tealaya add

shova rawat aama 2

के म छोरी भएकै कारण सबै सहनुर्छ आमा रु के म छोरी भएकै कारण कमजोर हुँ र रु एउटै कोखवाट जन्मिएको मेरो भाई जोे एउटै स्तनपान गरी हुर्कियो त्यो बलियो भयो तर म कसरी कमजोर भएँ आमा रु के मैले छोरी भएकै कारण आफुमाथि हुने जस्तो खालको अन्याय पनि सहनु पर्ने बाध्यता हो र आमा रु तिमी त एक महिला महिलाको किन अपमान गर्छौ रु कि महिला कम्जोर हुन्छन् भनेर तिमीले आफुले आफैँलाई किन कमजार ठान्दछौं रु जबकि तिमीमा जस्तो सुकै कठीन परिस्थतीको पनि डटेर सामना गर्न सक्ने क्षमता छ ।

जिवनमा जस्तो सुकै कष्ट दुःख आईपर्दा पनि कहिलै डगमगाएनौ तिमी कसरी कमजोर भयौ आमा रु एकपटक मरेर पुनः बाँच्ने आँट तिमीमा छ भने म कमजोर भएँ कसरी भन्छौ आमा । त्यो कालो रातको प्रशव पीँडामा तिमी छट्पटाई रहाँदा तिम्रो पीँडाको महसुश बुवाले गर्नुभएन, त्यति ठुलो पीँडा सहने तिमीमा क्षमता छ भने म छोरीमान्छे कसरी कमजोर भएँ भनेर कसरी भन्छौ आमा ।

यदि म कमजोर थिईन भने जहिलै भाईलाई र मलाई घरको काम, पढ्ने लेख्ने काम, खाने काम देखी लिएर हरेक क्षेत्रमा किन फरक व्यवहार आमा रु संसारमा महिलाले हरेक कुरामा पीँडा सहन सक्ने क्षमता राख्दछन् भने म कसरी कमजोर भए आमा रु म बुझ्छु आमा म कुनै दिन ढिला घर आउँदा तिमी कति आत्तिएकि हुन्छौ भनेर । तर भाई रातभरिनै बाहिर रहँदा पनि तिमी कहिलै अत्ततालीएनौ । मिमीले हरेक पल्ट दोहर्याउने एउटै शब्द जसले मलाई कमजोर बन्न बाध्य बनाएको छ कि छोरीमान्छेको ईज्जत भनेको काँचको सिसा हो त्यो फुट्यो भने फेरी जोडिदैन छोरी ।

बाटोमा हिँड्दा सम्हालीएर हिँड्नु कसैको मुखमा नहेर्नु, कसैले बाटोमा जिस्क्याए चुपलागेर हिँड्नु । बाटोमा म आफ्नै तरिकाले हिँड्दा पनि गिद्धे नजर लगाउछन् त यसमा मेरो के दोस । के म छोरी मान्छे भएकै कारण बाटोमा हिँड्दा अनेकौं अन्याय सहेर पनि शिर निहुर्याएर हिँड्नु पर्ने होर रु कसैमाथि अन्याय गर्ने भन्दा पनि अन्याय सहेर हिँड्नु महापाप हो, छोरी तिमीले नै भनेकि होईनौ आमा । फेरी आज आफ्नो बोलीबाट किन मुख फेर्छौ । फेरी तिम्रा ति आर्दशका कुरा म काट्न पनि त सक्दिन । जो तिमीले कुनैदिन मलाई भनेकि थियौ । तिमीले आफुमाथि हुने हरेक हरेक अन्याय सहन्थ्यौ किनकी तिमी महान थियौ तर म कसरी सहन सक्छु आमा । मत अन्याय सहन सक्दिन । न अन्याय गर्नसक्छु न सहन सक्छु । तिमीले नै अक्षर चिनायौ सहि र गलत छुट्याउने बनायौ, अनि गलत कुराको पछि नलाग्ने अठोट ममा भयो । अनि म कसरी सहनु ।

म पनि त समाजको एक नागरिक हुँ मलुकका हरेक नागरिकलाई आफ्नो मुलुकमा स्वतन्त्र पुर्वक समान रुपमा बाँच्ने अधिकार हुन्छ ।
आमा छोरीलाई स्वतन्त्र हिँड्नु हुदैन भनेर सिकाउने तिमीले भाईलाई कहिलै किन सिकाईनौं की छोरी मान्छेको ईज्जत गर्नुपर्छ भनेर । कसैको छोरीको अस्मीतासंग कहिलै नखेल्नु छोरा भनेर । के तिम्रा हरेक आर्दशका कुरा छोरीका लागि मात्र हुन् रु समाजका हरेक कानुन छोरीका लागि मात्रै लागु हुने हुन् र रु

यती मात्रै होईन आमा कति पटक अपराधीलाई संरक्षण गरेर तिमी पनि एक अपराधी भएकी छौ किनकि दजर्नौ छोरीको अस्मिता लुटिँदा पनि ईज्जत जान्छ भन्दै बाहिर घटना ल्याउन नदिई सहेर बस्न बाध्य वनाउछ्यौ । किनकी ईज्जत जान्छ भनेर खोक्रो इज्जतको लागि तिमी ति छोरीको मुख बन्द गर्न लगाउछौ र कति सजिलै भन्छौ है बाहिर कसैले चालपाए भने हाम्रो ईज्जत जान्छ भनेर ।

यसो गरेर तिमी आफ्नो छोरीमाथि अन्याय मात्र होईन त्यो अपराधीलाई अन्य अपराधका लागि हौसला थपिरहेकी हुन्छौ भने नारीमाथिको अन्याय अत्याचारहरुलाई ढाक छोप गरि पाप गरिरहेकी हुन्छौ । तिमी त मायांकी खानी, कोमल मन भएकी, फेरी आफ्नै छोरीको त्यो पीँडा कसरी हेर्न सक्छौ आमा रु तिमीले महसुश गर्न सक्छौ कि तिम्रो त्यो थोत्रो ईज्जतले एउटा छोरी पल–पल मरेकी छिन् भनेर ।

यति मात्रै होईन भाईले कसैको छोरीमाथि जबरजस्ती गर्दछ भने त्यसलाई सजाय दिनुको सट्टा बचाउन तिर लाग्छौ । के केटा मान्छे भएकै कारण भाईलाई कुनै छोरी मान्छेको ईज्जतसंग खेल्ने स्वतन्त्रता छ रु अपराधीले कुनै अपराध पश्चात कुनै सजाय पाउँदैन भने त्यो अपराधी भोली झनै ठुलो अपराध गर्न कत्ति पनि डराउने छैन । तिमी त एक महिला महिलाको पीँडा बुझ्नु पर्छ, कती दिन समाजमा महिला कम्जोर हुन्छन् भन्ने भनाईलाई सावित गर्छौै । के हरेक कुरामा छोरी मान्छेकै मात्रै ईज्जत जान्छ छोराको चाँहि जाँदैन किन आमा रु त्यो कदापी होईन बाहिर भाईले जिस्क्याउने केटी मान्छे पनि कसैको छोरी हुन् । त्यो तिमीले बुझ्नु पर्छ र कसैको छोराले पनि तिम्री छोरीलाई जिस्क्याएको थियो ।

समाजमा आज पनि कयौं आमाका कारण छोरीमान्छेले आफुमाथि हुने हरेक अन्याय सहन वाध्य छन् । कयांै महिला बलात्कारको शिकार हुँदा पनि बाबु आमाको ईज्जतको डरका कारण अन्याय बाहिर आउन सकेका छैनन् । के दोस थियो ति अबोध बालिकाको जो कोपीलामै झर्नुपर्यो । अझै पनि निर्मला पन्त जस्ता हजारौं छोरीले आफुमाथि भएको अन्यायको बाध्य भए । सायद सानै देखी छोरीमान्छे पनि साहशि र बहादुर हुन्छन् भन्ने शिकाएको भए आज हरेक छोरी कोपीलामै नझरी फुल्ने थिए आमा ।

बेलायतकि महारानी देखी नेपालको राष्ट्रपती बिद्यादेबी भण्डारी सम्म नारी त छन् नि आमा । छोरी मान्छे कहिलै कमजोर छैनन् आमा पासाङ लाम्हु पनि त एउटी छोरी थिईन् जो विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न सकिन् । झाँसिकी रानि पनि एक छोरी नै थिइएन आमा जस्ले आफना मुलुकका जनतालाई अंग्रेजको कैदबाट मुक्त गरेकि थिईन् । नारीले गर्न नसक्ने भन्ने होईन काम गर्ने नारी र पुरष भन्ने जात छुट्याउन जरुरी छैन । घरले र आफ्नो परिवारले दिने वातावरण कुनै पनि नारी र पुरुषको भविष्य कोरीने पहिलो खुड्कीलो हो ।

मेरो आशय छोरा मान्छेको अपमान गर्न खोजेको होईन जातका आधारमा गरिने भिन्नताको बिरोध गरेको मात्र हो । जस्ले लिंग भेदलाई प्रसय दिएर विश्वभरीनै नारी पुरुष भन्दा तद छन् भन्ने मनो विज्ञानको विकाश गरेको छ । समाजमा रावण जस्ता अपराधि छन् भने राम जस्ता आदर्श पुरुष पनि छन् जो महिलाको हमेशा ईज्जत गर्न जान्दछन् । आफु र महिलामा कुनै अन्तर ठान्दैनन् । समाजमा छोरा मान्छे र छोरी मान्छे को बराबरी हैसियत छ यो सबैले बुझ्नु पर्दछ । समाज बन्नलाई एउटा महिला मात्र वा पुरुष मात्र भएर हुँदैन दुबैको त्यत्तिकै महत्व रहेको हुन्छ ।

भनिन्छ नि एउटा रथको एउटा पाँग्रा बिग्रियो वा कमजोर भयो भने रथ चल्न सक्दैन । हो त्यसैगरी एउटा घरमा छोरी वा छोरा को पनि स्थान त्यस्तै छ ।आजका छोरी हरेक क्षेत्रमा लोग्ने मान्छेसंग काँधमा–काँध मिलाएर हिँड्न सक्ने भैसकेका । तिमी पनि त कहिलै कम्जोर थिएनौं वस तिमीले आफुलाई कहिलै सक्षम छु भन्ने मानिनौ त्यो तिम्रो गल्ति थियो । तिम्रो बाध्यता थियो वा बुभलाई थियो मलाई थाहा भएन तर त्यो तिम्रो गल्ति थियो जसले गर्दा तिमीले त दुःख पायौ–पायौ तिमी जस्ता लाखांै नारीहरुले मानसिक पीँडा भोग्नुपरिरहेको छ ।

मै आफैंले पनि देखेकी छु तिम्रो त्यो साहशी पन बस तिमी त्यागी र समर्पण आफ्नो धर्म ठान्दथ्यौ । तिमी बलियो भएर पनि बुवाको अगाडी आफुलाई कमजोर देखाउन चाहन्थ्यौ । फरक यति हो तिमी सहनशिल थियो तर आमा तिम्री छोरी अन्यायको अगाडी कहिलै झुक्न जान्दिन । यो सब कुरा एउटा छोरीले आमाबाटै सिकेको हो ।

आर्थिक रुपमा समृद्ध, शिक्षित र कानुनको ज्ञान भएका आजका कति पय छोरी धेरै अधिकार सम्पन्न छन् अन्याय सहंदैनन् । त्यो सब पछिल्लो राजनीतिक परिवर्तनको उपलब्धीका कारण पनि सम्भव भएको हो । चाहे त्यो कलेज होस्, या अफिस, यात बाटोघाटो, यतिमात्रै होईन यात्रा गर्दा सवारी सराधन हरेक स्थानमा कुनै न कुनै बहानामा छोरी लोग्नेमान्छेबाट पीँडित छन् । विभेदकारी समाजवाट पीँडीत छन् । पछिल्लो समय महिला, बृद्ध–बृद्धा अपाङगलाई राज्यले दिएको आरक्षणका कारण यात्रा गर्दा सिट सुविधा लगायतका व्यवस्थाले भने केहि राहत महसुश त भएको छ तर सोचेजस्तो छैन ।

जब बिहे हुन्छ गर्भमा छोरी छिन् भने गर्भपतन गर्ने प्रस्ताव आमाबाटै आएपछि सुरु हुन्छ नारीको विभेदकारी भावना । छोरा र छोरी जन्मिएपछि फरक प्रकारका पौष्टिक आहारहरु खुवाउने परिवारको सोचाईबाट दोस्रो पटक नारीले दुःख पाउने दिनको सुरु हुन्छ । तेस्रो पटक छोरा र छोरी बिद्यालय जाने भएपनि छोराईलाई महंगो र छोरीलाई सस्तो विद्यालय भर्ना गर्ने कार्यले अर्को छोरीले दुःख पाउने दिनको सुरुवात हुन्छ ।

छोरा र छोरी बुझ्ने भएपछि छोरीलाई वढि अनुशासनका पाठ सिकाउँदै स्वतन्त्रतामा बन्देज गर्ने र छोरालाई स्वतन्त्र छाड्ने कार्यबाट अर्को विभेद सुरु हुन्छ । छोरीलाई सानै उमेरमा बिहेगरि पराई घर पठाउने र छोरालाई ढिलो बिहे गर्न प्रोत्साहित गर्न कार्यबाट अर्को बिभेदको सुरुवात हुन्छ ।

यस घटना सम्म आईपुग्दा वयस्क भएका छोरा र छोरीमा छोरो शासक वा वलियो र छोरी शासित वा दुर्वल रुपमा स्थापित भईसकेका हुन्छन् । समाजले गर्भपतनको समय देखी नै छोरा र छोरीमा हुने बिभेदकारी बिचार अत्यगरे मलाई लाग्छ छोरा भन्दा छोरी नै समाजका अगुवा हुन सक्दछन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...