tealaya add

 

prem kantipathnews

मञ्चला झा: दुई महिनाअघि एकजना पत्रकार बहिनीसितको भेटमा उनमा मानसिक विचलन भएको पाएँ । कारण घोत्लिन खोज्दा थाहा भयो उनी प्रेममा धोका खाएकी रहेछिन् । विगत पााच वर्षदेखि प्रगाढ प्रेम गर्दै आएकी ती बहिनीले जुन प्रेमी साथीलाई आफ्नो तन मन दुवै समर्पिेत गरेकी थिइन् त्यसको कुनै अन्य केटीसितसमेत सम्बन्ध रहेछ र त्यसले उसित विवाह गर्न लागेकोे छ ।

यो कुराले ती पत्रकार बहिनीको मन मस्तिष्कमाथि ठूलो आघात पुगेको रहेछ । प्रेममा असफल भएर नैराश्य हुनु, एक्लोपन महसुस गर्नु र बााच्ने आशा नै छोड्नुजस्ता घटना आजको परिवेशमा सामान्य हुादै गइरहेको छ । प्रेमको नाममा बढ्दै गइरहेको यस्तो विकृतिले ’प्रेम’ शब्दको महत्त्वलाई नै धूमिल पार्दै गइरहेको छ ।

बारम्बार प्रश्न उठ्ने गर्छ, आखिर के हो यो प्रेम ? कसैको बुझाइमा प्रेम दुई आत्माको मिलन हो । कोही प्रेमलाई सम्बन्धको बन्धनसित दााज्न खोजेका छन् भने कोही प्रेमलाई केवल अनुभूतिको संज्ञा दिएका छन् । कसैको दृष्टिमा प्रेम शाश्वत् चिज हो, जो कहिलै मर्दैन । प्रेमको अर्थलाई जति बुझन खोज्यो, त्यति नै अबुझ शब्द हो प्रेम । वास्तवमा प्रेमको अर्थलाई कुनै परिभाषामा बााध्न खोज्नु प्रेमको अवमूल्यन गर्नु हो । म तिमीलाई औधि माया गर्छु, तिमीविना बााच्न सक्दिनँजस्ता सस्ता शब्दावलीहरू प्रेमलाई प्रकट गर्ने साधन हुन सक्छन्, साध्य हुन सक्दैनन् ।

साँचो प्रेम मौन हुन्छ र व्यवहारमा मात्र झल्किन्छ । कोही कसैसित, कति प्रेम गर्छ, यसको कुनै लेखाजोखा हुन सक्दैन । त्यसैले प्रेमको परिभाषा खोज्नुभन्दा पनि यसका विभिन्न स्वरूपलाई बुझ्नु आवश्यक छ ।

प्रेम केवल प्रेम : अर्थात् प्रेम नै

प्रेम । जब दुई विपरीतलिंगीबीच सामीप्य बढ्दै जान्छ अनि एक अर्काको व्यक्तित्व, सौन्दर्य, विचार र व्यवहारले आकर्षण उत्पन्न गर्छ । र यो आकर्षण प्रेममा परिवर्तित भएर जान्छ । एकअर्काको पीडालाई अनुभूत गर्ने, एकअर्काेबिना जीवनलाई अपूर्ण ठान्ने, एकअर्काका निम्ति त्याग र समर्पण गर्ने प्रेमको यस्तो स्वरूपमा कामवासनाको कुनै गन्ध हुाँदैन । अंग्रेजीमा यस्तो प्रेमलार्ई प्लाटोनिक लभ भनिन्छ । राधा कृष्णको प्रेम यसको उदाहरण हुन सक्छ ।

आधुनिक समाज पनि काम वासनाबिनाको पे्रमको कैयौं उदाहरण भेटाउन सकिन्छ । जुनसुकै उमेर, विवाहित, अविवाहित जोसुकैबीच पनि यस्तो प्रेम स्थापित हुन सक्छ । यस्तो किसिमको प्रेम आत्मीयतामा आधारित भएकाले जीवनपर्यन्त चलिरहन्छ र यसमा धोकाधडी अथवा असफल हुने सम्भावना न्यून प्रतिशत मात्र हुन्छ । प्रेमको यो स्वरूपमा जो भिज्न पाएको छ, उसले सम्पूर्ण संसारलाई नै प्रेममय देख्छ ।

प्रेम र यौन : प्रेम आत्माको भोजन हो भने यौन शरीरको । जब प्रेम गहिरिँदै चरमोत्कर्षमा पुग्छ अनि दुई आत्मा र शरीरको मिलन हुन पुग्छ । जब प्रेम र यौन आफ्नो स्वाभाविक दिशामा बहन पाउादैनन् तब अनेक विकृति पैदा हुन्छन् । त्यसैले प्रेमलाई प्रगाढता प्रदान गर्न यौन स्वाभाविक प्रक्रिया हुन जान्छ । तर प्रेमपछिको यौनलाई जति मर्या्दित राख्न सक्यो, प्रेममा त्यति नै सुन्दरता र निखार आउादै जान्छ । यस्तो प्रकारको प्रेमले व्यक्तिलाई सिर्जनशील बनाउनुका साथै उन्नतितिर उकास्न उत्प्रेरित गर्छ । सायद त्यसैले होला ओशोले भनेका छन्, ’ही फेल इन लभ, होइन ही रेज इन लभ’ भन्नुपर्छ ।

अर्थात् प्रेममा कोही खस्दैन बरु माथितिर उठ्दै जान्छ । प्रेम र यौनको योगले केवल सन्तान जन्माउादैन, अनेकानेक प्रकारका सिर्जना पनि जन्माउँछ । प्रेमलाई अनुभूत गर्ने र यसको गहिराइमा डुब्ने प्रेमीजनका निम्ति यो संसार नै प्रेममयी देखिन थाल्छ ।

संसारमा सबभन्दा बढी प्रचलनमा देखिएको यो प्रेमको स्वरूप पूर्णतः भावनात्मक हुन्छ । त्यसैले प्रेमको यो स्वरूपमा एकअर्काको भावनाको सबभन्दा बढी ख्याल राख्नुपर्ने हुन्छ । प्रेमको यो स्वरूप पटकपटक टुटेको जस्तो देखिए पनि सााचो प्रेममा जुट्ने सम्भावना पनि त्यति नै हुन्छ ।

हिन्दी कवि रहिमले भनेका छन्, ’रहिमन धागा प्रेम के टुटै, जुटै सौ बार ।’ यस्तो प्रकारको प्रेम प्रायः यौवनावस्थामा सुरु हुनाले पछि प्रेम विवाहमा परिणत भयो भने सामाजिक दृष्टिले सफल प्रेम मानिन्छ । तर जससित प्रेम हुन्छ, त्यसैसित विवाह हुन्छ भन्ने आवश्यक छैन । किनभने प्रेम र विवाह दुई फरक चिज हुन्, जसले यस यथार्थलाई बुझेको छ, त्यस्ता प्रेमीजन छुटेर पनि प्रेमलाई अनुभूत जीवनपर्यन्त रमाइरहेका हुन्छन् ।

यौन र प्रेम : सुन्दा अनौठो लाग्ने पहिला यौन अनि प्रेम । तर हाम्रो समाजमा सबभन्दा बढी प्रचलित प्रेमको भरपर्दाे र दीर्घकालीन स्वरूप हो यो । यतिखेर पनि हाम्रो समाजमा करिब ८५ प्रतिशतभन्दा बढी मागी विवाह गर्ने चलन छ । यस्तो वैवाहिक जीवनमा बााध्नुअघि विपरीत लिंगी साथीसित न त कुनै खास परिचय भएको हुन्छ न प्रेम नै । तर वैवाहिक सूत्रमा बााध्नेबितिक्कै पहिला सुरु हुन्छ, यौन ।

यही यौन सम्बन्धले बिस्तारै दाम्पत्य बीचमा प्रेम बढाउँदै जान्छ । आपसी सम्झौता र विश्वासमा आधारित यौन र प्रेमको यो स्वरूप जीवनपर्यन्त चलिरहन्छ । प्रेमको यो स्वरूपले सन्तान उत्पन्न गराउने र गृहस्थ जीवनलाई पूर्णता प्रदान गर्छ । यौन र प्रेमको यस सम्बन्धमा व्यक्ति आफ्नो खुसीभन्दा पनि सामाजिक बन्धन र मर्यादाप्रति बढी सचेत रहेको देखिन्छ । कुनै कारणवश सम्झदारी मिल्न नसकेर सम्बन्धविच्छेद हुनु यौन र प्रेम सम्बन्धको अपवाद हो । यौन र प्रेमको यस्तो सम्बन्धमा यतिखेरको समाजमा पनि सम्बन्धविच्छेदको घटना बिरलै मात्र देखिन्छ ।

प्रेमविहीन यौन : यस्तो यौन जसमा कतै प्रेमको कुनै लेशमात्र पनि हुादैन । प्रेमले अतृप्त, कामवासनाका भोका र भौतिक सुख शयललाई नै सर्वाेपरि ठान्ने विलासीहरू प्रेमबिनाको यौनमा नै रमाइरहेका हुन्छन् । यस्तो सम्बन्ध कुनै एक महिला या पुरुषसित मात्र सीमित नभएर एक, दुईभन्दा बढीसित पनि स्थापित हुन सक्छ । किनभने यौन सस्तो हुन सक्छ तर प्रेम अनमोल हुन्छ । यौनको सौदा हुन्छ तर प्रेम कहिले पनि बिक्दैन । जसको आत्मा प्रेमले तृप्त छ र जसले यो भौतिक शरीरको रहस्यलाई बुझिसकेको छ, त्यस्ता प्रेमीजन यस्तो सम्बन्धलाई अंगीकार गर्न सक्दैनन् ।

अहिलेको आधुनिक समाज प्रेमविहीन यौनतिर सबभन्दा बढी भौंतारिएको देखिन्छ । अमर्या्दित तवरले अपनाउने प्रेमबिनाको यस यौन सम्बन्धले नै आज समाजमा अनेकानेक विकृति उत्पन्न गरिरहेको छ ।

कल्पना र प्रेम : यस्तो प्रेम जसमा दुई विपरीत लिंगी एक अर्कालाई कल्पनामै प्रेम गर्छन् र प्रेमलाई अनुभूत गरी यौन गर्ने गर्छन् । विशेश्वरप्रसाद कोइरालार्को सुम्निामामा यस्तै प्रेमको स्वरूप देखिन्छ । सोमदत सुम्निमाकै कल्पना गरी पत्नीसित यौन गर्छ र अन्ततः सन्तान सुख प्राप्त गर्न सफल हुन्छ । यस्तो प्रेम दुईतिरैबाट हुन्छ भन्ने छैन । भवानी भिक्षुको त्यो फेरि र्फकलाकी पात्र सानी पहिलो भेटमै यात्रीलाई चाहन थाल्छिन् र १५ वर्षसम्म ती यात्रीको प्रेमको कल्पनामा नै बिताउँछिन् । तर प्रत्युत्तरमा तिमी त बूढी भइसक्यौ नि ? सुनेर उनको सारा सपना क्षणभरमै चकनाचुर हुन्छ ।

प्रेम र विवाह

प्रेम र विवाह विल्कुलै भिन्न कुरा हुन् । प्रेम भनेको भावनाको मिलन हो भने विवाह सामाजिक मिलन । कतिपयले त विवाहलाई मिलन भन्दा पनि सम्झौता भन्ने गर्दछन् । पछिल्लो समय अधिकांश प्रेमसम्बन्धहरु विवाहमा परिणत भैरहेका छन् । विवाहमा परिणत भएका यी प्रेम कहानीहरु सामाजिक दृष्टिमा सुन्दर पनि लाग्दछन् । तर प्रेम जस्तो स्वतस्फूर्त विषयलाई विवाह जस्तो सम्झौतामा परिणत गर्दा प्रेम कति बाँच्दछ र कति मर्दछ भन्ने विषयमा चाहिँ कसैले पनि विचार गरेको पाइँदैन । के विवाहपछि पनि विवाह अगाडिको स्वच्छन्द प्रेम बाँचिरहन्छ त ? प्रेम र यौनका गुरु भनेर कहलिएका ओशो भन्छन्– ‘प्रेम जीवन्त हुन्छ विवाह मृत ।’ उनका अनुसार विवाहपछिको जीवनमा प्रेमको लास मात्र बाँकी रहन्छ । लासहरु बीच जीवन्तता खोज्नु नै मूर्खता हो । उनको दाबी यो पनि छ कि प्रेमिका जीवन्त हुन्छे, पत्नी मृत हुन्छे ।

ओशोको भनाइ जतिसुकै अप्रिय लागे पनि यसमा सत्यताको अंश छ । ‘मान्छे स्वतन्त्र जन्मन्छ र पछि ऊ बन्धनमा पर्दछ’ भन्ने दार्शनिक रुसोको भनाइ कतै लागू हुन्छ भने त्यो सबैभन्दा बढी वैवाहिक जीवनमा लागू हुन्छ । हिन्दूू संस्कारमा त विवाहलाई ‘विवाह बन्धन’ भन्ने पनि गरिन्छ । प्रेमी¬–प्रेमिकाबाट पति–पत्नी भएपछि कुनै न कुनै रुपमा एक अर्काप्रतिको कर्तव्यको बन्धनमा बाँधिनु परेकोले नै बन्धन भनिएको हो । विवाहलाई एक प्रकारको खुला कारागार ठान्नेहरु पनि प्रसस्तै छन् । विवाह पछाडि आफूले चाहेजस्तो प्राकृतिक जीवन बाँच्न नपाइने हुनाले विवाह अगाडि नै गर्नुपर्ने जति गरी सकेर मात्र विवाह गर्ने भनेर ढिलो विवाह गर्नेेहरु पनि पछिल्लो समयमा बढिरहेका छन् । ओशो त विवाहलाई कृत्रिम संस्थाको संज्ञा नै दिन्छन् ।

विवाहपूर्वको प्रेममा समान हैसियतमा रहेका दुई व्यक्ति विवाहपश्चात् फरक फरक भूमिकामा पुग्दछन् । भूमिका फरक हुन्छ भने व्यवहार पनि फरक हुनु स्वभाविकै हो । विवाह अगाडि मनोवैज्ञानिक धरातलमा एकअर्कालाई स्वच्छन्द प्रेम गरिरहेका प्रेमी–पे्रमिका जब पति–पत्नीमा परिणत हुन्छन्, तब व्यवहार पनि प्रेमी–प्रेमिकाको होइन पति–पत्नीकै हुन्छ । हाम्रै समाज सापेक्षतामा हेर्ने हो भने पनि विवाहपश्चात पति मालिक बन्छ पत्नी वस्तु बन्छे । अनि मालिकको इच्छा पूरा गरिदिनु वस्तुको कर्तव्य हुन्छ । प्रेम गर्नेहरु पे्रमी–प्रेमिका नरहेर मालिक र वस्तुमा परिणत हुन्छन् भने त्यहाँ प्रेम नै कहाँ बाँकी रहन्छ र ?

विवाहपूर्वको प्रेम खुला गगनका उड्ने स्वच्छन्द पन्छी हो भने विवाहपश्चातको प्रेम पिँजडामा जकडिएको पन्छीजस्तै हो । पिँजडामा जकडिएको पन्छी पनि पन्छी नै भए पनि उसले पन्छीले जस्तो गरी कहाँ नै बाँच्न पाएको छ र ? पिँजडामा कँुजिएको पन्छी जसरी पन्छीजस्तो भएर बाँच्न पाएको हुँदैन विवाहपश्चात् प्रेमका अवशेषहरु बाँकी नै रहे पनि त्यो कर्तव्यको भारीले थिचिएर टाक्सिएको हुन्छ । यसैले विवाहपछिको प्रेम एउटा सम्झौता मात्र हो । तर प्रेमको गुण सम्झौता होइन, स्वतस्फूर्त बग्नु हो । पोखरीको पानी जस्तो बारिएर बस्न चाहँदैन प्रेम, नदीको पानी जस्तो बहन चाहन्छ । 

विवाहपछिको प्रेम
नेपाली समाज पूर्वीय धर्म, संस्कृति र परम्परामा आधारित छ । पश्चिमा संस्कृतिमा झैँ प्रेमको मामिलामा हाम्रो समाज त्यति पूर्ण उदार छैन । हाम्रो समाज भन्छ– ‘विवाहपश्चात् पतिले पत्नीलाई र पत्नीले पतिलाई मात्र प्रेम गर ।’ विवाहपश्चात्को परपुरुष वा परस्त्री प्रेमलाई हाम्रो समाज पचाउँदैन । सामाजिक आँखाले हेर्दा विवाहपश्चात्को परपुरुष स्त्री प्रेम अनैतिक देखिन्छ । कारण, यसले सामाजिक मूल्य मान्यतालाई ध्वस्त पारिरहेको छ । प्रेम गर्नेहरु कर्तव्यविमुख भैदिँदा वा उत्छृङ्खल हुन पुग्दा समाजको नकारात्मक धारणालाई अन्यथा मान्न पनि सकिँदैन ।

तर हाम्रो सामाजिक मान्यतालाई थाँति राखेर सोच्दा विवाहपछिको प्रेम पनि स्वाभाविक ठहर्छ । विवाहपछि पतिले पत्नीलाई र पत्नीले पतिलाई मात्र माया गर्नुपर्छ भन्ने कुरा सामाजिक रुपमा जति प्रिय लाग्छ, मनोवैज्ञानिक आँखामा त्यत्तिकै अप्राकृतिक पनि देखिन्छ । प्रेम गर्न मनको आकर्षण चाहिन्छ । कोही व्यक्तिबीच मनको आकर्षण छैन, चाहे त्यो पति पत्नी नै किन नहोस् भने त्यहाँ करुणा र दयाको प्रेम त बाँकी रहला तर भावनात्मक प्रेम बाँकी रहन्न । भावनाको प्रेम भनेको जोसँग मनको आकर्षण हुन्छ त्यहीसँग हुने कुरा हो ।

यसकारण पति वा पत्नी दुवैले आफ्नो पति–पत्नीबाट प्रेम प्राप्त गर्नको लागि आफ्नो विवाहको लाइसेन्स तेस्र्याएर अधिकार खोजेर हुँदैन भावनात्मक मायाले एक अर्कालाई जित्न सक्नुपर्दछ ।
प्रेमका विश्लेषकहरु भन्छन्– ‘प्रेम भनेको सम्बन्ध होइन, मनस्थिति हो ।’ कसैले तोकिदिएको व्यक्तिसँग सम्बन्ध त होला तर प्रेम हुन सक्तैन, किनभने समाजले तोकिदिएको व्यक्तिसँग आफ्नो मन नजोडिन सक्तछ । प्रेम बुद्धिको विषय होइन, जसले दिमागले काम गरोस् । प्रेम त हृदयको विषय हो । प्रेम सामाजिक नियमलाई मान्दैन यसले न त विज्ञानका

तर्क र प्रमाणहरुलाई नै स्थान दिन्छ । हृदयको विषय भएकाले प्रेम निर्वन्धन बगिरहन्छ जताततै । भन्ने गरिन्छ– ‘प्रेम गर्ने मन अराजक हुन्छ ।’
जसरी खुला गगनमा स्वच्छन्द उडिरहेको पन्छीको लागि उड्न पाउने सीमारेखा तोक्न सकिन्न, त्यसैगरी प्रेम अमूक व्यक्तिसँग मात्र गर्नुपर्छ भनेर सीमारेखामा बाँध्न सकिन्न । प्रेम चेतनमाथि अचेतनको विजय हो । मान्छेको नब्बे प्रतिशत मन अचेतन र बाँकी दश प्रतिशत मन चेतन मन हो । नब्बे प्रतिशतको मनको अराजक वेगलाई दश प्रतिशत मनको नैतिकताको पर्खालले कहाँ रोक्न सक्तछ र ? यसैले अचेतन मन बन्धनहीन हुन्छ, बन्धनहीन मनले जोसँग पनि प्रेम गर्न सक्तछ । त्यसैले त सामाजिक आँखाले हेर्नेहरु ‘प्रेम अन्धो हुन्छ’ भन्छन् ।

प्रेम र समाज
प्रेम के हो भन्ने विषयमा हरेक समाजका आ–आफ्नै धारणाहरु छन् । कुनै समाज प्रेमप्रति उदार हुन्छ र कुनै समाज अनुदार । हाम्रो समाज प्रेमप्रति मिश्रित धारणा राख्दछ । कुनै समय थियो प्रेम गर्नुलाई उत्ताउलोपनाको संज्ञा दिइन्थ्यो । प्रेम विवाह गर्नेलाई ‘पोइल गएको’ भन्ने पुस्ताको अवशेष अझै बाँकी छ । नवपुस्ताले प्रेम विवाहलाई ‘पोइल गएको’ भन्न त छोड्यो तर पनि प्रेमलाई हेर्ने आँखा भने सामजिक नै छ । कुनै व्यक्तिले कसैसँग प्रेम गर्यो भने कोसँग प्रेम गर्यो ? कस्तो मान्छेसँग प्रेम गर्यो ? प्रेम गरेको मान्छे कति धनी हो ? प्रेम गरेको मान्छे प्रतिष्ठित हो कि होइन ? आदि जस्ता प्रश्नहरु अझै पनि उठिरहेका छन् । तर मन त्यस्तो यन्त्र होइन जसले समाजले तोकिदिएको प्रतिष्ठित र धनी मान्छेसँग प्रेम गरोस् । मनले त त्योसँग प्रेम गर्दछ जोसँग मनको निकटता हुन्छ । धन, प्रतिष्ठा र पद त मनका विषय नै होइनन् मात्र समाजका विषय हुन् । यसकारण प्रेम समाजिक विषय होइन मनोवैज्ञानिक विषय हो भनेर स्वीकार गर्ने हो भने प्रेमलाई मनोवैज्ञानिक आँखाले नै हेर्नुपर्दछ । सामाजिक बन्धनमा प्रेम टाक्सिन्छ । मनोवैज्ञानिक धरातल नै प्रेमको लागि उर्वर भूमि हो । 

प्रेम र समाज न छुट्याउन सकिने न मिलाउन सकिने जस्ता विषय छन् । प्रेम सामाजिक मान्छेले नै गर्ने भए पनि प्रेमको महासागरमा डुब्दै गएपछि त्यो सामाजिक मान्छे पनि मनोवैज्ञानिक मान्छे बन्दछ र समाजलाई पूर्णतः भुलिदिन्छ । प्रेमलाई सामाजिक धरातलमा न्याय नमिल्ने भएकाले नै प्रेमिप्रेमिकाहरु समाजलाई भुल्ने गर्दछन् । हाम्रो जस्तो सामाजिक आँखाले त प्रेमलाई चिन्नै सक्तैैन । यसैले हाम्रो समाज प्रेमको साधक होइन बरु बाधक हो । 

प्रेमलाई सामाजिक होइन भनेपछि एउटा प्रश्न चाहिँ अवश्य जन्मन्छ । के प्रेम स्वच्छन्द हो भने जसले जहाँ जोसँग पनि प्रेम गर्न सक्तछ त ? यो प्रश्नको उत्तर त्यति सरल छैन तर असम्भव पनि छैन । हरेक मान्छेमा प्रेम तत्व छ र त्यो तत्व अर्को त्यस्तै तत्वगत निकटता भएको मान्छेसँगको भावनात्मक अनुभूतिले मात्र व्युँझन्छ, न कि समाजले तोकिदिएको मान्छेसँग ब्यूँझियोस् । एउटा व्यक्तिको शरीरलाई अर्को व्यक्तिको शरीरसँग निकट हुन वा टाढा रहन बाध्य पार्न वा बन्देज लगाउन सकिएला तर के उनीहरुको बीचको मनलाई बन्देज लगाउन सकिएला र ? सकिँदैन । बन्देजका जतिसुकै बलिया समाजिक पर्खाल भए पनि मनले तोडिदिन्छ । मान्छेको अवचेतन मन समाजको त कुरै छाडौँ स्वयम् आफ्नो वशमा समेत हुँदैन । तब मनमाथि बन्देज किन ? बन्देजले संसारमा प्रेम रोकिएको छ र ? मात्र वियोगान्त भएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...