Krishna Bahadur Mahara kantipathnews

१) घटनाको विकासक्रम : २०७६/०६/१२ गते अनलाइन मिडियामा आएका सभामुख कृष्णबहादुर महरासँग जोडिएका यौन सम्बन्धि घटनाहरुले सामाजिक संजाल रंगिए । बाहिरबाट रक्सी खाएर आएको, घरमा आएर पनि थप दुई गिलास रक्सी खाई बलात्कार र कुटपिट समेत गरेको आरोप सहित पिडित महिला संचार माध्यममा आईन । उनिहरुको नियमित सम्पर्क २०४७ सालदेखि भएको कुरा प्राप्त भिडियो मार्फत थाहा पाउन सकिन्छ ।


२) सामाजिक-साँस्कृतिक विश्लेषण : यौनको मामलामा खुलेर बहस नेपाली समाजमा आजपनि हुन सकिरहेको छैन, पहिला यसलाई प्राकृतिक घटनाको रुपमा मात्र हेरिन्थ्यो, यसलाई पछि प्राकृतिक साथसाथै सामाजिक-साँस्कृतिक कोणबाट पनि हेर्न थालियो । तर, यसलाई यतिमात्र हेरेर पुग्छ जस्तो लाग्दैन । यौन सम्बन्धलाई प्राकृतिक-सामाजिक-साँस्कृतिक साथै मनोवैज्ञानिक कोणबाट पनि हेरिनु पर्दछ ।

विवाह इत्तरको सम्बन्ध भएकाले यो निन्दनीय र दण्डनिय त छँदैछ । घरमा श्रीमान नभएको बेला आउनु भन्नुको आशय के हो ? अघिल्लो मंसिरमा पनि यस्तै प्रयास हुँदा घटना गुपचुप किन राखियो ? २०७३ सालमा महिलाले लिखित उजुरी दिँदा पार्टीले महरामाथि छानविन गर्ने तत्परता किन देखाएन ? बाहिरबाट रक्सी खाएर फिटान भएर आएका महरालाई थप दुई ग्लास रक्सी पिलाउनु र एकै ग्लासमा रक्सि खान तयार सम्म हुनुले यसलाई आमन्त्रित बलात्कार भन्न सकिन्छ । कुन बिन्दुमा पुगेर घटना मोडियो र कुटाकुटको अवस्था सृजना भयो, यो छानविनको विषय हो र घटनाको चुरो कुरा चुरोकुरा त्यहि भेटिन्छ ।

अनुसन्धानको सुरुवात यहि बिन्दुबाट गरिनुपर्छ झै लाग्छ । पक्कैपनि वातावरणलाई अगाडि बढाउन महिलाको पनि त्यत्तिकै भुमिका छ जति महराको छ । श्रृङखलाहरु नियाल्दा कतै वार्गेनिङ र ब्ल्याकमेलिङ्ग जोडिएको त छैन आशंका गर्न सकिन्छ ।


३) राजनितीक विश्लेषण : यस्ता प्रकृतिका घटना यो पहिलो र नौलो पक्कै होईन विश्वभरिनै देखिएका यस्ता घटनाक्रम नियाल्दा यी घटनाक्रमको लामो समयदेखि श्रृङखलाबद्ध विकास र आकस्मिक विस्फोट भएको देखिन्छ । यस्ता घटनाबाट सकारात्मक विधिबाट नकारात्मक उद्धेश्य पूरा गर्न प्रतिगामीहरु लागि पर्दछन ।

सार्वभौमसत्ता जनतामा निहित रहेको भनिएको व्यवस्थामा जनतासँग सिधा सम्पर्क भएको प्रतिनिधि सभाका सभामुख नै साँस्कृतिक रुपमा पतित देखिएपछि चौतर्फी आलोचना स्वभाविक छ तर सत्ता पलटको आशा राखेर यो व्यवस्थाको १० गुणा प्रतिगामी व्यवस्थाको वकालत गर्ने, नियत राखेर घटनालाई राजनितीकरण गर्ने मण्डले प्रवृति खेदजनक छ । अन्ततः निर्दोष नफसुन, दोषि नछुटुन ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर