतलाई कानूनानुसार हदैसम्मको कारबाही हुनुपर्ने माग गरेकी छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको भवनमा सुरक्षा चेकजाँचका क्रममा गायिका राउतले आफूमाथि दुव्र्यहार गरेको प्रहरी जवान राउतको भनाइ छ ।

राउतले भने विमानस्थलमा सुरक्षा जाँचका नाममा आफूमाथि दुव्र्यवहार भएको भन्दै सामाजिक सञ्जालमार्फत ‘आपत्तिजनक शब्द’मा असन्तुष्टि पोखेकी थिइन् । गायिका राउतले भने विमानस्थलमा कार्यरत महिला प्रहरी जवानले आफूलाई अपशब्द प्रयोग गरेरको दावी गर्दै आएकी छिन । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले गायिका राउतविरुद्ध परेको उजुरीका सन्दर्भमा अनुसन्धान शुरु भएको जनाएको छ ।

प्रारम्भिक चरणमा विमानस्थलको सीसीटीभी फुटेज जाँच गर्ने र विमानस्थलमा कार्यरत अन्य सुरक्षाकर्मीको पनि बयान लिने काम भइरहेको प्रहरी स्रोतले जनाएको छ । गायिका आस्था राउतले फेसबूक लाइभमार्फत नेपाल प्रहरीको व्यवहारमाथि प्रश्न उठाउँदै प्रहरीलाई नै गाली गरेपछि सामाजिक सञ्जालमा बहसको विषय बनेको छ । सामाजिक सञ्जालमा कतिले आस्थाको समर्थन गरिरहेका छन् भने कतिले उनी यसरी आक्रोशपूर्ण रुपमा प्रस्तुत हुन नहुने प्रतिक्रिया दिएका छन् ।

शुक्रवारको कार्यक्रमका लागि म सिक्किम जाँदै थिएँ, बुधवार दिउँसो १२ बजेको फ्लाइट थियो, म समयमै पुगेकी थिएँ, बुद्ध एयरको फ्लाइट ‘डिले’ हुने भएपछि म विमानस्थल परिसरमै कफी पिएर बसिरहेकी थिएँ । त्यही बेला मिस आस्था राउत भनेर बोलाइरहेको सुनेँ, म त २ बजे फ्लाइट भनेर ढुक्कले बसिरहेकी थिएँ, बुद्ध एअरका कर्मचारीले बोलाएको सुनेपछि म हतार–हतार चेकिङतिर लागें, मेरो नाम सुन्नासाथ म कफी छोडेर जान लागेकी थिएँ, मलाई छोड्न आएका रिलेटिभ (आफन्त)ले कफी लान पाइन्छ भनेपछि कफी लिएरै छिर्दै थिएँ, कफीको लिड पनि राम्रोसँग लागिरहेको थिएन।चेकिङमा रहेकी महिला प्रहरीले ज्याकेट खोल्न भन्नुभयो, मैले आफ्नो प्लेन छुट्न लागेको बताएँ, उहाँलाई ज्याकेट नखोले हुँदैन भनेर सोधेँ ।

तर दुई दिनमै ज्याकेट खोल्नुपर्ने नियम शुरु भएछ। मेसिनबाट ब्याग चेकिङ भइरहेको थियो, म पनि कफी समाएरै हात माथि उठाएर चेक गर्न अनुरोध गरिरहेकी थिएँ उहाँले ज्याकेट खोल् भनेपछि मैले फ्लाइटमा बोलाइसक्यो, अस्ति त ज्याकेट नै खोल्न लगाउँथेन त भनेँ । उहाँको व्यवहारले मलाई रिस उठिसकेको थियो, तै पनि मैले संयमता अपनाएकी थिएँ, अगाडि जान लागेकी थिएँ तर उहाँले ठाडो भाषामा तेरो कफी लैजा भन्नुभयो, मैले पनि लान्न भनेँ । उहाँले कफी लैजान्छस् कि तेरो ब्यागमा खन्याइदिऊँ? भन्नुभयो । मेरो ठाउँमा अरु कोही केटा भएको भए त्यहीँ घुमाएर हान्थ्यो होला, त्यस्तो बिझाउने थियो उहाँको व्यवहार । त्यो हदसम्मको दुर्व्यहार मैले भोग्नुपरेको थिएन, मेरो त दिमाग नै आउट भयो । उहाँले तँ भनेर मलाई केही फरक पर्ने थिएन, तेरो ज्याकेट खोल् भनेर उहाँले जुन खाले व्यवहार गर्नुभयो, त्यो निकै बिझाउने खालको थियो, प्रहरीको छाप यस्तै छ भन्ने त जगजाहेर नै छ तर उहाँले त कफी लान्नँ भन्दा हात नै हाल्नुभयो, न्याँक्नुभयो ।

अन्य प्रहरीले टुलुटुलु हेरेको देखेर मलाई पटक्कै चित्त बुझेन । माथिको अफिसरले तल्लो तहको प्रहरीलाई यस्तो व्यवहार गर्न सिकाउने त पक्कै होइन होला । विदेशमा पनि प्रहरी हुन्छ, हाम्रो देशको प्रहरीमा मात्र यस्तो दम्भ किन छ? त्यस्तो हुँदासम्म प्रहरीले हेरेरै बसे, शायद ती महिला प्रहरीले त्यही रवाफ अरुलाई पनि देखाउने गरेकी थिइन् कि ? एकजना दिदी सिलुगढी जान हिँड्नुभएको रहेछ, उहाँलाई त झन् पातलो खालको पोशाक पनि खोल्न भनिएछ, उहाँले पनि गुनासो पोख्दै प्रहरी यस्तै भएको भन्दै मन नदुखाउन भन्नुभयो । प्रहरीका बारेमा नकारात्मक कुरा सुनिन्थ्यो, तर मैले हिजो जे भोगें, त्यसपछि मैले आफूले भोगेजस्तो सुनेर हुन्न रहेछ भन्ने बुझेँ । मैले जुन व्यवहार भोगें, त्यो साँच्चिकै दुःखद् थियो ।

जिन्दगीमा पहिलोपटक त्यत्रो मान्छेको अगाडि त्यसरी दुर्व्यवहार सहन परेपछि कसरी रिस मर्छ ? ‘हामीलाई सम्मान चाहिएको होइन तर कलाकारलाई त यस्तो व्यवहार हुन्छ भने अरुलाई कस्तो होला भन्ने मुख्य प्रश्न हो । प्रहरीले पनि त्यही कुरालाई राम्रोसँग किन नभन्ने? हामीले गाली नै खानुपर्ने?’ मैले मात्र होइन, हरेक मान्छेले प्रहरीले गर्ने व्यवहारबारे आत्ममूल्याङ्कन गर्न जरुरी छ ।

थप समाचार 

महिला प्रहरीले लेखिन् गायिका आस्था राउतलाई यस्ताे भावुक चिट्ठी !

जनताको प्रश्न : आस्था राउतको भिडियो आउने, ३३ किलो सुनको किन नआउने ?

यस कारण विवादमा पर्छ प्रहरीको व्यवहार ?

यी हुन गायिका आस्था राउतबिरुद्ध मुद्दा हाल्ने महिला प्रहरी

प्रहरीलाई तथानाम गाली गरेपछि गायिका आस्था राउत बिबादमा

पुरा पढ्नुहाेस् - https://www.kantipath.com

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...