annapurna add

120129304 741404250044353 7605342614451487412 n

तत्कालिन दुई ठुला कम्युनिस्ट पार्टीहरु मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)ले हाल जनताको जनबाद नामको कार्यदिशालाई अंगिकार गरेको छ।तत्कालिन नेकपा(एमाले)ले मान्दै आएको जनताको बहुदलिय जनवाद र तत्कालिन नेकपा माओवादी केन्द्रले मान्दै आएको एक्काईसौ शताब्दीको जनवादलाई मिलाएर बनाईएको अन्तरिम कार्यदिशा जनताको जनवाद हो।मुख्यत : देश अहिले समाजबादी चरणमा प्रवेश गरेको, समाजबाद स्थापनाको मुख्य बाटो शान्तिपुर्ण संघर्ष हुने,समाजवादको मूल चरित्र उत्पादनका स्रोतहरुमा सामुहिक हक, योग्यताअनुसारको काम र कामअनुसारको पारिश्रमिक भन्नेकुरालाई जनताको जनवादले स्विकार गरेको छ। उत्पादक शक्तिको विकास गरि रास्ट्रीय पुँजिको विकासमार्फत आर्थिक क्रान्ति र संवृद्धिको लक्ष्य बोकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र रास्ट्रीय महाधिबेशन सम्पन्न गर्ने मिति तय भईसकेपनि बिचार निर्माणको सवालमा खासै छलफल भएको र ठोस कार्यदिशा निर्माणका लागी पहल भएको देखिँदैन।

आन्तरिक पार्टी जीवनमा पटकपटक विभिन्न सवालहरु उठ्दै आईरहेका छन्। उठेका सवालहरुमा गम्भीर छलफल हुनुभन्दापनी पदको भागवण्डा गरेर प्राविधिक ढङ्गले समस्याको हल खोजिने गरिएको छ।लामो संघर्षको ईतिहासबाट आएको कम्युनिस्ट पार्टीभित्र हरेक समस्याको हल प्राविधिक ढङ्गले खोजिनु सुखद पक्ष हुँदै होईन।अझ कहिलेकाही पुरानै राजनितिक कार्यक्रमलाई सिद्धान्त मानेर अड्डि कस्नुले त झन् समस्या थप्दै आईरहेको छ।

तत्कालिन नेकपा माओवादीको नेतृत्वमा संचालित महान जनयुद्ध जसले नयाँ सभ्यताको जग बसाल्दैथियो, नयाँ कम्युनिस्ट संस्कारको बिकाससमेत गरायो।यसलाई अवमूल्यन गर्ने र शहिदपरिवार,घाइते अपाङ्गलाई अझै बेवास्ता गर्दै जानुले पार्टीको आन्तरिक जिवनमा अझ गम्भीर असर पारिरहेको छ।आन्तरिक पार्टी संगठनका बैठकहरुमा वैचारिक छलफलभन्दापनी स्थानिय कमिटि देखि नै उपभोक्ता समितिमा जस्तो धारो, कुवा, पधेरो, सडकका बजेटहरुमामात्र छलफल भईरहेको देखिन्छ। पार्टी सदस्यहरुलाई कम्युनिस्ट आदर्शकाबारेमा जानकारी गराएर प्रतिवद्ध बनाउनुभन्दापनी सामान्य लोभलालच देखाएर पार्टिमा टिकाईरहँदा आन्तरिक संगठनहरु कमजोर बनिरहेका छन् ।

यसैकारण हाम्रा चुनावी खर्चहरु अस्वभाविक र असामान्य बनिरहेका छन् । जीन्दगिभर राजनितिलाई सेवाको रुपमा स्विकार गर्ने एउटा ठूलो पंतीले बाचुन्जेल सत्ताले चावी हात पार्ने देखिदैन। आलोचनात्मक चेतसहितको कार्यकर्ता तयार गर्नुभन्दा पनि यस म्यानहरुको झुण्ड बनाईदै गएको देखिन्छ। पार्टीको बिधानलाई सामान्य लेखककारुपमा बुझ्ने र पार्टी संगठनलाई चुनावी टिकट लिने माध्यमकारुपमा बुझ्ने पंती ठूलो बन्दै गईरहेको छ।यसले संगठनलाई धारिलो बनाउनु भन्दापनी भुत्ते र निष्क्रिय बनाईरहेको छ।

यसरी हेर्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी महाधिवेशनलाई लक्षित गरेर बिचार निर्माणको वहसलाई स्थानिय कमिटिदेखिनै घनिभुत बनाउन जरुरी छ।कमिटिहरुलाई तहगतरुपमा आवश्यकतानुसार प्रशिक्षित गर्दै नयाँ कार्यदिशाका सवालमा सुझाव सङ्कलन गर्दै लैजानुपर्दछ। पार्टिभित्र उठेका सवालहरुलाई प्राविधिक ढङ्गले हल गर्नुभन्दापनि सैद्धान्तिक ढङ्गले दृघकालिन हल खोज्नुपर्दछ। अहिले तत्कालिन पार्टीहरुले स्विकार गरेको कार्यदिशाका पक्षमा अड्डि कस्नु भन्दापनि समयसापेक्ष परिवर्तित समाजअनुकुल राजनितिक कार्यक्रमको पक्षमा वकालत गरिनुपर्दछ।जुन संघर्षको जगमा आज हामी परिवर्तनको महसुस गरिरहेका छौँ त्यसैलाई बिर्सिएर अनावश्यक बखेडा झिक्नु भन्दा पनि परिवर्तनका लागि भएका संघर्षहरुको आत्मसात सबैले गर्न जरुरी छ। अत : पार्टीभित्रका हरेक चुनौतिको सामना गर्दै पार्टिभित्र बैचारिक जग बलियो बनाउनुपर्दछ।

सामाजिक मनोविज्ञान र संघर्षको फ्युजनलेमात्रै राजनितिक कार्यदिशा पुर्ण बन्दछ।परिवर्तित समाजको मनोविज्ञानलाई आत्मसात गर्दै समाजवाद निर्माणको दिशामा अघि बढ्नेगरी गरिने हरेक कमिटिका छलफललेमात्र राजनितिक कार्यदिशामा आम कार्यकर्ता र जनतामा अपनत्व अनुभुती गराउने हुँदा स्थानिय कमिटिदेखिनै नयाँ कार्यदिशा निर्माणको वहस आजको आवश्यकता हो।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...