1478958692 banner ad format

 
 

rajan kantipathnews

मेरो देश नेपाल, कृषि प्रधान देश । तर यही देशमा करोडौं, अर्बौंको खाद्यान्न आयात गर्नुपर्ने बाध्यता छ । केही दशक अगाडीसम्म खाद्यान्न निर्यात गर्ने मेरो देशका युवाहरु रित्तिँदै गएका छन् । देशले अहिले दाल, चामल, तरकारी लगायतका दैनिक जीवनमा चाहिने खाद्यान्न आयात गरिरहेको छ । यी खाद्यान्नमा कति विषादी हालिएका छन् अत्तोपत्तो छैन । सरकारले उचित कदम चाल्न नसक्दा बल्ल बल्ल सुरु भएको विषादी परीक्षण फेरी रोकिएको छ । सोही कारणले सरकार भारतसँग झुक्यो भन्ने आलोचना खेप्दै छ । दैनिक सयौं युवाहरु विदेशिइरहेको छन् ।

कोही धेरै धन कमाउने लोभले विदेशिएका छन् त कोही घरपरिवारको कमजोर आर्थिक अवस्थालाई निर्मुल पार्न विदेशिन बाध्य भएका छन् । कृषि प्रधान मेरो देशमा युवाहरु विदेशिएकै कारण कृृषि कर्म गर्ने जनशक्तिको अभावमा कतिपय खेतीयोग्य जमिन बाँझो भएको छ । युवाहरु त्यसरी विदेशिनु नपरेको भए त्यसरी खेतियोग्य जमिन बाँझै पनि हुने थिएन र खाद्यान्नमा परनिर्भर पनि हुनुपर्थेन । कतिपय गाउँमा त युवाहरु नभएकै कारण लास बोक्न समेत कठिन भएको खबर पनि मैले सिआईएनमा सुनेको थिएँ ।

सरकारले युवा लक्षित भनेर विभिन्न कार्यक्रमहरु ल्याए पनि न्युन र मध्यम आर्थिक अवस्था भएका युवा केन्द्रित हुँदैनन् । अहिले चर्चामा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रम पनि त्यस्तै लथालिङ्ग छ । कतिपय स्थानहरुमा काम सुरु भए पनि महिना दिनमा १५ दिन मात्र काम गर्न पाइरहेका छन् भने कतिपय स्थानमा कहिलेबाट सुरु हुने हो भन्ने पत्तो नै छैन । महिनामा १५ दिनको ज्याला मजदुरी गरेर कसरी जीवन गुजारा गर्ने भन्ने सर्वसाधारणको चिन्ता रहेको छ । कतिपय देशहरुमा काम गर्ने जनशक्ति नभइरहेको बेला हाम्रो देशमा भने भएका जनशक्तिलाई उचित व्यवस्थापन गरेर परिचालन गर्न सकिरहेको छैन ।

नत्र काम गर्ने जनशक्ति विदेश पलायन गराएर देश खाद्यान्नदेखि दैनिक जीवनमा आवश्यक पर्ने हरेक कुराको लागि किन परनिर्भर हुनुपपथ्र्यो . कृषि प्रधान भएको नाताले कमसेकम खाद्यान्नमा त आत्मनिर्भर हुनुपर्ने हो, त्यो स्थिति पनि रहेन । लाखौँ जनता विदेशिएको भरमा जीवन गुजारा चलाइरहेका छन् । देश पूरै परनिर्भर छ । विदेशिएका युवाले पठाएको रेमिट्यान्सबाट देशको अर्थतन्त्र धानिरहेको सरकार कृषिमा आत्मनिर्भर बन्दै कृषि सामाग्री आयातको ठाउँमा निर्यात गरेर पनि त आम्दानी गर्न सकिन्छ भनेर किन सोच्दैन । अहिले विद्यालयस्तरमा पढिरहेका विद्यार्थीहरुलाई भविष्यमा के गर्ने भनेर सोधियो भने उनीहरुको सहज जवाफ नै विदेश जाने हुन्छ । सके जापान, अष्ट्रेलिया नत्र खाडी जिन्दावाद, भन्ने पनि धेरै भेटिन्छन् । यसले सामान्य मानिसको मनस्थिति नै विदेश जाने, यहाँ बसेर केही गर्न सकिन्न, विदेश नै जानुपर्छ भन्नेभइसकेको छ ।


विदेशिएका युवाहरुको पनि राम्रो स्थिति छैन । पिछडिएका वर्गले आफ्नै देशमा त विभेद सहनु पर्छ भने अर्काको देशमा के हालत होला । कसै–कसैको त विदेश गएपछि केही आर्थिक सुधार हुन्छ तर सबैको एकै प्रकारको हुन्छ भन्न सकिन्न । कतिपय त शारीरिक तथा मानसिक रोगी भएर पनि फर्केका पनि छन् । दैनिक औषत ३÷४ जनाको शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट देश भित्रिरहेको तीतो यथार्थ त अझ छँदैछ ।

कमाउन गएको छोरो बाकसमा कैद भएर आउँदा उसको घर परिवारमाथी के बित्ला र यही जेठ २५ र २६ गते भएको कोरियन भाषाको परीक्षा दिनको लागि ९२ हजारले आवेदन दिएका थिए । जसमध्ये ८४ हजारले परीक्षा नै दिए । यसबाट नै थाहा हुन्छ देशमा युवाको स्थिति र मनस्थिति । कोरियाले औद्योगिक तर्फ ७ हजार ५० र कृषि तर्फ ३ हजार गरी जम्मा १० हजार ५० जना मात्र नेपाली कामदारको कोटा दिएको छ । कोटा बाहेकका युवाहरुको एक वर्षको मिहिनेत र हजारौं रुपैयाँ पढाई शुल्क स्वाहा भएको छ । कोरियाले सन् २००८ देखि नेपाली कामदार लैजान थालेको हो ।

म सँगै पढेका, सँगै हुर्केका साथीहरु धेरै विदेश पुगिसकेका छन् । केही वर्षसम्ममा त मेरा साथीहरु देशमा भन्दा पनि विदेशमा बढी हुने छाँटकाँट देखिँदै छ । विदेश नै किन जानुप¥यो भन्ने मेरो प्रश्नमा हरेका साथीहरुको एउटै उत्तर यहाँ बसेर के गर्ने रु हुन पनि हो यहाँ कि दलाली गर्ने, कि राजनीति गर्ने, कि त गुन्डा गर्दी गर्ने हुन्छन् । राम्रो देश पठाइदिन्छु भनेर ठगी गर्नेको जमात पनि कम छैन ।

गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा ठगिनेमा २ हजार १ सय २९ उजुरी वैदेशिक रोजगार विभागमा परेका छन् । अझ उजुरी नै नपरेको संख्या कति छ भन्ने त्यो केही थाहा छैन । यसरी नै युवाहरु विदेशिइरहेमा अबको केही वर्ष पछि देशमा बालबालिका र वृद्धवृद्धा मात्र भेटिन बेर छैन । लामो समयको राजनीतिक परिवर्तन पछि अहिले स्थिर सरकार आएको छ, देश संघीयतामा गएको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार गरी तीनवटा सरकार आएको छ । जनताले प्रत्यक्ष भोट हालेर चुनेका प्रतिनिधीबाट जनताले केवल भाषणको मात्र हैन विकासको आशा राखेका छन् ।


युवाको पनि कमजोरी सामान्यतया युवा भन्ने बित्तिकै जोश जाँगरले भरिएको व्यक्ति भन्ने बुझिन्छ । तर नेपाली युवा निराशावादी छन् । यहाँ बसेर के गर्ने रु नेपालमा केही गर्ने वातावरण नै छैन यस्तै यस्तै कुराहरु गर्दै हिँड्छन् । नेपाली युवा काम गर्न हिचकिचाउँछन् । अर्काको देशमा पुगेर गर्ने काम यहीँ आफ्नै देशमा गर्दा लाज मान्छन् । विदेशमा गएर गर्दा कसैले पनि नदेख्ने तर यहाँ सबै साथीभाई, आफन्तले देख्ने हुँदा युवाहरु कामलाई सानो–ठूलो भनेर विभाजन गर्छन् । कामको विभाजन नै यहाँको ठूलो गल्ति हो ।

लाखौं धरौटी राखेर विदेश पलायन हुने युवाले सोही लगानीले आफ्नै देशमा केही व्यवसाय गरौं भनेर सोच्दैनन्, कृषि क्रान्ति गरौं भनेर सोच्दैनन् । यसो भनिरहँदा अधिकांश नेपाली ऋण गरेर विदेशिएका छन् । विदेश जाने भनेपछि ऋण दिइहाल्ने यो समाज आफ्नै देशमा केही गर्छु भन्ने युवालाई व्यवसायिक ऋण दिन चाहँदैन । अहिले विदेशमा लामो समय बसेर स्वदेश फर्केका कृषिमा केन्द्रत बन्न पुुगेका छन् ।

तैपनि विदेशिनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालीलाई कहिलेसम्म अर्काको देशमा श्रम गर्न पठाउने रु नेपालीले आफ्नै देशमा पनि केही गर्ने वातावरण नहुने हो रु हामी युवा विदेशिनै पर्ने हो रु आखिर कहिलेसम्म खाद्यान्न आयात र युवा निर्यात गर्नेछ यो देशले ? (राजन कटुवाल हेटौंडाबाट प्रकाशित हुने प्रदेश दैनिक पत्रिकामा कार्यरत व्यक्ति छन् ।

प्रकासित मिति

Loading...