annapurna add

जबजब कुनै राष्ट्रिय विपत्ति आइलाग्छ अथवा आम मानिसमा विपत्तिको डर थोपरिन्छ तबतब सत्ताधारी राजनीतिक दलका नेता कार्यकर्ता र तिनीहरुको स्वार्थ समुहले एउटै फेससेभिङ्ग गर्दछन त्यो हो "सरकारलाई जनताले साथ दिएनन" ! सरकार लाई साथ दिनुपरो ! "

np

भुकम्पको बेलामा पनि यहि भनियो नाकाबन्दीमा पनि यहि भनियो अनि अहिले कोरोना भाइरस (कोभिड–१९)को प्रकोपको बेलामा पनि यहि भनिदै छ ।

वास्तवमा आम जनताले कर तिरेकै छन्, संविधान र कानुनहरुको पालना गरेकै छन !, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निकै गिरावट आएर आयल निगमले १५ दिनमा आधा अर्ब कमाएर तेल बेच्दा पनि किनिदिएकै छन !, सिण्डिकेट हटाउने भनेर प्रोपगण्डा गरिएपछि पनि कोचाकोच गरेर बस यात्रा गर्दा पनि तोकिएको भाडा तिरेकै छन !, सडकको हालत जस्तो होस् सडक उपभोग कर तिरेकै छन !, जन्म दर्ता देखि मृत्यु दर्ता सम्म विवाह दर्ता देखि सम्बन्ध विच्छेद दर्तासम्म आम जनताले कर हरपल तिरेकै छन !, वाइडवडि देखि न्यारो वडि होस् अथवा बालुवाटारको सरकारी जग्गालाई निजीकरण गरिएको देखि स्क्युरिटी प्रेस प्रिण्टिङ्गमा गरिएका कमिसनका चक्कर हुन् आम जनताले सरकारको काम कारवाही अवरुद्ध हुनेगरी कुनै विरोध गरेको छैनन !

वास्तवमा सरकारलाई साथ दिएनन भनेर किन विषयान्तर गरिदैछ ? फ़ाट्ट्फ़ुट आम नागरिक काम विशेषले निस्कदा साथ नदिएको हुने हो ? अथवा सरकारको "लकडाउन"को समर्थनमा कुनै नेता विशेषको फोटो टासेर दिपावली हुनुपर्ने थियो ?

क्रान्तिकारी कवि पंजाबी कवि अवतार सिंह संधू उर्फ ‘पाश’ आफ्नो कविता "सबसे खतरनाक होता है" मा भन्छन "सबसे खतरनाक होता है

मुर्दा शांति से भर जाना, तड़प का न होना सब सहन कर जाना, घर से निकलना काम परऔर काम से लौटकर घर जानासबसे खतरनाक होता है हमारे सपनों का मर जाना"

एयरपोर्टबाट कोराेना आयात गरेको सरकारले लकडाउन भनेको छ अर्थात जहा छौ त्यहि बस भनेको छ वास्तवमा यसलाई सरकारको ठुलो उपलब्धि मान्नेहरु र सरकारलाई साथ दिएनन भन्नेहरु मुर्दा शान्तिको दारुण काल्खण्डका दरिद्र एवं हास्यास्पद नष्टचेतन नारात्मा हुन जो संसार आफ्नै लयमा अगाडि बढाउने दिवा स्वप्नमा मस्त छन । वास्तवमा लकडाउन गर्नमा सरकारको व्यय के कति भयो भन्ने कुरा राज्वश्व संकलनमा कति कमि आयो भन्ने आधारमा विद्धान अर्थमन्त्री ज्यूले हिसाब सुनाउनु होला तर विदेशमा कोरानाभाइरस को महामारीले रोजगारी गुमाएका नेपाली, नेपाल फर्कन चाहाने तर निस्सासिएर विदेशमै बस्न बाध्य नेपाली र अध्ययन गर्न गएका नेपालीको अवस्थाको बारेमा चिन्ता गर्ने फुर्सद त घरमा पाहुना आएको सरकारलाई छैन नै नेपालको भूगोल भित्रै लाखौ ज्यालादारी श्रमिक, कोरना भाइरसको महामारीले रोजगार गुमाएका होटल तथा पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकको दैनिक जीवनयापनको मामिलामा सरकार अझै मौन छ ।

पहिलो विश्वको कुरा नगरौ दिल्लीमा केजरिवालले सत्तरीलाख आम मानिसलाई ५०% अतिरिक्त रासन छुटमा उपलब्ध गराउने , एकल महिला , शारिरीक रुपमा अशक्त अथवा विशेष क्षमता भएका र बृद्ध नागरिकलाई दिदै आएको भत्ता दोब्बर गरेको छन वास्तवमा १३ बिलियन अमेरिकी डलर भन्दा ज्यादा बजेटको घोषणा गरेको नेपाल सरकारले आम नागरिकको दैनिक जनजीवनमा राहात पुग्ने कुनै प्रभावकारी कदम चाल्ने नसक्ने अवस्था छ त ?

हामी सबैको आराध्यदेव पशुपतिनाथले रक्षा गरुन ।

Writer : Suraj Dahal

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...