tealaya add

letter c

सम्माननीय प्रधानमन्त्रीज्यू,
नमस्कार!

म वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा छु । मजस्ता लाखौं युवा रोजगारीका लागि विदेश छन् ।

चुनावमा जनताले नेकपालाई पूर्ण बहुमत दिए । दुई तिहाइ सरकार बन्यो । आमनागरिकमा उत्साह थियो, अब देशले काँचुली फेर्छ । केपी ओली राम्रो काम गर्ने नेता हुन् भन्ने धेरैलाई थियो ।

आशा थियो, अब युवा विदेशिनु पर्दैन । चुनावअघि प्रधानमन्त्रीज्यूले ठूला सपना देखाउनुभएको जो थियो । म सपना देख्नु राम्रो नै मान्थे । शायद त्यही भएर ओलीको नेतृत्वमा स्थिर सरकार बन्यो भने देश बन्छ कि भन्ने लागेको थियो ।

‘आफू घुस खान्नँ, अरुलाई पनि खान दिन्नँ’ भन्ने उक्तिबाट म तपाईंको फ्यान भएको थिएँ । चुनावपछि केही दिन म नेपाल फर्किएको थिएँ । जब विमानस्थल उत्रिएँ, विमानस्थलमा ओर्लिने स्वचालित भर्‍याङ भताभुंग देखेँ। त्यो दृश्य समाजिक सञ्जालमा पनि सेयर गरेँ ।

नजिकै रहेका प्रहरी जवानलाई यो कहिलेदेखि यस्तो छ भनी सोधेँ । सुरुमा मलाई उल्टै थर्काए । पछि आफैंले भने, ‘धेरै समयदेखि यस्तै छ, अहिले पर्यटनमन्त्री फेरिएका छन्, अब बन्छ ।’


नभन्दै, म फर्किने बेला बनिसकेको थियो । मलाई झन् विश्वास भयो, अब शायद अरु युवा विदेशिनु नपर्ला। दिन बित्दै गए । तर, धेरैले सम्झिएको ‘आफू पनि खान्नँ, अरुलाई पनि खान दिन्नँ’ भन्ने विचार सायद यहाँले बिर्सनुभयो ।


प्रधानमन्त्रीज्यूले खानु भयो भनेको होइन। तर, अहिले भ्रष्टाचार विरोधमा उभिनेप्रति सरकारी दृष्टि सकारात्मक देखिन्न । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीमाथि प्रहरी दमन भयो । इमानदार कर्मचारी प्रेम सन्जेलले भ्रष्टाचार गर्न दिन्न र घुस लिन्नभन्दा सरुवा गरियो ।

राष्ट्रपतिज्यूको विलासी चाहनाले ठूलो विवाद निम्त्यायो । नीति तथा कार्यक्रम घोषणाका बेला उहाँ विवादमा मुछिनुभयो । धेरैले उहाँको बचाउमा यो अन्तर्राष्ट्रिय प्रचलनै हो भने। तर, अचम्म तब लाग्यो, जब प्रधानमन्त्रीज्यू स्वयंले भारतीय राष्ट्रपतिले ६२ पटक ‘मेरो सरकार’ भनेका छन् भन्नुभयो।

सामसङ कम्पनीका मालिक घुस दिएको अभियोगमा जेल गए । यो काण्ड उजागर गर्न सामसङ ग्रुपकै टिभिमा कार्यरत पत्रकारले भूमिका खेलेका थिए । हाम्रोमा पत्रकारले नराम्रा कामको विरोध गरे विपक्षीसँग मिलेको आरोप लाग्ने गर्छ ।

नाकाबन्दीका बेला भारतको आलोचना गरेकाले धेरै नेपाली केपी ओलीका फ्यान भएका हुन् । त्यतिबेला राष्ट्रियताको मुद्दा जो थियो ।

जहाँसम्म अन्तर्राष्ट्रिय प्रचलनको कुरो छ, त्यसमा ‘मेरो सरकार’मात्र किन, अरु राम्रा पक्ष पनि अनुसरण गर्ने कि?

म जुन देशमा छु त्यो भ्रष्टाचार शून्य छ भन्न खोजेको होइन । पूर्वन्यायाधीशदेखि पूर्वराष्ट्रपतिसम्म भ्रष्टाचारमा जेल चलान भएका छन् । तत्कालीन लोकप्रिय महिला राष्ट्रपतिलाई उनकै पार्टीका सांसदले महाअभियोग लगाएर जेल पठाए ।

हाम्रोमा सामान्यतः सेवानिवृत्त भएपछि कारबाही हुँदैन ।
भ्रष्टाचारी आफ्नो पार्टीका भए, जसरी हुन्छ, उसलाई जोगाउन कोसिस हुन्छ । कसैले विरोध गरे आफूले खान नपाएर विरोध गरेको भनिन्छ, विपक्षीसित मिलेको आरोप लगाइन्छ । आफ्ना घरका जतिसुकै भ्रष्ट भए पनि साधु लाग्छ ।

पछुतो तब हुन्छ, जब पार्टी कार्यकर्ताद्वारा भ्रष्टाचारको विरोध गर्नेमाथि सामाजिक सञ्जालमा अभद्र टीकाटिप्पणी, गालीगलौज गरिन्छ । कोरियामा सामसङ कम्पनीका मालिक घुस दिएको अभियोगमा जेल गए । यो काण्ड उजागर गर्न सामसङ ग्रुपकै टिभिमा कार्यरत पत्रकारले भूमिका खेलेका थिए।

हाम्रोमा पत्रकारले नराम्रा कामको विरोध गरे विपक्षीसित मिलेको आरोप लाग्ने गर्छ। अथवा, दुई पैसामा बिक्ने पत्रकार भनेर टिप्पणी गरिन्छ। हुनसक्छ, केही पत्रकार त्यस्ता पनि होलान् तर सबैको इमानदारीमाथि प्रश्न गर्नु उचित नहोला कि प्रधानमन्त्रीज्यू?


हालै विपक्षी दलका एक नेताले कोरियाको फोन कम्पनीमा आफ्नी छोरीलाई जागिरका लागि सिफारिस गरेको खुलासा भएपछि उनीमाथि कडा कारबाहीको माग गरिएको छ।

कोरियामा छोरीलाई सहयोगी नियुक्त गरेपछि एक सांसदमाथि कारबाही भएको थियो। नेपालमा स्थानीय तहदेखि केन्द्रसम्मका धेरै नेताले आफन्तलाई सहयोगी राखेका छन्। प्रधानमन्त्रीज्यू स्वयंका पनि कतै नाताकै मान्छे सहयोगी छन् कि?

कोरियामा छोरीलाई सहयोगी नियुक्त गरेपछि एक सांसदमाथि कारबाही भएको थियो। नेपालमा स्थानीय तहदेखि केन्द्रसम्मका धेरै नेताले आफन्तलाई सहयोगी राखेका छन्। प्रधानमन्त्रीज्यू स्वयंका पनि कतै नाताकै मान्छे सहयोगी छन् कि?

राज्यकोषबाट तलब खाने यस्ता कतिपय आसेपासेलाई तिनले के काम गर्ने समेत थाहा छैन। कतिपय सांसद, मन्त्रीज्यूले दोहरो सुविधाबापत रकम असुली राखेको तथ्य बाहिर आएका छन्। यतापट्टि प्रधानमन्त्रीज्यूको ध्यान नगएकै हो त?

कोरियामा हालै एक पूर्वनगरप्रमुखले जीवन गुजारा गर्न सार्वजनिक बस चालकको काम गरेको समाचार सार्वजनिक भएको थियो।

अमेरिकाका राष्ट्रपति रिटायर्ड भएपछि जागिर खान्छन्। हाम्रोजस्तो गरिब देशमा एक पटक सांसद या मन्त्री हुनासाथ राजधानीमा महल ठड्याउन, विलासी कार किन्न अनि छोराछोरीलाई विदेश पठाउन कसरी सक्छन्?

कोरियामा मासिक डेढ–दुई लाख रुपैयाँ बचत गर्दा पनि काठमाडौंमा सामान्य घर बनाउन पाँच वर्षमा मुस्किल पर्छ। मासिक ६०–७० हजार भत्ता बुझ्ने सांसद मन्त्रीलाई यो कसरी सम्भव छ, प्रधानमन्त्रीज्यू?

काठमाडौंमा घर हुने माननीयज्यूहरुले घरभाडाबापतको रकम राज्यबाट लिँदै आएको समाचार पढियो। त्यो पनि भ्रष्टाचार नै थियो । तर ‘म पनि खान्नँ, अरुलाई खान दिन्नँ’ भन्ने प्रधानमन्त्रीज्यूले यस्ता कार्यको खुलेर विरोधसम्म गर्नु भएन।

देशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने मुख्य जिम्मेवारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हो । उक्त आयोगका प्रमुखले समेत राज्यबाट दोहोरो सुविधा लिएको सुन्नुभन्दा दुखद के हुन सक्छ? केहीअघि आयोगकै एक सदस्यले घुसलिएको स्थापित भएपछि राजीनामा दिएका थिए।

संविधानले स्वच्छ छवि र उच्च नैतिकता भएका व्यक्ति संवैधानिक निकायका पदाधिकारी बनून् भन्ने अपेक्षा गर्छ । तर यस्ता व्यक्ति महत्वपूर्ण जिम्मेवारीमा रहिरहे यहाँको संकल्प के होला प्रधानमन्त्रीज्यू ?

जनताले आस मारिसकेका छैनन् । अझै ओलीले गर्छन् कि भन्ने विश्वास मजस्ता धेरैलाई छ । आगामी दिनमा यो जनविश्वास काममा झल्किन्छ या यसलाई कुल्चिइन्छ, त्यो प्रधानमन्त्रीज्यूमा नै निर्भर गर्नेछ।

–मधुसुदन ओझा

हालः दक्षिण कोरिया

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर