annapurna add

शपन कुमार एञ्जील

shapan kumar anjeel

त्यता हाेइन यता बस त्यहाँ त मैरी छाेइन्छ नीऽ पैसा र फलफूल यता मुर्ती तिर चढाउ अनि हात थाप त म टिका र फुलपाति दिन्छुऽ बाबुकाे के थरी हाेला । काेठा त खाली नै थ्याे तर श्रीमानले अरुलाई दिइसक्नु भएछ लगायतका व्यवहारले कथित दलित समुदायलाई कथित ब्राह्मणबादले जातीय हिंसा बाहेक केही सिकाएन । त्यसैले समाजमा शिपमुलक मानवलाई जातीय हिंसा सिकाउने पहिलाे समुदाय हाे ब्राह्मण ।

कसै कसैलाई त लाग्छ– देशमा केही गर्न नसकेर परदेश तिर भासिएका भगौडाले क्या गफ दिन्छन् भनेर । म ति मित्रहरूप्रति निशब्दताका साथ अँझै केही बोलुँ भन्ने लाग्यो । हुनत पछिल्लो पुस्तालाई अध्ययनविनाका प्रतिक्रियावादीका रूपमा सामाजिक सञ्जालमा घरीघरी टिप्पणि पनि गरिन्छ । यद्यपी २०७३ सालको कुरा हो । मैले फेसबुकमै भेटेको थिएँ ।

घटना नं. १. : अजितको शवले ४ वर्षदेखि नेपालको कानून र यहाँका घृणित मानसिकतालाई गिज्याइरहेछ
काभ्रेका एक युवा अन्तरजातीय विवाहका कारण धादिङमा आएर पासो लगाइ आत्महत्या गरे भन्ने खबर । त्यो भूइमा लत्रिएको मृत शरीरको तस्वीर देखेपछि मलाई यहाँ पनि अराजकता भएछ भन्ने कुरामा शंका काट्न कत्ति पनि असहज भएन ।

पछि थाहा भयो त्यो घटनाका मृतक काभ्रेका अजित मिजारको रहेछ । उनले काभ्रेको ज्याम्दीकी कमला पराजुली १७ वर्षीय युवतीसँग प्रेम विवाह गरेका पाँचखालका १८ वर्षीय अजित गत असार २९ गते घरबाट हराएका थिए । त्यसको एक दिनपछि धादिङको गजुरीमा उनको शव फेला पर्यो ।

मलाई कौतुहुलता लाग्यो काभ्रेको मान्छे कसरी धादिङ आएर यस्तो ग¥यो । तर कुरा त यस्तो रहेछ । दैनिक नेपाल र अनलाइन खबरमा २०७३ साल असारमा प्रकाशित भएका विभिन्न समाचार अनुसार कक्षा १२ मा अध्ययनरत अजित २०७३ साल असार २५ गते उनले प्रेम विवाह गरे कमला पराजुलीसँग । दुई दिन जति भागेर चितवन दिदीकोमा बसेको तेस्रो दिन थियो । कमलाको माइतीबाट फोन आयो र उनीहरू पाँचखाल प्रहरी समक्ष उपस्थित भए । प्रहरी र कमलाका माइतीको दबदबाबमा बाल विवाहको डर धम्कीका साथ कमलालाई उनको गलाबाट तिलाहरी फुकालेर अजितलाई फिर्ता गराइयो । त्यसको अर्काे दिन २९ गते अजित घरबाट हराए जताततै घर परिवारले खोजी गर्न थाल्यो । एक दुई दिनमा अजितको शव धादिङमा भेटियो त्यसपछि इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव निरीक्षक प्रकाश लिम्बुको टोलीले गजुरीकै स्थानीयलाई साँची राखेर मुचुल्का गरी प्राथमिक स्वास्थ्य चौकी गजुरीमा उनीहरूको भाषामा पोष्टमार्टम नै नगरी दरौदी खोलामा गाडिदिए ।

पोष्टमार्टम गरेर गाडिएको भनिएको शव मृत अजितका आफन्तको रोहवरमा डोजरले खोलाबाट उत्खनन् भयो । साउन २ गते बेलुका तिर अजितको शवलाई टिचिङ अस्पतालमा पोष्टमार्टमका लागि राखियो । तर एक पटक पोष्टमार्टम गरिसकेकोले फेरि पोष्टमार्टम गर्न नपाइने रिपोर्ट दिएर अजितका आफन्तलाई फिर्ता पठायो ।

जुन झुट ठहर भैसकेको थियो । उत्खनन् गरिएको अजितको शवको प्रकृती हेर्दा पोष्टमार्टम नै नगरेको कुरा सामान्य मान्छेले पनि थाहा पाउँथ्यो ।

त्यसपछि राष्ट्रिय दलित आयोगले गृह मन्त्रालयमा गएर दबाब दिएपछि पुनः पोष्टमार्टमका लागि अनुमति दिइयो र साउन ५ गते शव ल्याएको तीन दिनपछि पोष्टमार्टम गर्ने प्रकृया भयो । प्रहरीले आत्म हत्या गरेको भन्ने कुरा झुट सावित भयो ।
यसरी निर्ममतापूर्ण भएको घटनापछि संसद भवनमा समेत चर्काचर्की रूपमा उठाउन भयो ।

राष्ट्रिय दलित आयोगलगायतका थुप्रै संघ संस्थालाई एकै छिन खुब खुराक बन्यो तर यस घटनाले न त उचित छानिविनको निचोड पायो न त पीडितले न्याय पाए । यति मात्र कहाँ हो र न त परिवारले शव बुझे । पछिल्लो पटक पिएनपी टिभी नामको युट्युव च्यानलले करिव तीन महिना अघि २०७६ चैत्र ४ गते प्रकाशित गरेको भिडियो अन्तरवार्तामा गोविन्द बोहोराका अनुसार काठमाडाैँको टिचिङ अस्पतालमा अझै पनि अजितको शव रहेको बताएका छन् । बोहोराले भनेका छन् सर्वहारा जनतालाई देखाएर उत्पीडित वर्गलाई देखाएर जो राजनीति सत्तामा पुगेकाहरू राष्ट्रघाती देश द्रोही हुन् भन्ने आरोप लगाएका छन् ।

यो अन्तरजातीय विवाहले घटेको यो घटना आज २०७७ साल जेठ अर्थात करिव ४ वर्षसम्म पनि न त पीडितले न्याय पाए न त अधिकारकर्मीले यसको टुङ्गो लगाउन दम भयो ।

घटना नं. २ : अंगिराको शवले आजको जातीय हिंसा र कुसंस्कारको समाजलाई यसरी थुक्यो
घटना नं. २ बुटवलको समाचार यही जेठको १३ गते नागरिक दैनिकमा प्रकाशित समाजले केटाको जिम्मा लगाएको केही घन्टामै किशोरीको शव शिर्षकको समाचार प्रकाशित भयो । जसलाई बुटवलबाट मित्र विनोद परियारले लेख्नु भएको थियो । उक्त समाचारका अनुसार रूपन्देही देवदहमा जेठ ९ गते शुक्रबार साँझ १३ वर्षीया स्थानीय दलित बालिका अंगिरा पासी घरबाट हराइन ।

गाउँलेले खोज्दै जाँदा राति ११ बजे उनी नजिकैको खरबारीमा स्थानीय २५ वर्षे वीरेन्द्र भरसँग भेट्टिइन् । वीरेन्द्रलाई १३ वर्षीय बालिकालाई फकाएर शारीरिक सम्बन्ध राखेको स्थानीय बासिन्दाहरूको भनाइअनुसार १४ गते शनिबार गाउँले जम्माभएर वडाध्यक्ष अमरबहादुर चौधरीसहितले ‘बालिकामाथि अन्याय भएको र सजायस्वरूप अब वीरेन्द्रले बालिकालाई श्रीमती स्वीकार्नु पर्छ’ भने ।

गाउँले र स्थानीय निकायका प्रतिनिधिको नेतृत्वले कथित उपल्लो जातका वीरेन्द्रले किशोरीलाई घर त लगे तर तल्लो जातको केटी घर ल्याएको भन्दै केटाका आमा जाई लागिन । त्यसको केही घन्टामै किशोरीको खोला किनारमा शव भेट्टियो ।

यस घटनामा अन्तरजातीय विवाहका कारणले जीन्दगीलाई पूर्णविराम लगाएकी अंगिरा पासीले न्याय पाउने कुरामा फेरि दुईमत देखियो । प्रहरीले जाहेरी लिन नमानेपछि नत छोरी नत न्याय भयो मृतककी आमा शान्ति पासीलाई । ४ दिनपछि दलित अधिकारकर्मी र पत्रकारको प्रयासले जेनतेन इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरीसम्म दर्ता भयो । तर न्याय पाउने आशा बाहेक अरू केही रहेन ।

घटना नं. ३ : रूकुम जाजरकोट घटनाले आजका गणतन्त्रवादी पार्टी र तिनका नेतृत्वलाई रमिते बनायो
रूकुममा घटेको घटना ताजै छ । अंगिरा पासीको घटना घटेपछि ठ्याक्कै केही दिनपछि रूकुममा अर्का दलित युवाहरूको ज्यान गयो साथमा अन्य उनका साथीहरूको पनि जसले ह्वात्तै पूर्वदेखि पश्चिम र स्थानीयदेखि केन्द्रमा समेत चर्काचर्की भएको छ ।

२१ औं शताब्दिको मानसिकतामा दरार
यी तीन घटनाले मलाई निकै बेचैन बनायो । घटना अनेक घटिरहछन् समाजमा कुनैले क्षणिक त कुनैले दीर्घकालिन प्रभाव पारेकै हुन्छन् । तर यो रूकुम जाजरकोट घटनाले सामाजिक सञ्जालका भित्ता भित्ता र प्रत्येक कमेन्ट कमेन्टमा वाद प्रतिवाद भइरहेको छ ।

यो मेरो निजी विचार हो तर सामान्यतया जो कसैले घरमा हुर्के बढेकी छोरी चेलीलाई कसैले सरसल्लाह विना अपरिपक्क उमेरमा विहेका लागि लिएर जान खोज्छ भने म एक छोरीको बुवा बनेर सोँच्दा म एक बहिनी दिदीको दाइ भाइ बनेर सोँच्दा र फरक जातको अभिभावक बनेर सोँच्दा कहीँबाट पनि यो मान्य हुँदैन ।

आफ्नो छोरी चेलीले राम्रो पढोस् असल बनोस् समाजमा नाम राखोस् र आर्थिक, भौतिक, नैतिक, सामाजिक हिसाबले सवल वर भेटे कन्यादान गरिदिने हाम्रो नेपाली समाजको सँस्कार सपना हुन्छ ।

तर यति भन्दैमा हरेक व्यक्तिको नैसर्गिक अधिकार पनि हुन्छ । मेरो छोरी चेली हो भन्ने जमाना वास्तवमा आजको युगमा सक्कि सक्यो अपवादको रूपमा कहिँ कतै हुनु स्वभाविक हो । मोइको ठेँकीमा २ वर्ष पछि पनि मोइकै बास्ना आउँछ, घैँटोमा जाँडको ।

आजको युग नैसर्गिक अधिकारकारको पूर्ण युग हो । कहीँ कसैलाई यो वा त्यो बाहानामा केही भन्न बोल्न रोक्न छेक्न दिँदैन यसमा संविधानदेखि आयातित सँस्कार र नयाँ पुस्ता सबैले पूर्ण समर्थन गर्छ ।

तर महत्वपूर्ण कुरा काभ्रेका अजित मिजार र कमला पराजुली रूकुम जाजरकोटका नवराज विक र सुस्मा मल्ल बीच पनि त्यही संविधानदेखि आयातित सँस्कार र नयाँ पुस्ता सबैले पूर्ण समर्थन गर्नु पर्ने हो । किन गरेन यो नै आजको २१ औं शताब्दी गणतन्त्र र चेतनशिलताको धज्जी उड्नु हो ।

यी कुरा निकै पुराना भै सके हामी मानव हौं । काटे सबैको रगत रातो हुन्छ । कुकुरसम्म भित्र जान्छ हामीलाई किन दैलोसम्म । आज २१ औं शताब्दी भनेर भएन । चेतनशील र मानवीयता सुगा भगाउन मकैबारीमा बनाइएको पुत्ला जस्तो छ ।

नेपालको इतिहासमा आजसम्म कुनै त्यस्तो व्यक्तिलाई कानुनी सजाय दिन असफल छन् जसले समाजमा जातीय हिंसा गर्याे । बरू मिलापत्र राहत प्रदान आदिका नाममा यस्ता जघन्य अपराध टुङ्गिएका छन् ।

हो त्यसैको उपज हो । काभ्रेका अजित हत्याकाण्ड अनि रूकुम जाजरकोट हत्याकाण्ड र अंगिरा पासीको आत्महत्या । यदी नेपालको कानुन समाजका ति नेतृत्वले हिजोका अगुवाले जातीयमात्र नभएर हरेक हिंसाका आरोपीलाई कानुनी कठघरामा उँभ्याएर ठेडुकामा हाल्न सक्या भए आजको यो पुस्ताले छुवाछुत जस्तो अमानवीय अपराधका घटनाबाट बारम्बार सामाजिक विचलन झेल्नु पर्दैनथ्यो ।

जसरी काभ्रेका अजित मिजारको निर्मम हत्या भयो र उक्त घटना लुकाउन आरोपीले धादिङको प्रहरी पाँचथरको प्रहरी र अड्डाअदालका केही वकिललाई किन्न सक्यो किनिए त्यसै गरी आरोपितले बारम्बार फेर्ने बोलीले घटना घटेको आज ४ वर्ष पुग्दासम्म त्यो शव काठमाडाैंको टिचिङ्गमा घर न घाटको भएको छ ।

परिवारलाई केही राहत रकम थमाएर केस सल्ट्याउन बारम्बार दबाब छ । के यही हो आजको प्रजातन्त्र, गणतन्त्र अनि आत्माधिकारको युग । के कमला पराजुली खुशी होलिन् अजितको मृत्युपछि ? जसले यो समाजमा जे आउला सहौंला व्यहोरौंला भनेर विवाह जस्तो दुरागामी निर्णय गरे । सायद मरेरै दुई किनारा हुनुपर्छ भन्ने चाँही सायद थिएन । तर सदियौदेखि जातीयता कुसंस्कार कुरीति र हेयभावले गालेको यो सामाजिक परिवेशमा यो भर्खर लाउँलाउँ खाउँखाउँ भन्ने उमेरका कलिला तोतामैनाको प्रेमलाई स्वीकार गर्ने न त मानवीयता आयो न त चेतनाको भाव आयो र आज मुना र मदन जस्तै एकाएक भयो ।

त्यसैगरी रूकुममा पनि सामाजिक प्रतिष्ठा क्षणिक भनाभनका कारण यो घटना फेरि दोहोरीयो । सायद आजभन्दा ४ वर्ष अघी अजित मिजारको घटनामा सत्य तथ्य छानविन र न्यायको ढोका खुलेको भए आजको यो सामाजिक सञ्जालमा मानवीयता विचलन हुन्थेन । आजको पुस्ता हिँजोको इतिहास नहेरी बहसमा उत्रिरहेको छ । जसले गर्दा सामाजिक वैमनष्यता बढ्दो छ यसको दोष बेलैमा कानूनले न्याय नदिनुनै हो ।

त्यसै गरी रूपन्देही देवदहकी अंगिरा पासीको घटना घट्यो । जो १३ वर्षको उमेरमै शारीरिक सम्बन्धको लागी त्यो कथित ब्राह्मण व्यक्तिलाई योग्य भइन त्यो पनि ललाइफकाइ गर्दैमा तर मृतक अंगिरा पासीले आफु दलित र तल्लो तहको भन्ने कुरा तब थाहा पाइन र आफुलाई यो समाजमा थुइक्क भन्ने लाग्यो जब मध्यरातमा खरबारीमा बोलाउने वीरेन्द्र भरले दैलो खोलेर घर भित्र लगेर खरबारीमा जस्तै मुलओछ्यानमा गर्न सक्दैन ।

यदी यो समाजको कुरूप अनुहारलाई मृतक पासीले राम्ररी बुझ्दिहुन् त त्यस्ता कैयौं मध्यरात खरबारीमै बितेहोलान् त्यस्ता बलात्कारी स्वार्थी पापी निश्कलंक कथित ब्राह्मणको लिंग काटेर छोड्न सक्थिन ।

आज पासीको मृतआत्माले के सोंच्यो होला । यो संसारमा मान्छे भएर त्यो पनि एउटा गरिब र दलित समाजमा जन्म लिएर खुब धिक्कार्याे होला ।

यता पछिल्लो समय रूकुम घटनाले स्वरूप फेर्दैछ । अस्तिसम्म नवराजसँग सँगै गएका साथीहरूले एउटा युट्युव च्यानललाई दिएको अन्तरवार्तामा भनेका छन् एकाएक हमला भयो । केटीले लिन बोलाएको साँचो हो भन्ने । आज सुस्माका भाइले विनोदलाई पिट्न आएका रैछन् । भागाभाग भयो ।

फेरि यता सुस्माले भन्छिन् हिजो जे हुनु भै गयो सरी । यो संसारमा माफिमागेपछि गइसकेको सास फर्केर त्यो मृत शरीर चल्मलाउने भए आज हरेक चोक चोकमा मठ मन्दिर चैत्य गुम्बा अनि चर्च र मस्जितको साटो माफीका लागि चौपारी हुन्थे जहाँ सयौंको लाममा माफी माग्ने र हजारौं शवको बिस्कुन चल्मलाउनका लागी हतास हुन्थेनकि मसानघाटको चितामा खरानी हुन् ।

आज देशका कुना कुनामा जातीय हिंसाका विरुद्ध खुब चर्का चर्का नारा लगाइएका छन् । कथित बुज्रूकहरू यो जातीय हिंसाका विषयमा चुइक्क बोलेनन् ।

जसले लकडाउनको अघिल्लो साँझसम्म चोकमा सेकुवा खाँदै खुब क्रान्तिका गफले सेकुवा साउनीसम्म रल्लै परेकिहुँदिहुन् ।

जातीय विभेदमा आर्थिक हैसियतको अदृश्य शक्ति
यो समाजमा जातीय मात्र होइन । वर्गीय खाडल पनि ठुलै छ । कास ति मृत अजित मिजार र नवराज विकको आर्थिकस्तर पनि अलि हुनेखानेको जस्तो हुँदो हो त । पञ्चैबाजा बजाएर आँगन पोलर विहे हुन्थ्यो होला । त्यसका लागि पनि जातीय हिंसाको निकै दुःखद कटु सत्य कुरा छ ।

आजको दिनमा हरेक ब्राह्मण क्षेत्री मित्रहरूलाई खुब पिरलो छ आरक्षणको । आरक्षणका खातिर अदृश्य लडाइँ पनि भयो नेपालमा बाहुन क्षेत्री पनि नेपालका आदिवासी हुन् राज्यले घोषणा गर्नुपर्छ भनेर । तर आरक्षण तिनका खातिर थियो जो हिँजोको राज्य व्यवास्थाको मुलधारमा आउन नसकेका र नसक्नुका पछाडि त्यो सामाजिक व्यवस्था जसले शिक्षामा वञ्चित गरेको थियो– सामाजिक नेतृत्वमा वञ्चित गरेको थियो– अन्यायका विरुद्धमा बोल्न वञ्चित गरेको थियो ।

त्यस्तो व्यवस्था कल्ले गर्याे जो हिँज समाजका शिक्षित समाजका अगुवा थिए तिनले यस्तो अमानवीय रट्टा लगाए । संस्कृत मात्र त्यस्तो शिक्षण माध्यम थियो जुन संस्कृत ब्राह्मणबाहेक अरूले सुन्दा पढ्दा पाप लाग्छ भनेर रट्टा लगाए । समाजका बैठक भेलामा ताली मात्र पिट्न लगाए ल्याप्चे मात्र धस्न लगाए जो आफुले कमाउनेको बराजु नेतृत्वमा पुगेको साँझ एक बोत्तलमा हर्ष मनाए ।

ति नेतृत्वमा पुगेकाले कैले तिनका बारेमा सोँचेनन् जसले वर्षको एक बोरा धान र मकैका भरमा वर्षभरी आरन चलायो , त्यही एक बोरा धान र मकैका भरमा लुगाफाटो टाल्दिन कल चलायो अनि त्यही एक बोरा धान र मकैका भरमा आरो चलायो ।

सायद त्यो आरन, कल, आरोसँगै कलम पनि चलाउन पाएको भए आजको राज्य व्यवस्थाले नत आरक्षणको आरम्भ गर्नु पर्थ्यो नत मेरो हितैसी मित्रले सामाजिक सञ्जालमा आरक्षण बन्द गर्नु पर्छ भनेर रोइलो गर्नु पर्थ्यो । मित्र त्यसैले यस्तो अमानवीयताको दोष तिम्रा पूर्खाले उहिल्ले गरे जसलाई ब्राह्मणवाद भनिन्छ । जुन आजको २१ औं शताब्दीमा समेत चोकका भट्टि, सेकुवाको ठेला बाहेक घुम्टी घुम्टीमा व्याप्त छ ।

त्यती मात्र होइन मुलत केही मान्छेको स्वरूप भएकाको दिमागमा छ । जबसम्म दिमागको यो घृणित सोँच बद्लिन्न तबसम्म समाजको सामाजिकता सायद बद्लिन्न । तर दलित समुदाय आशावादी छ । अस्तिको बाझेका पालामा भन्दा हिँजोका बाउका पालमा अलि सुधार छ ।

हिँजोका बाउका पालमा भन्दा आज तपाईं हाम्रो पालामा तै विशेक छ । अपेक्षारत छन् यी समुदाय भोलिका सन्ततिका पालासम्म अझ सुधार होला । यसो भन्दैमा यो समुदाय आफ्नो अभियान छोडेर बस्यो भने पक्कै समाजमा पुन कुसंस्कार बढेर जानेछ । त्यसैले समुदायले समाजमा खबरदारी गरिरहन पर्छ ।

हालै नेपालमा बजेट भाषण भयो । मैले थुप्रै साथीहरूका स्टाटस पढें साथीहरूले खुबै महत्वपूर्ण शब्द चयन गरेर आफ्नो क्षेत्र, संस्था निकायमा बजेट परेन, सरकारको ध्यान गएन भनेर आगामी वर्षको बजेट माथी खुब चर्काे बहस– टिकाटिप्पणी– अनि आलोचना गर्नुभयो । मित्र तपाईंले कैले यहाँ बजेट चाहियो त्यहाँ बजेट चाहियो यस्तो आवश्यकता छ आदि इत्यादी भनेर कुनै निकायमा गएर भनसुन वा लिखित माग पेश गर्नुभयो वा तपाईंको क्षेत्र– संस्था– निकायमा यो सब कुराको नेतृत्व गर्ने नेता हुनुहुन्छ । अब भन्नुस् बजेट किन आएन । हो यसैलाई भन्छन् राज्य शक्तिमा पहुँच राज्य व्यवस्थामा नेतृत्व । तपाईं सामाजिक सञ्जालमा यत्रो विधि लेख्ने विवेकीको त राज्य व्यवस्थामा पहुँच पुगेन र आज सामाजिक सञ्जालमा रोइ कराइ गरिरहनुभएको छ ।

अझ सदियौंदेखि राज्यको नेतृत्वमा नपुगेका समुदाय– राज्य व्यवस्थामा पहुँच नपुगेका वर्गको पोल्टोमा बजेट परेहोला र । त्यसैले यो आरक्षण भन्ने कुरा त्यस कारण सकारात्मक छ जब खुल्ला प्रतिस्पर्धाबाट राज्यको शक्ति र पहुँचमा पुग्न नसकेका हरेक समुदाय, वर्गले समानुपातिकबाट भए पनि अधिकारसहित बाँच्न पाउने व्यवस्था हो । यो आरक्षण तबसम्म आवश्यक छ, जबसम्म समाजमा काभ्रेकी कमला पराजुलीको स्तरमा अजित मिजार आउन नसकेर आर्थिकस्तरको अर्काे पाटोमा जातीय कारण देखियो र सिन्दुर पोते गरिसक्दा पनि छोडेर मारिनु पर्याे त्यस्तै रूकुमकी सुश्मा मल्ल ठकुरीको स्तरमा आउन नसकेर नवराज विकलगायतका व्यक्ति मारिनु पर्याे । त्यस्तै रूपन्देही देवदहका वीरेन्द्र भरको स्तरमा आउन नसकेर अंगिरा पासीले आत्महत्या गर्नु पर्याे ।

कासमा यी कथित दलित युवा युवतीको आर्थिकस्तर पनि नेपाली क्रिकेट प्लेयर सोमपाल कामीको जस्तो हुँदो हो त । आज यो समाजका सामाजिक सञ्जाल युजर बधाई दिन तल्लिन हुन्थे ।

मैले देखेको समाजको एउटा चित्र । जहाँः त्यता होइन यता बस त्यहाँ त मैरी छोइन्छ नी, चिया खाएपछि गिलास धोएर त्यहाँ पिँढीमा घोप्ट्याउ है, पैसा र फलफूल यता मूर्तितिर चढाउ अनि हात थाप त म टिका र फुलपाति दिन्छु, म उस्लाई गायत्री मन्त्र भन्छु एकै छिन कान ढोपन, जाँड रक्सी र भैंसी, रागा, सुँगुर, बँगुर जस्ता फोहोरी कुरा तिमीहरूले नखाँदो हौ त तिमीहरू पनि हामी जस्तै चोखा हुन्थेउँ नी, अल्लि परै उँभ्भिएर कुरा गरन म नास्ता बोकेर मेलामा हिँड्याछु छोइएला, बाबुको के थरी होला, कोठा त खाली नै थ्यो दिन हुन्थ्यो तर श्रीमानले अरूलाईनै हुन्छ भनिसक्नु भएछ, तिमीहरूले घर बनाइ दियौ अब पर्सी तिर साइत परेको छ घरपैसो र चोख्याएर गृह शान्ति गरेर घर सर्नु पर्ला, जहाँ एउटै भान्साबाट उम्किने विहे भतेरमा कथित उपल्लो र तल्लो जात भनेर छुट्टाछुट्टै भान्साबाट विवाह उम्काउनु पर्छ, एक बोरा धान र एक डोका मकैले वर्षभरी लुगा र जुत्ता सिलाउने हँसिया, कोदालो अर्जाप्न पर्याे यो यसरी दलितले जस्तो कुरा नगर न लगायतका व्यवहारले कथित दलित समुदायलाई कथित ब्राह्मणवादले जातीय हिंसा बाहेक केही सिकाएन ।

त्यसैले समाजमा सीपमूलक मानवलाई जातीय हिंसा सिकाउने पहिलो समुदाय हो ब्राह्मण । यी उल्लेखित व्यवहार वाक्यंशभन्दा अघि नत कथित दलित समुदायलाई हामी अछुत रैछौं भन्ने थाहा थियो नत हामी माथी शासन र शोषण हुँदै छ भन्ने थाहा थियो । थाहा त त्यति बेला भयो जब समाजका अगुवा समाजका दार्शनिक भनिने कथित ब्राह्मणले माथी उल्लेखित वाक्यांशको प्रयोग सामाजिक व्यवहारमा तुच्छपन देखाउन अग्रसर भए । साथै कथित दलित समुदायका केही अल्लारेहरू भागी भागी पञ्जाब, दिल्ली र लुधियानालगायत भारतका विभिन्न शहरमा भाँडा धुन सिके र गाउँ फर्किँदा जिन्को पाइन्ट टिसर्ट र सेन्ट छर्केर दशैँमा आउन थाले ।

आज जातीय हिंसा दलित मुक्तिको आन्दोलनमा तिनै व्यक्तिहरू अग्रपंतिमा छन् जो खाडीका विभिन्न मुलुक भारतका विभिन्न शहरमा आफुलाई फलाना बहादुर भनेर पाएको उच्च सम्मान र आर्जेको धनले स्कुल कलेज पुगेका छन् र साँझ बिहान हातमुख जोर्नमा अब्बल स्थापित हुँदै गइरहेका छन् ।

त्यसैले यो समाजका हरेक वर्ग, समुदाय, क्षेत्र र सम्प्रदायका मानव एक हौँ भन्ने सोचँको विकास गरौँ । त्यसका लागि सहिष्णुतालाई अंगालौं ।

त्यसपछि नत कोइ अजित मिजार, नवराज विकलगायत मारिन पर्छ । नत अंगिरा पासीले जस्तै यो समाजलाई धिक्कार्दै रूखका हाँगामा झुण्डेर मर्नु पर्छ । आफुलाई नेपाली हुनुमा गर्व गरौं नेपाली भेटे सम्मान गरौं ।

This email address is being protected from spambots. You need JavaScript enabled to view it.

थप पढ्नुहाेस् 

जनार्दन शर्माका कार्यकर्ताद्धारा रुकुममा प्रहरी पोष्टमा तोडफोड

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: सोतीमा वेपत्ता भएका गोविन्द शाहीकाे शव भेटियाे

रुकुम घटनामा गृहमन्त्री थापाको जवाफ : अमेरिकामा पनि विभेद छ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’बारे राष्ट्रिय मानवअधिकार आयोगद्वारा अनुसन्धान शुरु

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’का दोषीलाई उन्मुक्ति दिन गम्भीर चलखेल

रुकुम घटनाबारे संसदीय छानबिन समिति गठन गर्न सांसद आशा विकको माग (भिडियाेसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: जाजरकोटमा आर्थिक चलखेल, घटना फितलो बनाउन गृहमन्त्री लागेको आरोप

'रुकुम हत्याकाण्ड'बारे माइतीघरमा गरिएको प्रर्दशनमा प्रहरीको लाठीचार्ज, ९ जना घाइते

रुकुम नरसंहारको विरोधमा पूर्वप्रधानमन्त्री पुगे माइतीघर मण्डला

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: सोतीमा वेपत्ता भएका गोविन्द शाहीकाे खोजी कार्य जारी

भेरीमा बगेका सपनाहरु, ‘दोषीलाई उम्काउने प्रयास गरियो’

जनार्दनले रुकुम घटनाका दोषीलाई जोगाउन खोजेको आरोप

सोती घटनाका नाइके मल्ल र शर्माकाे यस्ताे छ 'कनेक्सन'

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : शरिरमा कात्रो बेरेर माईतीघर मण्डलामा विरोध प्रदर्शन (फोटोफिचर)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : राष्ट्रिय दलित पत्रकार संघ नेपालद्वारा देशभर प्रदर्शन

रुकुम घटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ चितवनको सांकेतिक विरोध

रुकुम पश्चिम 'हत्याकाण्ड' : ‘नबु काले, मेरो पेटमा तिम्रो बच्चा हुर्केको छ

रुकुम पश्चिम 'हत्याकाण्ड' : मृतक सबैको टाउकोमा चोट

रूकुम पश्चिमको नरसंहारमा मृत्युवरण भएकालाई साँस्कृतिक शहिद घोषणा गर्न माग

रुकुम घटना मानवताविरुद्धको जघन्य अपराध हो : पत्रकार महासंघ

 २ दर्जन सामाजिक संस्थाको संयुक्त अपील : रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई राजनीतिक संरक्षण नदिइयोस्

रुकुम घटना : दोषीलाई कारवाही गर्न संयुक्त दलित संघर्ष समिति चितवनको माग (विज्ञप्तिसहित)

अर्घाखाँचीका दलित अघिकारकर्मीद्धारा घटनाको निष्पक्ष छानविनको माग गदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रुकुम पश्चिम 'हत्याकाण्ड' : थप एक जनाकाे शव भेटियो, मृतक संख्या ५, एक बेपत्ता

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : भेरीमा जलाइयो चार जनाकै शव (भिडियाेसहित)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’को निष्पक्ष छानबिन होस् : राष्ट्र संघ

भेरीका मेयर भन्छन्- कुटीकुटी मारिएको रहेछ, हत्यारा कानुनको दायरामा आउँछन्

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : पूर्वगृहमन्त्री शर्मा नै उक्त घटनाप्रती ढाकछेप गर्न लागेको आरोप

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : यस्तो अवस्थामा भेटिए लोकेन्द्र, जनार्दन शर्मामाथि लाग्यो गम्भीर आरोप

रुकुम पश्‍चिममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न सांसदकाे माग

प्रकाण्डको आक्रोस, ‘रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर, नत्र हामी गछौं’

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दुबै हात बाधेको अवस्थामा बेपत्ता युवाको शव फेला !

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’ : दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए देशभर दलितहरु (तस्विर/भिडियाे)

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’लाई तोडमोड गर्ने प्रयास

रुकुम पश्चिमको घटनामा २० जनाविरुद्ध किटानी जाहेरी, १२ जना पक्राउ

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: नेकपाले थाल्यो अनुसन्धान, दोषीलाई जनअदातलमा उभ्याउने

रुकुम पश्चिम हत्या काण्ड : दलित पत्रकारले सुरु गरे आमरण अनसन

दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो : रुकुमको घटना क्रुर र पासबिक हत्या

रुकुम पश्चिम हत्या काण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खाेले

रुकुम पश्चिम घटनाका घाइते भन्छन्, ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

रुकुम घटनाले हल्लायाे संसद, गृहमन्त्री थापासँग २० सांसदको यस्ताे छ प्रतिप्रश्न

रुकुम पश्चिम हत्या काण्ड : करवाहीको माग गर्दै दलित अगुवाले प्रशासनमा बुझाए ज्ञापन पत्र

दलित नरसंहारको पक्षमा पूर्वगृमन्त्री शर्माले संसदमा बोलेपछि हंगामा (भिडियाेसिहत)

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर