policenews of nepal kantipathअसल नेतृत्व हुँदाको परिणाम धेरैपछि हिजो प्रहरी प्रधान कर्यालय भित्र छिरे, प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालसंग केहिबेर भला-कुसारी गर्ने मौका पनि मिल्यो, आफुपनि पूर्व प्रहरी अधिकृत भएको नाताले मुख्यालय भित्रको भौतिक तथा अन्य गतिविधिहरु माथि आखा लाग्नु स्वभाविक नै थियो।

समयको बिकासक्रम संगै प्रहरी मुख्यालय भित्रका भौतिक संरचनाहरुले ज्यामितिय फडको मारेको देखियो। केहि बर्ष अघिसम्म प्रहरी भित्र नि:सृत गरिएका अत्यन्त कम साधन स्रोतबाट गुज्रिएको नेपाल प्रहरी आज मुख्यालय भित्र हेर्दा सातै प्रदेश लैजान तयार गरिए का Riot Control Vehicle लगायत अन्य सवारी साधनहरुले फुटबल ग्राउन्ड ओगटेको देखियो। नेपाल प्रहरीमा हाल हाराहारी ७५ हजार संख्या पुगिसकेको छ। 

ति सबै प्रहरीको उतरदायित्व भनेको राष्ट्रिय स्वार्थलाइ शिरोधार्य गरि जन-सेवामा आफ्नो सामर्थ्यता खर्चिनु नै हो तर पनि ७५ हजारको फौजमा केहि भ्रष्ट र नालायक नहोलान भन्न चाही सकिदैन, तर तिनलाइ हेरेर सम्पुर्ण प्रहरी संगठन नै भ्रष्ट र नालायकी देख्नु चाहि किमार्थ न्यायोचित हुदैन।

प्रहरीहरु असाधारण क्षमता भएका रास्ट्रसेवक हुन, कर्तव्यपालनको शिलशिलामा उनिहरु कैयौं दिनसम्म पनि अप्ठ्यारा भूगोलहरुमा आफ्नो व्यावसायिक प्रतिबद्धता डगमगाउन दिदैनन तर प्रहरी भित्रकै आन्तरिक खिचातानीको चपेटामा परेर अरुले प्रहरी माथि चोर औंला ठड्याउने अवसर पाएका छन्।

हुनत प्रहरी भित्रको आन्तरिक एकतामा खलल ल्याइ उस्को काम कारवाहीमा प्रश्न चिन्ह खडा गर्ने र प्रहरीको नेतृत्वलाई अस्थिर बनाउने प्रहरीको पुरानै परिपाटी हो फलस्वरूप हालको प्रहरी नेतृत्वमाथी पनि बेलाबेलामा नकारात्मक तथा भ्रामक समाचारहरु पढ्न सुन्न पाइन्छ। 

तर आज प्रहरी मुख्यालयभित्र मैले जे परिवर्तन भएको देखे त्यसबाट प्रहरी नेतृत्वमाथी लागेका आरोप-प्रत्यारोपहरु अनार्गल तथा पुरानै परिपाटीकै थालनी हो भन्ने महसुस भयो। मैले यसो भनिरहदा कसैलाई यो पनि लाग्न सक्छ कि, यस्ले किन प्रहरी नेतृत्वको भजन गाइरहेछ भनेर, तर म स्वयं नै हालका प्रहरी नेतृत्व भन्दा एक ब्याज सिनियर रिटायर प्रहरी अधिकृत हुँ, मैले उनिबाट केहि लिनुदिनु छैन,तर नेतृत्वबाट भएका राम्रा कामहरुको म स्वयंले जे जस्तो परिवर्तन देखे त्यस्को यथास्थितिको चित्रण मात्र गरेको हुँ।

यसै अवसरमा प्रहरी नेतृत्वलाई एउटा सुझाव पनि दिन चाहन्छु, नेपालीमा एउटा उखान छ- " भाइ फुटे गवार लुटे"। आज तपाई माथी जुन अनर्गल प्रचारहरु भैरहेछ त्यो तेसैको परिणाम हो, त्यसैले आफ्नो भाइहरुलाई पनि मिलाएर संगै लिएर हिंड्ने प्रयास गर्नुस जुन संगठनको लागी अझ बहुमुल्य हुनेछ र भयरहित समाजको परिकल्पनाको लागी तपाइहरुको भावना एकबद्व हुन यस्ले ठुलो टेवा पुर्याउदर्छ।

प्रहरी माथि विभिन्न गम्भीर चुनौतीहरु आइपर्दा पनि तपाईको नेतृत्वले अपर्याप्त साधन स्रोत तथा प्रहरी जनता बिच आसन्न संकटलाई सामना गर्दै आएको र संगठनले भोगेको त्यो शास्वत पिडा कसैबाट लुकेको छैन तसर्थ अन्त्यमा यो सुझाव पनि दिन चाहन्छु कि - अब मेरो अवकाश हुन ३ महिना बाकी छ भनेर चुप लागेर नबस्नुहोस् अबकाश हुने १ दिनअघिसम्म पनि ७५ हजार प्रहरीलाई पूर्ण व्यावसायिक बनाई इच्छाशक्तिको आयतन फरकिलो पार्दै लाने प्रयास गर्नुहोस् तपाईंलाई इतिहासले कहिल्यै भुल्ने छैन ।

पूर्व प्रहरी वरिष्ठ उपरिक्षक यादवराज खनालको फेसबुक वालबाट

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...