ipg np police kantipathnewsसानालाई ऐन ठुलालाई चैन भन्ने उक्तिलाई गलत सावित गर्दै वर्तमान आइजीपी सर्वेन्द्र खनाल नेपाल प्रहरीमा फिल्ड बाटै खारिएर आफ्नो ल्याकत र शाहसलाई तालमेल खुवाउदै जनस्तरबाटै अनुमोदित भएका कारण वर्तमान सरकारले सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा २०७५ चैत २९ गते नियुक्त गरेको हो ।

आइजीपी नियुक्त गर्दा पनि अनेक चलखेल हुन खोजेकै थिए। तर वर्तमान सरकार स्थिर र स्थायित्व भएको कारण विकास र सम्वृद्धि लाई जनताको घर दैलोमा पुर्याउन पहिलो सुरक्षा र अमन चयन विना संम्भव छैन भन्ने कुरामा पुर्णत जानकार थियो ।

त्यसका लागी शुशासन र कानूनी शाशनको जरुरी थियो । त्यस्ता कुरा शिरोधार्य गर्न सुरक्षा निकायको प्रमुख जनताले पत्ताएको र सुरक्षा फौजलाई कमाण्ड गर्न पनि सक्ने हुनु पर्दथ्यो । हो यस्ता खुवि भएका व्यक्ति सर्वेन्द्र खनाल भएकै कारण सुझ बुझ पुर्ण निर्णय वर्तमान सरकारले गरेको थियो । जुन कुराको Returend वर्तमान आइजीपीले सरकारलाई दिदैछन ।

समाजमा सधै चर्चा चल्ने गर्थ्यो कानुन भनेको साना ,निरीह र गरीवलाई मात्र लाग्ने हो, ठुला बडालाई कानुन लाग्दैन भन्ने जुन जनताको मन मस्तिस्कमा जबरजस्त रुपमा गाजिएर बसेको थियो त्यसलाई आइजीपी सर्वेन्द्र खनालले गलत सावित गरी दिई सवै कानुनको नजरमा समान हुन भन्ने स्थापित गरीदिनु भएको छ ।

त्यसका पछिल्ला उदाहरण हुन देशको मर्यादामा चौथो स्थानमा रहेका सभामुख लाई कानुनी कार्वाहिको दायरामा ल्याउनु। अर्को २०६४ सालमा घटेको जघन्य प्रकृतिको अपराधमा संलग्न पटक पटक मन्त्री भई तराईमा आफ्नो साम्राज्य नै खडा गरेका अफताव आलमलाई अनुशन्धानको दायरामा ल्याउने जस्ता कार्यले अब कानुनले कसैलाई छाड्दैन भन्ने मान्यता लाई स्थापित गरेको छ।

सांसद मोहम्मद अफ्ताव आलम पक्राउ प्रकरणमा रौतहट जिल्लामा रहेका १५ जना एसपीले सकेनन १६ औँ ले पक्राउ गरे भने जसरी समचार आएपनि त्यस्ता राजनैतिक व्यक्ति संलग्न भएको मुद्धामा सरकारको सहयोग र प्रहरी नेतृत्वको आट विना हाम्रो जस्तो मुलुकमा कारबाही प्रक्रिया थाल्न सम्भव छैन भन्ने कुरा तितो यथार्थता हो । तसर्थ वर्तमान प्रहरी संगठन प्रमुखले सरकार प्रमुखलाई सबै यथार्थता नबताइ र उक्त क्षेत्रको धरातलिय यथार्थताको सहि विश्लेषण विना र योजना वेगर रौतहट जिल्लाका एसपी मात्रको क्षमता भित्र रहने कुरा यो होइन भन्ने सम्पुर्णलाई जानकारी भएकै कुरा हो ।

हाम्रो जस्तो विकासोन्मुख देशमा प्रहरीले कानुन बमोजिम आफ्ना काम कार्वाही सम्पन्न गर्न पाइ रहेको छ भनेर संगठनले जति नै भने पनि काम कार्वाहीबाट पुष्टि नगरे सम्म जनताले पत्याउन सकिरहेका थिएनन नै । पछिल्लो चरणमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले प्रहरी दिवसको दिनमा सार्वजनिक मञ्च वाटै अपराधिको पद र ओहोदा, पार्टी एंम सम्पन्न र विपन्नता नहेरी समान रुपले कारबाही गर्न खुट्टा नकपाउन सम्पुर्ण प्रहरी अधिकृत तथा जबानहरुलाई आह्वान गरि जुन मन्तव्य राख्नु भएको छ ।

अहिले प्रहरी संगठनमा धेरै व्यवसायिक अधिकृतहरु छन, अब उनिहरुले प्रधानमन्त्री ज्यूको त्यो भनाईलाई सम्झिरहने छन र कुनै पनि राजनैतिक दलको कानुन विपरीतको दवाबलाई अस्विकार गर्ने छन् । जसका कारण देश कानूनी शासनकोचरणमा प्रवेश गर्ने छ । तसर्थ जनतामा आशाको संचार छाउन सुरु भै सकेको छ ।

भद्रगोल अवस्थामा रहेको प्रहरी संगठनलाई लयमा ल्याउदै वर्तमान आइजीपी सर्वेन्द्र खनालले आफ्नो कार्यकालको उत्तराद्धमा प्रहरी संगठन लाई जनमुखी संगठन बनाएरै छाड्ने ऊनको घोषित नितिलाई अन्तिम रुप दिदैगरेको देखिदैछ । यस्ता कार्यले सरकारको समेत जनस्तरमा व्यापक जन विश्वास बढ्दै गरेको आभाष हुदैछ ।

लेखक :  देब चाैँलागाइ

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...