igpnews police kantipathवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई नेपाल सरकारले एक काविल अधिकृत जसलाई प्रहरी महानिक्षकमा नियुक्ति गर्दा आम नेपाली नागरीकको शान्ती सुरक्षा प्राप्त गर्ने अधिकार कसैले कुन्ठित गर्न सक्दैन र अपराधिक गतिबिधिमा संग्लग्नरुले शिर उठाउन सक्ने छैनन भन्ने कुरामा विश्वस्त भएर २०७५ साल चैत्र २९ गते नियुक्त गरेको थियो । उहालाई प्रहरी महानिरीक्षक बन्नबाट रोक्न विभिन्न खाले संगठित समुह, व्यक्ति न्वारन देखीकै वल लगाएर लागेकै हुन जुन कुरा छर पस्ट भएकै थियो । तर वर्तमान सरकार देशमा सुशासन कायम गरी सम्बद्ध देश शुखी नेपाली वनाउन चाहन्थ्यो र देशलाई हरेक ठाउमा स्थिरता दिन चाहन्थ्यो । वर्तमान सरकारलाई जनताले दिएको म्यान्डेट पनि राजनैतिक स्थिरता र विकाश थियो । ति दुबै चिज प्राप्तीको लागी सुरक्षा पहिलो शर्त हुने थियो । त्यसको लागी राज्यको उपस्थिती देशभर जनाई रहेको नेपाल प्रहरीको नेतृत्वको छनौट सही हुनु पर्दथ्यो । सरकारले वुद्धीमतापुर्ण तरिकाले वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खलाललाई प्रहरी प्रमुख बनाएको हो ।

अव चर्चा गरौ सरकाले चाहे जस्तो प्रहरी महानिक्षकले गर्न सके सकेनन ? जनताले शान्ती सुरक्षाको अनुभुती गर्न सके सकेनन ? अपराधिक गतिविधिमा संलग्न संगठित गिरोह समुह वा व्यक्तिले समाजलाई असुरक्षीत वा आतंकित पारी राखे वा सकेनन ? विकाश निर्माणका काममा गुण्डा गर्दी मौलायो वा कुनै प्रभाव पार्न सकेन ? हो यस्ता विषयबस्तुबाट वर्तमान महानिरीक्षकको मुल्यांकन गरिनु पर्दछ । उनि महानिरिक्षक बन्ना साथ प्रहरीको मनोवल उकास्नु पर्दछ भन्नेमा लागे । त्यसको लागी प्रहरी कर्मचारीको वृत्ति विकासमा ध्यान पुर्‍याउनु पर्दछ भन्ने फिल्डबाटै खारिएर आएको उनलाई थाहा नहुने कुरै भएन । उनले बर्षो देखी रोकिएको बढुवा र सरुवा खोलि दिए । उनले १९ महिनामा करिब १० हजार विभिन्न दर्जा का प्रहरी कर्मचारी को वढुवा गरी दिए भने करिव ३२ हजार को अनुकुल स्थानमा सरुवा गरी दिए जसका कारण प्रहरीको मनोवल उच्च भयो । यस्तो प्रकारको मानव संसाधनको व्यवस्थापन गर्नेमा सायद उनि नै पहिलो भएका छन ।

हाम्रो समाजको तितो यथार्थता के हो भने अहिले पनि ५० % भन्दा बढी जनसंख्याले प्रहरी लाईनै सरकार मान्दछ, उनिहरुले आफ्ना समस्या चाहे कानुनी हुन वा व्यवहारीक सम्पुर्ण प्रहरीबाटै समाधान चाहन्छन। त्यस्तो समाज भएको हाम्रो विकासोन्मुख देशमा पहिलो सुधार प्रहरी बाट नै हुनु पर्ने थियो । महानिरिक्षक सर्बेन्द्र ले त्यसैमा ध्यान पुर्‍याएर सार्वजनिक रुपमै आफुले कुनै अनियमितता नगर्ने र गर्न समेत नदिने घोषणा गरे।फलस्वरुप एक संस्थाले गरेको सर्बेक्षणले प्रहरीमा भ्रष्टचार ०.१ % मा सिमित रहेको र अन्य सरकारी निकायको तुलनामा प्रहरी संगठन नै पहिलो भएको देखिनाले उनको घोषणा ले सार्थकता पाउदै गरेको परिणाम बाट देखिन थाल्यो । उनलाई जनता सँग नजोडिई अपराधको जालो तोड्न सकिदैन र त्यसको लागी योजनावद्ध कार्यक्रम ल्याउनु पर्दछ भन्ने फिल्ड बाटै दरिएर आएका उनलाइ जानकारी नहुने कुरै भएन । त्यसैले उनले प्रहरी लाई समुदाय संग जोड्न तर्फ आफ्नो ध्यान केन्द्रीकृत गरे। सोहि मुताबिक समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई सरकारको नितिगत कार्यक्रम नै वनाउनु पर्दछ भन्ने तर्फ लागे । भद्र एंव सालिन वर्तमान गृहमन्त्री राम बहादुर थापा वादल त्यसमा असहमत हुने कुरै भएन उनले प्रधान मन्त्रीलाई समेत सहमत गराई बिधिवत रुपमा प्रत्येक स्थानिय निकायले बजेटनै छुट्याउनु पर्ने व्यवस्था मिलाए । परिणाम त ७५३ स्थानिय निकायमै प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सम्पुर्ण स्थानीय तह संग सम्झौता गर्न सक्यो। अहिले प्रहरीले सुचना नै जनस्तरबाट पाउदैछ भने जनतासँगको ग्याभले गर्दा २४ घन्टा डिउटीमा रहने प्रहरीको जुनस्तरमा मुल्याङ्कन जनस्तरबाट हुनु पर्नेमा त्यसो हुन नसकिरहेको अवस्थामा अहिले त्यसमा आमुल सुधारको सुचकहरु देखिदैछन । शायद वर्तमान प्रहरी महानिरीक्षकले चाहेको एशियाको उत्कृष्ट प्रहरी देख्ने अभिलाषा छिटै पुराहुने छ आशा गर्न सकिन्छ ।

सानालाई ऐन ठुलालाई चैन भन्ने नेपाली ऊक्तीलाई उनले गलत सावित गर्दै सभामुख कृष्ण बहादुर महरा देखी तराई मा आफ्नो दबदबा कायम गर्न सफल पुर्ब मन्त्री एबम साम्सद अफताफ आलम सम्मले १२ बर्ष अगाडि गरेको जघन्य एबम पासबिक घटनाको मुद्दामा पक्राउ गरि जेलको चिसो सिढीको अनुभुव गराई दिई रहेका छन भने ठुला व्यक्तिको सहभागितामा भएको अपराधहरु खोतल्दै गरेको सुचना आई रहेका छन, त्यसले नेपाली समाजमा उनले गहकिलो छाप छाड्ने निश्चित देखिएको छ । अपराध र अपराधिक प्रवृद्धीका विरुद्ध विवेकपुर्ण निर्ममता अपनाउन सधै निर्देशन दिने महानिरीक्षक खनालले आफ्नो १९ महिने कार्यकालमा घटित अपराधको ९७ % सफल अनुसन्धान गरेको र ८०% त सफल रहेको महान्यायाधिवक्ता को प्रतिबेदन ले प्रष्ट देखिएको छ।  विश्वको दोस्रो शक्तीशाली राष्ट्र चिनका महामहिम राष्ट्रपती सि जिङ पिङ्गको कुनै रोकतोक र घटना विहिन तवरले सवारी सुरक्षाको विषय त्यो सानो विषय थिएन, त्यो समेत सहज रुपले सम्पन्न गरी नेपाल विश्वकै भीभीआईपीहरुको सवारीको लागी सुरक्षीत क्षेत्र हो भन्ने सन्देश उनकै नेतृत्वकालमा भएको छ ।

त्यसैले भद्र गोल अवस्थामा रहेको प्रहरी संगठनलाई ग्रिपमा ल्याई नेतृत्व गर्दै कर्मचारीको मनोवल उकास्तै सरकारको समृद्ध नेपाल शुखी नेपाली भन्ने नारालाई कार्यान्वयन गर्न हर क्षेत्रबाट तल्लिन वर्तमान प्रहरी महानिक्षक सर्वेन्द्र खनाललाई उनको हालसम्मको कार्यसम्पादनको उच्च प्रशंशा गरिनुनै वान्छनिय देखिन्छ र उनले अभिलाषा लिएको एसियाकै उत्कृष्ट प्रहरी संगठन बनाउने उनको योजना ले सार्थकता पाउने छ र प्रहरी संगठन आमनागरिक को हृदय मा बस्न सफल हुनेछ शुभकामना ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर