1478958692 banner ad format

 
 

टिकाराम ओली । गणतन्त्र र संघीयताको वास्तविक लक्ष्य के भन्ने आज आम चासो बनिसकेको छ । पहिलो कुरा बर्गिय समानता कायम गर्नु र मानविय भेदभाव तोड्नु । संकटको समाधान गर्नु नै गणतन्त्र हो ।

अहिले नेकपा र उसकाे सरकारले गणतन्त्र र आर्थिक समृद्धिका कुराहरु धेरै गरेको छ। आज संघीयता कसरी कार्यन्वयन होला भन्ने आम प्रश्न उब्जिएको छ । संघीयता कार्यनयन पछि समाजवादको बाटो तय गर्ने लक्ष्यतिर जाने भाषण आइरहेका छन् ।

tikaram oli

पहिलो कुरा गणतन्त्र र संघीयताको अर्थ जनताको राज्य र सरकार हो भन्ने महसुस गराउन जरुरत छ । आज उत्पादनको कमिले गर्दा छिमेकीहरुको हेपाई बिषादि तरकारी, फल फुल र खाद्यान्नमा भित्र्यार हामीलाई कम्जोर बनाउने दाउमा छन् । यतिबेला हामीले उत्पादनमा ध्यान दिन र सरकारले कृषिमा अत्याधिक बजेट छुटाउन जरुरी छ । किसानले कृषि उत्पादन गरेवापत मार्सिक लगानी सरकारले गर्नुपर्छ । हामी संग भएको सम्पुर्ण साधन स्रोतलाई जनताको हित अनुसार परिचालन गर्ने बाताबरण अनिवार्य भएको छ। आर्थिकरुपमा विपन्न वर्गलाई स्रोतको उत्पादनमा लगाउने बाताबरण बनाएर उत्पादन बढाउन सक्नुपर्छ। गणतन्त्रको अर्थ बिभेद,भेदभाव,पक्षपात र शोषणको अन्त्य गर्दै ! न्याय समानता र स्वाधीनता र स्वाभिमानलाई जोगाउन सक्नुपर्छ ।

आज हिजो कै पुजीवादी अर्थतन्त्रको प्रभावको निरंतरता नै नाफाखोरी उत्पादन सीमित व्यक्तिलाई फाइदा पुग्यो । केहि मान्छेले मात्र लाभ लिनेे उत्पादन प्रणालीले गर्दा नै अहिलेको बिषादीयुक्त खानेकुरा भित्र्याएका छन् । छिटै फाइदामा पुग्ने बजार व्यापार बिनाको मुनाफा खोजिरहेको छ। के कारणले यस्तो हुँदैछ । उत्पादनहुने हजारौं बिघा जग्गा पलटिङको मारमा छ ।अहिले उत्पादनले भन्दा जग्गाको भाउले हजारौं गुना फाइदा हुने हल्ला प्रचार र चहलपहल नै उत्पादनको कमि र बिषादीयुक्त खानेकुरा हाम्रो घरमा आएको सत्य हो । दलाल मुखी उत्पादन र मेहनत बिनाको मुनाफा खोज्नुको कारण नै अहिले आएको संकट हो । बाच्ने, बचाउने र सत्यको कर्म सिकाउने सबै किसिमको असमानता हटाउन सकेमात्र संघीयता कार्यनयन हुने हो ! जनताको राज्य व्यवस्था र न्यायपूर्ण संघीयता कायम राख्न सक्नुपर्छ ।

गणतन्त्र र संघीयता ल्याउनुको अर्थ गरिबी,बेरोजगारी, पछ्यौटेपन र सुसासन कामय गर्दै कृषि प्रधान देशको उत्पादन अत्याधिक पुराउन आवस्यक छ ।

कच्चापदार्थ बेचेर बिषादी खाने मात्र होइन ।आत्म निर्भरता कायम गरेर श्रमको मुल्य खोज्ने हो । हरेक क्षेत्रमा इमानदारीता पतन भएको छ । आज स्वागतमा प्रयोगहुने माला पनि भारतबाट नै आयात भएको छ । अब सोच्नु पर्छ बिषादी तरकारी र फलफुल मात्र होइन भारतबाट आयात बिषादी माला लगाएर पिर्के सलाम पनि छोड्नु पर्छ ।

गणतन्त्र र संघीयता भारतबाट बिषादि आयात गरेर पिर्के सलाम खाने होइन । दशकाैं लामो इमानदारीता रहेको नेता अहिले सबै भन्दा धेरै सुबिधा खोज्नुपर्ने किन? गणतन्त्र संघीयता असफलता आज रातो कार्पेट पिर्के सलामी सुबिधाजनक सोभा ठुला ठुला रिसोर्ट महँगा बुलेटकारले त हुदैन ? गणतन्त्र र संघीयता हुँदै समाजवाद सपना बाड्ने । नेता ज्युहरुलाई रोड खाली गरेर हिड्नुपर्ने । जहाँ पुग्दा पनि रातो कार्पेट चाहिने ।हरेक दिन गोष्ठी भएका छन् । हरेक दिन कार्यक्रम सहभागी भएका छन् । तर गणतन्त्र र संघीयता कुन रूपमा कार्यनयन गर्नुपर्ने हो ध्यान नै छैन ।खेती गरेर उत्पादनमा आत्मनिर्भर बढाउने किसान आफै बिषादीयुक्त किनेर खान बाध्य छन् ।उत्पीडित बर्गको हातमा स्रोत परिचालन गर्ने स्थिति छैन । मजदुर मालिकको अधीन र कठोरता मै जिन्दगी काटिरहेका छन् ।लाखौं युवा युवतीहरु हरेक दिन विदेशी बजारबाट देशको अर्थतन्त्र जोगाई रहेका छन् ।के अब यस्तै गणतन्त्र र संघीयताले मात्र देश चल्न सम्भव होला ?

आज सबै भन्दा धेरै बहस गणतन्त्र र संघीयता मै केन्द्रित हुनुपर्छ । समृद्धि र समाजवादको कुरा चलेको छ । तर हरेक बस्तुको मुल्य बढेको एक मिनेट बित्न पाउदैन कार्यन्वनयनमा आउँछ । श्रमिक र किसानको सेवा सुविधा घोषण भएको दुई बर्ष समेत कार्यन्वनयन हुदैन ! के यहीँ संघीयता र गणतन्त्रको मर्म आज बिषादी आयात हुनुको प्रमुख कारण पनि यहीँ हो । उत्पादन गर्ने किसान र काम गर्ने मजदुर दुवै अन्यायमा रहनुको उपच पनि हो ।

आज गणतन्त्र र संघीयताले सोचेको समाजवाद कतै पिर्के सलामी र रातो कार्पेट र बिलासी सेवा सुविधा मै अत्य त हुदैन भन्ने आम चिन्ता पनि हो । कतै यिनै सर्वहारा वर्गको माथि अन्याय त भै रहेको छैन भन्ने राज्य नै छैन । समृद्धिको घँषणा त भएको छ” तर सर्वहारा तथा श्रमिकले वर्गले अधिकार माग्दा समृद्धिको घँषणा गर्नेहरु नै बाधक देखिरहेका छन् । राज नेता नेतृत्व र जनप्रतिनिधि भनेको जनताको जीवनशैली संग जोडिएको हुनुपर्छ त्यो नै संघीयताको मर्म हुनेथियो । दिनानुदिन जनता बाट अलग हुँदै गइरहे परम्परागत्त चलिरहेको व्यवस्थाको निरंतरता नै मानिन्छ ।

गणतन्त्र र संघीयता सर्वहारा तथा मजदुरका पक्ष चल्छ कि ? हुनेखाने बिलासी सुविधा खोज्ने र बसिखानेको पक्षमा चल्छ ? आजको अहम् सवाल र नेतृत्वहरुको अन्तिम परिक्षा पनि होला । गणतन्त्र संघीयता र समाजवाद आज राजनेता नेतृत्व नेता आदि सबै जनप्रतिनिधिहरुको अवसर पनि हो । केहि सुविधा भोगिहरुलाई मात्र संघीयता र गणतन्त्र फलिफाप भएको छ । सर्वहारालाई भन्ने अझै पछाैंटेपनको बन्धकीले छोडेको छैन ।

सर्वहारा बर्गको एजेन्डा उठाएको नेता वा राजनीतिक पार्टीको विश्वास गुम्नु भनेको नैतिक पूँजीको ढुकुटी रित्तिनु हो । वाद, सिद्धान्त र बिचारको बाचाबन्धनले राजनीतिकमा थुप्रै अपेक्षा पैदा गरेको हुन्छ ।त्यहीँ अपेक्षाको अन्तिम परिक्षा पासगर्ने यहीँ समय हो । समय छोटो पनि छैन धेरै लामो समय बाकी पनि छैन । अहिले एक अर्काको बिरोध र आल्टु फाल्टु औचित्यहीन गतिले संघीयता कार्यनयन पनि सम्भव छैन ? समाजवाद, समृद्धि र सम्पन्नता राजकीय शक्ति हत्याउने रोडम्याप मात्र हो भन्ने । निर्वाचनको गहकिला दस्तावेज इतिहास बनाई राख्नुपर्ने आवस्यता छैन ।

राजकीय शक्ति हत्याउन मुनाफा र स्वार्थ पुरा गर्न गुट, उपगुटले जताततै छुट हुँदै जादाको परिणाम अहिले आएको अस्थिरता हो । गुट बहादुर ठाउँमा छन् । आश बहादुरहरु गुट खोज्दै र गुट बदल्दै छन् । घास बहादुरहरुले गुट,लुट र भुत आएपनि ताली पिटेकै छन् । अनि कसरी परिवर्तन होला !

 

प्रकासित मिति

Loading...