shova rawat father mother
संसारकारकै सवैभन्दा मुल्यवान भनेको आफुलाई जन्मदिने आमा बुवा हो । जसको तुलना हामी संसारकै महंगो वस्तुसंग पनि गर्न सक्दैनौं जति मुल्यवान आमा–बुवा हुन्छन् । शब्द सुन्दा नै कति प्यारो कति आनन्दित हुन्छौं हामी आमा–बुवा ।

एउटा भनाई छ,

त्वमेव माता च पिता त्वमेव,
त्वमेव बन्धुश्च सखा त्वमेव।

त्वमेव विद्या च द्रविणम त्वमेव,
त्वमेव सर्वमम देव देवः।।

जो संग मायाँको खानी छ र जसको छहारीमा हामी शितलता महसुश गर्न सक्दछौं । जहाँ हामी हरेक पीडा, बेदना, दुःख यति मात्रै नभई खुसीको पल पनि खुलेर पोख्न सक्दछौं। मन भारी भएको बेला खुलेर रुन या मन खुसी भएको बेला मज्जाले खुलेर हाँस्न । आमा–वुवा हाम्रो केवल आमा वुवा मात्रै नभई हाम्रो साथी जो हामी निर्धक्क भएर हरेक कुरा राख्न सक्छौं र गुरु पनि हामीले जिवनका हरेक कुराहरु सिक्ने अवसर पाउँछौं ।

आमा वुवाले हामीसंग हरेक सम्बन्धलाई निभाईरहनुभएको हुन्छ सन्तानको खुशीको लागि । संसारमा सबै चिज एकपल्ट गुमे भनेपनि पुनः मेहनत गरियो भने अवस्य हासिल गर्न सकिएला तर आमा–बुवालाई गुमायौं भने फेरी करोडौं रुपैँया खर्चेर पनि पाउन सकिदैन ।

धन, सम्पति, भन्ने कुरा तर एकपल्ट गुमाईयो भने पनि पुनः कमाउन सकिएला । त्यो घर कहिलै घरहुँदैन जहाँ आमा बुवाको अभाव हुन्छ ।

आमा वुवा पाउनलाई जति सुकै पैसा खर्चिएपनि पुनः प्राप्त गर्न सकिदैन । अरु ईष्टमित्र नयाँ जोड्न सकिएला तर आमा वुवाको सम्बन्ध जोडेर जोडिने सम्वन्ध होईन । धन, सम्पति, भन्ने कुरा तर एकपल्ट गुमाईयो भने पनि पुनः कमाउन सकिएला । त्यो घर कहिलै घरहुँदैन जहाँ आमा बुवाको अभाव हुन्छ । त्यो घरमा कुनै संस्कार हुँदैन जहाँ आमा बुवालाई उपेक्षा गरिन्छ । र त्यो घरमा कहिलै खुशी छाउने छैन जहाँ आमा बुवालाई रुवाईन्छ ।

घर त त्यो हो जहाँ आमा वुवालाई भगवान मानिन्छ र पुजिन्छ । आमा वुवालाई आदर गरिन्छ मायाँ दिईन्छ । पैसा वा धन सम्पत्तिका लागि कहिलै पनि आफ्ना आमा बुवालाई रुवाउनु कदापी उचित होईन । आमा–बुवाको मायाँको तुलना धन र पैसा संग गर्नु एकदमै मुर्खता हो । हरेक आमा–बुवाले आफ्ना सन्तानको कुभलो कहिलै सोचेका हुँदैनन् । हामीलाई सहि बाटोमा हिँड्न सिकाउने, अगाडी वढ्न हौसला दिने, उपर्युक्त निर्णय लिन प्रेरीत गर्ने पहिला गुरु भनेकै आमा–बुवा हुन् ।

त्यसैले आमा–बुवाले हिँड्न सिकाएको बाटो कठिन अवस्य होला तर सही र सत्यको वाटो हो जो वाटो हिँडियो भने एकदिन अवस्य सफलता मिल्ने छ । यस्तै आफु जतिसुकै सफल व्यक्ति भएपनि बाबु–आमालाई कहिलै घृणा नगरौं । गाउँघरमा भनिने एउटा भनाई छ कि चार धाम धाएर मात्रै कुनै अर्थ छैन यदी आफ्नै जन्म दिने आमा–वुवाको आँखामा आँशु झारिन्छ भने । दैनिक ढुँगाको मुर्तिलाई पुज्नु को कुनै अर्थ छैन जब आमा वाबु लत्याईन्छ भने ।

ति बुवालाई सम्झनु पर्छ कि जसले आफ्नो छोरालाई डक्टर पढाउनलाई आफ्ना मनका हरेक रहर मारेर छोरा–छोरीको खुशी मा खुशी हुनु भएको थियो । बुवा जो सन्तानका हरेक रहर सपना पुरा गर्दा कहिलै दुःखी हुनु भएन ।

मन्दिरमा गएर हजार रुपैयाँको प्रसाद चढाउनु को कुनै अर्थ छैन घरमा आफ्ना बुवा आमाको पेट खाली राखिन्छ भने । हो चार धाम धाउने व्यक्ति भन्दा त्यो व्यक्ति महान हुन्छ जस्ले आफ्ना आमा–बुवालाई सन्तुष्ट राख्न सक्दछ । पछिल्लो समय विकृतिका रुपमा मौलाउदै गएकोे आमा–बुवालाई बृद्धाश्रम पुर्याउने ।

विभिन्न वाहाना वनाएर होस् या स्याहार सुसार गर्न गह्रो भएको भन्दै हरेक छोरा– बुहारीले आफ्ना बृद्ध आमा– बुवालाई वृद्धाश्रम पुर्याउने गरेको पाईन्छ । जिवनभर मेहनत गरेर एक छाक खाएर जोडेको वासस्थानबाट बृद्ध अवस्थामा निकालिन्छ भने त्यो दुःख को के अर्थ ? सन्तानको भविष्य सोचेर जिवनभर तनाव लिनुको के अर्थ रु जव सन्तानले केहि पनि नसोचि बुढेसकालमा बाबुआमालाई लत्याईदिन्छ भने ।

तर त्यो छोराले यो कुरा कहिलै भुल्नुहुँदैन सन्तानको उज्जवल भविष्यका लागि हरेक सपना त्यागेकि आमा र बुवाको बलिदानी । ति बुवालाई सम्झनु पर्छ कि जसले आफ्नो छोरालाई डक्टर पढाउनलाई आफ्ना मनका हरेक रहर मारेर छोरा–छोरीको खुशी मा खुशी हुनु भएको थियो । बुवा जो सन्तानका हरेक रहर सपना पुरा गर्दा कहिलै दुःखी हुनु भएन ।

जब आमा बुवाका लागि सन्तान कहिलै बोझ भएनन् भने सन्तानका लागि कसरी एउटा जन्म दिने आमा–बुवा बोझ भए । जव सन्तानका लागि आमा बुवाले हरपल समय दिन सके भने सन्तानले किन रु नसक्ने हो यो प्रश्न हरपल आउने गर्दछ ।

हरेक आमा–बुवाले आफ्ना सन्तानको कुभलो कहिलै सोचेका हुँदैनन् । हामीलाई सहि बाटोमा हिँड्न सिकाउने, अगाडी वढ्न हौसला दिने, उपर्युक्त निर्णय लिन प्रेरीत गर्ने पहिला गुरु भनेकै आमा–बुवा हुन् ।

एउटा कुरा गम्भिर भएर बुझ्न जरुरी छ कि, भोली जो पनि जन्मेपछि बृद्ध अवस्थामा जानुपर्ने, मर्नुपर्ने धु्रव सत्य हो । यो कुरा प्रत्ययक छोरा–छोरीले बुझ्न जरुरी छ । आफ्ना हरेक परिवार नाता–पाता अटाउने त्यो घरमा एउटा वुवा– आमा अटाउने ठाँउ के नभएकै हो त र ? या अटाउन नचाहेको मान्नुपर्दछ । सानो छँदा छोरा–छोरीको त्यहि सरारत आमा वुवालाई प्यारो लाग्दछ तर त्यहि सन्तानका लागि बुढेस कालका बुवाआमाको सानो गल्ति किन ठुलो ?

यस्तो सवालमा छोराको मात्रै होईन हरेक ठाउँमा छोरीका पनि धेरै कमजोरीहरु भएको देख्नमा र सुन्नमा आईरहेका हुन्छन् । आफ्ना आमा–बुवाको भएको सम्पति खाएर बुढेसकालमा लत्याउने कार्य छोरीले पनि गरीरहेको देख्न सक्छौं । त्यहि आमा–बुवाको सम्पति प्यारो हुन्छ भने बुवाआमा किन प्यारो भएनन् त ? त्यसैले यो विषयमा हरेक छोरा–छोरीले सोच्न जरुरी छ ।

सानो छँदा छोरा–छोरीको त्यहि सरारत आमा वुवालाई प्यारो लाग्दछ तर त्यहि सन्तानका लागि बुढेस कालका बुवाआमाको सानो गल्ति किन ठुलो ?

यस्तै जेष्ठ नागरिकको सवालमा परिवारदेखी सरकारले पनि गम्भिर भएर सोच्नु पर्ने बेला आएको छ । पछिल्लो समयले जेष्ठनागरिकको सवालमा सरकारले केहि सुधारात्मक काम गरेको भएपनि अपेक्षा अनुसार अझै त्यति सुधार हुन नसकेको देखिन्छ ।

जेष्ठ नागकिको व्यवस्थापनका लागि सरकार कडा रुपमा प्रस्तुत हुनै पर्दछ । विभिन्न नियम कानुन वनाएर भएपनि आमा–बुवाको हेरचाह गर्ने शन्तानलाई हौसलाको लागि पुरस्कारको व्यवस्था गरेर होस् या आमा बुवालाई लत्याउने शन्तानलाई दण्डित गरेर भएपनि यस्तो समास्याको समाधान गर्नुै पर्ने देखिन्छ ।

पछिल्ला केहि दिन संसदमा बृद्ध नागरिकको विषयमा विभिन्न चर्चा–परिचर्चा भैरहेका छन् । जेष्ठ नागरिको व्यवस्थापनका लागि कस्तो–कस्तो नियम वनाउने भन्ने वहस जारी छन् । आमा वुवाको सम्पत्तिमा सन्तानले हक दावी गर्ने व्यवस्थाको अन्त्य गर्नुपर्ने अडान कानुन अगाडी वढेको छ ।

यो विषयमा पनि उचित निर्णय लिएर सरकारले जेष्ठ नागरिकको व्यवस्थापनका लागि कानुन वनाउन सकिन्छ । साथै सन्तान नभएका, सन्तान संग बस्न नचाहने र छोरा–छोरीले बेवास्ता गरेका बृद्ध नागरिकको सवालमा सरकारले व्यवस्थापनमा ध्यान दिन पनि जरुरी छ ।

अन्त्यमा सम्पत्तिलार्ई महत्व नदिई आफुलाई जन्मदिने आमा–बुवालाई सम्मान, मायाँ, गर्न सबैले सिकौं । असल छोरा–छारी बुहारीको पहिचान दिउँ र परिवारको बीचमा मायाँ–प्रेमको सद्भाव वढाऔं ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...