1478958692 banner ad format

 
 

rajdhani

पहाडको एउटा कुना,कन्दरा,अजकल्टो ठाउँमा जन्मेको जो कोहिलाई यो धुलाम्मे शहर भन्दा अाफ्नो ठाउँ जन्मस्थान प्यारो लाग्छ त्यसो त राजधानीमा जन्मनेहरुलाई पनि प्यारो नलाग्ने भन्ने अाशय पनि होईन राजधानीको यो धुलाम्मे वातावरणले तिनै विकट र कुना कन्दरा सोच्न, सम्झन बाध्य गराउँछ।

चिसो हावा स्वच्छ वातावरण,अाफ्नै मुहानको पानी ठाडो घाँटी लगाएर घटघट पिउदाको याद अनि अतृप्त प्यास मेटिदाको क्षण स्मरण गर्दा यो शहर विरक्त लागेर अाउछ, तर के गर्ने सरकारको अाखाँ ति पहाड सम्म पुगेन एउटा गुनस्तरीय कलेज भईदिएको भए किन अाउनु पर्थ्यो र यो धुलाम्मे शहरमा विडम्वना यस्तै छ हरेक मान्छेलाई केहि न केहि कुराको अावश्यकता भएर यो राजधानीको धुलो खान अाउनु परेको छ ..कतिलाई स्वास्थ्य समस्या कतिलाई भने जस्तो रोजगार कतिलाई गुनस्तरिय शिक्षा यस्तै विभिन्न बाहनामा राजधानी भित्रिनेहरु लामबद्द छन त्यसैले त राजधानीमा मान्छेको चाप थेगिसाध्य छैन ..

प्राकृतिक रुपमा त राजधानीका सबै प्रकृती सम्पदाहरु मासिसकेका,सिध्याईसकेका छन भएका मानव निर्मित कलाहरुको छेतविछेद भएका छन कला संस्कृतीले कुदिएका पहेला गजुरहरु धमिलो भएको छ पुर्खाले निर्माण गरेका मठ,मन्दिर धरहरा अब नक्सामा मात्र सिमित भएको छ कति अाफै ढले कति कसैद्दारा ढलाईए बाटोमा टिसलाग्दो गरि उभिएका सालिकहरु अहिले सडक अबरुद्द गर्न प्रयोग गरेका छन ढलेका सालिकहरुलाई सबैले कुल्चेर हिड्न थालेका छन दादागिरि देखाउने हरुले नियम मिच्दै भिताहरु रङ्गी विरङ्गी बनाउदै मुर्दावाद र जिन्दावादका तस्विरहरु कोरेका छन कति चरम लावरवाहि गरेका छन ।

नियम कानुन बनाएका छन तर त्यो पनि कुन टेवलको ढड्डामा थन्किएको छ पत्तो छैन यहाँ कठै भन्ने एक जना पनि देखिएको छैन सहिदको सम्मान अब ब्यबहारमा हैन नारामा मात्र सिमित रहेको छ यदि ब्यबहारमा हुन्थ्यो भने देशको निमित बलिदान दिने विर सहिदहरुको सालिक ढाल्दै,कुल्चदै त्यस्तो अपमान हुने पक्कै हुने थिएन।

अाजकल राजधानी त मरुभुमी जस्तै भईसक्यो मात्र तापक्रम को फरक छ यति सुन्दर काठमाण्डोै अब धुवा,धुलो कालो मुस्लोले विरङ्गी शहर भएको छ तर पनि सबैले भन्छन काठमाण्डोै देशको मुटो हो हरेक देशको राजधानी लाई मुटुको रुपमा लिन्छन तर हाम्रो परिप्रेक्ष्यमा मुटु कसरी भन्ने खुट्टा भन्ना पनि नसुहाउने छ ।धेरैले देश विदेश घुमिसक्नु भएको छ के हरेक देशको राजधानी हाम्रै जस्तो अस्तब्यस्त सास फेर्न नसक्ने कुईरीमण्डल धुलाम्मे हुन्छ त ?

त्रीभुवन विमानस्थल देखि नै अनियमितता हुन्छ दलाल विचोैलियाहरुको विगविगी छ न कुनै पद्दती छ जताततै भद्रगोल छ लुट्ने लुटिरहेका छ,ज्यान मार्नेहरु मारिरहेका छन हिंसा गर्नेहरु गरिरहेका छन भने अाखिँर के छ हामी संग शरहको विचल्नी त्यस्तै छ जताततै फोहोर गन्ध दुर्गन्ध नाक थुनेर हिड्नु पर्ने अवस्था छ यसो कतै मेलो मेसो मिलेन भने हाकिम साब हरुलाई गुह्रार गर्यो उल्टो झपार्ने काम हुन्छ।

सम्मान अादर केहि छैन मनपरि भनेका छन अाए जति बोलेका छन भने हामीलाई अब अरु देशका पाहुनाहरुले कुन दृष्टिकोणले हेर्छन होला?अरु देशले पनि यस्तै अपमान गर्यो भने हामी पाहुना भएर जादा कस्तो महशुस होला के हामीले यस्ता विविध कुरालाई ब्यबस्थापन गर्नु पर्थ्यो की पर्थेन? तर सबै अाफ्नै तालमा रमाईरहेका छन रुने रोईरहेका छन रमाउने हरु रमाईरहेका छन मान्छेमा केहि कोहिमा मानवता होला तर धेरैमा सहानुभुती भन्ने कुरा छदै छैन...

फेरि यही राजधानीमा सबैको अाखाँ लाग्ने गरेको छ हिमाल पहाड तराईका प्राय सबै जान्ने बुझ्नेहरु,ठुलाबडा हुकुम चलाउनेहरु यहिँ बस्छन यस्ता ठुलाबडा मान्छे बस्ने राजधानी देशको मुटुको स्थिती सास फेरि सक्नुको छैन अन्तको हालत के होला एक छिन कल्पना गरोैँ त!

मान्छेहरु हो मा हो मिलाउने गर्छन अाफ्नो बाध्यता र लाजलाई ढाकछोप गर्न नसकी नक्कली शैलिमा भन्छन सुविधा सम्पन्न शहर काठमाण्डोैँ तर के सुविधा छ? मैले त केहि देखिन!" सुविधा होईन दुविधा छ' कुन वेला यो धुवाँ धुलो ले ज्यान लिने हो कुनै निश्चित छैन।

यो धुलाम्मे राजधानीमा त डरै डरमा बाच्नु परेको छ,कुन वेला हस्पिटल पुग्ने हो फेरी शहरका हस्पिटल गाउले केटोलाई कस्ले राम्रो उपचार गर्देलान सबै जान्ने बुझ्ने भएका छन टाउको को ब्यथा हुन्छ तर उपचार पेट तिर गर्छन यस्तै उस्तै हो भने अप्रेसन गरेर किड्नी निकाल्न वेर छैन कति सन्त्रास छाएको छ मान्छेमा हेर्दा जसरी मुल्याङ्कन गरेका छन यथार्थमा बाच्न यो शहरमा सोचे जस्तो तपाई हामीले बुझे जस्तो सजिलो छैन।

यहाँ हरेक पाईलामा विचार होस पुर्याउनु पर्न अवस्था अाएको छ अलिकति लापरवाहि मात्र भयो भने ज्यान पुरै जोखिममा पर्छ यस्तो जोखिममा जिउन बाध्य बनाईएका छन।

मलाई मेरो ठाउ स्वर्ग लाग्छ तर हो सुविधा सम्पन्न हुन नसके पनि अति महत्वपुर्ण प्रशासन,विभाग,मन्त्रालय,यहि अवस्थित भएको हुदा यहाँ नअाउनुको अलावा कुनै विकल्प छैन..नत्र यो धुलो खाने रहर सायदै कसैलाई छैन...

यो धुलाम्मे शहर सिचाई गर्न पुग्ने मेरो अाफ्नै बारीमा मुहान छ तर के गर्ने भोैगोलिक हिसाबले अलि अजकल्टो ठाउँ पर्यो र मात्र नत्र मलाई त्यहि स्वच्छ पानी सप्लायर्स गरेर ढलिमली,मोजमस्ती गरेर जिउन पुग्थ्यो ।

यो धुलाम्मे शहरको ट्याङकीमा जम्मा गरेको पानी भ्यागुता पोैडिएको पानी विभिन्न प्रविधी बाट फिल्टर गरेर पिउन पर्ने अमिलो हो की तितो हो बासी पानी पिउन पर्ने कठै मेरो खोलाको पानी छङछङ बगेर गएको छ त्यो पानी यो शहरमा ल्याउन पाए किन फिल्टर गरिराख्नु पर्थ्यो र किन यस्ता पानीमा रसायन हाल्नु पर्थ्यो....दिन भरि ट्याङ्कीमा जमेको पानी तातो हो की चिसो हो पत्तो पाईदैन यस्तै छ मेरो राजधानीको पिडा ...

हामी पहाडमा उकाली अोराली गर्दा पिउने धाराको पानी मलाई तृष्णा लागेको छ मेरो प्यास यो शहरको ट्याङ्कीमा जमेको तातो पानी रसायन मिश्रण गरेको स्वाद विनाको पानीले कहिल्यै प्यास मेटिएन..म त फिल्टर नगरी दुई अनञ्जुली बनाएर सिधै बासको फकल्याटा बनाएर गललल अाएको पानी खान पल्केको अनि मलाई यस्तो जमेको तातो केमिकल हालेको पानी कहाँ बाट स्वादिलो होस र धित मरोस तर मलाई मन पर्दैन भन्दैमा कसले ल्याउने मेलम्चिको पानी जबरजस्त खाए खाँ नखाए न खाँ यस्तै छ यहाँको पिडा

सुरुमा त शहर अाउन साथ मैले जगबाट पानी पिए तर सबैले गाली गर्नु भयो यो पानी त्यसै पिउन मिल्दैन फिल्टर गर्नुपर्छ अरु किटानु हुन्छ दबाई हालेर मात्र खानु पर्छ भन्नु भयो..

मैले मेरो तर्क दिए मेरो हजुरअामा नब्बे वर्षको हुनु भयो अहँ उहाँले यस्तो पानी छानेर खाएको कुरा कहिल्यै भन्नु भएन उहाँ त भन्नु हुन्छ घरमा ल्याएको पानी त बासी हुन्छ उहाँ त धारामै गएर कलकल ठाडो घाटी लगाएर पिउनु पर्छ भन्नु हुन्छ खै त अहिले सम्म हस्पिटल गएको देखेको छैन कति फुर्तिलो छरितो हुनुहुन्छ ...

यी शहरका मान्छेलाई यस्तै तनाव धुवाँ धुलो र रसायनले पुरै गाजीसके जस्तो छ खै हाम्रो घरतिर पाहुना अाउदा कति स- सम्मान गरेर खाजाँ नास्ता खुवाएर बास वस्न दिने चलन थियो यहाँ त घरमा को बस्छन कहाँका हुन केहि मतलब छैन यो कस्तो स्वार्थी शहर हो मान्छे ले मान्छेको वास्ता नगर्ने यो अचम्मको शहर रहेछ यहाँ घरपालुवा कुकुर एउटा जनावरको ठुलो महत्व छ नुहाई धुवाई सन्तानको भन्दा बढि माया हुन्छ तर अापतकालिन समयमा एक जग पानी माग्दा घरवालाहरु मुर्मरिन्छन अच्चमै छ यो राजधानी शहर...

मैले पहिले सुनेको थिए शहरमा बाबु खाने छोरा हेर्ने,छोरा खाने बाबु हेर्ने कस्तो संस्कार होला फेरि कति नै टाढा को कुरा हो र जम्मा सय किलोमिटरको फरक किन यस्तो स्वार्थले भरिएको मनहरु बस्छन यो पहिलेको सु-सम्पन्न र अहिलेको धुलाम्मे शहरमा ...

यहाँ त साच्चै हो रहेछ कसैले कसैलाई नचिन्ने मेरो बाख्राको खोर पनि अझ टलक्क हुन्छ स्टोप ग्यास बालेर कोठा हेरिसक्नु छैन हेैन मेरो घरमा त दाउराले नै खाना पकाउदा पनि यस्तो विरङ्गी रङ्ग देखिदैन अलि अलि रङ्ग भए पनि एकलोैटी कालो देखिन्छ तर यहाँ कति फोहोर हो सोचिसाध्य छैन भनु कसलाई के भनु नभनु त्यसै त्यसै मन उकुसमुकुस भएर अाउछ ...

बाहिर जाउँ त्यस्तै दुर्गन्ध जताततै रागाँ काटेर कुहाएको जस्तो नराम्रो गन्ध अाउछ मुखमा मास्क नलगाई हिड्न सकिन्न फेरि हामी बानी नपर्ने हरुलाई यो माक्स त पहाडमा गोरु जोत्दा गोरुले बाली खाने हो की भनेर लगाएको फुङ्लो जस्तो धुलो खान्छ की भनेर त होला नी सबैले लगाए पछि लगाउनै पर्यो सास फेर्ने गाह्रो हुने यस्तो वातावरणमा कसरी बाचेका होलान अनि शहरका मान्छे बिरामी नभएर को हुन्छ त ...

एक महिनाको बसाईले मेरो छाती,घाटी दुबै समातीसकेको थियो सुरुमा त गाउको चिसो पानी खाने गरेको केटो शहरको तातो पानीले होला भने तर पछि निको हुन गाह्रो भयो यताँ जाउँ उता जाउ भन्दा भन्दै दश अोटा हात्ती सकिए सात दिन लाग्यो बल्ल तङ्ग्रिए तर जिउ भने थरथर काम्ने भएको थियो..

यो टाईफाइड, निमोनिया,छाती समाउने घाटी समाउने मलाई पहिलो पटक भएको हो त्यो पनि राजधानीमा अाईसकेपछि मैले ज्वरो अाउँदा पनि सिटामोल खानु परेको थिएन अाफ्नै बारीमा उम्रेका रुखका जरा कुटेर झोल बनाएर पिए पछि अाधा घण्टामा ज्वरो स्वाहाँ हुन्थ्यो तर यहाँ छाती घाटी दुखेर नै दश अोटा हात्ती उम्किए..

मलाई एकरत्ती पनि बस्ने मन थिएन यो शहरमा फेरी बाबुअामाको ईच्छा छोरो ले शहरमा पढे राम्रो रोजगार पाउला सरकारी जागिरे होला भन्ने कत्रो अाशा थियो त्यसैले जोखिम सहदै म बस्न बाध्य भए..बल्ल तल्ल एक वर्ष वित्यो .कलेज राम्रै चलेको थियो ..

कलेज र कोठा नजिकै थियो सजिलो हुन्थ्यो गाडीबाट जानु पर्दैन्थ्यो गल्लीको चार मिनेट बाटो हिडेपछी कलेज अाउथ्यो अरु साथी हरु टाढा टाढा बाट अाउथे तर अाफु भने नजिकै अाधा घण्टा अगाडी उठ्यो लुख्रु लुख्रु हिडेर गयो खुसि लाग्थ्यो साथीहरु को भन्दा मेरो धेरै सजिलो थियो..

राम्रा घरवेेटी भएकोले ढुक्कै थियो तर यो खुसि धेरै दिन रहन सकेन घरवेटी संग राम्रो सम्बन्ध भएको कारण जाँ भन्न सकेनन् धेरै अाउने जाने गरिरहे तर हामीले महिना पुगेको दिन ढोका ढकढक हानेर बोलाएर भाडा दिने चलन थियो केहि भन्न सक्दैनथे ..सबै कोठाको भाडा बढाउदै बसेको तिन महिनामा बयालिस सय पुगिसकेको थियो तर हामी पुरानै रेटमा बसेका थियोै एक वर्ष अगि पैतिस सय भनेर एउटा किचेन र एउटा कोठा लिएका थियोै..

बेला बेला घरवेटी दाईले सुनाउनु हुन्थ्यो पल्लो घरमा नयाँ मान्छे अाएछन यहाँ नयाँ अाउनु भनेको घरवेटीले भाडा बढि असुले ह‌ै अब भाडा बढ्यो भन्ने संकेत हो तर हामी केही नबोली बस्योै अचानक घरबेटी दाईले अाग्रह गर्नु भयो मेरो अाफ्नता अाउदैछन दुई महिनाको लागी कोठा खालि गर्दिनु पर्यो भाई..

कसरी नाई भन्ने उनिहरुको घर हुकुम उनिहरुकै चल्छ ..

हामी त भाडा मा बसेका न होैँ म कोसिस गर्छु दाई भने मुस्कुराउदै जानु भयो ..

मेरो मन असाध्यै रोयो मैले अाफैले पेन्ट गरेको मेरो कोठा एक छिन वेडमा पल्टिएर अाफुले लगाएको पेन्टहरु हेरे बैरग लागेर अायो अनि कोठा खोज्न हिडे...

कलेजकै अासपासमा भए गाडी भाडा जोगिन्थ्यो प्रत्यक घरमा गएर सोधे कतिले लोकसेवाको झै परिक्षा लिए कतिले सोधे भाई विवहा गर्नु भएको छ की छैन ? 

छैन दिदिज्यू ..मेरो सिधा प्रश्नले उनिहरु झस्किन्थे र भाई विवहा गरेर अाए मात्र कोठा दिन सकिन्छ नत्र विधार्थीलाई कोठा दिन सकिदैन् ..

यस्तै यस्तै परिक्षा दिने क्रममा दुई हप्ता वितिसकेको थियो घरवेटी दाईलाई अाफ्नो निरास अनुहार देखाउदै बरु भाडा बढाएर दिउला भन्दा पनि भाडाको कुरा हैन भाई अाफन्ता अाउने भएर हो अाखिर किन अाउ्थे र अाफन्ता फ्रेस नयाँ मान्छे राख्दा सकेको असुल्न मिल्ने रहेछ उस्को दाउ पनि त्यस्तै मैले बुझिसकेको थिए वार्ता गर्न चाहिन..

घरवेटी दाईले हुन्न मेरो अाफन्त मान्छे अाउछन भने पछि कोठा नखोजी सुखै थिएन..

विहान कलेज दिनमा कोठा चाहियो भन्दै सोध्दै हिड्ने यहि काम रहरह्यो तिन हप्ता वित्दा सम्म अनेक थरिका परिक्षा दिए अहँ पास कतै हुन सकिएन..कतिलाई केटा मन नपर्ने कतिलाई धेरै सेतो राम्रो भएको ले कोठा नदिने,पातलो मान्छेलाई कोठा नदिने,जनजाती भए मात्र दिने विवहा गरेका छोरा छोरी भएकालाई दिने विभिन्न बाहना बनाउथे परिक्षा गर्थे र अन्तमा कोठा दिन नसक्ने बताउथे ..

सम्झेर अाउदा बैरग लागेर अाउथ्यो अाफ्नो पहाडमा तिन तले घर नोै अोटा कोठा छ तर सबेै कहि धान सुकाउने कहि मकै सुकाउने कहि दाउरा राख्ने कहि घास राख्ने डङ डङ खालि छन तर यहाँ भित्र पस्दा सास थुनिएला जस्तो हुने कोठाको भाडा पाँच हजार छ हजार पर्छ पछुतो लागेर अाउछ ..

कोठाको निम्ती महिना वित्छ बल्ल एउटा दलाली भेटेर पहिले पैतिस सयमा मिलाए जस्तै कोठा पाँच हजारमा मिलाइ दिन्छ त्यसमा दलादले ग्राहक ल्याउने घर बेेटीले कमिसन दिने यस्तै चल्दो रहेछ कोठा छाड्नु भनेको अघिल्लो दिन ईमान्दार पुर्वक कोठा सारे घरवेटीलाई ल दाई बस्नुस भन्दा रातो अनुहार लगाए पैसाको लागी यस्तै रहेछ सबैले रातो अनुहार लगाउने म सरासर कोठा गए .

सामान राख्न नपाई फेरी घरवेटीले फेरी परिक्षा लिन थाले ईन्टरभ्यू दिए पास भए विभिन्न नितिनियम सिकाए नियम हरु बुद्दागत रुपमा थियो...

बिहान जतिबजे निस्कदा पनि हुने, तर बेलुका निश्चित समय तालिका थियो तोकिएको समयमा कम्पाउण्डमा प्रवेश गरिसक्नु पर्ने,नत्र ढोका बन्द हुने ..

पाहुना आफै आउँछन्, तर घरबेटी भन्छन्,‘ धेरै पाहुना ल्याउँन पाइदैन यदि धेरै पाहुना अाउने हो हल्ला गर्ने हो भने अझै कोठा नदिने भन्ने सर्त राख्थे ..

यदि महिला कोठाभाडामा बसेका छन् भने पुरुष पाहुना ल्याउन पाइदैन, पुरुष भाडामा बसेका छन् भने महिला पाहुना ल्याउन पाईदैन यदि ल्याएमा तिन महिनाको को पैसा फिर्ता नहुने तर कोठा छाड्नु पर्ने सर्त तेर्स्याउदथे ।

भाडा महिना मर्ने बित्तिकै दिनु पर्ने, तर पानीको सुविधा अनिश्चीत पानी नअाएमा घरवेटी जिम्मेवार नहुने बहालवालाले ब्यवस्था गर्नुपर्ने हुन्छ

अझ कतै विवाहीतलाई मात्रै घरभाडामा दिने शर्त हुन्छ भने कतै अविवाहीतलाई मात्रै । कतै केटाकेटी भएका दम्पत्तीलाई भाडा दिइन्न कहि विधार्थीलाई सजिलै भाडामा दिने कहि विधार्थीलाई निषेध गरेको हुन्छ ।

दारु पिउने चुरोट तान्ने देखि सबै निषेधित हुन्छ कोठाका झ्यालढोका अन्य घरवालाहरुको तोडफोड सबै बहालवालाले नै जिम्मा लिनु पर्छ यस्ता विविध सर्त पुरा गरेपछि मात्र यो सु -सम्पन्न शहरमा बल्ल कोठाको ठेगान हुन्छ त्यो पनि निश्चित हुदैन कुन वेला घरवालाहरुलाई भाडा बढाउने भुत्त चढ्छ राम्रो बहालवाला भए राम्रो ब्यबहार गर्छन र भाडा असुल्ने उपाय निकाल्छन हैन त्यस्तै खालको महिना पुगिसक्दा पनि एक दुई दिन ढिला भाडा दिने गर्छन भने सिधै अब फलानो महिना देखि भाडा बढ्छ मन लागे बस नत्र अन्तै जाउँ भनेर धम्की दिन्छन विचरा ति निर्दोश बहालवालाहरु...

कोठाकै धुनमा बहकिरहेका हुन्छन बाध्यता छ अाफ्नो स्वर्ग जस्तो ठाउँ छाडेर धुलै धुलो खाने ठाउमा हरेक कुरा सडेगलेको अाईपुग्ने ठाउँमा भाडाको भरमा जिवन चलाउने घरवालाहरु हामीलाई पहाडी पाखे देख्छन ..

खै कसरी पाखे भन्न सकेका हुन भन्ने नै हो भने हामी पहाडी भेगका जिल्लाहरुमा बस्ने मान्छेहरुले कति सम्मान गर्छन पाहुना अाउदा गर्ने सत्कार छुटै छ हरेक संग कसरी ब्यबहार गर्नुपर्छ भन्ने राम्रो ज्ञान छ समाज मा मिलेर बस्न सक्ने ज्ञानी मान्छेहरु कसरी पाखे हुन्छन?

यहाँ भाडा लिने धम्क्याउने मनपरी गर्ने अश्लिल भाषा बोल्ने सानो ठुलो नचिन्ने ठाडो भाषामा कोठा छाड अन्तै जा यहाँ तलाई बस्न दिन्न गल्ति विना भाडा बढि असुल्नकै लागि धम्क्याउने चाहि कसरी शहरिया हुन्छन पाखे त तिनिहरु हुन पर्ने जसलाई जति सम्मान गर्दा पनि अपाच्य हुन्छ र घमण्ड गर्छन ति हुन जसले अाफु सम्मान लिएर अरुलाई सम्मान गर्न जान्दैनन् ..

यसमा हामीले चित दुखाईहाल्नु पर्ने केहि छैन खासमा घरवालाले हामीलाई पालेका छैनन् हामीले दुख गरेको पसिना भाडा अशुल्दै बाचिरहेका छन के उब्जनी हुन्छ यो धुलाम्मे राजधानीमा यहाँ धुलो बाहेक सबै तराई पहाडका क्षेत्रहरुबाट भित्रीने हुन तैपनि 
घरवालाहर अाफ्नै घरभित्र उब्जनी गरे जस्तो गर्छन तर सबै घरवाला डेरावाला त्यस्ता छैनन् धेरै यस्तो दलाली प्रवृती देखाउने हुदा खुलाम खुला दलालहरु ग्राहक खोज्दै हिड्ने र अलि हुने खाने पाए कुरा यताउता मिलाएर विभिन्न बाहना बाजीमा निकाल्ने गर्छन यो संम्बन्धित निकाय बाट पनि अनुगमन भईदिए यस्तो सास्ती हुने थिएन की....

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

  • Kantipathnews Nepali Kabita jhalak magar

    कविता : किसान हुन् मेरा बा

    हिँडी रहेथेँ बा का अादिम पाइलाहरु पछ्याँदै सडकका गल्ली गल्ली बा को पातलो पछ्याैरा छेडेर गोरुको काँध जस्तै कालो भएको बा को का ...

  • Kantipathnews Nepali Kabita Bibash babuko

    कविता : म र मेरो माटो

    आफू सृष्टिका लागि योग्य भएपछि नारीले रातो प्रतीक बगाउँछिन् । पहाडले प्रत्येक वर्ष रातो सभ्यता फुलाउँछ । माटोमाथि माटोकै लागि पुर्ख ...

yummyfood