tealaya add

jebin 3पछिल्लो साता नेपाली समाजमा श्याम परदेशी प्रकरण र यसले उत्पन्न गराएका अवयवहरुमा रुमलिएको छ । आर्थिक दुरावस्थाको फाईदा उठाउँदै सर्लाहीका करिब २०० घरपरिवारलाई चक्रिय ब्याज लगाउँदै करोडौंको अर्थोपार्जन गर्ने सुँदखोर धन्दासेठ अन्तत छानविनका लागि प्रहरीको हिरासतमा छन् ।

एकै घरका सबै व्यक्तिलाई ऋणि बनाएर, किर्ते तमसुक बनाई लेनदेनको मुद्दा जित्ने, गरिब किसानलाई दुख दिने उनको कुकर्ममा अदालती निर्णयहरु पनि ढाडस बनेका छन्। राज्यले वर्तमान समयमा अङ्गिकार गरेको मिश्रित अर्थव्यवस्थाको साधारण आसय हो " लगानी गर्, सकेजति कमाऊ, लागेजति तिर " फलस्वरूप सामन्तवादको निकृष्ट नमुना हाम्रा सामु छ । सरकार यदि कर आउँछ भने नागरिकलाई मेटासिट बेच्न पनि उद्धत छ, जसका केही छनकहरु अर्थमन्त्रीका पछिल्ला अभिव्यक्तिमा पाईन्छ । 

श्याम परदेशीको सन्दर्भ एउटा प्रतिनिधि घटना मात्रै हो । यी र यस्ता घट्नाहरु ग्रामिण नेपाली समाजमा दिनानुदिन घटिरहन्छन, वास्तवमा यस्ता सुँदखोरहरु यहि राज्य प्रणालीका सह-उत्पादनहरु हुन् । यो घट्नामा नेपालको संविधान २०७२ को प्रस्तावनाका दुई पङ्तिहरुले लज्जाबोध गरेको महसुस हुन्छ:

१) ......सामन्ति, निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पिडनको अन्त्य गर्दै;
२) ...... निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद प्रति प्रतिवद्द रहि समृद्ध राष्ट्र निर्माण गर्ने ।

उपर्युक्त पङ्तिमा भएका दुई शब्द "सामन्तवाद" र "समाजवाद" वरिपरि श्याम परदेशी प्रकरण घुमिरहन्छ । नेपाली समाजको वर्ग निर्माणमा दलाल पुजीँपति वर्गको हिस्सा छ । आजको भुमण्डलीकृत पूँजीवाद अर्थात साम्राज्यवादको दलाली गरेर देशको प्राकृतिक स्रोत, बजार र पूँजीमाथि साम्राज्यवादलाई एकछत्र कब्जा जमाउन सबै व्यवस्थापन गर्ने, त्यसो गरेवापत प्राप्त हुने आम्दानीबाट आफ्नो विलासी जीवन चलाउने र बहुसंख्यक सर्वहारा-श्रमिक वर्ग, मध्यम वर्ग लगायत सबै देशभक्त, उत्पिडित समुदायमाथि शोषण उत्पिडन गर्ने यो वर्गको मुख्य हिस्सा नै आजको सत्ताको माईक्रो म्यानेजमेन्ट गरिरहेछ ।

जमिन, प्रशासन, न्याय, आर्थिक लगायतका क्षेत्रमा रहेका माफियाहरु र ठुला सुँदखोरहरु पनि सयौं तरिकाले दलाल पूँजीवादसँग लगातार आर्थिक-राजनितीक सहवास र एकअर्काको पुरकको रुपमा रहेकाले हिजो एनसेल ले जस्तै आज श्याम परदेशीले पनि निश्चित नेतालाई चुनाव जित्न मैले सहयोग गरेको छु भनेर आए भने त्यसलाई अतिशयोक्ति नमान्दा हुन्छ । 

नेपालमा उदय भएको सामन्ती समाजमा उत्पादनका साधनहरु मुख्यतः जग्गाजमिनमाथि सामन्त वर्गको पुर्ण स्वामित्व र भुदास किसानहरुको अपुर्ण स्वामित्व थियो । श्याम परदेशी प्रकरणको पाठ के हो भने " समाजवाद स्थापना गर्ने विधि धनी र गरिबको बिचमा, उत्पिडक र उत्पिडितको बिचमा, शोषक र शोषितको बिचमा, शासक र शासित वर्गको बिचमा मेलमिलाप, समन्वय वा सम्झौता होईन बरु अनवरत सङ्घर्ष हो । शोषक वर्गको रुपमा रहेको पूँजिपतिलाई बलपूर्वक निषेध गरेर नै समाजवादको स्थापना हुन सक्दछ । जुनकुरा संविधानका निर्माता र निर्देशकले बेलैमा बुझुन ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...