tealaya add

karna bkकर्ण बिश्वकर्मा । २०७५ साल चैत्र ७ गते बिहिबारको दिन थियो । अफिसको कामले अत्यन्तै चाप थियो । बिकासका लागि रेडियो बहस रास्कोट नगरपालिकामा चलिरहेको थियो । चैत्र ५ र ६ गते रास्कोट नगरपालिका वडा नम्बर २ र ३ को बहस सकेर ६ गते राति ९ बजे मात्रै सदरमुकाम मान्ममा रहेको कार्यालयमा पुगेको थिए । चैत्र ७ गते बिहान ८ः५० बजे म र एक जान भाई ललित बिष्ट रेडियो नयाँ कर्णालीको कार्यालयमा बसिरहेका थियौ ।

म बिहान ९ बजेको समाचारको तयारी गरी रहेको थिए । एकाएक सादा पोसाकमा १ जना मानिस स्टुडियोमा आए उनले सोध्य स्टेशन म्यानेजर कता हुनुहुन्छ ? मैले भन्ने उहाँ बाहिर तिर जानु भएको छ । अनि फेरी सोध्य कर्ण बिश्वक्रर्मा को हो ? मैले एक पटक किन भन्ने तर फेरी के काम छ भन्नु होस् मै नै हो भने उनले भनेकी तपाईसंग काम छ । एक छिन प्रशासनमा जानु पर्यो । बल्ल मैले सोचेकी उनि पुलिस रहेछन । मैले भने समाचारको टाईम हुदैछ समाचार पढनु पर्छ अहिले हुदैन म १० बजे तिर आउछु भने तर उनले मान्ने कुरै थिएन । जानु पर्यो भनि जबर्जस्त गर्न थाले मैले भने म समाचार सकेर जान्छु भने ।

त्यतिकैमा ९ बज्यो म समाचार पढन भित्र स्टुडियो तिर लागे समाचार पढिरहेको थिए । कार्यक्रम संयोजक प्रेमराज सिम्खाडा र स्टेशन म्यानेजर भरतराज बिष्ट कार्यालयमा पुग्नु भयो । बाहिर प्रहरी निरीक्षक हरि बहादुर बस्नेत सहितको टोलि बसिरहेको रहेछ । म्यानेजरले कुुरा गर्नु भएछ । कता आउनु भएको हो सर ? कर्ण जि संग काम छ भन्नु भएछ । अनि म्यानजेर भित्र प्रविधिक रुममा आउनु भयो । मैले पनि १५ मिनेटको समाचार सकेर बाहिर आए । अनि स्टेशन म्यानेजरले सोधनु भयो के हो ? बाहिर पुरै पुलिसले घेरेको छ त ? मैले भने खै ? मलाई थाहा छैन । त्यपछि मैले जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेलाई फोन गरे ।

तर फोन उठेन अनि फेरी महासचिव हिम बिष्टलाई फोन गरेर भन्ने मलाई यहाँ पुलिसले गिरफ्तार गर्न आएको छ । अफिस नै घेरी सक्यो । भने महासचिव हिम बिष्टले भन्नु भयो । तपाई त्यहि स्टुडियो मै बसिरहनुहोस् र जिल्लामा पत्रकार महासंघलाई खबर गर्नुहोस् भन्नु भयो । त्यसै अनुसार महासंघका जिल्ला सहसचिव प्रेमराज सिम्खाडा त्यहि हुनुहुन्थ्यो उहाँ संग कुरा गरे । र थप के गर्ने भन्ने बारेमा महासचिव हिम बिष्ट संग प्रेमराज सिम्खाडाले कुराकानि गर्नुभयो । अन्तत स्टुडियो मै प्रहरी निरीक्षक हरि बहादुर बस्नेत आए र भने ल जाम मैले भन्ने हिजो देखिको होलिको रंग र रास्कोटबाट मोटरसाईकलमा आउदाको जिउ भरि रंग र धुलै धुलो भएको छ । म नुहाएर १० बजे सम्म आउछु भने तर उनीहरुले मान्ने कुरैै थिएन जवर्जस्ती गरेर मलाई जिल्ला प्रहरी कार्यालयमा लिने काम भयो । जिल्ला प्रहरी कार्यालयमा पुगी सकेपछि एकाएक मेरो कम्मरमा बाँधिएको बेल्ड निकालियो र अन्तत ९ः३० बजे पछि कालो र बन्द पर्खालले घेरीएको हिरासत कक्षमा हालियो । एक हप्ताको हिरासत बसाइँ पछि चैत्र १४ गते सादा तारिखेमा रिहा गरियो । त्यो समयका केही तिता मिठा अनुभूतिहरुलाई लेख्ने प्रयास गरेको छु ।

पेशा र संगठनका हिसाबले म जनपत्रकार संगठन नेपाल कालिकोटको जिल्ला संयोजक भएर काम गरिरहेको थिए । म जनपत्रकार संगठनको जिल्ला संयोजक भएको झण्डै तिन महिना मात्र भएको थियो । उता संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले फोन गरी संगठनको जिल्ला सम्मेलन गर्नुपर्यो भन्ने निर्देशन गर्नु भएको थियो । मैले पनि त्यो जिम्मेवारी पुरा गर्न साथिहरु संग फोन भेटघाट शुरु गरेको थिए । तर सम्मेलनको मिति निश्चित भएको थिएन । त्यसका लागि सम्मेलनको आवश्यक छलफल गर्न संगठनका साथिहरुको बैठक बस्ने तयारी भईरहेको थियो । बैठकमा सम्मेलनका लागि आर्थिक जुटाउने, सम्मेलनको प्रचार प्रसार गर्ने, सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको तयारी गर्ने रहेको थियो । त्यसको लागी म सहित जिल्लामा रहेका संगठनका साथिहरु लागि रहेका थियौँ । सायद त्यो कुरा अहिलेका सत्तामा भएका दलालहरुलाई मन नपरेको थियो होला । जसले गर्दा पेशाले पत्रकार भएपनि उनीहरुको अगाडी मेरो कलम पनि वन्दुक सहर भएछ । जसको परिणाम रेडियोको स्टेशन वाटै गिरफ्तार गरीयो । एक हप्ताको कष्टकर हिरासत वसाई भोग्नु पर्यो । यो मेरो लागि नयाँ थियो ।

प्रहरी प्रशासनको व्यवहार

जब म हिरासत भित्रको कालो वन्द कोठरीमा प्रवेश गरे तब प्रहरी प्रशासनका दुरव्यवहार र आर्थिक चलखेलको बारेमा बुझ्न पाईयो । मलाई लिनु भन्दा पहिला एक जना अर्का युवा कालिकाटको तिलागुफा नगरपालिका घर भई हाल सदरमुकाम मान्ममा बस्दै आएका युवा संघ नेपाल कालिकोटका उपाध्यक्ष भरत शाहीलाई ल्याएको रहेछ । अब हामी दुई जना आस्थाका थुनुवाहरु भयौ । विहानको समय थियो । सबै साथिहरु बिहानको खाना खादै थिए । म भने निराश भएर बसीरहेको थिए । त्यतिकैमा एक जना व्यापारी मान्मामा फेन्सी पसल चलाई रहेका संज्याल फेन्सी स्टोरका संचालक बल प्रसाद संज्याललाई झगडा गरेको आरोपमा पक्राउ गरेर ल्याईयो । त्यसै घटनामा संलग्न आरोप लागेका नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति हर्स बहादुर बम लाई भने नेता भएकै कारण हिरातमा राखिएन ।

पार्टी सभापति हर्स बहादुर बमले ५ बर्ष पहिले व्यापारी बल प्रसाद संज्यालबाट ५ लाख ७० हजार पैसा लिएका रहेछन । बेला बेलामा ताखेता गर्दा पनि अहिले सम्म एक रुपैयाँ नदिएपछि बिवाद हुदा हात हालाहाल भएको रहेछ । वम डिएपि बिनोद शर्मा निकट काग्रेसको नेता भएकै कारण मलाई न्याय दिलाउनु पर्ने ठाँउमा उल्टै मलाई नै पक्राउ गरेर यँहा ल्याएको हो सर भन्दै हिरासत भित्र दुखेसो पोख्दै थिए । साझ पख खाना खान वाहीर निकाल्यो त्यतिवेला प्रहरी प्रमुख डिएसपी विनोद शर्मा आएका थिए ।

मैले उनलाई सोधे मलाई किन ल्याईयो के विषयमा ल्याईयो केहि पक्राउ पुर्जी छैन । कुन विषयमा ल्याएको हो र किन हिसातमा राखियो भन्नेबारे डिएसपी संग प्रश्न गरे तर डिएसपीले विप्लवको निकट पत्रकार भएको भन्दै रिसाउदै अपशव्द वोले । उनले यत्ति सम्म भने की यहाँ भित्र गोलि हान्न नमिल्ने भएर हो नत्र भने गोलि हानिदिन्थे अझै बाहिर भेटे गोलि हानिदिन्छु भने म भने चुपचाप लागे । यस्ता कार्यहरु पुलिस प्रशासनबाट भए । थुनुवाहरुलाई फोन गर्न प्रतिबन्ध गरिएको थियो । अझै विप्लव भन्नेहरुलाई त फोन गर्न त के कसैलाई भेट्न बोल्न समेत नदिने आदेश दिएको थियो ।

तैपनि केही इमान्दार राष्ट्र सेवक प्रहरी पनि थिए । उनिहरु संग गोप्य रुपमा मिलेर फोन गर्नु पर्ने बाध्यता थियो । कतिपय पुलिसहरु भने घुस खाएर हिरासत भित्र केही थुनुवाहरुलाई चुरोट, खैनी जस्ता धुम्रपानहरु पनि पुर्योउने गर्दथे । तर उनिहरुका आफन्तहरुले लुकाएर चुरोट खैनि दिदा चेक गरेर फाल्ने काम गर्थे । यसरी हेर्दा के भन्न मिल्छ भने पैसा पाएपछि जे पनि गर्न तयार भएको एउटा जत्था त्यहाँ भित्र थियो ।

पिसाब कोठा भित्रै भाँडोमा

पुरानो होचो भत्किन लागेको ६ जना पुरुस र ४ जना महिला गरी १० जना सम्म राख्न मिल्ने हिरासतको क्षमता थियो । तर दैनिक जसो पुरुष कोठामा १२ भन्दा धेरै थुनुवाहरु हुन्थ्यौ र महिला कोठामा ७ जना भन्दा धेरै रखिएको थियो ।

ठाउँ अभावका कारण कोही सिरानीमा त कोहि खुट्टातिर सुत्ने गथ्र्यौ ।

हिरासत होचो भएकाले भित्र सिधा उभिन मिल्दैन थियो । चारै तर्फ बन्द भएकाले दिनमा पनि अध्यारो हुन्थ्यो । हिरासत भित्र चर्पि थिएन दिसा गर्न २ सय मिटरको दुरिमा बाहिर जानु पर्थ्यो ।

हिरासत भित्र बस्ने कोठामा भाँडोमै पिसाव गर्थ्यौ । पिसावले कोठा गहनाउने हुन्थ्यो । कपडा पनि त्यस्तै गहनाउने हुन्थ्यो भने उडुस उपियाहरुको हुल थियो । हिरासतका भित्ताहरुमा उडुसको ताँती लाग्थ्यो, ताँतीसंगै लड्थ्यौ । उडुस मार्दा मार्दै हात पुरै रक्तामे हुन्थे ।

यस्तो दयनिय अवस्था हुदा पनि प्रहरी प्रशासनको ध्यान थिएन ।

आस्थाका थुनुवाहरु

राजनीतिक आस्थाकै नाममा थुनुवामा पर्ने साथीहरुको अवस्था र अन्य मुद्दाका थुनुवाहरुलाई गरिने व्यवहार भन्दा थप नकरात्मक थियो । शुरुमा हिरासतमा आस्थाको आधारमा थुनुवा एक जना युवा संघ नेपाल, कालिकोटका उपाध्यक्ष भरत शाही र म थियौ । हामी माथी पशुसहर व्यवहार गरिन्थ्यो ।

हिरासत परेको ४ दिन पछि २०७५ साल चैत्र ११ गते कालिकोटको तिलागुफा नगरपालिका ६ जुविथा घर भएका बुद्धिजिवी संगठनका कर्णाली व्युरो संयोजक धनराज शाहीलाई ल्यायो । अब हामी तिन जना आस्थाका बन्दीहरु थियौ ।

विप्लवको ठुलै नेता समात्यौ भन्ने प्रहरी प्रशासनको धारणा थप नकरात्मक भयो । कतिपय पुलिसहरु हामी प्रति सकरात्मक धारणा पनि राख्ने गर्दथे । उनीहरु भन्ने गर्थे तपाईहरुलाई विना काम दुःख दिइदै छ । तर के गर्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख बिनोद शर्मा बिप्लवको ‘वि’ पनि सुन्नै चाहदैनन् । जसको परिणाम हाम्रा आफन्त भेट्न गएपनि गेटमा थर्काएर गेटबाटै भित्र जान दिदैन थिए । गाल्ली गलौज र दुरव्यवहारहरु गर्ने जस्ता क्रियाकलापहरु हुन्थ्यो ।

अन्य थुनुवाहरु

अन्य थुनुहरुको अवस्था भन्ने केही फरक थियो । लागु औसत, जवरजस्ती करणी, बहुविवाह, चोरी, ठगी, मापसे, कर्तव्य ज्यानको आरोपका थुनुवाहरु थिए । उनिहरुको सोचाई भने हाम्रो भन्दा निकै फरक थियो । कोही साँच्चिकै गल्ती गरेर थुनामा थिए भने कोही झुटो आरोपका नाममा थुनामा परेका थिए ।

एक जना प्रहरी जवान यम थापाले खाँडाचक्र नगरपालिका २ का एक जना स्थानिय युवा सुमन शाहीलाई लखेट्दा हुल्म भिरबाट लडेर ज्यान गुमाएका थिए । ज्यान गुमाएकै कारण प्रहरी जवान र एक जना अर्का स्थानीय युवा गरी दुई जनालाई थुनामा राखिएको थियो । उनीहरुको अन्तत ५ लाख रुपैयाँमा मुद्दा मिलाइयो ।

यस्तै एक जना अर्का पंख दर्जिको पनि एउटै घरका ५ जना अंलक, अन्टी, आमा र दिदी गरी ५ जना थुनामा थिए । उनीहरु कर्तव्य ज्यानको आरोपमा थिए । घरमा श्रीमान श्रीमती बिचको बिवादले उग्र रुप लिएपछि हुल्म प्रहरी चौकि गएका थिए । त्यहाँ प्रहरीले वास्ता नगरी सुरक्षा विना सदरमुकाम पठाइदिएको थियो । सदरमुकाम आउदै गर्दा सेरिघाट पुलबाट श्रीमतीले हाम फाम्लेर ज्यान गुमाएकी थिइन । सोही कारण प्रहरीले कर्तव्य ज्यानमा एकै घरका ५ जनालाई थुनामा राखेको थियो । तर उनीहरुलाई कर्तव्य ज्यान मुद्दा नभई सार्वजनिक मुद्दा लगाएको थियो । र पैसाको वार्ङिलिङ्ग भईरहेको थियो ।

झुट्टा मुद्दा भिराईयो

मलाई गिरफ्तार गर्दा म आवद्ध संघ संस्था र संगठनबाट गरिनु पर्ने आवश्यक पहल कदमी त प्रयाप्त भयो । तर पनि प्रहरी प्रमुख बिनोद शर्मा र प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर कार्कीले दलाल सत्ताको निर्देशनमा सार्वजनिक मुद्धा लगाएरै छोड्यो ।

मुद्धा पनि अरु कुनै विषय नपाएपछि मधिरा सेवन गरी पुलिस माथी हातपात गरेको, पुलिसको काममा अवरोध गरेको भनि कथित सय प्रतिशत झुट्टो मुद्धा लगाएको थियो । जहाँ कि, मैले मदिरा सेवन अहिले सम्म गरेको छैन । रेडियोको स्टुडियोवाटै गिरफ्तार गरी ल्याएर यस्तो खालको झुटो मुद्धा लगाउनु कत्ति सम्मको कायरता हो भन्ने कुरा दिनको घाम झै छर्लङग हुन्छ ।

यसका विरुद्ध देशभर सिंगो मिडिया जगत लाग्यो, म आवद्ध रेडियोका साथीहरु, अन्य पत्रकार र मानव अधिकारकर्मी पनि लागे । पत्रकार महासंघको मिशन टोली समेत कालीकोट पुग्यो । सरकारको गलत कदमको चौतर्फि विरोध भयो ।

यो कहिल्लै नविर्सिने परीघटना भएको छ । मलाई सहयोग गर्ने सवै सवै प्रति हृदय देखि आभार सहित धन्यवाद छ । तपाई सवैको सहयोगले निरंकुश पंचायत शैलिको सरकार र प्रहरी प्रशासनले घुडा टेक्न वाध्य भयो । अनि एक हप्ताको समय भित्रै सादा तारीखमा रिहा गरीयो । यो मेरो मात्र जित होइन यो त सिंगो प्रेस जगत र विचारको जित थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...