tealaya add

 

Blog kantipathnews

धर्मभक्त माथेमा बाट नेपाल प्रजापरिषद् र श्री ५ त्रिभुवनबीचको सम्बन्ध बारे कुरा खुले पनि सबुद प्रमाण नभएकाले राणहरुले श्री ५ लाई प्रष्ट आरोप लगाउन सकेका थिएनन् । तर त्यही समयमा नेपाल प्रजापरिषदका सदस्यहरुले रगतले हस्ताक्षर गरेको शपथ पत्रका साथ श्री ५ त्रिभुवनले "Consider to me as a member of Praja Paresad" भनेर लेखेको पत्र प्राप्त भए पछि प्रामाणिक रुपबाट नेपाल प्रजापरिषद्का सदस्यहरु र श्री ५ त्रिभुवन बिच भएको सम्बन्ध बारे पुष्टि हुन गयो ।

त्यसपछि  श्री ५ त्रिभुवनलाई राणा सरकारद्धारा गठित जाँचबुज समिति र विशेष अदालतको संयुक्त इजलासमा (पुतली बगैचामा) पुन : उपस्थित गराईयो । नेपाल प्रजापरिषद्का सबै सदस्यहरुलाई त्यस बखत पनि उपस्थित गराइएको थियो । त्यस सम्बन्धमा गणेशमान सिंह भन्छन् 

हामिहरु सबैलाई बाहिर उभ्याएका थिए । भित्र को को थिए देखिदैनथ्यो । एकै छिनपछि श्री ५ त्रिभुवनले "यो दिन दिनै गरिबका छोराहरुलाई किन दुःख दिईरहेको यदि तिमीहरुले मैले ने गराएको हुँ भने लाग्छ भने मलाई नै सजाय गर ।" उनिहरुलाई किन सजाय दिन्छौ, भनेर खुब जागेको हामिले सुन्यौ । 

त्यस घटनापछि उनिहरुलाई तुरुन्तै त्यहाँबाट सैनिक स्कुल फर्काएका थिए ।

राजदरबारमा खानतलासी

नेपाल प्रजापरिषद र श्री ५ बिच सम्बन्ध भएको कुरा प्रष्टिएपछि जाचँबुज समितिले राजदरबारको खानतलासी गर्ने निर्णय गरयो र नरशमशेरलाई राजदरबार पठायो । नरशमशेरले नारायणहिटी राजदरबारको खानतलासी गरे । श्री ५ त्रिभुवनलाई उनको छातीमा पिस्तोल अड्याएर "दरबारको खानतलासी गर्नु भन्ने हुकुम छ, कति हातहतियारहरु जम्मा भएको छ भनि प्रश्न गरियो।" तलासिको नामसित जोडिएको यस घटनामा अनेकौँ वंश परम्परादेखि रहेको बहुमुल्य जवारतहरु प्रधानमन्त्री जुद्धशमशेर र उनका नाति नरशमशेरले हात लगाए । 

त्यसपछि राणा सरकारले श्री ५ त्रिभुवनलाई दरबारमा नै नजरबन्द गरयो । उनलाई शमशेरविक्रम  राणाले मात्र भेट्न पाउथे र उनको नियुक्ति पनि राणा प्रधानमन्त्री जुद्धशमशेरबाटै भएको थियो । दरबारभित्रका कर्मचारीहरुले भेट्न आवश्यक परेमा पनि शमशेरविक्रम राणाको उपस्थिती अनिवार्य थियो । 

श्री ५ त्रिभुवन र नेपाल प्रजापरिषद्को सम्बन्ध एवं सहयोग बारे यर्थाथस्थिति प्रष्ट भएपछि संगठनसम्बन्धी कागजहरु राजपरिवारका सदस्यहरुसितै हुनुपर्ने राण सरकारको शकां थियो । त्यसमा पनि अधिराजकुमार हिमाल विक्रम शाहमाथि उनिहरुको बढि शकां थियो । यस सम्बन्धमा गोप्य रुपले अनुसन्धान गर्ने विचार गरी सुब्बा विश्वराज मिश्रले दरबारका तत्कालीन खरदार भुपालमान सिंह प्रधानसँग कुरा समेत गरेका थिए । यस बारे भुपालमान सिंह प्रधान भन्छन,

"म अधिराजकुमारहरु कहाँ गइरहन्थे । त्यसैले विश्वराज मिश्रले एक दिन मलाई बोलाएर श्री ५ अधिराजकुमार र हिमाल वीरविक्रम शाहकहाँ श्री ५ त्रिभुवन र प्रजापरिषद्को सम्बन्धका कागजपत्रहरु खोजी गर्न अनुरोध गरे । "

तर भुपालमान सिंह प्रधानले यो कार्य गरेनन । यही अनुरोध अस्विकार गरेको कारण केहि दिनपछि उनलाई पनि गिरफ्तार गरि सिंहदरबारमा ल्याइयो । 

श्रोत नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रजा परिषदको भुमिका, डा.राजेश गौतम

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...