annapurna add

sarbendra khanalविद्यमान नियमावलीमा कुनै परिवर्तन नहुने हो भने नेपाल प्रहरीका वर्तमान आइजीपी सर्वेन्द्र खनालको कार्यकाल केहि दिन मात्रै वाँकी छ । कतिपयले वहाँ आफ्नो कार्यकाल बढाउन दौडधुपमा रहेको भनेर हल्ला गरिरहँदा वहाँ भने मध्यपश्चिमका जील्लाहरुमा छाउपडी प्रथा विरुद्ध अभियानलार्इ बढाउन अनि प्रहरीको भौतिक विकासका आफ्ना प्रयत्नहरुको परिणाम हेर्ने दौडमा चाहिँ भएको देखिनुहुन्छ । वहाँलार्इ जान्नेहरुलार्इ थाहाछ कि वहाँ आइजीपी हुनको निम्ती काम गरेर आएको नभएर गरेको काम अनि त्यस्ता साहसी र प्रशंसनीय कार्य गर्न  आवश्यक योग्यता , क्षमता भएको सत्य वर्तमान सरकारले मनन गरेको हुनाले गर्दा आइजीपी हुनुभएको हो ।

यो तथ्य अरुले बुझेका छन् वा छैनन थाहा छैन तर वहाँलार्इ आइजीपी बनाउने निर्णय गर्ने सम्माननीय प्रधानमन्त्री केपी ओली सहित निर्णयमा संलग्नहरुले पक्का बुझ्नु भएकैछ । वहाँ आइजीपी भैसकेपछि पनि  दिन गन्ती थुप्रैले गरे , आन्तरिक रुपमा सहकार्य गर्नु पर्ने सहयात्रीहरुलार्इ प्रतिस्पर्धी बनाउने देखि राजकीय निकायमा रहेर समन्वय र नेतृत्व गर्नु पर्नेहरुलार्इ अनेकन हिसाबले उत्तेजित पार्ने खालका कामहरु पनि भए तर त्यसले न वहाँलार्इ विचलित पार्यो न वहाँ विरुद्ध कदम चाल्न लगाउने सोचले नै सफलता पायो ।

अनेकन अफवाह , असहयोग र कुप्रचारलार्इ चिर्दै वहाँ निरन्तर आफ्नो काममा लागेको लाग्यै हुनुहुन्छ , परिणाम कहिले माहालेखा परिक्षकले उत्कृष्ट भन्छ, कहिले गृह मन्त्रालायले नगद पुरष्कार दिन्छ त अन्तराष्ट्रिय स्तरमा सम्वन्ध रहेका संस्थाहरुले तारिफ गरको पढ्न पाइएको छ । वहाँकै नेतृत्व अनि वहाँका अग्रजहरु समेतको मेहेनतले आर्जित विश्वसनीयताको जगमा चाइना र भारत जस्ता देशको कार्यकारी प्रमुखले कुनै प्रकारको सुरक्षा समस्या बिना भव्यता पुर्वक नेपाल भ्रमण सफल गर्न सके , नेपालको सुरक्षा देखेर संसार दंग पर्यो ।

अपराधमा संलग्न सांसद, मन्त्री देखि सभामुखसम्मले जेलको चिसो हावा वाहाँकै पालामा खाइरहेका छन भने संगठन प्रमुख हुँदा गलत गर्ने अधिकृत देखि जवानसम्मले पनि कुनै छुट पाएका छैनन । समग्रमा भन्दा वहाँको प्रहरी जीवन अहिलेकै अवस्थामा सकिएछ भने पनि वहाँले त्यसलार्इ फर्केर हेर्दा ग्लानी हाेइन गौरवनै गर्न सक्ने अवस्था छ ।

सायद त्यसैले हुनुपर्छ काठमाडाैँका पत्रपत्रिका अनि सामाजिक संजालमा वहाँ सहित प्रहरीका थुप्रै अधिकृतहरुको सेवा अवधि बढने अनि त्यस निम्ती दौडधुपको चर्चा भैरहँदा वहाँ भने प्रहरीका अधिकृत र जवानहरुको सामिप्यतामा रमाउन कालिकोट अनि रोल्पा पुग्नुभएको छ ।

आफ्नो आवश्यकता देखे सरकारले आवश्यक निर्णय गर्छ भन्ने राम्ररी बुझ्नु भएका वर्तमान आइजीपी खनाल भोलि के हुन्छ भन्ने चिन्तनमा भन्दा आज के गर्नुपर्छ भन्नेमा ज्यादा चिन्तित हुनुहुन्छ । यो सत्य बुझ्न नागरिकमा प्रकाशित अन्तर्वार्तामा वहाँले भनेको “ अझै पनि मेरो कार्यकाल केही दिन त बाँकी छ। आशा छ– निर्मला पन्तका हत्यारा समातिन्छ भन्ने।” यो वाक्य र यसले संकेत गरको दृढतालाइ बुझ्दा मात्रै पनि प्रहरीको सेवाको महत्व बुझेको अनि वर्दीको इज्जत राख्न अहोरात्र खटिने सर्वेन्द्र खनाल प्रति थप सम्मान पलाउँछ , उहाँलार्इ अन्तर हृदयबाट सलाम गर्न मन लाग्छ ।

राधाकृष्ण देउजा ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर