tealaya add

shova rawat kantipathnews

शोभा रावत ,काठमाडौं। सायद संसारमा अरुभन्दा धेरै सफल बन्ने चाहना नभएको मान्छे यदा– कदा उदाहरणमा मात्रै होलान् । हरेक व्यक्ति सफल, असल, प्रष्ठित, धनी, विद्वान र चर्चित बन्न चाहन्छ । अरुभन्दा पृथक भनौं या फरक बन्ने सबैको चाहना हुन्छ । हरेकको सपना हुन्छ मलाई सबैले मानुन् सबैले चिनुन् । अहिलेको पीढिंको कुरा गर्नुपर्दा त झनै

आफ्नो हातमा कुनै सीप नै नभएपनि वढि महत्वकांक्षा बोकेर हिँडेका छन् । हरेक व्यक्ति राजनीतिक, शैक्षिक, व्यापार हरेक क्षेत्रमा सफल बन्न चाहन्छन् । यतिमात्र नभई बैदेशीक रोजगारी त्यो पनि अमेरकिा तथा युरोपिएन मुलुकमा गई स्थापीत हुने चाहना अधिकांशमा बढेको छ ।

साथै प्रत्ययेक आमा बुवाको सपना पनि हुन्छ कि उनका सन्तान हरेक क्षेत्रमा सफल बनुन् । नाम कमाउन र पैसा पनि ।
विभिन्न चाड पर्वमा नै हामीले सुन्ने गर्छाै आमा बुवाले दिने आर्सीवाद बावु–नानि ठुलो मान्छे बन्नु, धेरै पैसा कमाउनु, असल मान्छे बन्नु भनेर । तर एउटा सफल व्यक्ति बन्नलाई निकै गाह्रो छ यो नबुझ्दा आज हरेक व्यक्ति निरास र दुखी पनि छन् । प्रत्येक व्यक्ति सफल हुन चाहन्छ त्यो पनि मेहनत बिना नै ।

पहिलो कुरा त नेपाल जस्तो विकासोन्मुख मुलुकमा प्रसस्तै श्रोत साधन हुँदा–हुंदै पनि सरकारकाले जनतालाई रोजगार दिने, समृद्ध बनाउने, अनुसाशीत बनाउने जस्ता कुरामा महत्वपुर्ण योगदान दिन सकेको छैन । दोस्रो कुरो मुलुकको शिक्षा प्रणाली व्याबहारिक नभएर शैद्धान्तिक खालको छ । 

अध्ययन सकेपछि सर्टिफिकेट त प्राप्त हुन्छ तर हाम्रो हातमा नत कुनै सीप हुन्छ, नत कुनै अनुभव । एम.एमको प्रमाण पत्र त दिईन्छ तर कुनै काम गरी खाने जिवनमा सफल हुने खालको सीप दिईदैन । जो सफल हुनका लागि अपर्याप्त छ । सफल बन्ने तर के कुरा र कुन क्षेत्रमा सफल हुने त ? प्रश्नको विषय ।

आज–भोलीको पीढिं तातै खाउँ जल्दै मरु भने झैँ हरेक क्षेत्रमा तत्कालै र सजिलै कुनै परिश्रम र मेहनत विनानै सफल हुन चाहन्छ । जुन कदापी सम्भव छैन । सफलताको बाटो निकै कठिन छ जो बाटो सबै हिड्न चाहन्छन् तर कमै व्यक्ति मात्रै गन्तव्यमा पुग्न सक्दछन्, किन ?

त्यस्ता व्यक्ति गन्तव्यमा पुग्दछन् जो कहिलै हार मान्दैनन् र मेहनत, परिश्रम गर्न सक्दछन्, सिक्न चाहन्छन्, जान्न चाहन्छन् साथै धैर्य गर्नपनि सक्दछन् । भनिन्छ नि केहि पाउन केहि गुमाउनै पर्छ हो हामी पनि जिवनमा सफलता चाहन्छाैँ भने दुःख मेहनत गर्ने र धैर्य सहनशील बन्नै पर्दछ । जिवनमा आईपर्ने हरेक वाधा र कठिनाईको सामना गर्न सक्ने हुनुपर्दछ । यदि कोही सफल हुन चाहन्छ भने जिवनमा एउटै अठोट लिन जरुरी छ कि म जुस्तो सुकै समस्यालाई पार गर्न सक्दछु ।

यस्तै सफलतामा बाधा पुर्याउने अर्काे तत्व छ जुन काम गर्न लाजमान्ने बानी । यदि हामी हरेक कुरामा सफल हुन चाहन्छांै भने काम गर्न कहिलै लजाउन हुँदैन र कुनै पनि कामलाई तुलना गर्नु हुँदैन कि सानो–ठुलो भनेर । जस्तो सुकै काम भएपनि मन लगाएर गर्ने वानीको विकास गर्नुपर्दछ । 

काम गर्न लजाउने डराउने व्यक्ति जिवनमा कहिलै सफल बन्न सक्दैन । हरेक ठुला– भन्दा ठुला वक्ति पनि सानै कामबाट अघि वढ्दै सफल भएका धेरै उदाहरण छन्ः उदाहरणका लागि विल्गेट्स, विनोद चौधरी, माहात्मा गान्धी लगायत् । 

आफनो् क्षमता र योग्यता भन्दा ठुलो कामको सपनाको आसा गर्नु पुुर्व हामी हरेक कुरामा दक्ष बन्न जरुरी छ । अन्यथा आफ्नो दक्षता र क्षमता भन्दा ठुलो सपना देखियो भने भोली गएर निराश हुनुपर्ने छ । यदि ठुलो सपनालाई पुरा गर्नुछ भने हामी मेहनती र परिश्रमी बन्नै पर्दछ ।

जागीरका लागि भौतारी रहेका हुन्छाैँ तर हाम्रो हातमा कुनै सीप हुदैन छ त एउटा सर्टिफिकेट । यदि हाम्रो हातमा कुनै एउटा सीप छ भने हामी जागीर खोज्दै होईन जागीरले हामीलाई खोज्दै आउने छ ।

कुनै पनि क्षेत्रमा दुःख मेहनत नगरी कहिलै पनि सफल बन्न सकिँदैन । कुनै एक कार्यालयमा एक वर्ष सम्म बिना तलब काम गर्ने व्यक्ति पनि हाम्रा माझमा छन् जो कहिलै हार नमानि निरन्तर लागे र आज एउटा सीपमा दक्ष सफल भएका छन्, सीपका लागि विना तलबमा पनि काम गर्न तयार भएका थिए ।

पैसाका लागि मात्रै महत्व दिईयो भने पैसा त कमाउलान् तर हरेक कुरामा ज्ञान हाँसील गर्ने मौका नमिल्न सक्छ । जिवनमा सफलता हात पार्नुछ भने कहिलै पनि हतारिनु हुँदैन र मेहनत गर्न गाह्रो हुन्छ तर त्सपछिको फल अवस्य पनि मीठो हुन्छ जो फल प्राप्त गर्न नकै कठिन पनि छ । 

एउटा भनाई छ नि हतारमा गरेर र्फसदमा पछुताउनु भन्दा हतार नगरी संयमी, संर्घषशील भएर एउटै गन्तब्यमा निरन्तर लाग्नुपदर्छ । अनिमात्र जिवनमा सफलता मिल्न सक्दछ । एक दिन अवस्य पनि सफलता मिल्ने छ । मानिसले कुनै पनि कुरामा एकपटक असफल भयो भनेर हार नमानि आफ्नो लक्षमा अडिग रुपले अगाडी वढे एक दिन अवस्य सफलता मिल्छ–मिल्छ । 

एउटा डिग्री पास गरेको व्यक्ति सफल र एउटा १२ कलास पास गरेको व्यक्ति असफल कदापी हुदैन । किन १२ कक्षा पास गरेको व्यक्तिमा एउटा क्षेत्रमा राम्रो सीप छ तर डिग्री पास गरेको व्यक्तिमा बिद्यालयको शैक्षिक सर्टिफिकेट मात्र छ भने अवस्य १२ कक्षा पास व्यक्तिले सपलता पाउन सक्दछ । त्यसैले पढेको व्यक्ति मात्र सफल शुन सक्छ र नपढेको व्यक्ती असफल हुन्छ भन्नु र्मुखता हो । डिग्री पास गर्नु नराम्रो होईन तर व्याबहारिक क्षिक्षि सहितको हुनुपर्यो ।

एउटा माध्यमीक तह पढेको व्यक्ति बाहिर जान्छ सेक्युरिटी गार्डको काम गर्छ आफ्नो मुलुक फर्कन्छ त्यसपछि एउटा बैंकमा सुरक्षा गार्डको जागीर पाईरहेको हुन्छ । किनकी उसमा एउटा सुरक्षा गार्डबन्न सक्ने क्षमताको विकास भएको हुन्छ ।
त्यस्तै वैदेशिक रोजगारमा कुक, प्लम्बर, कृषि लगायतका प्रयोगात्मक काममा गएकाहरु स्वदेशमानै राम्रो रोजगार पाएर बसेका छन् कि त बिदेशमा नै सफल व्यक्तिका रुपमा स्थापीत भएका छन् ।

बाह्य मुलुक अमेरीका, जापान, क्यानडा, अष्ट्रेलीया लगायत जहाँ गएपनि आफना्े हातमा सीप नभई गएमा सोचेजस्तो काम पाउदैनन् । कतिपय युवाहरुलाई आजकल राजनीतिको भुत पनि चढेको छ । राजनीति भनेको चानचुने विषय होईन, विषयको राम्रो ज्ञान हुन जरुरी छ, अध्ययनर अनुसन्धनको जरुरी छ । ढुंगामुढा गरेर गाडी जलाएर पद पाउने गरी युवाहरु राजनीतिमा सक्रिय छन् । त्यहि कारण पनि मुलुक अस्तव्यस्त भएको छ । 

सरकारले आफ्ना नागरिकलाई मुलुक बाहिर जानबाट रोक्नका लागि र आफ्ना नागरिकलाई सफल बनाउन शिक्षा देखि लिएर हरेक कुरामा सुधार गर्न जरुरी छ । मुलुक समृद्ध बनाउन नागरिकलाई जिम्मेवार, शिक्षित, र आर्थिक रुपमा समृद्ध बनाउन जरुरी छ । भनिन्छ, घरका सदस्य बलियो भई घर बलियो हुन्छ । यस्तो मुलुकका नागरिक बलियो, सक्षम र सफल भएमा मुलुक बलियो सफल र सक्षम बन्न सक्दछ ।


आज लाखाैँ युवा राम्रो काम र एक छाक टार्नका लागि खाडी मुलुकमा ज्यानको जोखीम मोलेर कामगर्न बाध्य छन् । यस्तो समस्या कमगर्नका लागि सरकारले देशका युवालाई शिक्षाका साथ–साथै विभिन्न सीपहरु पनि दिन जरुरी छ । मुलुकको स्थान, अवस्था, र व्यक्ति सुहाउदो सीप प्रत्येयक व्यक्तिलाई सरकारले दिन सक्यो भने सफलताको बाटो खोज्न धेरै टाढा जानुपर्दैन । सीप सिकौं लाज नमानौं रोजगार बनौं देशलाई समृद्ध बनाऔं ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...