Mamata KANTIPATHNEWSममता अधिकारी । जब एउटा भर्खर जन्मेको बच्चा कराउने वा रुवाउने अवस्थालाई स्वास्थ्यको दृष्टिकोणले उत्तम मानिन्छ । बच्चा जन्मदा ऊ रुन्छ, कराउँछ भने ऊ स्वत ढङ्गबाट तन्दुरुस्त हुन्छ । उसको शरिरमा तरङ्ग पैदा हुने गर्छ, रक्तसञ्चार सबल ढङ्गले हुने गर्दछ । यसकारण शरिर तन्दुरुस्त राख्नका निम्ति पनि रुन, कराउन आवश्ययक छ । भन्नुको अर्थ विद्यार्थी आन्दोलन पनि यस्तै अवस्थाको आवश्यकताको चरणमा देखा पर्ने एउटा ठोस रुप हो । समाज विकासको क्रममा पनि त्यस्तै अवस्थाहरु देखा पर्दछन् । 

जब एउटा समाजको निर्माण भयो, तब समाज पूर्ण ढङ्गले सवल र सक्षम थिएन । जसलाई रुपान्तरण गर्न शिक्षाको भूमिका अतुलनिय हन्छ । जहाँ शिक्षा प्रणाली राम्रो छ, त्यहाँको समाज आज विकसित भएको छ । जुन शिक्षा प्रणाली परिवर्तनका लागि विद्यार्थी आन्दोलनले ठुलो भुमिका खेलेको हुन्छ र त्यो इतिहाँस पनि साँक्षी छ । विद्यार्थीले फरक फरक समयमा फरक फरक परिवेशमा सञ्चालन गरेका शैक्षिक आन्दोलनले समाजमा रहेको शिक्षा प्रणालीलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेका दृष्टान्तहरु हामी माझ जगजाहेर नै छन् ।

नेपालको सन्दर्भमा २००७ देखि निरंङ्कुश राणा शाासनका बिरुद्धको आन्दोलन देखि २०६२/०६३ को १० वर्षिय जनयुद्धको जगमा भएको जनआन्दोलन सम्मको अवस्था सम्म आन्दोलनको अग्रीम मार्चा विद्यार्थीहरुबाट नै समालेको भएको देखिन्छ । विद्यार्थी आन्दोलनका कारण नेपालको शिक्षा प्रणालीमा क्रमिक रुपमा सुधार हुदै आएको छ । विभिन्न खाले विद्यार्थी आन्दोलनले गर्दा नेपालको सामाजिक, आर्थिक रुपान्तरणमा महत्वपुर्ण प्रभाव परेको छ ।

विद्यार्थी आन्दोलनका मुद्धाहरु विद्यार्थीहरुको हकहित, वैज्ञानिक शिक्षा प्रणालीको विकास सामाजिक रुपान्तरणको अभियान जस्ता उल्लेखनिय कामहरुको व्यवहारिक रुपमा अझै कार्यान्वयन हुन सकेको छैन । २००४ सालमा जनताका छोराछोरीहरुले पढ्न पाउनुपर्छ भन्दै जयतु संस्कृतम् आन्दोलन राणाहरुको विरुद्धमा भएको थियो । जुनबेला दरबारीयाहरुले मात्र पढ्न, लेख्न पाउने अवस्थाको ब्यबस्था मात्रै थियो । त्यसैगरी २००७ सालको निरंङ्कुश राणाशासन विरोधी आन्दोलनमा पनि विद्यार्थीहरुको अगुवाइमा महत्वपुर्ण भूमिका खेलेको थियो ।

२००७ सालमा भएको राजा, राणा र काङग्रेस विच भएको दिल्ली सम्झौता जनताको हित विपरित छ भन्दै विद्यार्थी आन्दोलनमा “चिजियामान काजी श्रेष्ठ” सहिद भएका थिए । २००७ साल, २०३६ साल हुँदै २०४६ सालको बहुदलीय व्यबस्थाकोे आन्दोलनलाई स्थापित गरेका थिए । तर पनि अधिकार भने अनुसार नभएपछि पुनः वहुदलिय व्यवस्थाका विरुद्ध २०६२/०६३ सालको गणतन्त्र प्राप्त गर्ने जनाआन्दोलनमा पनि विद्यार्थीहरुको भूमिका अतुलनिय रहेकोछ ।

उक्त आन्दोलनका कारण नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । जसको केही मात्रामा श्रेय विद्यार्थी आन्दोलनलाई नै जाने गरेको छ । अबको आन्दोलन निर्वाहमुखी जीवनस्तर भन्दा पनि समाजलाई आर्थिक रुपान्तरण गर्ने र वैज्ञानिक समाजवादी राजनीतिक अर्थ व्यवस्थाको आधारमा तय हुनुपर्छ । त्यस संगै शिक्षा प्रणाली पनि अव्यवहारीक र अवैज्ञानिक ठाँउ वाट वैज्ञानिक तथा व्यवहारीक हुनु पर्छ । त्यस्तो शिक्षा प्रणाली स्थापना गर्नका लागि विद्यार्थीहरुले आन्दोलन गर्न अझै पनि जरुरी देखिन्छ ।

निर्वाहमुखी अर्थ व्यवस्थालाई विस्थापित गरी सामाजिक, आर्थिक समृद्धिलाई स्थापित गर्ने शिक्षा प्रणालीको विकासका लागि विद्यार्थी आन्दोलन हुनु पर्दछ । यसमा शिक्षा प्रणालीलाई विभिन्न चरणमा वर्गिकरण गरी सरकारले शिक्षा क्षेत्रमा लगानी गर्र्नुु पर्दछ । आधारभुत शिक्षा, मध्यम शिक्षा र उच्च शिक्षा गरी वर्गिकरण गर्नु पर्दछ ।

आभारभुत शिक्षा

मानिसले अक्षर चिन्ने देखि बुझ्ने सम्मको शिक्षाको अबस्थालाई आधारभुत शिक्षाको रुपमा लिन सकिन्छ । यस अन्र्तगत कक्षा १ देखि १० सम्मको शिक्षालाई लिनु पर्दछ । जसमा मानिसलाई सामान्य देखि जटिल कुराहरु सम्म बुझ्ने अवस्थाको सृजना गर्नु पर्दछ । यस प्रकारको शिक्षाको लागि सरकारले लगानीको कुरामा विशेष ध्यान दिनु पर्दछ । प्रारम्भमा मानिसलाई के बनाउने, कस्तो बनाउने भन्ने कुराको निर्धारण यस तहको शिक्षा प्रणालीले गर्दछ ।

मध्यम शिक्षा

यो शिक्षा प्रणाली अत्यन्त जरुरी तथा आवश्यक शिक्षाको तह हो । जसले भोलिको प्रतिफलका निम्ति र समग्र देश विकासको तहमा अत्यावश्यक जनशक्ति उत्पादन गर्ने शिक्षा तहको रुपमा विकास गर्दै लग्नु पर्दछ । जस अन्तर्गत यसमा अन्य आर्दशबादी ज्ञान भन्दा पनि व्यवसायिक शिक्षाको रुपमा स्थापित गर्नुपर्दछ ।

यो प्रत्यक्ष सम्बन्धित क्षेत्रमा काम गर्ने जनशक्तिको रुपमा स्थापित गरिनु पर्दछ । अबको प्राविधिक शिक्षा उत्पादन कार्यसँग प्रत्यक्ष रुपमा संलग्न भएर कार्य गर्ने अवस्थाको सिर्जना सरकार द्धारा हुनु पर्दछ । जसले गर्दा देशमा उत्पादन अधिकतम् रुपमा विकास भई देशलाई आर्थिक समृद्धिको मार्गमा अगाडि लिन महत्वपुर्ण भुमिका रहन्छ । जस्तै – तत्कालिन अवस्थामा नेपालमा आर्थिक रुपमा रुपान्तरण गर्नका निम्ति कृषि नै उत्तम भएको हुँदा उक्त क्षेत्रमा बढि भन्दा बढि कृषि प्राविधिक जनशक्ति उत्पादन गरी कृषि क्षेत्रलाई विकसित रुपमा लैजानु पर्दछ ।

यसको प्रत्यक्ष फाइदा कृषक वर्ग वा मजदुर वर्गलाई पुग्ने र स्वरोजगारको अवस्था सिर्जना भई वैदेशिक रोजगारमा जाने युवाहरुलाई रोकावट गर्ने शिक्षा हुन्छ । त्यसैगरी साना तथा मझौला उद्योगहरु निमार्ण गर्ने शिक्षा प्रणालीको विकास यसै तहबाट गरिदिनु पर्दछ । उक्त क्षेत्रमा सरकार मार्फत अधिकतम लगानी गरिनुपर्दछ । यो शिक्षा प्रणाली प्रत्यक्ष आर्थिक समृद्धिका निम्ति जोडिएको शिक्षा प्रणाली भएको हुँदा सरकारको संलग्नता बढि मात्रामा रहनु पर्दछ । यस्तो खाले जनशक्ति देशमा धेरै भन्दा धरै मात्रामा उत्पादन गरिनु पर्छ ।

उच्च शिक्षा

उच्च शिक्षाले समाजलाई दिशाबोध गर्ने कार्य गर्दछ । यस अन्तर्गत विभिन्न ज्ञान गुनका कुराहरुको छलफल गर्ने, ज्ञान प्राप्त गर्ने, विद्यावारिधि प्राप्त गर्ने हुँदा यसमा थोरै जनशक्ति उत्पादन हुने गर्दछ । जसले गर्दा सामाजिक रुपान्तरणमा उल्लेखनिय भूमिका खेलेको भए पनि यस्तो जनशक्ति कम मात्रामा उत्पादन हुने हुँदा यस प्रकारको शिक्षा प्रणालीमा सरकारले लगानी न्युनतम मात्रामा गर्नु पर्दछ ।

माथि उल्लेखित शिक्षा प्रणाली नेपालको सन्दर्भमा सुहाउदो वैज्ञानिक शिक्षा प्रणालीका रुपमा लिन सकिन्छ । अबको विद्यार्थी आन्दोलन उक्त शिक्षा प्रणाली स्थापित गर्नका निम्ति हुनु पर्दछ । यसर्थ बुर्जवा शिक्षा प्रणाली भन्दा पनि वैज्ञानिक शिक्षा प्रणाली स्थापनाको लागि विद्यार्थीहरुका आवाजहरु बुलन्द हुन जरुरी छ ।

अबको विद्यार्थी आन्दोलनको प्रमुख एजेन्डाको रुपमा रोजगारमुखी शिक्षा प्रणालीको रुपमा विकास गर्नुलाई लिइनु पर्छ । निजिकरण र व्यापारीकरणको अन्त्य हुनुपर्छ । शिक्षा सर्वसुलभ र राज्यको दायित्व भित्र हुनुपर्छ । विकसित राष्ट्रको तुलनामा नेपाललाई पु¥याउनका निम्ति जबसम्म नेपालको शिक्षा प्रणाली परिवर्तन गरी उक्त शिक्षा प्रणालीलाई वैज्ञानिक शिक्षा प्रणालीमा परिबर्तन गर्न सकिदैन तब सम्म हाम्रो देश नेपाल विकसित राष्ट्रहरु सँग तुलना गर्न योग्य हुन सक्दैन ।

निश्कर्ष

अबको शिक्षा प्रणाली व्यवहारिक र बैज्ञानिक हुन पर्छ । त्यसको लागि राज्यसत्ता पनि वैज्ञानिक समाजवादी हुनुपदर्छ । दलाल संसदीय व्यवस्था भित्र वैज्ञानिक शिक्षा प्रणाली पनि हुन सक्दैन । राजनीतिक प्रणाली वैज्ञानिक नहुदा सम्म सामाजिक, साँस्कृति तथा आर्थिक प्रणाली पनि वैज्ञानिक हुदैन । विद्यार्थीहरुको अबको आन्दोलनको प्रमुख लक्ष्य र उद्देश्य पनि यहि हुनु पदर्छ ।

शिक्षा राज्यको मौलिक हक अन्र्तगत पूर्ण निःशुल्क हुनु पर्दछ । शिक्षामा राज्यको लगानी आवश्यक छ । शिक्षा उत्पादन श्रम सँग जोड्नु पर्छ । शिक्षामा निजीकरण, व्यापारीकरण र उदारीकरणको अन्त्य गर्न आवश्यक छ । नेपालको भुगोल, प्राकृतिक श्रोत साधनको समुचित प्रयोग हुने दक्ष जनशक्ति उत्पादनका लागि देशको विकास हुने खालको पाठ्यक्रमको निर्माणामा सबैको ध्यान जान र सो कुरालाई ब्यबहारमा लागु गर्नु आजको टट्कारो आवश्यकता हो ।

(लेखक ममता अधिकारी, विद्यार्थी  नेत्री तथा छात्रा एकता समाज मध्यपश्चिम बिश्वबिद्धालय सुर्खेतकाे अध्यक्ष हुन)

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...