tealaya add

sushma devkota kantipathnewsसुषमा देवकोटा : सुजताले नयाँ साथी बनाइछ । ऊ अब म सँग हिँड्दिन । ऊ सधैँ भन्थी “काव्या तँ र म त बुढी हुँदा पनि सँगै हिँड्ने हो ।”

म हाँस्दै भन्थेँ,“बुढी भएसी त थला परिएला नि । हाम्रा हजुरबा जसरी के को सँगै हिँड्ने ?”

स्कुल आउँदा जाँदा बाटोमा ऊ र म सानो कुरालाई नि एकदम ठुलो जोक्स जसरी सबैले सुन्ने गरी हाँस्दा सुन्नेहरूले कति पटक भनेका छन्,“कुरकुरे बैँसमा यस्तै हो, टोलै थर्काउने गरी हाँस्छन् यी केटीहरू ।”

स्कुल गएकै दिन आस्तिक मलाई राम्रो लागेको हो । उसले पनि मलाई मन पराउँछ भन्ने थाहा पाएको दिन मलाई जीवनमा म जति भाग्यमानी कोही छैन जस्तो लागेको थियो । बिस्तारै आस्तिक र मेरो कुरा हुन थाल्यो । हामी गर्लफ्रेन्ड ब्वायफ्रेन्ड बन्यौं ।

सानो झगडा पर्‍यो कि आस्तिक भन्थ्यो,“काव्या हामी बिहे गरौँ ।”

उसो त उसलाई बिहे गरौँ भन्न झगडा कुर्नु पनि पर्थेन । म रिसाएको कति कति रात आस्तिकले रोएरै बिताउँछ भन्ने थाहा थियो मलाई । भेट हुँदा एकदम रमाइलो लाग्थ्यो । शनिवार पनि नआइदिए हुन्थ्यो जस्तो लाग्थ्यो । स्कुल जान बिहानै तयार हुन्थें, एकदम हतारो, छट्पटी बिचमै म स्कुल जाने भएको थिएँ, आस्तिकसँग लभ परेपछि ।

तर आज स्कुलमा म सँग कोही पनि उति सारो बोल्दैनन् । उनीहरूका घुरेका आँखाहरूसँग मलाई असाध्यै डर लाग्छ । यति डर मलाई ती केटाहरूले बलात्कार गर्दा पनि लागेको थिएन । एक्लो भएको छु म स्कुलमा । स्कुलमा मात्र के भन्नु परिवारमा, गाउँमा, धारामा, बाटोमा सबैतिर त म एक्लो छु ।

मेरो अनुहारमा उनीहरूको लिङ्ग टाँस्सिएको छ सायद, मलाई यस्तै लाग्छ ।

नत्र किन यो घटना भएको २ महिना बित्दा पनि मेरो पहिलेको खुसी फिर्ता हुन सकेन ?

आस्तिकले मेरो फोन नम्बर नै ब्लक लिस्टमा राखिदिएको छ, ऊ कक्षामा मलाई देखेपनि नदेखेझैँ गर्छ । हामी हल्ला गर्ने स्कुल छेउको चिया पसल सायद अब मेरा लागि सधैंलाई बन्द भई सक्यो । त्यस घटनाको १९ दिनपछि स्कुल जाँदा मलाई सबैले सिरदेखि पाउसम्म हेरे । हेरे मात्र, बोलेनन् । अरू कक्षाका समेत मलाई देखेपछि चासो देखाएर हेर्थे, खासखुस गर्थे । के कुरा गर्दा हुन् र, ‘यही हो अस्ति बलात्कार भएकी केटी’ त भन्दा हुन् नि । सबैले त्यही त भनिरहेछन् ।

कतिले त मेरै अगाडी मैलाई सुनाउन युट्युब खोलेर आवाज ठुलो बनाउँदै हाँस्छन् । त्यसो गर्नेमा विक्रमको टिम सबैभन्दा अगाडी छ । ८ कक्षामा ऊसँग झगडा पर्दा मैले उसलाई अफिसमा नै पुर्याएको थिएँ । झगडा सानो थियो, उसले मेरो डेक्समा “आई लभ यु काव्या” लेखेपछि मैले सरहरूलाई भनेको थिएँ ।

सेकेन्ड गर्ल हुँ म क्लासको । सरहरूले राम्रो पढ्ने स्टुडेन्ट भनेर खुब माया गर्नुहुन्थ्यो । अहिले यो सब सपना जस्तो लाग्छ । म्यामहरूले एक्लै बोलाएर सोध्नुहुन्छ,“तिम्रो घाउ ठिक भयो ? कस्तो छ अहिले ।”

त्यो बेला मलाई रुँदै भन्न मन लाग्छ,“म्याम त्यो घाउ त सन्चो भइसक्यो । अहिले सबैजनाले मलाई बलात्कार भएकी केटी भनेर देखाउँदा मन दुख्छ साह्रै । तर म रुन पनि सक्दिनँ र त्यसै हिँडिदिन्छु ।”

घरको वातावरण नि अर्कै छ । त्यस घटनापछि बुवा ममी सबै चुपचाप नै देख्छु । सधैँ निहुँ खोजिरहने भाइ पनि ज्ञानी भएको छ, चकचक गर्दैन अचेल । धारामा पानी लिन जाँदा अस्ति गाउँका काकीहरूले कुरा गरेका सुनेँ, “केटी उत्ताउली हो, कुरा न सुरासँग त्यसै हाँस्ने गाजल क्रिम नलाई स्कुल जान्थिन । त्यही एउटा पढाई राम्रो भन्नु मात्र हो । सके लभ परेथ्यो त्यो केटाहरूसँग र त्यसो गरेका हुन् । के थाहा ।”

बुवालाई १ महिना पहिला पनि एउटा मिडियाबाट फोन आउँदै थियो कुन्नि कुन मिडियाले फोन गरेको थियो,“कस्तो छ नानीको अवस्था लोकेसन भन्दिनु न हामी आउन लागेको ।” यो सुनेर बुवाले फोन अफ गर्नु भएको १ हप्ता सम्म खोल्नु भएन ।

म सँग पनि मोबाइल छैन । अहिले ममीले स्कुल जाँदा दिएपनि घर आएपछि अफ गरेर राख्दिनु हुन्छ । ममी बाहिर कतै गएको मौका छोपेर म युट्युब खोल्छु । तर किन किन नसम्झुँ भन्दा पनि मलाई मेरै नाम सर्च गरेर हेर्न मन लाग्छ । २ महिना पहिलेको मेरो बारेमा आएका समाचारहरू । गुगलबाट पनि हेर्छु अनलाइन पत्रिकामा मेरो समाचार के के थियो भनेर । मलाई एकदमै घृणा लाग्छ आफैँसँग ती कुराहरू हेर्दा र पनि कसो कसो म हेर्न पुग्छु । पहिले जस्तो डान्सिङ सङ, कमेडी मुभी हेर्दिन म ।

मलाई बलात्कार गरेका ३ जनै केटा अहिले जेलमा छन् । तर मलाई यो कुराले खुसी न हिजो लाग्यो, न आज । म बलात्कारमा पर्दा सबैभन्दा पहिले मैले आस्तिकलाई सम्झेको थिएँ, चारैतिर क्यामेरा र पत्रकार हुँदा पनि मेरो मनले आस्तिक र सुजातालाई खोजेको थियो तर उनीहरू मलाई भेट्न आएनन् ।

२ हप्ता मेरो टोलमा मेला लागेको जस्तै भयो, मेरा बारेमा सबैले जाने जति बोले । मेरो न्यायको लागि उठेको आवाज थियो त्यो । पछि अपराधी जेल गयो भन्ने पनि सुनेँ । सब सामसुम भयो, मेरो टोलमा लागेको मेला सकियो, दुई चार दिन ममी बुवालाई सान्त्वना पनि दिन आए छिमेकी । पछि उनीहरू पनि आ आफ्नै घर धन्दामा लागे । सबै पुरानै समय जस्तो भयो तर म पुरानी काव्या हुन पाइन ।

२ हप्ता मेरो टोलमा मेला लागेको जस्तै भयो, मेरा बारेमा सबैले जाने जति बोले । मेरो न्यायको लागि उठेको आवाज थियो त्यो । पछि अपराधी जेल गयो भन्ने पनि सुनेँ । सब सामसुम भयो, मेरो टोलमा लागेको मेला सकियो, दुई चार दिन ममी बुवालाई सान्त्वना पनि दिन आए छिमेकी । पछि उनीहरू पनि आ आफ्नै घर धन्दामा लागे । सबै पुरानै समय जस्तो भयो तर म पुरानी काव्या हुन पाइन ।

आस्तिकले मलाई फेसबुकमा ब्लक गर्नुभन्दा पहिले लेखेको म्यासेज सम्झेर म रोईरन्छु एक्लै हुँदा । उसले भनेको थियो,“काव्या सरी हाम्रो लभलाई बिर्सिदेऊ । मलाई नै अप्ठेरो भएको छ साथीहरूले तिम्रो रेप भएको कुरा युट्युबमा देखाएर जिस्काउँछन् मलाई । मेरो झगडा परेको केटाहरूले मलाई देख्यो कि हेपेर भन्छन्- “यसले नचाख्दै अर्कैले भ्यायो ।” कोही भन्छन्- “यसले नि भ्यायो होला नि २-४ पल्ट त ।” घरमा पनि ममी बाबाले तिम्रो नाम पनि लिन दिनुहुन्न । सरी आजबाट हाम्रो रिलेसन सक्कीयो ।

म १० कक्षामा पढ्ने १५ वर्षकी केटी हुँ । मलाई थाहा छ आफूमाथि अन्याय गर्नेलाई छोड्नु हुन्न । तर मलाई लाग्छ जसले मेरो बलात्कार गर्‍यो उसलाई आनन्द छ मलाई भन्दा । उनीहरूको त एक पटक बदनाम भयो, जेल गए । प्रहरी र मिडियाले उनीहरूको नाम र मास्क लगाएको भिडियो सार्वजनिक गरेको हो । मेरो त चारैतिर बदनाम भएको छ । मेरो अनुहारमा उनीहरूको लिङ्ग टाँस्सिएको छ सायद, मलाई यस्तै लाग्छ । नत्र किन यो घटना भएको २ महिना बित्दा पनि मेरो पहिलेको खुसी फिर्ता हुन सकेन ?

म रात रात भरी निदाउन सक्दिन र सोच्छु, अपराधीलाई कारबाही गर्नु थियो त गोप्य रूपमा पनि अनुसन्धान गर्न सकिन्थ्यो । यति ठुलो हल्लाले मेरो अवस्थामाथि त न्याय भयो तर म माथि त जीवनभरलाई दाग लाग्यो नि ।

मैले धेरै पटक सुनेको छु- अव यो केटीलाई बिहे गर्न गाह्रो छ भनेको ।

कयौँ पटक मलाई आत्महत्या गर्न मन लागेको छ ।

स्कुल उही हो, परिवार उही हो, समाज उही हो, म हाँस्दै हिँड्ने बाटो पनि उही हो

तर अब सबै नयाँ लाग्छ मलाई ।

मेरो आस्तिक त मबाट छुट्यो अब अरू कसैको सपना देख्ने अधिकार सम्म म सँग रहेन । मलाई स्कुल त के घरकै झ्याल खोलेर बस्न पनि मन लाग्दैन आजकाल । कयौँ पटक मलाई आत्महत्या गर्न मन लागेको छ । स्कुल उही हो, परिवार उही हो, समाज उही हो, म हाँस्दै हिँड्ने बाटो पनि उही हो तर अब सबै नयाँ लाग्छ मलाई ।

मेरो शरीरको पिडा त निको भइसक्यो तर मेरो मन र जीवनमा लागेको चोटको दाग कहिल्यै मेटिन सक्दैन । त्यसैले मलाई आजकाल लाग्छ बलात्कारका घटनामा बाँचेकाहरू कसैको समाचार मिडियामा नआओस् । गोप्य अनुसन्धान र कारबाही होस् । नत्र म जस्ता धेरै काव्याको जीवन उदासीनतामै बित्नेछ ।

भोलि कसैले बिहे नै गरे पनि सानो झगडामै ‘तँ यस्तो केटी होस्’ भनेर त्यही घटनामाथि प्रहार गरिने छ । त्यो बेला महिला अधिकारको कुरा उठाएर हामी लड्न पनि सक्दैनौँ । किनकि हामी स्वयंलाई समाजले सिकाएको छ, बलात्कार अत्यन्त ठुलो घटना हो भनेर । घटना नै हो यदि भने बस् दुर्घटनाको घाइते जसरी सामान्य किन सोचिँदैन यसलाई ? सल्लेरी खबर

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर