1478958692 banner ad format

 
 

साच्चै मनभरी सुनोैलो सपनाको एउटा तस्विर बोकेर अाजको दिनमा चालिसलाख भन्दा बढि युवा विदेश जानुपरेको बाध्यता मर्म देशका ठुला बढा मान्छे जो सरसरररररर चिल्लो बुलेटप्रुफ गाडीमा हुईकिन्छन रेमिटान्सको चिया गफ संगै श्रमिकको पसिनामा मजा लिईरहेका छन।

ति नेतृत्वतहका प्रमुखहरुले पट्टकै युवाहरुको सहानुभुतीमा अलिकति पनि वास्ता गरेको देखिदैन देशमा बढ्दो राजनीतिक अस्थिरता, रोजगारीको अभाव, लगानीमैत्री वातावारणको अभाव, महँगी, कालोबजारी,घुसखोरी भ्रष्टाचार चोरी,डकैती,काटमार जस्ता समस्याहरु दिनप्रतिदिन बढ्दै गएको छ।र युवा पुस्ताहरु वाकदिक भएका छन त्यसमा पनि बन्दहरताल ले त केहि गरिखाउ भनि गरेका ब्यापारधन्दा हरु पनि चोैपट् भएको छ। अन्तत खाडीनै धाउनु परेको यथार्थताहरु ति नेतृत्व गर्ने प्रमुखका टेवलमा चाङ लागेका छन ।

यस्ता विविध कारणले घरमा चुलो बाल्नकै लागि रोजिरोटिकै लागी  पछिल्लो समयमा वैदेशिक रोजगारी पनि आम नेपाली युवाको पहिलो रोजाइको विकल्पमा पर्ने गरेको छ । गाउँ, टोल, सहर, युवा सुन्य स्थितीमा पुगिसकेको छ प्रत्यक घरका बाबुअामा निरास हुदै  तिनै परदेशि छोराहरुको छटपटीमा पर्खाईमा दिन विताउदै अाउनु भएको छ हरेक  क्षेत्रलाई वैदेशिक रोजगारले प्रभाव पारेको छ । तर त्यसको सिधा असर घरपरिवार र अाफुमा पनि देखिएको छ अहिले  डिप्रेसनको समस्या  घर छाडेका युवापुस्ता र घर परिवारमा रहेका सदस्यहरु बुढाबुढि बा अामा हरुमा पनि अग्र रुपमा देखिएको छ। जति नै समस्या देखिएपनि जानेक्रम यथावत बरु अझ प्रतिदिन बढ्दो क्रममा छ यसले मनरोग मात्र हैन पारिवारिक विखण्डन पनि निम्ताएको छ तर सरोकारवाला भने रेमिटान्सको हिसाब किताबमा मात्र निहित रहेको देखिन्छ निवाकरणका योजना भने सुन्न पनि पाईदैन

युवापुस्ताले  कृषि क्षेत्रमा लामो समयसम्म काम गरे पनि आर्थिक स्तरमा सुधार नआउनु, लगानी अनुरुप उत्पादन नहुनु, उत्पादित वस्तुको उचित मूल्य नपाइनु, बजार ब्यबस्थितकरण नहुनु सिंचाइको अभाव, बीउ बिजन तथा मलको अभाव जस्ता कारणहरुले गाउँमा प्रशस्त जग्गा जमिन भएका युवाहरु पनि वैदेशिक रोजगारमा जान बाध्य देखिन्छ्न् वैदेशिक तर्फ नै अाकर्षित भएका देखिन्छ ।भएका जोस जागरलाई शिथिल बनाई अाफ्नो कमजोरी महशुस गर्दै विकल्प खोज्दै विदेशलागेको देखिन्छ ।

यदाकदा कोहि स्वदेशमै बसेर आफ्नो जीविकोपार्जन गरिरहेकाहरुलाई “यो विदेश नगएर किन नेपालमै हल्लिरहेको होला ?” अब यो विग्रियो संगत गतिलो नभएर खतम बर्बाद नै भयो भन्ने समाजको दृष्टिकोण हुने हुदा झनै ठुलो  मनोरोगले  गाजिरहेको स्थिती श्रृजना भएको छ।

केहि खाडी गएपनि अधिकांश पढेलेखेका शिक्षित युवाहरु पनि अमेरिका, अस्ट्रेलिया, क्यानाडा जस्ता विकसित मुलुकमा कार्यरत छन् । कति नागरिक ती देश जान वर्षौंदेखि प्रयासरत छन् । स्कुलदेखि कलेजसम्म पढ्ने विद्यार्थीहरुमा आफ्नो पढाइमा विश्वास नभएको देखिन्छ । उनीहरु विदेश जानकै लागि स्कुल कलेज धाइरहेको जस्तो छन् । यस्तो प्रवृत्तिले स्वदेशमा बसेर जीविका चलाइरहेका युवाहरुमा हीनताबोधको विकास भएको छ ।अझ अहिलेको परिवेशमा हेर्दा अमेरिका अर्थात कुनै विकसित देशमा जानु स्वर्ग गए जस्तो स्वर्ग नै ठान्नेहरुको संङख्या पनि कमि छैन ।भए भरको जिवनभर खान पुग्ने सम्पती ऋण गरेर विदेश जानुपरेको ब्यथा विगविगी छन करोडोै खर्च गरेर अमेरिका पुगेपछि धेरै अात्माहत्या गरेका घटनाहरु प्रशस्त छन। हेर्दा जति अाकर्षणयुक्त देखिए पनि बास्ताविता भने छुट्टै छ यहि वास्ताविकता नबुझनाले धेरै युवा पुस्ताहरु फसिरहेका छन र अात्माबोध गर्दै पछुताईरहेका छन।

गाउ गाउ सहर बजारमा वर्षेनी च्याउ सरह खुलेका म्यानपावर कम्पनी, शैक्षिक परामर्श केन्द्र हरु प्रशस्त छन यसले झनै युवापुस्ताहरुलाई रनभुल बनाईरहेका छन अलमलमा पारिरहेको छ युवाहरुलाई त्यो ज्ञान हुन्न कि यिनीहरु फाईदाको लागि कमाउनको लुट्नको लागि खोलेका संस्था हुन अझ लेखिएको हुन्छ कि 100% ग्यारेन्टिका साथ नाम निकाल्ने सम्मको भ्रम फैलाईएको हुन्छ अन्तत समयको बरवादि पैसाको सत्यनास  मात्र हुन्छ।

त्यस्ता विज्ञापनमा बेलाबखत गुन्जने  सहजै युरोपियन देश जान सकिने प्याकेज सहितको परामर्शले नेपाली राष्ट्रियताको आवाजलाई गिज्याइरहेको रहेको प्रतित हुन्छ । पढे लेखेका, हातमा उच्च डिग्रीको उपाधि लिएका, सरकारी जागिर खाएकाहरुलाई समेत विदेशको भूत जागेर आउने गर्दछ भने वेरोजगारीहरुलाई त स्वभाविकरुपमा भुत जाग्ने नै भयो ।तर के गर्ने हाम्रा मुलुक हाक्ने युवाहरुलाई एकिकृतगरि अान्दोलमा होम्याउन सिपालु मान्यहरुले बुझिदिदैनन् युवाहरुलाई  लिफ्टा लिस्नु बनाएर अाफु गन्तब्य पुगेपछि तिनै युवा नचिन्ने मान्यहरु पनि त कम छैनन् ।

बर्सेनि खुल्ने अमेरिकन डीभी चिठ्ठामा उच्च शैक्षिक योग्यता भएका युवाहरुको आकर्षण रहेको देखिन्छ । स्वदेशमै केही पेसा व्यवसाय गरे पनि उनीहरुमा विदेश जाने मनसुवा कायमै रहन्छ । पराष्ट्र मन्त्रालय, जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासनमा राहदानी लिनेको भीड देख्दा लाग्छ नेपालमा ठूलै गृह युद्ध चलिरहेको छ र नेपालीहरु जतिसक्दो चाँडो नेपाल छाड्न चाहन्छन् ।

नेपालमा हरेक वर्ष करिब साढे पाँच लाख युवाहरु श्रम बजारमा प्रवेश गर्नेगरेको तथ्याङ्कहरु छन  त्यसमध्ये करिब एक लाखले नेपालमै सानो तिनो रोजगार प्राप्त गर्दछन् भने चार लाख युवाहरु बेरोजगार हुन्छन् । ती बेरोजगार युवाहरुका लागि पहिलो गन्तव्य भनेको वैदेशिक रोजगार नै हो । राज्यसँग पनि तत्काल बेरोजगारी समस्या समाधान गर्ने वैकल्पिक उपाए नभएको कारणले बेरोजगार युवाहरु वैदेशिक रोजगारमा आकर्षित हुनु स्वाभाभिक हो । वैदेशिक रोजगारमा जानेमध्ये अधिकतम युवाहरु अदक्षताको कारण खासै राम्रो कमाइ नहुने तर काम भने  लोकले छाडेको गाह्रो थ्रिडी अर्थात डर्टी,डिफिकल्ट र डेन्जरस गर्नुपर्छ यसकारण उनिहरु बेकारमा विदेश अाईएछ भन्ने खालका तनावहरु लिने गर्छन न त घर फर्किन सकिन्छ न काम गर्ने यस्ता खालको समस्याले ग्रस्त भएपछि  अात्माहत्या सम्म गर्न पुगेका छन।
केहि दक्ष र सीप सिकेर विदेश गएकाहरुले विदेशमा कमाएको र स्वदेशमा सुखको दिन विताएको देखेर अधिकांश नेपाली युवाहरु वैदेशिक रोजगारीमा आकर्षित भएको देखिन्छ उनिहरुको चुरिफुरी साथै विदेशका  सिस्टमका कुरा सुन्दा झन लालाहित हुन्छन ।
अर्कोतिर सामान्य पढेको मान्छेले पनि विदेश गएर प्रशस्त पैसा कमाउने र फूर्तिफार्ती गर्ने तर स्वदेशमा पेशा व्यवसाय वा जागिर गर्नेले दसौँ वर्ष काम गर्दा पनि उसको आर्थिक अवस्थामा खासै सुधार नआउने नेपालको वर्तमान अवस्थाले सानै उमेरदेखि “पढेर वा स्वदेशमा भन्दा विदेश गएर पैसा कमाउन सकिन्छ” भन्ने मनोविज्ञान स्कुले बालबालिकाहरुमा स्थापित भइसकेको छ ।
वैदेशिक रोजगारले अल्पकालमा केही फाइदा पुर्याए जस्तो देखिए पनि दीर्घकालमा यसले देश र जनतालाई नकारात्मक पार्ने र देशलाई नै परनिर्भरतातर्फ धकेल्ने स्थिती अाउन सक्छ पारिवारिक विखण्डन देखि लिएर बालबच्चाहरुमा पनि प्रत्यक्ष असर परिरहेको छ 

अझ विदेशमा हुने दुर्घटनाले त उठिवास पनि भएको छ । घरका एउटा श्रीमान अथवा छोरा अामा बुवाको एक मात्र साहारा दुर्भाग्यवस दुर्घटना हुदाको दर्दनाक पिडाले पुर्ण रुपमा मानसिक असन्तुलन नै ल्याएका घटनाहरु धेरै छन कहि कतै अनोैपचारिक रुपका सन्तुलनको  स्थितीमा अाए पनि सदासदा  विदेशी पात्रहरु स्वदेश फर्कदा बेला बेला मुर्छा पर्ने  गर्छन 

अझ केहि यस्ता यथार्थहरु छन बाबु आमा दुवैजना वैदेशिक रोजगारमा जाँदा छोराछोरीहरुले अभिभावकत्व गुमाएका छन् । वृद्ध बुवाआमा विदेशिएको छोरा वा छोरीको आगमनको बाटो हेर्दै मर्न बाध्य छन् र परदेशिको बेखबर हुदा वा दुर्घटना हुदा त्यस्ता परिवारमा बज्रपात परेको छ र पिरैपिरमा सास फाल्नु परेका धेरै अामाबाबुहरु छन।

निश्चित समयको पावन्दीभित्र बाधिएर अनेक खालका नियम संग सम्झोैता गर्दै अाफ्नो दैनिक कार्य सम्पादन गर्नु त छदैछ त्यसमा पनि अनाहकमा मालिकको गाली खानुपर्दा पक्कै पनि श्रम त बेचियो तर यहाँ स्वाभिमान नै बेचिएझै लाग्छ र त्यो सिधा मस्तिष्कमा गएर ठोकिन्छ र उहि हेला गरेर लत्याएर हिडेको अाफ्नै डाडाँ काडा पहाड भिर पाखा पधेराको पलपल  याद अाई रहन्छ ।

जे जस्तो भएपनि निश्चित समय अबधिको लागि बेचिएर अाए पछि नाई नास्तिको कुरा पट्टकै हुदैन जे हो अादेश सिधा एस उत्तर दिनै पर्ने हुन्छ यदि झुकिएर नो भनियो भने अबश्य नर्कको जिवन जिउनु पर्छ । यहाँ अाफुलाई भन्दा पनि अरुलाई दिएको यातनाले मन मस्तिष्क खलबल हुन्छ त्यति निच ब्यबहार सहनु पर्दाको पिडाले भोग्ने को कुरा छाडोै देख्नेहरु र सुन्नेहरु पनि मनोरोगी हुन्छन ।

 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Celebrity Profiles Narayanagoapal Memorial Day

    नारायणगोपालको २७ औँ स्मृति दिवस

    स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग ...

  • Kantipathnews Nepali Kabita jhalak magar

    कविता : किसान हुन् मेरा बा

    हिँडी रहेथेँ बा का अादिम पाइलाहरु पछ्याँदै सडकका गल्ली गल्ली बा को पातलो पछ्याैरा छेडेर गोरुको काँध जस्तै कालो भएको बा को का ...

  • Kantipathnews Nepali Kabita Bibash babuko

    कविता : म र मेरो माटो

    आफू सृष्टिका लागि योग्य भएपछि नारीले रातो प्रतीक बगाउँछिन् । पहाडले प्रत्येक वर्ष रातो सभ्यता फुलाउँछ । माटोमाथि माटोकै लागि पुर्ख ...

yummyfood