1478958692 banner ad format

 
 

ज्याला लिएर काम गर्ने मानिसहरु सबै मजदुर हुन  यी मजदुरहरुको ३ अधिकारहरु छ त्यो हो (क ) संगठन खोल्न पाउने अधिकार (ख) सेवा सुबिधा लगायतको माग राखी कम्पनीसग सम्बाद गर्ने अधिकार (ग) माग पुरा नगरेमा हड्ताल गर्ने अधिकार  मजदुरका यी  ३ अधिकार अन्तर्गत मजदुरहरुले स्वतन्त्र रुपमा मजदुरकै  निम्ति खोलेको संगठनलाइ मजदुर संगठन (Trade Union)भनिन्छ । यसले मजदुरको हक अधिकार प्राप्तिको बारेमा सचेत गराउने साथै अधिकार प्राप्तिकोलागि परिचालित गराउने काम गर्दछ |

Migrant Workers in South Korea Madhusudhan Ojha 4

कोरियामा बिभिन्न प्रणालीमा (भिषा) लामो समयदेखि बिभिन्न देशको प्रवासी मजदुरहरु आएर मजदुरी गरिरहेको  छन।  कोरियामा प्रवासी मजदुरहरुले पनि आफ्नो अधिकारको उपयोग गर्दै २००५ अप्रिल २४ तारिक प्रवासी मजदुर संगठन (एमटियु )दक्षिण कोरिया  को स्थापना गरेका हुन एमटियुले आफ्नो स्थापनाकालदेखि नै प्रवासी मजदुरको हकअधिकारको सुनिस्चितता, तलब लगायत अन्य सेवासुविधा ,कम्पनीले गर्ने भेदभाब ,इपिएसको  नराम्रो पक्षको सुधार ( स्वतन्त रुपमा कम्पनी परिबर्तन गर्न पाउनु पर्ने ) लगायतको बिषयमा कोरियन सरकारको सम्बन्धि निकायसग संघर्ष गर्दै आइरहेको छ ।

यो प्रवासी मजदुर संगठन (एमटियु दक्षिण कोरिया ) मा कोरियामा कार्यरत सम्पुर्ण प्रवासी मजदुरहरु सदस्य  हुन पाउने छन भने कोरियन नागरिक संगठनको पदाधिकारी हुन  पाउने  छैनन र सरकारबाट कुनै आर्थिक सहयोग लिदैन  एमटियु दक्षिण कोरिया  को मुख्य आय श्रोत सदस्यहरुको शुल्क हो एमटियु दक्षिण कोरिया लाई  गत वर्ष कोरियन सरकारले मान्यता दिएको छ र यो सउल श्रम विभागमा दर्ता भएको छ अब सबै प्रवासी मजदुरले कानुनी रुपमा मजदुर गतिबिधि गर्न पाउने भएका छ्न |

Migrant Workers in South Korea Madhusudhan Ojha 2

एमटियु दक्षिण कोरिया को  हालसम्म सउल ,इन्चन र ख्यंगी क्षेत्रमा मात्र शाखाहरु छन . १. सउल शाखा २. उइजग्बु शाखा ३.सुवन शाखा.४.ओसान शाखा ५.आन्सान शाखा ६ .इन्छन शाखा ७.किम्पो शाखा  ८. फ्यङ्थेक शाखा तर कोरियाको जुनसुकै क्षेत्रमा कार्यरत प्रवासी मजदुरहरु  सदस्य हुन पाउने छन  एमटियु दक्षिण कोरिया  सरकारबाट मान्यता प्राप्त गरि दर्ताहुनकोलागि यसको स्थापनाकालदेखि गरेको लामो संघर्षको चरणहरु निम्न प्रकार छन

१ .  कोरियमा बीना भिषा मजदुरी गरिरहेको प्रवासी मजदुरहरुलाइ मजदुरी भिषा (Working Visa)दिनु पर्छ भन्ने माग राखी नेपाल बंगलादेश लगायत बिभिन्न  देशको एक हजार प्रवासी मजदुरहरु सउल म्यन्दोगको  क्याथोलिक गिर्जा घर अगाडी ३८१ दिन धर्ना बसेको थियो  त्यही धर्नामा सहभागी प्रवासी मजदुरहरुको  नेतृत्वमा सन २००५ अप्रिल २४ तारिक प्रवासी मजदुर संगठन एमटियु  दक्षिण कोरिया को सथापना भएको थियो ।

Migrant Workers in South Korea Madhusudhan Ojha

२.   एमटियु दक्षिण कोरिया लाई दर्ता गर्नकोलागि  २००५ मे ३ तारिक सउल श्रम बिभागमा दर्ता आबेदन बुझाईयो ।

३.  २००५ मे ७ तारिक एमटियु दक्षिण कोरिया को सस्थापक अध्यक्ष अनुवार हुसेन अध्यागमन प्रहरिद्वारा पक्राउ ।

४.  २००५ जुन ३ मा एमटियुको सदस्यहरुको भिषा नभएको हुनाले भिषा नभएको प्रवासी मजदुरले मजदुर संगठन खोल्न नपाउने भनि श्रम विभागले एमटियु  दर्ता गर्न अस्वीकार गर्‍यो ।

Migrant Workers in South Korea Madhusudhan Ojha 4

५.  २००५ जुन २० तारिक सउल प्रशासनिक अदालतमा श्रम विभागले दर्ता आबेदन फिर्ता गरेको बदर गरिपाउ भनि मुद्दा दायर गरियो ।

६.  २००६ फेव्रुअरी ७ तारिक अदालतले दर्ता नभएको प्रवासी मजदुरहरु अध्यागमन कानुन अनुसार अबैधानीक रुपमा बसोबास गरेको हुनाले दर्ता नभएको (भिषा) प्रवासी मजदुरको मजदुर ३ अधिकार सुनिस्चित गर्न नमिल्ने भनि श्रम विभागले गरेको निर्णय सदर गर्दै फैसला गर्यो ।

७.  २००६ फेब्रुअरी २२ तारिक सउल प्रशासनिक अदालतको फैसला बिरुद्द पुनराबेदन अदालतमा रित दायर गरियो ।

८.  २००६ अप्रिल २४ तारिक संगठन दर्ता आबेदन फिर्ता मुद्दाको सुनुवाई साथै स्वास्थ्य खराबीको कारणले केहि समयकोलागि तत्कालीन  अध्यक्ष अनुवार हुसेन रिहा ।

९. २००७ फेब्रुअरी १ तारिक सउल पुनराबेदन अदालतले श्रम विभागले संगठन दर्ता नगर्नु अन्याय हो ,सबै प्रवासी मजदुरको मजदुर अधिकार सुनुस्चित हुनु पर्छ भनि एमटियुको पक्षमा फैसला गर्‍यो ।

१०.  श्रम विभागले फेब्रुअरी २३ तारिक पुनराबेदन अदालतको फैसला मान्य नहुने भनि सर्बोच्च अदालतमा पुन रिट दायर गर्‍यो (८ बर्ष ४ महिनासम्म कुनै फैसला भएन  चाडो फैसला गर्नकोलागि दबाबमुलक कार्यक्रम शुरु गरिएको थियो ).

११.  २००७ नोवेम्बर २७ तारिक बिहान ९ बजेतिर दोश्रो अध्यक्ष काजिमान खापुंग ,उपाध्यक्ष राजु गुरुङ, सचिब मासुम (बंगलादेश) सबै जना लाई एकसाथ पक्राउ गरी डिसेम्बर १३ तारिक स्वदेश फिर्ता गरियो।

१२. २००८ मे २ तारिक बेलुकी ८ बजेतिर तेश्रो अध्यक्ष तोर्ण लिम्बु एमटियु कार्यालय अगाडी लुकिरहेको १० जना अध्यागमन प्रहरीद्वारा पक्राउ उपाध्यक्ष सोबोरु आफ्नो कोठा छेउमा लुकेर बसेको र प्रहरी बिना अनुमति कोठामा प्रवेश गरि पक्राउ गर्‍यो।मानब अधिकार संघमा मुद्दा चलिरहेको अवस्थामा यसलाई पनि बेवास्ता गर्दै मे १५ तारिक जबरजस्ती देश निकाला गरिदियो।

१३.  २०११ फेब्रुअरी १० तारिक इपिएसबाट आएको चौथो अध्यक्ष मिसेल कतुरिया (फिलिपिन ) कम्पनी परिबर्तन झुटा रुपमा गरेको भन्ने आरोप लगाइ अध्यायगमनले एकतर्फी भिषा रद्द गरिदियो ।

१४.  २०११ सेप्टेम्बर १५ तारिक  मा भिषा रद्द गरेको बिरुद्दमा अदालतमा मुद्दा दाएर गरियो ।

१५.   २०१२ डिसेम्बरमा मिसेल कातुरिया फिलिपिन फिर्ता जानु भयो ।

१६. २०१२ मा वर्तमान  अध्यक्ष उदय राई ले कार्यवाहक अध्यक्ष समाल्नु भयो।  

१७. २०१४ मा भएको एमटियु अधिबेशन बाट उदय राई  अध्यक्ष मा चयन हुनु भयो र एमटियु लाई श्रम बिभाग मा दर्ता गराई छाड्ने र कोरिया मा wps को लागि रात दिन लागि पर्ने सङ्कल्प लिनु भयो। अध्यक्ष राईले शुरुमा कोरियामा प्रवासी मजदुरको रुपमा काम गर्दा आफु साथै सबै प्रवासी मजदुरले  कम्पनी , कोरियन समाजमा भोगेको बिभीन्न समस्या,भेदभाब हटाउन र अधिकार प्राप्तिको लागि गतिविधिहरु गर्ने अठोट गर्दै २००१ मा केसीटियु समानता मजदुर संगठन अन्तर्गतको प्रवासी मजदुर शाखाको सदस्य बन्नु भएको थियो त्यस पछी बिभिन्न निरन्तर संगठनको गतिबिधि गर्दै २००९ मा एमटियु सउल शाखाको अध्यक्ष पद सम्हाल्नु भएको थियो ।

२०१५ अप्रिल १ देखि २०१५ जुन महिनाको ४ तारिकसम्म सर्बोच्च अदालत अगाडी प्रत्यक दिन एकल प्रदर्शन ,पत्रकार सम्मेलन गरिएको थियो ।

१८.  २०१५ जुन २५ तारिक ८ वर्ष ४ महिना पछी सर्बोच्च अदालतबाट पुनराबेदनअदालतको फैसलालाइ सदर गर्दै भिसा नभएको प्रवासी मजदुरले पनि मजदुर संगठन खोल्न पाउने अधिकार छ ,मजदुर संगठन दर्ता गर्नु पर्छ भनि फैसल गर्‍यो। त्यति हुदा समेत श्रम  दर्ता गर्न आनाकानी गरे पछि अध्यक्ष उदय राई को नेतृत्व मा श्रम बिभाग अगाडि अनिश्चित कालिन धर्ना बसेको २५ दिन  पछी २०१५ अगस्ट २० तारिक एमटियु दक्षिण कोरिया सउल श्रम विभागमा दर्ता भइ दर्ता प्रमाण पत्र प्राप्त गर्न सफल भयो ।

Migrant Workers in South Korea Madhusudhan Ojha 3

यसको श्रेय हाम्रा अग्रज मजदुर अभियन्ता लाई दिनै पर्ने हुन्छ जसले एमटियु दक्षिण कोरिया को स्थापना काल देखि लिएर एमटियु दक्षिण कोरिया दर्ता हुदा सम्म जुन संघर्ष गरे बिशेषत: अध्यक्ष उदय राई को योगदान अतुलनीय छ अध्यक्ष राई कै कारण आज हामी प्रवासी मजदुर ले कोरिया मा एमटियु दक्षिण कोरिया मा आवद्ध भएर आफ्नो हक अधिकार  को लागि आवाज उठाउन पाउने अवसर प्राप्त भएको छ।

 रात दिन भोक तिर्खा नभनी जसरी हुन्छ  मजदुर  हकहित मा लागि पर्ने ब्यक्तित्व अध्यक्ष को रुपमा पाउनु भनेको एमटियु दक्षिण कोरिया  र हामी प्रवासी मजदुर को अहोभाग्य हो। उहाँको नेतृत्व मा प्रवासी मजदुर एकजुट भएर २५ दिने धर्ना ले एमटियु दर्ता प्रमाणपत्र पाए जस्तै उहाँ कै नेतृत्व मा प्रवासी मजदुर एकजुट भएर  दवाव शृजना गर्न सकियो भने ड्ब्लुपिय लागू हुने मा दुई मत छैन।

मधुसूदन ओझा ,प्रचार प्रसार बिभाग प्रमुख एमटियु दक्षिण कोरिया 

प्रकासित मिति

Loading...

 

  • kantipathnews Celebrity Profiles Sanjay Ghimire

    कथा : रहस्य

    हैन के सार्हो ल्याङ्ल्याङ गरेको हो यार,यो घरबेटी सुड्डी।पानी धेरै पोख्यौ,हल्ला कम गर, कति मान्छे आएका हुन भनेर सधै प्यारप्यार प्या ...

  • kantipathnews Nepali Kabita Navaraj Ghimire

    अब त मलाई "म" बन्नुछ

    यो मेरो जिन्दगी कहिल्यै जिन्दगी बनेन , बिधिको लागि जिउनुपर्ने , नियमको निम्ति बाँच्नुपर्ने बिहान अार्लामले उठाएको जिन्दगी ...

  • Kantipathnews Nepali Sahitya Nepali Gazal Ram Chandra Rijal Dhading

    गजल : चारैतिर फुटेका छन् बन्दुकका मुलहरू

    चारैतिर फुटेका छन् बन्दुकका मुलहरू कहाँ गए शान्ति खाेज्न परेवाका हुलहरू ...

yummyfood